Monday, May 30, 2011

वनस्पती घिउ उद्योग पाल्मोलिन उत्पादन गर्न बाध्य


काठमाडौं, १५ जेठ
नेपालमा उत्पादन हुने वनस्पती घिउ मूल्यको भारी अन्तरले भारततर्फ निकासी हुन नसकेपछि उद्योगहरू ‘बाइप्रडक्ट’ उत्पादन गर्न बाध्य छन् । विज्ञहरूका अनुसार यिनलाई औद्योगिक उत्पादन मान्न सकिँदैन ।

भारततर्फको निर्यातमा उल्लेख्य गिरावट आउन थालेपछि वनस्पती घिउ उत्पादन गर्ने उद्योगहरू विस्थापित भएका छन् । यस्ता उद्योगले वनस्पती घिउको सट्टा स–साना सहायक वस्तु उत्पादन गर्न थालेका छन् ।
नेपालमा उत्पादन हुने वनस्पती घिउ मूल्यको भारी अन्तरले गर्दा निकासी हुन नसकेपछि यी उद्योगमा पाल्मोलिन, तेलो, एसिड, फट्टी (कोको ब्लान्डेड एक्स्ट्र्याक्ट) जस्ता सामान उत्पादन हुन थालेका छन् । विज्ञहरूका अनुसार यिनलाई औद्योगिक उत्पादन मानिँदैन । यस्ता कच्चा पदार्थहरू घिउ उत्पादन गर्ने मेसिनबाटै उत्पादन गर्न सकिन्छ । तीमध्ये पाल्मोलिन तेल जस्ता अधिकांश उत्पादन साबुन बनाउन प्रयोग हुन्छन् । त्यस्तै, कोको ब्लान्डेड एक्स्ट्र्याक्ट जस्ता वस्तु चकलेट, मिठाइमा नभई नहुने कच्चा पदार्थ हुन् ।
नेपाल वनस्पती घिउ तेल उद्योग संघका अनुसार हालसम्म २१ वटामात्र यस्ता उद्योग सञ्चालनमा रहे पनि आधा दर्जनभन्दा धेरै उद्योग सामानको बजारीकरण गर्न नसकेर बन्द भइसकेका छन् । संघका अध्यक्ष विकास दुगड भन्छन्, “अधिकांश उद्योग बजारीकरणको समस्याले बन्द भइसकेका छन्, भएका उद्योगहरू पनि आन्तरिक तथा बजारका कारण चल्न सकेका छैनन् । त्यसैले अधिकांश उद्योग बाइप्रडक्टका रूपमा प्रयोग हुने कच्चा पदार्थ उत्पादन गर्न बाध्य छन् ।”
भौगिलिक विविधता भएको देशमा वनस्पती घिउको प्रचुर सम्भावना भएको भन्दै उनले हालसम्म यस्ता उद्योगमा झन्डै १५ अर्बको लगानी भइरहेको जानकारी दिए । आन्तरिक कारणले घिउ उत्पादन गर्ने उद्योग विस्थापित हुने अवस्थामा पुगेको जानकारी दिँदै उनले भने, “यसलाई समाधान गर्न सकिए नेपालमा वनस्पती घिउको भविष्य उज्ज्वल छ ।”
वनस्पती घिउ उत्पादनका लागि चाहिने अधिकांश कच्चा पदार्थ अर्जेन्टिना तथा ब्राजिलबाट ल्याउने गरिन्छ । भारत तथा नेपालमा एकै ठाउँबाट कच्चा पदार्थ आयात हुने भएकाले नेपालमा बजारीकरण गर्न थप समस्या भएको दुगडको भनाइ छ । उनका अनुसार नेपालले भारतको बाटो हुँदै ट््यांकरबाट सामान ओसार–पसार गर्दा ढुवानी समस्यासमेत बेहोर्दै आएको छ भने भारतमा भन्दा नेपालमा भ्याट बढी भएकाले मूल्य अन्तर बढी छ ।
नेपाली वनस्पती घिउलाई भारत सरकारले केही वर्षदेखि रोक लगाउँदै आएको छ । केही वर्ष कोटा प्रणालीका आधारमा समेत भारतले निकासी फुकुवा गरे पनि त्यसले नेपाली उद्योगको उत्पादन बढाउन सकेन । चर्को शुल्क तिरेर भारत घिउ निर्यात गर्न नसक्दा यस्ता उद्योग विस्तापित हुने अवस्थामा पुगेको संघको भनाइ छ ।
अधिकांश उद्योगले आफ्नो क्षमताको २० देखि ३० प्रतिशतसम्म मात्र उत्पादन गर्ने गरेको जानकारी संघका सचिव दिवाकर पाण्डेले दिए । “अहिले धेरै उद्योगहरू बाइप्रडक्ट उत्पादनमा प्रयोग हुन थालेका छन्,” उनले भने, “घिउ उत्पादन गरेर उद्योग धन्न नसक्ने अवस्था छ, उद्योगलाई बचाइराख्न व्यवसायीहरूले बाइप्रडक्टमा ध्यान दिनुपरेको हो ।”
उनले आन्तरीक तथा कच्चा पदार्थका अभावले गर्दा बजारीकरणमा ठुलो समस्या परेको बताउदै चक्केट साबुनमा हुने कच्चा पदार्थहरू निर्यात गर्ने तयारी गरिरहेको बताए ।
उनका अनुसार मूल्य अन्तरका कारण विगत तीन वर्षदेखि वनस्पती घिउ भारत निकासी हुन सकेको छैन । “नेपाली वनस्पती घिउ निकासी हुने मुलुक चीन र भारतमात्र हुन्,” उनले भने, “भारतमा त जाने छाड्यो ।”
संघका अनुसार वनस्पती घिउ उत्पादन गर्ने उद्योगबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा झन्डै ८ हजारले रोजगारी पाएका छन् ।

Sunday, May 29, 2011

‘च्यांग्रा पस्मिना’को प्रचार बीबीसी र सीएनएनमा


निर्यात ३० प्रतिशतले बढ्ने अनुमान
काठमाडौं, १४ जेठ
नेपाल पस्मिना उद्योग संघले नेपाली पस्मिनाको प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय स्तरका टेलिभिजन च्यानलमार्फत प्रचार गर्ने भएको छ ।
नेपाली पस्मिना युरोपेली मुलुकमा अत्यधिक मात्रामा निर्यात हुने भएकाले यसको बजार विस्तार गर्न बीबीसी, सीएनएनजस्ता च्यानलबाट ‘च्यांग्रा पस्मिना’ को प्रचार गर्र्न लागएको हो । नेपालबाट उत्पादन हुने पस्मिनाको सम्भाव्यतालाई ध्यान दिँदै संंघले यसअघि युरोपेली संघ (ईयू) अन्तर्गतका सबै मुलुकका साथै नर्वे, स्विट्जरल्यान्ड, अस्टे«लिया, न्युजिल्यान्ड, अमेरिका, क्यानडा, जापान, दक्षिण कोरिया, हङकङ, सिंगापुर र नेपाल गरी ३८ वटा मुलुकमा पस्मिनाको सामूहिक टे«डमार्क दर्ता गरिसकेको छ । अन्य आठ वटा देशमा दर्ता प्रक्रियामा छन् ।
नेपाली पस्मिनाको अन्तर्राष्ट्रिय स्तरमा उल्लेख्य माग भएको र बजारीकरण पक्ष कमजोर भएकाले नेपाली च्यानलका अतिरिक्ति विदेशी च्यानलबाट समेत प्रचार–प्रसार गर्न लागिएकोे संघका कार्यक्रम प्रमुख मधुबाबु अधिकारीले जानकारी दिए । “प्रक्रिया अन्तिम चरणमा पुगेको छ,” उनले भने, “साउनबाट यस्तो कार्यक्रम सुरु हुन्छ ।”
अधिकारीका अनुसार पस्मिनाको प्रचारका लागि पहिलो प्राथामिकतामा सीएनएन र बीबीसी च्यानल परेका छन् । “यो हाम्रो सुरुवात हो, आउने दिनमा यसलाई बढाउँदै लैजान्छौं,” उनले भने, “नेपाली पस्मिनालाई अन्तर्राष्ट्रिय स्तरमा अत्यधिक रुचाइने भएकाले बजारीकरणमा बढी खट्नुपर्ने आवश्यकता छ ।”
संघको यो योजनामा सरकारसमेत सकारत्मक भएको बताउँदै उनले यसका लगि आवश्यक बजेट सरकारबाटै उपलब्ध हुने संकेत दिए । “सरकार रहेकाले आवश्यक रकम पाउने आश्वासन पाएका छौं,” उनले थपे ।
यसअघि सरकारले टे«डमार्क अभावमा विदेशमा उत्पादित पस्मिना नेपालीका नाममा बिक्री गर्ने क्रम बढेको भन्दै सामूहिक टे«डमार्क प्रयोगमा ल्याइसकेको छ । नेपालबाट उत्पादन हुने पस्मिना अमेरिका, अस्ट्रेलिया, जापान, इटाली, बेलायत, फ्रान्स, नर्वे, जर्मनलगायत विश्वका ८० भन्दा बढी मुलुकमा निर्यात हुने गरेको छ ।
हालसम्म नेपालमा करिब २ सयको हाराहारीमा पस्मिना उद्योग सञ्चालनमा रहेको तथा करिब ३० हजार व्यक्तिले रोजगारी पाएको अधिकारीले बताए । नेपाली पस्मिनाको उल्लेख्य सम्भाव्यता भएको भन्दै अधिकारीले व्यापार चिन्ह तथा प्रचार–प्रसारले उद्यमीलाई थप बल पुग्ने उल्लेख गरे ।
गएको असारमा सार्वजनिक गरिएको नेपाल व्यापार एकीकृत रणनीति, २०१० (एनटीआईएस) मा निर्यात व्यापारमा नेपाललाई फाइदा हुने १२ वस्तुमध्ये पस्मिना पनि समावेश थियो । यसलाई पारदर्शी बनाउन उद्योग मन्त्रालयले पस्मिनाको धागो जाँच्ने उपकरणका लागि नेपाल गुणस्तर तथा नापतौल विभागलाई ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।
विदेशी च्यानलमार्फत सरकारी लगानीमा नेपाली उत्पादनको प्रचार–प्रसार गर्न लागिएको यो पहिलो पटक हो । साथै, नेपाली उत्पादनमा विदेशीलाई समावेश गराएर सामूहिक टे«डमार्क दिने पनि पस्मिना संघ पहिलो हो । अधिकारी भन्छन्, “यो हाम्रो सुरुवात हो, यसले हाम्रो निर्यातमा ३० प्रतिशतले वृद्धि हुने अनुमान गरेका छौं ।”

होम › प्रमुख समाचार › राजनीतिक अन्योलले अर्थतन्त्र डामाडोल राजनीतिक अन्योलले अर्थतन्त्र डामाडोल

कारोबार टिमकाठमाडौं, १४ जेठ
देश राजनीतिक अन्योलको भूमरीमा परिरहेको अवस्थाले व्यापार र उद्योग क्षेत्रमा पनि ठूलो समस्या देखिएको छ । २०६५ जेठ १४ देखि संविधान बनाउन असफल संविधानसभाको बढाइएको एक वर्षे आयु सकिन लागेको पूर्वसन्ध्यामा कारोबारले देशका मुख्य व्यापारिक क्षेत्रहरुमा गरेको एक अध्ययनअनुसार राजनीतिक अन्योलका कारण गएको तीन वर्षमा देशले अर्बौंबराबरको लगानी र उत्पादनमा ह्रास बेहोर्नुपरेको छ ।
देशभरका उद्यमीहरुले पटक–पटक संविधानसभाको म्याद थपिँदा देश चरम आर्थिक संकटतर्फ उन्मुख भइरहेको जनाएका छन् । यो जेठ १४ सम्म पनि संविधान बन्न नसक्दा संक्रमणकालको अवस्था लम्बिँदै गएको र भएका उद्योग समस्याग्रस्त भएका तथा नयाँ आउन नसकेको कुरा देशभरका उद्योगी, व्यवसायीहरुले बताएका छन् ।
विराटनगरका लगानीकर्ता पलायन
गएको तीन वर्षमा संविधान बन्न नसकेकाले विराटनगरका धेरै उद्योगी पलायन भइसकेको उद्योग संगठन मोरङका अध्यक्ष दिनेश गोल्छाले बताए । उनका अनुसार देशमा संक्रमणकालीन अवस्था लम्बिँदै गएकाले नयाँ लगानी भित्रिन सकेको छैन ।
“समयमै संविधान बनेको भए देशले निकास पाई यहाँको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थाले गति लिने थियो,” उनले भने, “तर एकपछि अर्को गर्दै हरेक वर्ष संविधानसभाको म्याद थपिँदा नयाँ लगानी होइन भएका उद्योग सञ्चालन गर्नसमेत हम्मेहम्मे परिरहेको छ ।”
संविधान लेखन कार्य पूरा नभएसम्म बन्द, हडताल, चन्दाआतंक, असुरक्षालगायतका समस्या कम नहुने तर्क प्रस्तुत गर्दै गोल्छाले भने, “संविधान लेख्ने दायित्व दलहरूले पूरा गरे देश एउटा नयाँ मोडतर्फ जाने थियो र यहाँका उद्योग–व्यवसाय फस्टाई देशले चाँडै नै आर्थिक उन्नति गर्ने थियो ।”
अहिले पूर्वाञ्चलका उद्योगी–व्यवसायीका लागि सबैभन्दा ठूलो समस्या लोडसेडिङ भएको उल्लेख गर्दै संविधान लेखनका क्रममा खर्च भएको एक चौथाइ रकममात्रै भए पनि विद्युत्मा लगानी गरेको भए उद्योगका लागि ठूलो राहत हुने उनले बताए । “नेपालमै विद्युत् उत्पादन गर्न नसकेको भए पनि भारतबाट त्यो पैसाबाट खरिद गर्न सकिएको भए यहाँको लोडसेडिङको समस्या हल हुने थियो,” उनको भनाइ थियो, “अहिले विद्युत् समस्याकै कारण पूर्वका आधाभन्दा बढी उद्योग बन्द छन् ।” दलहरू संविधान बनाउनेमा भन्दा सरकार बनाउने खेलमा लागेका कारण जनतामा नैराश्यता उत्पन्न भएको उनको आरोप छ ।
त्यस्तै थुप्रै बहुराष्ट्रिय लगानीकर्ताहरू नेपालमा लगानी गर्न उचित वातावरण पर्खिएर बसिरहेको मोरङ व्यापार संघका महासचिव अविनाश बोहराले बताए । “लगानीकर्ताले कुनै पनि देशमा लगानीको पोलिसी कस्तो छ भनेर हेर्छ तर यहाँ अझै पनि लगानीको पोलिसी निर्माण हुनसकेको छैन,” उनले भने, “अब पनि संविधान निर्माण हुन नसके यहाँ सञ्चालनमा रहेका उद्योगसमेत बन्द गर्नुको विकल्प छैन ।” उनका अनुसार अहिले अधिकांश उद्योगीले घाटा सहेरै भए पनि उद्योग सञ्चालन गरिरहेका छन् ।
“युवापुस्तामा त नेपालमा लगानी गर्ने सोच नै हराइसक्यो,” उनले भने, “यस्तै अवस्था रहने हो भने यो देशमा बूढापाका उद्योगीमात्रै बाँकी रहनेछन् ।”
राजनीति अस्थिरताकै कारण मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगको उत्पादन क्षमता दैनिक १ अर्बभन्दा बढी भए पनि हाल ४० करोडभन्दा कम उत्पादन गर्न बाध्य हुनुपरेको वरिष्ठ उद्योगपति नवलकिशोर काबराले बताए । संविधानसभाको म्याद कथांकदाचित थपिएमा अब थपिएको समयको भत्ता लिँदैनौं भन्ने सभासद्हरुबाट प्रतिबद्धता आउनुपर्ने र उक्त भत्ताबापतको रकम विद्युत् उत्पादनमा लगानी गर्नुपर्ने उद्योगपति काबराको माग छ ।
भैरहवाबाट पुँजी पलायन र उद्योग विस्थापन
मुलुक सञ्चालनको मुख्य अंग संविधान तोकिएको समयमा बन्न नसक्दा औद्योगिक क्षेत्र धराशायी बन्दै गइरहेको, लगानीकर्ताहरु निरुत्साहित भएको, संक्रमणकालको फाइदा उठाउँदै चन्दा आतंक, हत्या अपहरण मौलाउँदै गएको रुपन्देहीका उद्योग व्यवसायसम्बद्ध संघसंस्था तथा व्यवसायीले जनाएका छन् ।
अस्थिर राजनीतिको कारणले दण्डहीनता मौलाउँदै जाँदा छाडातन्त्रले प्रश्रय पाइरहँदा आर्थिक क्षेत्र धराशायी बन्दै गइरहेको उनीहरुको भनाइ थियो । लगानीमैत्री वातावरण बन्न नसक्दा लगानिकर्ता धमाधम फर्किरहेको र मुलुक विकासका लागि मेरुदण्डको रूपमा रहेको आर्थिक क्षेत्र अहिले सबैभन्दा बढी मारमा परेको उनीहरुको भनाइ छ ।
तोकिएको समयमा संविधान बन्न नसक्दा उद्योग व्यवसाय क्षेत्रमा अन्योल छाएको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्रकुमार श्रेष्ठले बताए । “संविधान समयमा बन्ने सम्भावना नदेखिएपछि यस क्षेत्रका उद्योगीहरुमा नैराश्यता छाएको, उद्योग क्षेत्रमा लगानी घट्दो क्रममा रहेको, पुँजी पलायन र उद्योगहरु विस्थापित हुन सक्ने खतरा बढिरहेको छ,” उनले भने, “नयाँ उद्योग स्थापनाको त के सञ्चालित उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।”
तोकिएको समयमा संविधान नबन्दा अशान्ति छाएको, अराजकता र दण्डहीनताले प्रश्रय पाउँदा त्यसको प्रत्यक्ष मार उद्योग व्यवसायमा परेको रुपन्देही उद्योग संघका अध्यक्ष एजाज आलमले बताए । “संविधान बन्दा उद्योग क्षेत्रका लागि समेत कानुन बनेर आउने र त्यसले औद्योगिक वातावरण सिर्जना गर्ने हुँदा तोकिएको समयमै संविधान बन्नुपथ्र्यो तर बन्न नसक्दा उद्योग व्यवसाय क्षेत्रमा अन्योल कायम छ,” आलमले भने ।
तोकिएको समयमा संविधान घोषणा हुन नसक्दा नयाँ उद्योग स्थापना गर्न सबै हिच्किचाइरहेको र बैंकहरुले पनि उत्साहप्रद रूपमा लगानी गर्न छाडेको युवा उद्योगी तथा सिद्धार्थ ग्रुपका निर्देशक राजेश अग्रवाल बताउँछन् ।
सबै तिरबाट विश्वासको वातावरण बिगिँ्रदै गएको र भोलि जे पनि हुन सक्ने भन्दै सर्वसाधारणले लगानी गर्नुको सट्टा नगद र सुन, हीरा किनेर राख्न सुरु गरेको अग्रवालको दाबी छ ।
वीरगन्जका उद्यमीमा त्रास
संविधानसभाको म्याद थपिन्छ कि थपिन्न वा थपिए पनि देश कस्तो प्रकारको राजनीतिक व्यवस्थातर्फ जान्छ भन्ने त्रास पर्साका व्यापारीमा व्याप्त छ । “अहिले मुलुक अन्तरिम संविधानअन्तर्गत चल्दैछ, नयाँ  संविधान बन्ने क्रममा छ, बनेन भने के हुन्छ ? भने त्रास उद्योगी व्यापारीमा छ,” वरिष्ठ उद्योगी एवं वीरगन्ज उद्योग वाणिज्य संघका आमन्त्रित सदस्य जगदीश अग्रवालले भने ।
देशमा लोकतन्त्र आएपश्चात् उद्योग जगतको विकासका मौलिक मुद्दा कार्यान्वयन हुन सकेको छैन, नयाँ संविधान बनेपछि उद्योग व्यवसायको विकास हुन्छ भन्ने आश उद्योगी–व्यवसायीमा थियो । “तर निर्धारित समयमा संविधान निर्माण हुन नसकेकाले वर्तमान अवस्थामा लगानी रोकिएको हो,” उनले भने ।
राजनीतिक अस्थिरताको नकारात्मक प्रभावका कारण अर्थजगत अन्योलको चपेटमा परेकोले अहिलेको तरल अवस्थामा स्वदेशी र विदेशी लगानीकर्ताले लगानी गर्न नचाहेको उनको तर्क छ ।  अस्थिरताका कारण देशका अधिकांश युवा उद्यमीले विदेशमा लगानी गरिरहेको पनि उनले बताए ।
वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ओमप्रकाश सिकारियाले अहिलेको राजनीतिक अस्थिरताले लगानीकर्तासामु असहज परिस्थति सिर्जना भएको बताएका छन् । स्थिर र सुनिश्चित राजनीतिक प्रणालीअन्तर्गत मात्र आर्थिक क्षेत्रको विकास सम्भव हुने बताउँदै सिकारियाले अनिश्चितताका कारण अहिले उद्योगी व्यापारी द्विविधामा परेको बताए । राजनीतिक अस्थिरताले बजेटअनुरुपको खर्च, विकास कार्य हुन नसकेकाले आयातकर्र्ता मारमा परेको उनले बताए ।
अहिलेको अस्थिरताले सेयर मार्केटदेखि सबै प्रकारका आर्थिक सूचकांकमा नराम्रो प्रभाव परेको उनले बताए । “जेठ १४ पछि के हुने हो भन्ने त्रास सबैमा रहेका कारण समग्र व्यापार, उत्पादन घटेको छ । सबै पर्ख र हेरको स्थितिमा छन्,” वीरगन्ज उद्योग वाणिज्य संघका एक पदाधिकारीले भने ।
इटहरीबाट नेपाली रुपैयाँ भारत गयो
पटक–पटक संविधानसभाको म्याद थप्नुपर्दा करोडौं रुपैयाँ भारततर्फ गइरहेको सुनसरीका व्यवसायीहरुले बताएका छन् । संविधानसभाको म्याद थप्ने समयमा विभिन्न समूहले गर्ने बन्दका क्रममा व्यवसायीबाट ठूलो रकम विदेशतर्फ गइरहेको उनीहरुको भनाइ छ । बन्द भएपछि व्यवसायीहरु भारतका विभिन्न सहरमा घुम्न जाने र ठूलोमात्रमा खर्च गर्ने गरेकाले सो रकम भारततर्फ गइरहेको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष रोहित प्रसाईंले बताए ।
उनले बन्दका बेला सीमानजिकका धेरै व्यवसायी सपरिवार भारतका विभिन्न सहरमा घुम्न जाने भएकाले धेरै नेपाली रुपैयाँ भारत जाने गरेको बताएका हुन् । “संविधानसभाको म्याद थप गर्ने समयमा विभिन्न समूहले बन्द गराउँछन् । १५ दिनयता दिनहँुजसो भइरहेको बन्दले इटहरी क्षेत्रमा मात्र दैनिक ३ करोडको क्षति भइरहेको छ,” उनले भने ।
संविधान नबन्दा मुलकमा सरकार दरिलो नभएका कारण उद्योगी व्यवसायी मारमा परेको बताउँछन् पूर्वाञ्चल उद्योग व्यवसायी संरक्षण मञ्चका अध्यक्ष टंक दुलाल । उनले संविधान निमार्णको म्याद पटक–पटक सारिँदा औद्योगिक र व्यावसायिक क्षेत्रमा लगानी गर्ने वतावरण नभएको बताए ।
संविधानसभाको म्याद पटक–पटक सार्दा मुलुक अन्योलको भुमरीमा फसेको हेल्दी फुड प्रोडक्टस्का निर्देशक निर्मल रिजालले बताए । उनले म्याद थप्ने समय हुन लाग्दा विभिन्न समूहले गरेको बन्दका कारण औद्योगिक उत्पादनमा ह्रास आएको र कर्मचारीलाई तलब खुवाउनसमेत गाह्रो भएको बताए ।
घाटामा झापाको व्यापार
नेपालको राजनीतिक गतिरोध लम्बिरहँदा पूर्वका उद्यमीहरुले घाटाको व्यवसाय गर्नुपरेको बताएका छन् । राजनीतिक परिवर्तन हुने र व्यावसायिक स्थिरता आउने आशामा घाटामा भए पनि व्यवासाय चलाउनुपरेको उनीहरुको भनाइ छ ।
मेची उद्योग वाणिज्य संघका अध्यक्ष केशव पाण्डे सरकारले लगानीमैत्री वातावरण र नीति बनाउन नसक्दा लगानीकर्ता व्यवसाय छोड्ने अवस्थामा पुगेको बताउँछन् । कतिपय लगानीकर्ता लगानी झिकेर अन्यत्र लगानी गर्न थालेको उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका उनले कतिपय झापाका व्यवसायीहरुले लगानी झिकेर भारतका विभिन्न सहरमा लगानी गर्न थालेको बताए । खासगरी पश्चिम बंगालमा आएको राजनीतिक परिवर्तनले लगानीको अवसर बढाउँदै लगेकाले नेपाली व्यवसायीले समेत त्यतातर्फ लगानी गर्न थालको उनको भनाइ छ ।
यस्तै झापा उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र घिमिरले सरकारले लगानी संरक्षणको नीति बनाउन नसक्ने हो भने अझै पनि व्यवसायीले लगानी झिक्न सक्ने अवस्था आउने बताए । उनले भने, “व्यवसायीहरुले राजनीतिक परिवर्तनलाई स्वीकार गरेर यतिन्जेल धैर्य गरेर घाटामा भए पनि व्यवसाय चलाए तर धैर्य सकिइसक्यो ।”
झापाको हङकङ बजार भनेर चिनिने धुलाबारीका तीन दर्जनभन्दा बढी व्यवसायीले नेपालको लगानी निकालेर पश्चिम बंगालको सिलगुडीमा लगानी गर्न थालेको उनले बताए । दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईंले जतिसक्दो चाँडो राजनीतिक तरलताको अन्त्य गरी लगानी सुरक्षित हुने अवस्था सिर्जना गर्नुपरेको बताए । पछिल्लो तीन वर्षमा लगानी बढाउने भन्दा पनि व्यवसायीलाई भएको लगानीको सुरक्षा गर्नु नै चुनौती भएको उनले बताए ।

Wednesday, May 25, 2011

सिमेन्ट उद्योगमा १३ अर्ब लगानी




मागको ७० प्रतिशत स्वदेशी उद्योगले पूरा गर्छन्

“झन्डै १० वटा उद्योग सञ्चालनको तयारीमा छन्, बिकाविकास निर्माणका कामले गति लिए नेपालमा थप सिमेन्ट उद्योग  समेत स्थापना हुनेछन् ।
काठमाडौं, ९ जेठ
 नेपालमा विकास निर्माणका कार्यहरु  सुस्त गतिमा भइरहे पनि सिमेन्ट उद्योग खोल्ने क्रम भने बढेको छ । पछिल्ला दिनमा सरकारको पूँजीगत खर्च अपेक्षित हुन नसक्दा विकास निर्माणका कार्यहरु सुस्त गतिमा भइरहे पनि निजी क्षेत्रबाट समेत पछिल्ला दिनमा ठूला निर्माण कार्य हुन थालेपछि उद्योगीहरू सिमेन्ट उद्योगप्रति ति आकर्षित भएसँगै यो क्षेत्रमा लगानी बढेको हो ।
लगानीकर्ताको चासो देखिएको हो । कम्पनी रजिष्टाजिस्टारको कार्यालयको एक तथ्याँंक अनुसार कार्यालयमा दर्ता भएका १ सय २ सिमेन्ट उत्पादन गर्ने कम्पनीउद्योगहरुले १३ अवअर्ब २९ करोड बराबारको लगानीको  प्रतिबद्धता जनाएका छन् । यो लगानी सिमेन्ट मात्रै उत्पादन गर्ने कम्पनीको मात्रै हो । यसैगरि सिमेन्ट उद्योगका सहायक कम्पनीका रुरूपमा स्थापित कमपनीहरु जस्तै  कंक्रिट, पाइप, रड, क्रसर उद्योगहरुहरूको दर्तामा पनि उत्साहजनक रुपमा बवृद्धि भएको छ ।
देखिएको छ ।
“सिमेन्ट उद्योग फस्टाउनुको कारण नेपालमै कच्चा पदार्थ पाइने तथा बजार समेत राम्रो भएकाले सजिलै पाइनु नै प्रमुख कारण भएको यहाँ सिमेन्ट उद्योग फस्टाएका छन्,” सिमेन्ट उत्पादक संघ नेपालका अध्यक्ष आत्माराम मुरारका भन्छन्, “बताउँछन् । पछिल्ला दिनमा लगानीका अन्य क्षेत्रहरु  खुम्चिँदै गए पनि सिमेन्ट उद्योगप्रति ठूला लगानीकर्ताको समेत चासो बढ्नुलाई सकारात्मक रुरूपमा लिनुपर्छ ।”हेर्ने मुरारका  सरकारले पूुँजीगत खर्च समे त बढाउन सके यस ो क्षेत्रबाट ठूलो राजस्व पनि  संकलन हुने उनी बताउँछन् ।
 निर्माणको  सामाग्रीको उत्पादन दैनिक जसो बढ्नुले यस्ता उद्योगमा लगानी बढेको उनको भनाइ छ ।
“दै जानु तथा सिमेन्ट उत्पादनका लागि चाहिने आवश्यक कच्चा पदार्थहरु पनि नेपालमै पाइने भएकोले नेपालमा सिमेन्ट उद्योगमा लगानी बढ्न थालेको हो । आधुनिक डिजाइनका घरहरुको निर्माण हुने क्रम बढ्दै गएको तथा निर्माणका समाग्रीको ब्यापारमा बृद्धि हुन थालेकोले सिमेन्टमा लगानी गरेको ब्यवसायीको भनाई छ ।
पछिल्लो केही समय यता बिकाविकासका कामहरु  सुचारु हुने सम्भावना अवस्था देखिएकोेले व्यवसायीहरू सिमेन्टतर्फ ब्यवसायी उत्साहित भएको छन्,” उनले भने, संघका अध्यक्ष मुरारकाले बताए ।  “गएका वर्षहरुमा बिकाविकासका कामहरु  ठप्प ठप्प थिए; भएको  स्मरण गर्दै यतिबेला सडक, बाटो, पुल, मल, हाइड्रोपावर जस्ता निर्माणका कार्यहरु  बढेको छन् । यसले सिमेन्ट उद्योगलाई फाइदा पु¥याएको छ ।”
ले सिमेन्टमा लगानी बढ्को थालेको जानकारी दिए ।  नेपालमा उत्पादन हुने सिमेन्टले कुल आवश्यकताको ७० प्रतिशत माग मात्रै पुूरा गरेको दाबी गर्दैै जानकारी दिँदै अध्यक्ष मुरारकाले सरकारले बिवकास निर्माणमा णका गतिविधि बढाए केही लचकता भएमा सिमेन्ट उद्योगले शतप्रतिसशत माग पूरा गर्ने दाबी जिकिर गरे । “यस्तो जटिल अवस्थामा पनि यहाँको उत्पादनले झण्डझन्डै ७० प्रतिशत माग ओगटेको छ, यसतर्फ  सरकारको यसतर्फ ध्यान गयो भने सिमेन्टको लगानीले मुलुकलाई ठुलो राज्यलाई धेरै माथि पुर¥याउँछ ।” उनले भने ।
सिमेन्टका लागि चाहिने चुनढुंगा नेपालमा प्रशस्त भए पनि को बताउदै उनले जिप्सन, कोइला, आइरन जस्ता सामानहरु  भारत तथा र भुटानबाट आयात गर्नु परेको जानकारी दिए । र्छ ।
उनले भने “झण्डै १० वटा उद्योग सञ्चालनको तयारीमा छन् बिकास निर्माणका काम भएमा नेपालमा सिमेन्ट उद्योगको भविष्य राम्रो छ ।” उनका अनुसार सरकारी स्वमित्वको लगानीका उद्योगभन्दा पनि निजी उद्योगहरुमा ब्यवसायीको माग बढ्दै गएको छ ।  बृज, जगदम्बा, पञ्चकन्या, कस्समस, महालक्ष्मी, मारुती, बिश्वकमाविश्वकर्मा, अम्बे लगायतका  सिमेन्टब्रान्डले उद्योगहरु निजी लगानीमा आफ्नो नेपालमा आफ्नो पहिचान बनाइसकेका छन् । मुरारकाका अनुसार झन्डै १० वटा सिमेन्ट उद्योग सञ्चालनको तयारीमा छन् । उद्योगहरु हुन् ।
खाद्य सामाग्रीको  उत्पादन गर्दै आएको शारदा समुूहले ‘सिमेन्टको प्रचुर संभावना भएको भन्दै शिबवम’ नामक नयाँ सिमेन्ट उद्योग सञ्चालनमा ल्याउँदै छ । करिीवब ३ करोड रुपैयाँको लगानीमा स्थापित उद्योगले उत्पादन सुरु गरेको जानकारी दिदै समुहका एक अधिकारीले  दैनिक ११ सय सिमेन्ट परिीक्षणका रुपमा  उत्पादन सुरु गरिसकेको छ । हुन थालेको बताए । उनले नेपाल सिमेन्टमा निर्भर नभैसकेको बताउदै यसले आयातमा प्रतिस्थापन गर्न सहज हुने मनोसायले सिमेन्टमा लगानी गरेको बताए ।
पञ्चकन्या समुूहका अध्यक्ष प्रदिीप कुमार श्रेष्ठले नेपालमा सिमेन्टको निर्यात दैनिकजसो बढ्दैेकाले गएको बताउदै  निर्यात प्रतिस्थापन गर्न नयाँ उद्योग सञ्चालनले ठूलो भूमिका खेल्ने बताउँछन् । मा ल्याउनु पर्ने बताए । सिमेन्ट उत्पादन गर्न आवश्यक कच्चा पदार्थहरु नेपालमै पाइने जानकारी दिदै उनले कोल जिप्सन नामक कच्चा पदार्थमात्र दोश्रो मुलुकबाट ल्याउनु परेको बताए । उनले भने ““सिमेन्ट उत्पादन गर्न चाहिने मुख्य कुरा चुन ढुंगा हो त्यो नेपालमै प्रशस्त छ ।”
श्रेष्ठले सिमेन्ट उत्पादनकालागि कोल जिप्सन नामको कच्चा पदार्थ मात्र भारतबाट आयातित गर्नुृ परेको जनाउदै नेपालमा सिमेन्टको उलेख्य  संम्भावना धेरै छ,” उनी भन्छन्, “ रहेको बताए । हाइड्रोपावरमा सिमेन्टको  प्रयोग अनिवार्यजस्तै हो भने भएको बताउदै उनले निर्माण रियलस्टेट, हाउजिङको कारोबारको  बवृद्धिका द्धिका कारण सिमेन्ट उद्योगमा लगानी लगानी बढ्न न थालेको छ, यो सकारात्मक हो ।” जिकिर गरे । पञ्चकन्या समुूहले निमार्णका  सामाग्रीको  उत्पादन तथा बिक्री गर्दै आएकोे गर्छ ।   कम्पनीले पछिल्लो केही वर्षयता सिमेन्टको मागलाई ध्यानमा राख्दै कम खर्च लाग्ने सिमेन्ट बालुवा , गिट्टीको आवश्यकता नपर्ने गरी लगानीमा रेडिम्याक्स कङक्रिटकाकंक्रिट े उत्पादन सुरु गरेको छ । भौगालिक बिबिधता तथा ठुला ठुला चुरे पहाडहरु नेपालमा नै भएको बताउदै ब्यवसायीक प्रतिस्पर्धाले अधिकाँश कम्पनीले गुणस्तरीयता कामम गर्न नसकेको जिकिर गरे ।
गोेयनका सिमेन्टका सञ्चालक अजय गोयन्कालयनकाले मुलुकमा बढ्दै गएको औद्योगिीकीकरण  र शहसहरीकरणले सिमेन्टको माग बढेकाले बढ्दो मालगाई पुरा गर्नआफूहरू सिमेन्टमा न्ट उद्योगमा आकर्षित भएको बताए । लगानी गरेको बताए । गएको मङसिर ंसिरमहिनादेखिी सिमेन्टको उत्पादन सुरु गरेको बताउदै उनले मुलुकमै पहिलोपटक क्लोज सर्किट मिलबाट सिमेन्ट उत्पादन थालिएको जानकारी उनले दिए । सुरु गरेको जानकारी दिए । विगत तीन दशक देखि निर्माण सामाग्रीमा संलग्न गोयन्का समुहले उत्पादन क्षमताको प्रचुर संभावना हुदाहुदै पनि आन्तरीक कारणले सिमेन्ट उद्योगमा लगानी गर्न नसकेको बताए । गोयन्का यनका सिमेन्ट रुपन्देहीको  भैरहवामा ५५ करोड रुपैयाँको लागतमा सञ्चालनमा आएको छ ।स्थापना गरिएको हो ।

Sunday, May 22, 2011

जेठो उद्योगलाई बिजुली दिने मेसिन

विराटनगर, जेष्ठ ७ - मिलमा विश्वमै कम संख्यामा निर्माण भएका मेसिन भएकाले तिनको संरक्षण गरेर राख्नुपर्ने स्वदेशी तथा विदेशी विज्ञहरूले सुझाव दिँदै आएका छन् । मेसिनमा टाँसिएको ट्यागमा 'स्विस लोकोमोटिभ एन्ड मेसिन वक्र्स, विनटरथुर' अंकित छ । उक्त मेसिन उत्पादक कम्पनी स्विस लोकोमोटिभ एन्ड मेसिन वक्र्स, विनटरथुरकै सन् १८८६ को उत्पादन रहेको र  फिनिस स्टेट रेलवेजमा १९३२ सम्म प्रयोग भएको तथ्य छ ।
विक्रम संवत् १९९३ दर्ता नम्बर १ । यही ऐतिहासिक मिति र दर्ता नम्बरका कारण मात्र होइन औद्योगिक विकास र राजनीतिक आन्दोलनको उद्गमस्थालका रूपमा पनि विराटनगर जुट मिल नेपालको आर्थिक राजनीतिक विकासक्रमको महत्त्वपूर्ण धरोहर हो । विराटनगर बजारबाट ६ किलोमिटर दक्षिण भारतीय सीमानजिक रहेको यो मिलका क्षेत्रको करिब ५५ बिघा जग्गा र विभिन्न संरचना छन् ।
पहिले पूर्वी नेपालका सुनसरी र मोरङ जिल्लामा पर्याप्त जुट उत्पादन हुन्थ्यो । ती जुट बेच्न भारतको फारबिसगन्जसम्म गोरुगाडामा कष्टसाथ जानुपर्ने अवस्था थियो । उद्योगको उत्कर्ष अवस्था २०२० देखि ४० ताका दैनिक ५० टनसम्म जुट उत्पादन हुने गरेको उद्योग वाणिज्य महासंघ, कर तथा राजस्व परामर्श समिति सभापति जगदीश राठी बताउँछन् ।
सन् १९३६ मा स्थापित यसमा मिलका लागि त्यसबेला ऊर्जा समस्या थियो । स्वदेशमा बिजुली उत्पादन नगण्य मात्र थियो । मिलका संस्थापक भारतको कोलकाताका त्यसबेलाका धनाढ्य व्यापारी राधाकृष्ण चमडियाले बेलायतमा बनेका ती मेसिन ल्याएको जानकारहरू बताउँछन् । अन्तर्राष्ट्रिय व्यापारीहरूसँग सम्बन्ध भएका भनिएका उनले तिनै विदेशीहरूको सुझावमा उक्त मेसिन भित्र्याएको सुनिएको मिल सञ्चालन समितिका पदाधिकारीको भनाइ छ ।
इन्जिनलाई सानासाना टुक्रामा छुट्याएर पानी जहाजमार्फत कोलकातासम्म ल्याइएको थियो । त्यहाँबाट रेल मार्ग हुँदैविराटनगर ल्याइएको हो । यहीँ ल्याएर जडान गरिएको हो । त्यसबेला भारतीय
रेल विराटनगर जुटमिलसम्मै आइपुग्थ्यो । 'सुरुमा इन्जिन बनाउने कम्पनीबाटै आएका प्राविधिकहरूले जडान गरेको भन्ने जानकारी छ,' मिल सञ्चालक समितिका अध्यक्ष अशोक पोखरेल भन्छन्, 'त्यसपछि भारतीय प्राविधिकहरूले रेखदेख र सञ्चालन गरेको देखिन्छ ।'
फर्नेस आयलले चल्ने ती मेसिनबाट ७ सय ५० का दरले १५ सय किलोवाट बिजुली उत्पादन हुन्थ्यो । उत्पादित बिजुली मिलमा खपत भई बाहिरका केही उद्योगलाई पनि आपूर्ति गरिएको थियो । आसपास क्ष्ाेत्रमा रहेका रघुपति जुटमिल, अशोक टेक्सटाइल, सुगर मिल, हुलास मेटलजस्ता उद्याेगका साथै अरुण सिनेमा हलमा पनि बिजुली दिइएको थियो ।
सुरुमा उक्त मेसिन फलके साहेब नामका भारतीय प्राविधिकले हेरचाह र सञ्चालन गर्ने गरेको मिलका पुराना कर्मचारी बताउँछन् । त्यसपछि माधव साहेब, प्रभाकर हुँदै रत्नेश्वर झाले मेसिन सञ्चालन र रेखदेख गरेको मिलमा करिब साढे तीन दशक फोरम्यान भएर काम गरेका चन्द्रबहादुर थापा मगर बताउँछन् । झाको पालापछि भने इन्जिनमा खराबी आएर बन्द
भएको हो ।
आफूहरूले उक्त मेसिन 'पानी जहाजमा प्रयोग हुने खाले' भन्ने सुनेको उनले बताए । इन्जिनमा खराबी आएपछि सामान नपाएको अनि बनाउने जनशक्ति पनि नभएकाले त्यसै थान्को लागेको हो । विसंं २०४२ देखि दुवै इन्जिन थन्किएका हुन् ।
मिल परिसरमा चेकोस्लाभाकिया निर्मित दुइटा जेनेरेटर पनि छन् । दुवै गरी १२ सय १६ किलोवाट क्षमताका रहेको प्राविधिकले बताएका छन् । यसैगरी कोइलाबाट चल्ने ६ मेगावाटको कोइला प्लान्ट प्रयोगविहीन  छ ।
विराटनगर आउने विभिन्न मुलुकका राजदूत र विदेशी जानकारहरूले जुट मिलमा त्यो जमानाको पुरानो प्रविधिको इन्जिन देखेर निकै चासोपूर्वक जानकारी लिने गरेको मिलका प्रबन्धक महेश हमाल बताउँछन् ।
विभिन्न समयमा भ्रमणमा आउनेमा प|mान्सका राजदूत, बंगलादेशी राजदूत, राष्ट्रसंघीय विकास कार्यक्रमका उच्च अधिकारीहरू रहने गरेका छन् । मिल स्रोतका अनुसार कसैकसैले त
किन्ने उद्देश्यले पनि चासो राख्ने गरेका छन् ।
मिल र त्यसमा रहेका सबै मेसिनरीलाई एकीकृत गरी संरक्षण गर्नुपर्ने विज्ञहरूले औंल्याएका छन् । 'नेपालको पहिलो, ठूलो र रोजगारीका हिसाबले पनि ठूलो उद्योग ऐतिहासिक र पुरातात्त्विक महत्त्वको हो,' स्थानीय अग्रज उद्योगीसमेत रहेका राजस्व परामर्श समिति सभापति राठी भन्छन्, 'संरक्षण गरे आउने पुस्ताका लागि प्रेरणास्रोत बन्नेछ ।'



 

पाँच महिनामा ११ सय उद्योग दर्ता


 काठमाडौं, ७ जेठ
पछिल्लो पाँच महिनाको अवधिमा १ हजार १ सय ६७ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार पुसदेखि वैशाख मसान्तसम्म १ हजार १ सय १२ साना तथा ५५ वटा घरेलु उद्योग दर्ता भएका छन् ।
पुसमा मात्रै २ सय ४७ उद्योग दर्ता भएका छन् । माघमा २ सय ६०, फागुनमा २ सय ३५, चैतमा १ सय ५२ र वैशाखमा १ सय ७३ उद्योग दर्ता भएका छन् । कार्यालयका अनुसार यो अवधिमा ४५ उद्योगले ठाउँ परिवर्तन गरेका छन् भने ४६ वटाले नामसारी गराएका छन् । १ सय ३८ उद्योगमात्र नवीकरण भएको कार्यालयले जनाएको छ । यो अवधिमा ३८ वटा उद्योग खारेज भएका छन् ।
तथ्यांकअनुसार यी उद्योगको कुल पुँजी ३४ लाख रुपैयाँ छ । यी उद्योगमा ११ हजार २ सय ९५ जनाले रोजगारी पाउने प्रक्षेपण गरिएको छ । यो संख्या राजधानीमा दर्ता हुने उद्योगको मात्रै हो । घरेलु तथा साना उद्योग विभागको तथ्यांकअनुसार गत वर्षको चैत मसान्तसम्ममा मुलुकभर २ लाख २९ हजार ६ सय ८३ उद्योग दर्ता छन् ।
मुलुकका सबैखाले उद्योगहरू दैनिकजसो बन्द हुने क्रम बढ्दै गएकाले लगानीकर्ताहरू साना उद्योगमा आकर्षित भएको कार्यालयका अधिकारीको भनाइ छ । “ठूलो लगानी गर्ने वातावारण अनुकूल नभएकोले लगानीकर्ताहरू साना उद्योगतिर तानिएका छन्,” कार्यालयका उद्योग अधिकृत पुरुषोत्तम शर्माले भने । मुलुकमा लगातार १४ घण्टासम्म लोडसेडिङ, चन्दा आतंकलगायतका कारण ठूला उद्योगमा संकट गहिरिँदै गएको उनले बताए ।
महिना    उद्योग दर्ता
पुस        २ सय ४७
माघ      २ सय ६०,
फागुन   २ सय ३५
चैत       १ सय ५२
वैशाख   १ सय ७३

Wednesday, May 18, 2011

५२ वर्षपछि पुनर्मिलन

ल्मी, जेष्ठ ४ - 'राम्ररी बस्नू, आफ्नो र बच्चाको राम्रो ख्याल गर्नू, म जागिर खोजेपछि तिमीलाई लिन आउँछु,' २५ वर्षे किमबहादुर श्रीसले श्रीमती चन्दि्रकालाई भनेका थिए । त्यही विश्वासमा चन्दि्रका कहिले श्रीमान् आउलान् भन्दै दिन गन्न थालिन् । तर दिन हैन, वर्षौं बित्यो पति फर्किएनन् । २४ वर्षको छँदा छाडेका पति आफू प्रौढावस्थामा पुग्दा पनि नफर्केपछि उनले फेरि भेट हुने आसै मारिसकेकी थिइन् । तर अचम्म, ५२ वर्षपछि उनको जीवनमा अचानक खुसीको भेल आयो- पति घरमा टुप्लुक्किए । चलचित्रको कहानीझैं लाग्ने हाडहाडे-५ को यो जोडीको अहिले अथार्थमै पुनर्मिलन भएको छ ।
२५ वर्षको लक्का जवान छँदा बिछोडिएका जीवनसाथी किमबहादुर यतिबेला ७९ पुगेका छन् भने एक वर्ष कान्छी चन्दि्रका ७८ की भइन् । राम्ररी पैसा कमाउने उद्देश्यले यो जोडी बिछोडिएको थियो । छुट्टनिे बेला गर्भमा रहेका उनीहरूका कान्छा छोरा सूर्यप्रकाश अहिले ५२ वर्षका भए । उनले शनिबार पोखरामा पहिलो पटक आपmना बाबु फेला पारेका हुन् ।
पैसा कमाएर श्रीमती र छोराछोरीलाई सुख दिलाउने आशामा भारत पसेका किमबहादुर गरिबीकै कारण घर र्फकन सकेनन् । घरबाट हिँड्दा सोचेजस्तो कमाउन नसकेपछि विरक्तिएका उनले कोलकाता, सिलाङ र असममा जवानीका ३५ वर्ष बिताए । कतैबाट पनि पैसा कमाउन नसकेपछि नेपाल फर्केका उनलाई त्यसपछि पनि घर जान मन लागेन । त्यसपछिका १७ वर्ष परिवारसँग सम्पर्कविहीन भएर पोखरामा बिताएको उनले बताए ।
पोखरानजिकै राम्दीको सुस्तमनस्थिति केन्द्रमा उनलाई छोराले फेला पारेका हुन् ।
पहिला पैसा कमाउन नसकेपछि घर आउन मन लागेन,' घर र्फकन नसक्नुको पीडा पोख्दै किमबहादुरले भने, 'नेपाल आएपछि पनि पागलजस्तै भइयो र घर नै बिर्सिन थालियो ।' अहिले श्रीमती, छोरा र भाइसमेत खोज्दै पोखरामै पुगेकाले आएको उनले सुनाए ।  बेपत्ता बाबुलाई तम्घासकै भरत भलामीको सहयोगमा उनीहरूको परिवारले फेला पारेको हो । किमबहादुर पोखरामा रहेको र हाडहाडेकै हुन सक्ने भन्ने खबर पाएपछि छोरा सूर्य, आमा चन्दि्रका र साइँला बाबु दलबहादुर उनलाई भेट्न त्यहाँ पुगेका थिए । 'देख्नासाथ आमाले तेरो बाबु यिनै हुन् भनेपछि म एकैछिन बोल्न र हेर्न पनि सकिनँ,' सूर्यले भने ।
पाँच दशकभन्दा बढी समय जीवनसाथी बिनै बिताएकी चन्दि्रकाले खुसी व्यक्त गर्दै भनिन्, 'ढिलै भए पनि श्रीमान्सँग भेट हुन पायो ।' घर छाड्नासाथ सम्पर्कविहीन भएकाले यति लामो समयसम्म कतै खोज्न नसकिएको उनले बताइन् । पहिलो पटक पोखरा पुगेर बाबु भेटेका सूर्यप्रकाशले भने आफूलाई सपना हो कि विपनाजस्तो भएको बताए । 'म आफैं नातिनातिनाको हजुरबुबा भैसकें,' सूर्यप्रकाशले भने, 'देख्छुजस्तो



लागेको थिएन तर अहिले सपना हो कि विपना छुट्टयाउनै गार्‍हो भएको छ ।' परिवारमा अहिले खुसीको कुनै सीमा नरहेको उनले बताए ।
भेट्नासाथ परिवारले उनीहरूलाई पोखरामै अबिर जात्रा गरेका थिए । 'दोस्रो विवाहजस्तै गरियो,' भाइ दलबहादुरले भने । किमबहादुरका दुई छोरा, ६ नातिनातिना र ३ पनातिपनातिना भइसकेका छन् । उनीहरू पोखराबाट सोमबार साँझ तम्घास आएको खबर पाएपछि हाडहाडेबाट त्यहीं भेट्न पुगेका आफन्तको होटलमै भीड लागेको थियो ।




प्रकाशित मिति: २०६८ जेष्ठ ४ ०९:०२

वाइन उद्योगमा लगानीकर्ताले चासो देखाएनन्

             काठमाडौं, ३ जेठ
सरकारले फलफूलजन्य वाइन उद्योगको दर्ता तथा सञ्चालन खुला गरे पनि लगानीकर्ताले चासो देखाएका छैनन् । घरेलु तथा साना उद्योग विभागका अनुसार गत वर्षको वैशाखदेखि चालू वर्षको वैशाख मसान्तसम्म नवलपरासीमा दुई र जुम्लामा एक गरी तीन वटामात्र यस्ता उद्योग दर्ता भएका छन् ।
सरकारले नेपालमा फलफूलबाटै पनि मदिरा उत्पादन गर्न सकिने भएकाले यसको माध्यमबाट मदिरा आयात प्रतिस्थापन गर्ने उद्देश्य राखी गत वर्षदेखि दर्ता खुला गरेको हो । अघिल्लो वर्ष असार ३ मा मन्त्रिपरिषद्ले त्यसअघि फलफूलजन्य मदिरा उद्योग दर्तामा लाग्दै आएको प्रतिबन्ध फुकुवा गरेको थियो । उद्यमीहरूले फलफूलमा आधारित वस्तुबाट उत्पादित ब्रान्डी वाइनमात्र उत्पादन गर्न पाउने व्यवस्था छ ।
देशभरका वाइन उद्योगको संख्या र तिनको प्रकृतिबारे एकिन विवरण नभए पनि सरकारले फलफूलको ब्रांन्डीमा प्रतिबन्ध फुकुवा गरेपछि मुलुकभर जम्मा तीन वटामात्र उद्योग दर्ता भएको विभागले जनाएको छ । ब्रान्डी वाइनका लागि जिल्लास्तरीय विभागमा दर्ता भएका उद्योगहरू केन्द्रीय तहमा आउने प्रावधान छ । सरकारले हालसम्म मदिरा निषेधित क्षेत्र घोषणा गरेका स्थानमा लगाइएको प्रतिबन्ध भने यथावत् राखेको विभागले बताएको छ ।
यसअघि सरकारले देशभर मदिराजन्य उद्योगले गैरकानुनी रूपमा मदिरा बिक्री गरेको भन्दै वि.सं. २०५८ सालमा रोक लगाएको थियो । त्यसबेला भएका वाइनजन्य उद्योगलाई अन्य उद्योगमा प्रतिस्थापन गर्ने र नयाँ व्यवस्था नभएसम्म कुनै पनि प्रकारका मदिरा उत्पादन गर्ने उद्योग खोल्न नपाउने भन्दै रोक लगाइएको थियो ।
मदिराजन्य वस्तुको आयात दैनिकजसो बढ्दै गएपछि आयात प्रतिस्थापन गर्न भन्दै सरकारले सात वर्षपछि ०६५ मा प्रतिबन्ध फुकुवा गरेको थियो । यो निर्णयसँगै कृषिजन्य वस्तुको उत्पादन बढ्दै गएको र भएका फलफूल सडेर जानेजस्ता समस्या हटेको विभागले बताएको छ । सँगसँगै, स्वदेशी ब्रान्डीको बजारीकरण गरेर आयात प्रतिस्थापन गर्न पनि सघाउ पुगेको उसको भनाइ छ ।
भौगोलिक अनुकूलता भए पनि आयातमै निर्भर हुनुपर्ने अवस्था आएको भन्दै विभागले यस्ता वस्तु तथा  तथा जडिबुटीको बजारीकरण गर्न पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । विभागका अनुसार नेपालमा स्याउ, सुन्तला, अदुवा, निबुवा, मौसम, जटामसी, जुनारलगायतका वस्तुबाट ब्रान्डी उत्पादन हुने गरेको छ ।
कृषिमा प्रचुर सम्भावना हँुदाहँुदै पनि सरकारको छिनछिनमा परिवर्तन हुने निर्णयका कारण यस्ता उद्योग फस्टाउन नसकेको विभागको ठहर छ । विभागको तथ्यांकअनुसार हालसम्म झन्डै ५ सयको हाराहारीमा मदिराजन्य वाइन उत्पादन गर्ने उद्योग छन् । यद्यपि फलफूलबाट उत्पादन हुने ब्रान्डी उत्पादन गर्ने उद्योग भने अत्यन्त न्यून छन् ।

रमाइलो मान्दै गुल्मी घुम्न जानेकि ..............

निरु अर्याल

पहाडी क्षेत्रको सुन्दर काखमा अवस्थित गुल्मी जिल्ला प्राकृतिक सुन्दरताले भरिपूर्ण जिल्लाहरूमध्ये एक यो पनि हो । नेपालको चर्चित कालीगण्डकीको तिरमा अवस्थित रुरु धाम, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको तपोभूमि रेसुंगाको साउने शिवालय, प्रसिद्ध लिच्छिविकालीन राजाहरू बस्ने गरेको चारपालाको दरबार तथा शिवालय त्यहाँका प्रमुख पर्यटकीय स्थल हुन् ।

त्यसैगरी पश्चिमाञ्चलको सगरमाथाका रूपमा ख्याति कमाएको रेसुंगा डाँडाका साथै जैविक विविधता र प्राकृतिक सौन्दर्यताले महत्व बोकेको मदाने लेक, टिमुरे लेक, दिव्रुम दह, थाप्लेको लेक, कङके देउरालीजस्ता मनोरम दृश्यले भरिपूर्ण यस जिल्लाको प्रचार–प्रसार हुने यो भने पर्यटन गन्तव्यको लागि उत्कृष्ट हुने थियो । त्यतिमात्र होइन, रेसुंगा डाँडामा निर्माण भएको २ हजार ३ सय ४७ मिटर अग्लो भ्यू–टावरबाट उत्तरमा माछापुच्छ्रे« हिमालसहितका सुन्दर हिमालका दृश्यहरू देख्न सकिन्छ । समय–समयमा चर्चा परिचर्चा कमाउने तथा सदाबहार आगन्तुकको भीड लाग्ने बिचित्र गुफा तथा सिद्धेश्वर गुफा पनि यही जिल्लामा पर्छ ।

यस जिल्लाका प्राकृतिक सम्पदाको प्रचार–प्रसार गर्न सहज हुने तथा जिल्लामा भएका विशेष महत्व बोकेका विषय वस्तुको बजारीकरणमा टेवा पुग्ने भन्दै समाज विकास पर्यटन प्रबद्र्धन तथा वातावरण संरक्षण केन्द्रले यही फागुन १९ देखि २१ गतेसम्म प्रथम गुल्मी पर्यटन महोत्सव गर्दै छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम रहेको उक्त महोत्सवमा गुल्मीको पहिचानलाई बढावा दिन जिल्लाभर रहेका उद्यमी व्यापारी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहने आयोजकको भनाइ छ ।

आयोजकका अनुसार महोत्सव अवधिभर जिल्लालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सरोकारवालको ध्यानाकर्षण गराउने, पर्यटकीय क्षेत्रको खोज तथा अनुसन्धान र प्रचार–प्रसार गर्ने, जिल्लाका एतिहासिक तथा धार्मिक क्षेत्रहरूको संरक्षण, संवद्र्धन एवं प्रवद्र्धन गर्न पुरातात्विक सम्पदाको स्टल रहने छन् ।

साथै मेलामा स्थानीय स्रोत साधनबाट उत्पादित घरेलु सामान, कृषिजन्य पशुजन्य तथा घरेलु उद्योग कथा कुटिर उद्योगबाट उत्पादित सामग्रीलाई विशेष प्राथमिकता दिइने पनि आयोजकले बताए । महोत्सवमा विभिन्न जात जातिहरूमा आधारित स्थानीय खानाको परिकारका स्टल राखिने तथा धार्मिक तथा संस्कृतिमा आधारित झाँकीहरू प्रस्तुत गरिने भएको छ ।

सरकारले मनाउन लागेको पर्यटन वर्षलाई मध्यनजर गर्दै आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर जिल्लालाई नमुनाका रूपमा स्थापना गर्न सकिने माओवादी नेता चन्द्रबहादुर थापा सागर बताउँछन् ।

जिल्लाको कला संस्कृतिको पहिचान गरी स्वाधीन अर्थतन्त्रलाई बलियो बनाउन महोत्सवले पहल गर्ने बताउँदै उनले लुकेर रहेको स्थानीय सीपलाई महोत्सवले बजारीकरण गर्न सहज पुग्ने थापाको भनाइ छ ।  पर्यटन क्षेत्रलाई महत्व दिएर गर्न लागिएको पहिलो महोत्सव भएकाले पर्यटनका लागि उत्कृष्ट गन्तव्यका रूपमा परिचित बनाउने थापाले बताए ।

 राजधानीबाट करिब ४ सय किलोमिटर टाढा रहेको उक्त जिल्ला धार्मिक तथा प्राकृतिक रूपमा पनि उत्तिकै चर्चामा आउने रहेको गुल्मीले आन्तरिक तथा बाह्य पर्यटकको समेत मन लोभ्याउन सक्ने स्थानीय बासिन्दाहरू बताउँछन् । कृषिका लागि उपर्युक्त जलवायु भएकाले अधिकांश जनता कृषिमै निर्भर रहेको स्थानीयवासी अन्जना शर्माको भनाइ छ ।

विकासका प्रचुर संभावना हुँदाहुँदै पनि यसक्षेत्र ओझेलमा परेको बताउँदै आयोजक संस्थाका अध्यक्ष अशोक थापाले जिल्लाको समग्र विकास गर्ने चाहनाअनुरूप पहिलो पटक महोत्सवको आयोजना गरिएको जानकारी दिए । पर्यटन वर्षलाई सफल बनाउन तथा यस जिल्लामा लुकेर रहेका कला, सीपको जगेर्ना गर्ने तथा स्थानीय कृषि र साना तथा कुटिर उद्योगबाट उत्पादित हुने सामनको बजारीकरण गर्न सहज हुने पनि थापाले बताए । महोत्सवको सम्पूर्ण तयारी पूरा भएको र पर्यटनको क्षेत्रमा लक्ष्यअनुरूपको सफलता मिल्ने विश्वास लिएको उनको भनाइ छ ।

Tuesday, May 17, 2011

मुलुकभर सञ्चालनमा रहेका घरेलु तथा साना उद्योगमा निजी क्षेत्रले १ खर्ब ७ अर्ब ५ करोड लगानी गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका अनुसार यसबाट १ लाख १० हजार ७ सय ६१ उद्योगमा ९ लाख १५ हजार ५ सय ३९ जना रोजगारी पाएका छन् । महासंघ अध्यक्ष लता प्याकुरेल मुलुकमा रोजगारीको अवसर सिर्जना गर्ने यो क्षेत्रलाई माथि उठाउन राज्य पक्ष बढी जिम्मेवार हुनुपर्ने बताउँछिन् । दैनिक १४ घन्टे लोडसेडिङ, महँगिदो बैंक ब्याजदरदेखि केही नीतिगत समस्याका कारण घरेलु उद्योग थप समस्यामा परेको उनी बताउँछिन् । घरेलु उद्योगका तत्कालीन समस्या तथा अन्तर्राष्ट्रियस्तरमा यसको प्रबद्र्धन लगायतका विषयमा अध्यक्ष प्याकुरेलसँग निरु अर्याल र विपेन्द्र कार्कीले गरेको कुराकानीको अंश :

घरेलु तथा साना उद्योगको समग्र अवस्था अहिले कस्तो छ ?

नेपालमा अहिले साना तथा घरेलु उद्योगको अवस्था अत्यन्तै नाजुक छ । हामीले केही दिनअघि मात्र एउटा तथ्यांक सार्वजनिक गरेका थियौं, जसमा २ लाख २९ हजार ६ सय ८२ उद्योग दर्ता भएका थिए यीमध्ये १ लाख १८ हजार ९ सय उद्योग खारेज भइसकेका छन् । १ लाख १० हजार ७ सय ६१ उद्योग मात्र सञ्चालनमा छन् । सञ्चालनमै रहेका उद्योगहरू पनि जेनतेन घिस्रिएर धानिएको अवस्था छ ।

घरेलु उद्योगको क्षेत्रमा तत्कालीन मुख्य समस्याहरू के हुन् ?

घरेलु मात्रै होइन, यतिबेला समग्र औद्योगिक क्षेत्रको समस्या नै लोडसेडिङ हो । किनभने यतिबेला १४ घण्टे लोडसेडिङको मारमा उद्यमीहरू गुज्रिरहेको अवस्था छ । अर्को समस्या भनेको बैंकको चर्को ब्याजदर मात्रै हो । यतिबेला बैंकको ब्याजदर ८ प्रतिशतबाट १६ मा पुगेको छ । अर्को समस्या भनेको असुरक्षा हो । त्यसबाहेक ठूला उद्योगहरू आफैंमा स्थापित भइसकेका छन् । साना उद्योगहरूमा लगानी गर्ने सक्ने क्षमता पनि छैन ।

यी समस्या समाधान गर्न राज्य तथा निजी क्षेत्रबाट के–के अपेक्षा गर्नुभएको छ ?

नेपाल घरेलु तथा साना उद्योग महासंघ २०४७ सालमा स्थापना भएको संस्था हो । आर्थिक क्षेत्रको मेरुदण्ड भएकाले हामीले स्थापना कालदेखिनै अल्पकालीन तथा दीर्घकालीन रूपमा हेरिनुपर्छ र प्राथमिकता क्षेत्रमा पार्नुपर्छ भन्ने आवाज हामीले बारम्बार उठाउँदै आएका छांै ।

छिमेकी राष्ट्र चीन र भारतले लघु घरेलु उद्योगलाई आर्थिक क्षेत्रको प्राथमिकतामा राखे, उनीहरूको संरक्षण र प्रबद्र्धन गर्ने खालको नीति लिएकै कारण उनीहरूको औद्योगिक क्षेत्रको विकास र विस्तार भएको हो । भारतमा त घरेलु तथा  साना क्षेत्रका लागि भनेर मन्त्रालय नै छुट्टै छ ।  नीति नै छुट्टै बनाइएको छ । नेपालमा पनि त्यस्तो खालको नीति हुनुपर्छ भनेर बारम्बार आवाज उठाउँदै आयौं । त्यो कतैबाट पनि सुनुवाइ भएन । धेरै वर्षको संघर्षपछि पछिल्ला ४÷५ वर्षदेखि महासंघको तर्फबाट घरेलु तथा साना उद्योगको पहिचान गर्न हामी सफल भएका छौं । औद्योगिक नीति २०४९ ले ठूला उद्योग, साना उद्योग, घरेलु उद्योग सबैलाई गाइड गरेको थियो । जसका कारण साना तथा घरेलु उद्योगले ठूला उद्योगसँग प्रतिस्पर्धा गर्न सकेनन् भन्ने निष्कर्ष आयो । यो विषयलाई हामीले व्यापक रूपमा आवाज उठाउँदै आयौं । यो विषयमा निजी क्षेत्र विज्ञ, उद्यमी व्यवसायीका साथै नेपाल सरकारका पदाधिकारीहरूसमेत बसेर बृहत् छलफल र अन्तरक्रिया ग¥यौं । अष्टलक्ष्मी शाक्य उद्योगमन्त्री हँुदा एउटा ड्राफ्ट तयार भयो र त्यसैको आधारमा  स्वरूप औद्योगिक नीति २०६७ जारी भएको छ । छुट्टै औद्योगिक नीति बनाउन नमिल्ने, एउटै उद्योगभित्रै घरेलु तथा साना उद्योगलाई पहिचान दिने गरी समेट्ने गरी लघु तथा घरेलु साना उद्योगको विकासका कार्यक्रम महिला उद्यमीलाई विशेष सुविधाजस्ता सेवा सुविधाहरू दिने भनेर नीतिमा उल्लेख्य व्यवस्थाहरू राखिएका छन् ।

यो नीति कार्यान्वयन भयो भने साना तथा घरेलु उद्योगको अवस्थामा सुधार हुन सक्छ भन्ने आशा लिएका छौं । तर नीति कार्यान्वयनका लागि ऐन नै नबनेको अवस्था छ ।  यसले पनि  साना उद्योगलाई थप समस्या देखिएको छ । औद्योगिक प्रबद्र्धन तथा बजारीकरण सबै समस्याहरू नीतिका कारण पछि परेको छ ।

तपार्इँहरूको मागलाई सम्बोधन गर्न सरकारले  सैद्धान्तिक रूपबाट सकारात्मक देखिए पनि व्यावहारिक रूपबाट किन अघि जान सकेको छैन ?

हो, लघु, घरेलु तथा साना उद्योगको सबालमा नयाँ औद्योगिक नीतिले धेरै कुरा अघि सारेको छ । यसलाई सकारात्मक नै मान्नुपर्छ । राजनीतिक अस्थिरता छ । मुलुकका सबैजसो आर्थिक मुद्दा ओझेलमा परेका छन् । जसका कारण मुलुकको युवा जनशक्ति दैनिकजसो विदेसिएको छ । अहिले चलेको नीति प्रभावकारी रूपबाट अघि बढाउन सकेको छैन । यिनको उजागर गर्ने सरकारको दायित्व हो । तर सरकारले जति समस्याहरूलाई सैद्धान्तिक रूपमा सकारात्मक रूपमा देखिए पनि व्यावहारिक र कार्यान्वयनमा पक्षमा भने सरकार गम्भिर छैन । आर्थिक अवस्थालाई प्राथमिकतामा नपारेसम्म राजनीतिक अवस्था स्थिर नहुने अवस्था छ ।

अहिले मुलुकबाट दैनिक १ हजार युवा जनशक्ति बिदेसिएका छन् यस्तो अवस्थामा घरेलु उद्योगमा श्रमिक समस्याको मार कस्तो परिरहेको छ ? यसलाई कसरी व्यवस्थापन गर्नुभएको छ ?

श्रमिक समस्या त धेरै नै छ तर ठूला उद्योगमा जस्तो श्रमिक समस्या साना तथा लघु घरेलु उद्योगलाई जत्ति छैन । किनभने साना उद्योग सञ्चालन गर्नेहरू आफैं मालिक पनि हुन् र श्रमिक पनि हुन् ।

पछिल्लो समयमा गरिबी निवारण कोष तथा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूले घरेलु उद्योगलाई छुट्टै शीर्षकमा कर्जा सुविधा दिने गरेका छन्, यिनीहरूबाट कस्तो सहयोग पाइरहनुभएको छ ?

यो सुरुवात हो । यसलाई हामीले नर्सरी भन्ने गरेका छौं । लघु उद्यम भनेको गृह श्रमिक हो । उनीहरू घरको काम पनि गर्छन् उत्पादन पनि गर्छन् र त्यो उत्पादनलाई बजारीकरण गरेर आयआर्जन गरिरहेका हुन्छन् । भोलिका दिनमा लघु उद्यम बनाउने यो सुरुवात पनि हो । हिजोको दिनमा २ लाख रुपैयाँसम्मका पुँजी भएका उद्योगलाई साना उद्योगका रूपमा लिइन्थ्यो ।  अहिले ५ करोडसम्मको पुँजीका उद्योगलाई घरेलुु तथा साना उद्योगको प्राथमिकतामा परेका छन् । आजका लघु उद्यमहरू भोलिका साना तथा घरेलु उद्योगमा परिणत हुन्छन् । तिनीहरूले पनि औद्योगिक विकासका लागि महत्वपूर्ण योगदान दिँदै आएका छन् ।

घरेलु उद्योगबाट उत्पादित सामग्रीको बजारीकरणमा पनि समस्या छ भन्ने सुनिन्छ नि ?

बजार विस्तारका लागि जिल्ला–जिल्लामा औद्योगिक प्रदर्शनी तथा क्षेत्रीयस्तरका औद्योगिक प्रदर्शनी गर्दै आएको छ । त्यस्तै राष्ट्रिय स्तरको औद्योगिक प्रदर्शनी पनि गर्दै आएका छौं । यो भनेको हाम्रा राष्ट्रिय उद्यमीहरूको बजार विस्तारका लागि गर्दै आएका छौं । हाम्रो यो अभियानले स्थानीय तहका उद्यमीको उत्पादनलाई बजार विस्तार गर्न निक्कै सहज भएको हामीले महसुस गरेका छौं । यसका साथै अन्तर्राष्ट्रिय माध्यमका उद्यमीहरूलाई समेत सहभागी बनाएर उनीहरूको उत्पादनसँग प्रतिस्पर्धा गर्न सहयोग भएको छ । यसका साथै स्थानीय तहको कच्चा पदार्थलाई उपयोग गर्न हामीले सरकारलाई पनि झकझकाउँदै आएका छौं । जसको माध्यमबाट त्यहीको स्थानीय कच्चापदार्थ प्रयोग गरेर त्यहीका जनतालाई रोजगारीको सिर्जना हुने भएकाले सरकार पनि यो विषयमा सकारात्मक नै छ । यसलाई निजी, सरकारी तथा साझेदारीको माध्यमबाट अघि बढाउन सकियो भने यसको  संभव हुने हामीले देखेको छांै घरेलु उद्योग सानो तथा महत्वपूर्ण क्षेत्र भएकाले अर्थतन्त्रको मेरुदण्डका रूपमा साना उद्योगको संभावना रहेको छ । यसबाट आयातलाई प्रतिस्थापन गरेर निर्याततर्फ हामी अघि बढ्न सक्छौं ।

नेपालमा उत्पादन भएका घरेलु उद्योगको अन्तर्राष्ट्रिय स्तरमा कस्तो माग छ ?

नेपाली सामानलाई विदेशीहरूले निकै रुचाउने गरेका छन् । किनभने नेपाली सामानहरू ‘युनिक’ हुन्छन् । विदेशीले बनाउने गरेका सामानहरू विभिन्न केमिकल तथा मेसिनबाट बनाइएका हुन्छन् । हाम्रा समानहरू धेरैजसो हातबाट बनेका हुन्छन् । अल्लो केरा, केतुकी सिल्भार ज्येलरी, बाँसका सामानहरू औधी रुचाइन्छन् ।  नेपाली सामानमा मौलिकता छ । हाम्रा सामानमा मौलिकता झल्किन्छ । परम्परागत सामानलाई आधुनिकता दिनुपर्छ । किनभने यसलाई व्यावसायिक रूपमा अघि बढाउनु आवश्यक छ ।  देश धनी छ, हामीसँग धेरै कुरा छन् ।  हामीले भएका सामानलाई चिन्न सकेका छैनौं । संभावना धेरै छ । हामीमा तमाम स्रोत र साधन छ तर यिनको सही ठाउँमा प्रयोग गर्न सकिरहेका छैनौं । हाम्रा सामानलाई विदेशीले औधी मन पराउने गरेका छन् । अल्पकालीन र दीर्घकालीन सोच नभएका कारण हामी पछि परेका छौं ।

त्यसो हो भने नेपालका घरेलु सामानको किन अन्तर्राष्ट्रिय बजारीकरण हुन सकिरहेको छैन ?

समस्या त्यहिनेर छ । माग पर्याप्त हँुदाहँुदै पनि हाम्रो आन्तरिक कारणले बजारीकरण हुन सकेको छैन ।  जुन कुरा अघि बढाउनुपर्ने हो त्यही रूपमा अघि बढ्न नसक्नु तथा हाम्रो कमजोरी हो । त्यसका साथै यस क्षेत्रलाई उकास्न अल्पकालीन तथा दीर्घकालीन नीति नभएका कारण नै हामीलाई बजारीकरणमा निक्कै समस्या परेको छ ।

राज्य सञ्चालक तथा नीति निर्माताहरूले साना तथा घरेलु उद्योगलाई हेर्ने दृष्टिकोण के पाउनुभएको छ ?

पछिल्लो १÷२ वर्षको देखिको समयमा यस क्षेत्रको पहिचान दिलाउन हामी सफल भएका छांै । महिला, उत्पीडित एकल लगायतका ठूलो लगानी गर्न नसक्नेहरूलाई आयआर्जनको भरपर्दो माध्यम भन्ने चिनाउन हामी सफल भएका छौं । तर नीति नियम बनाउनेहरूको पनि सकारात्मक छ । तर बनाएका नीति नियमहरू कार्यान्वयन भएका छैनांै । यद्यपि सरकारले पारित गरेका औद्योगिक नीति २०६७ र त्यसमा घरेलु तथा साना उद्योगका बारेमा दिइएको सेवा सुविधाबाट पनि हामी आशावादी छांै ।

औद्योगिक नीति कार्यान्वयनका पक्षमा महासंघले के कस्ता कामहरू गर्दै आएको छ ?

हामीले नीति कार्यान्वयन गर्न घरेलु उद्योग महासंघ, चेम्बर अफ कमर्सलगायतका संघसंस्थाहरूसँग मिलेर सरकारलाई दबाब दिँदै आएका छौं । बारम्बार सम्बन्धित निकायमा आवाज उठाउँदै आएका छांै । उद्यमीका हकहितका बारेमा महासंघ लागिपरेको छ ।

हामीले २ महिनाअघि मात्रै राष्ट्रिय उद्यमी भेला आयोजना ग¥यांै । सरकारी निकायका उच्च तहका पदाधिकारीहरूसँग बृहत् छलफल ग¥यांै, जसबाट सबैभन्दा ठूलो नीतिगत समस्या नै देखियो त्यो विषयमा २२ बँुदे घोषणापत्रसमेत सरकारलाई बुझाइसकेका छांै ।

घरेलु उद्योगलाई अर्थतन्त्रका मेरुदण्ड भनिने गरिएको छ ? तपाईंको विचारमा आगामी दिनमा घरेलु उद्योगको दिशा कस्तो हुनुपर्छ ?

यो विषय अत्यन्तै महत्वपूर्ण विषय हो । घरेलु उद्योगको समस्याको पहिचान गर्न हामीले उद्यमी व्यवसायीका बीचमा सरकारी उच्च तहका व्यक्तिहरूसँग छलफल गरिसकेका छौं । मेरो विचारमा औद्योगिक नीति कार्यान्वयन हुनुपर्छ । त्यो नीतिअनुसार व्यवसाय ऐन बन्नुपर्छ ।

राज्यले निर्यात गर्ने नीति अबलम्बन गर्ने व्यवसायीलाई प्रंोत्साहन दिने, महिला उद्यमीलाई प्रोत्साहन दिने, उद्यमीहरूलाई वित्तीय बजारमा प्रतिस्पर्धा गर्ने खालको रणनीति ल्याउनु अत्यन्त आवश्यक छ । यसका साथै साना उद्योगमा वित्तीय क्षेत्रमा पहुँचको विस्तार गर्ने, रुग्ण उद्योगहरूलाई पुनस्र्थापन गर्ने तथा उद्योगमा प्रविधिको पहँुच पुग्ने खालका सु्विधाहरू उपलब्ध गराएमा साना तथा घरेलु उद्योगको समस्या समाधान हुनसक्छ । आद्यौगिक क्लस्टर, घरेलु ग्राम, कोसेली घरजस्ता कुराहरू अघि बढाएमा साना उद्योग सजिलोसँग फस्टाउन सक्छन् ।

यसको दिगो विकास कसरी संभव छ ?

नीति आएर मात्र हँुदैन । त्यसलाई कार्यान्वयन हुनुपर्छ । सानो कुरा तर गहिरिएर हेर्दा यसले धेरै संभावना बोकेको छ । आर्थिक विकास तथा समग्र आर्थिक क्षेत्रको मेरुदण्डका रूपमा यसलाई हेरिएमा यसको दिगो विकास संभव छ । उदाहरणका लागि हामीले चीनलाई हेर्न सक्छौं, भारतलाई हेर्न सक्छौं यतिबेला जापानले पनि उछिनिसकेको अवस्था छ । साना उद्योग नै ठूला उद्योगका संवाहक हुन भन्ने कुरा बुभ्mनु आवश्यक छ । यसले आर्थिक विकासमा समेत धेरै ठूलो भूमिका छ ।

तपाईंहरूले विभिन्न संघसंस्थाहरूसँग सहकार्य गर्दै आउनुभएको छ, उनीहरूबाट पाउने सहयोग र उनीहरूले हेर्ने दृष्टकोण  कस्तो पाउनुभएको छ ?

२÷४ वर्षयता उद्योग वाणिज्य महासंघसँग चेम्बर अफ कमर्सजस्ता प्रतिनिधिमूलक सस्थासँग सहकार्य गरिरहेका छांै । यसले हाम्रो सम्बन्ध विस्तारदेखि लिएर धेरै काममा सहयोग मिलेको छ  । सहकार्यबाट काम गर्दा बजार प्रबद्र्धनदेखि अनुभव साटासाट जस्ता कामहरू हुन्छन् । यसैलाई आत्मसात गर्दै सम्बन्ध विस्तार गर्न बंगलादेश, पाकिस्तान, भारत,  लगायतका सार्क क्षेत्रमा समेत सहभागी जनाउँदै अएका छांै । यसैगरी हामीले भुटान, बर्माजस्ता देशहरूसँग पनि हामीले सहकार्य अघि बढाएका छौं । उनीहरूबाट सकारात्मक प्रतिक्रिया पाएका छौं ।





प्रतिक्रिया दिनुहोस











बन्द हुने अवस्थामा भक्तपुरका चिउरा उद्योग


 


 
 
“धानको अभाव छ, पानी छैन, बिजुली छैन, काम गर्ने मान्छे पनि छैनन्, कसरी चिउरा उद्योग फस्टाउन सक्छन् ?”
भक्तपुरका अधिकांश चिउरा मिल संकटमा पर्न थालेका छन् । उद्योगका लागि आवश्यक लगानी, दक्ष जनशक्ति अभाव, बजारीकरण र फितलो सरकारी अनुगमनका कारण मिल समस्यामा परेका हुन् । यी मिलहरू भक्तपुरका तोपगाछी, जगाते, इँटाछे, मोलाक्षेलगायतका ठाउँमा सञ्चालित छन् ।
“चर्को लोडसेडिङ र बजारीकरणको अभावका कारण चिउरा मिललाई थप समस्या परेको छ,” लोकेश्वर चिउरा मिलका सञ्चालक प्रेमकृष्ण खर्बुजाले भने, “धानको अभाव छ, पानी छैन, बिजुली छैन, काम गर्ने मान्छे पनि छैनन्, कसरी चिउरा उद्योग फस्टाउन सक्छन् ?”
धान उत्पादन हुने ठाउँमा बस्ती बाक्लिँदै जाँदा समस्या थपिएको उनको भनाइ छ । आम्दानीभन्दा खर्च धेरै हुने जिकिर गर्दै उनले थपे, “अनेक समस्याका बाबजुत चर्को मूल्य तिरेरै भए पनि हामी धान खरिद गर्छौं र चिउरा उत्पादन गर्छौं, त्यसपछिको अर्को जटिल समस्या भनेको भुस फाल्ने र खरानी तह लगाउने ठाउँ छैन ।”
नगरपालिकाले उद्योग सार्न पटक–पटक धम्की दिएको बताउँदै उनले नवीकरण गर्नसमेत आनाकानी गरिएको गुनासो गरे । “नगरपालिकाले बाहिर जान भन्छ तर ठाउँ दिँदैन, हामीले के गर्ने ?” उनको प्रश्न छ ।
भक्तपुर नगरपालिकाले केही समयअघिदेखि चिउराजन्य उद्योगले वातावरणमा असर पारेको भन्दै पटक–पटक नगरपालिकाभन्दा बाहिर जान आग्रह गर्दै आएको छ । यद्यपि ब्यवसायीहरू भने उद्योग सञ्चालन गर्ने उर्पयूक्त ठाउँ नभएका कारण उद्योग सार्न समस्या परेको बताउँछन् ।
उद्योगलाई सार्ने भनिए पनि उपयुक्त स्थान नभएका कारण बाहिर जान नसकिएको पलाञ्चोक भगवती कोल्ड स्टोरेजका अध्यक्ष सत्यनारायण प्रजापतिले बताए । भक्तपुरमा उत्पादन हुने टाइचिन चिउराको छुट्टै विशेषता भएको बताउँदै उनले परम्परामा आधारित वस्तुलाई राज्यले उपेक्षा गर्न खोजेको गुनासो गरे । “चिउराको समस्या हाम्रो संस्कृतिसँग जोडिएको छ, परम्परा र उपभोक्तासँग जोडिएको छ, सरकारले यिनै उद्योगलाई उपेक्षा गरेको छ,” उनले भने ।
प्रजापतिका अनुसार भक्तपुरमा मात्रै ४२ वटा चिउराजन्य उद्योग सञ्चालनमा छन् । अन्तर्राष्ट्रिय बजारमा समेत भक्तपुरे चिउराको माग हुँदाहँुदै पनि सरकारले प्रभावकारी नीति ल्याउन नसक्दा अनावश्यक दुःख पाएको दुखेसो उनको छ ।
चिउरा उद्योगका लागि नयाँ प्रविधि भिœयाउन जर्मन सरकारको सहयोगमा जीटीजेट नामक गैरसरकारी संस्थाले केही रकम छुट्ट्याइदिएको जानकारी दिँदै उनले नगरपालिका यस विषयमा मूकदर्शक बनेर बसेको आरोप लगाए ।
भोलाछेस्थित लक्ष्मी चिउरा मिलका सञ्चालक वीरेन्द्र जतीले पछिल्लो समय चिउरा उद्योगहरूको अवस्था दयनीय भएको बताउँदै यसको भविष्य अन्योलमा रहेको बताए । अधिकांश चिउरा मिल पुख्र्याैली पेसामा आधारित भएको बताउँदै उनले यी उद्योगको सम्भावना हँुदाहँुदै पनि राज्यकै कारण संकटग्रस्त भएको गुनासो गरे । “अन्तर्राष्ट्रिय बजारबाट माग आउँदासमेत सरकारको क्वारेन्टाइनका कारण निर्यात गर्न सकिएको छैन,” उनले भने, “यसले उत्पादनमा झन्डै ६० प्रतिशत ह्रास भएको छ ।”
नगरपालिकाले आफूहरूलाई अल्झाउन कर लिनसमेत आनकानी गरेको गुनासो गर्दै उनले उद्योग सञ्चालनका लगि सहज वातावरण बनाइदिन आग्रह गरे । “हामीले न त ढुक्कसँग यथास्थानमा उद्योग सञ्चालन गर्न पाउँछौ, न त सम्बन्धित निकायले कुनै ठाउँको बन्दोबस्तो नै गरेको छ,” उनले भने ।

कामदार अभावले उद्योगमा बालबालिका प्रयोग



आईएलओ भन्छ–
– विश्वभर करिब २१ करोड ५० लाख बालबालिका जोखिमपूर्ण काममा संलग्न
– तीमध्ये १० देखि १४ वर्षसम्मका बालबालिका बढी प्रयोग
– नेपालमा ५ देखि १४ वर्षसम्मका बालमजदुरहरुको संख्या ७० लाख
– ३० लाख बालबालिकाले निरन्तर काममा, १७ लाख आर्थिक रूपमा सक्रिय
 काठमाडौं, १ जेठ
गएको बुधबार राजधानीको चाबहिलनजिक सरस्वतीनगर पुग्दा त्यहाँको गलैंचा कारखानामा १२ वर्षे अनिसा कुमालले गलैंचा बुन्दै थिइन् । स्थानीय प्राथमिक विद्यालयमा कक्षा ४ मा पढ्दै गरेकी अनिसाले विद्यालयको समयबाहेक कारखानामै बिताउने गरेकी छन् ।
त्यही दिन भक्तपुरको औद्योगिक क्षेत्र परिसरमाभित्र रहेको ग्रिल उद्योगमा जनकपुुरका १३ वर्षे कुमार यादवले आफ्ना बाबुलाई मेसिन चलाउन सहयोग गरिरहेका थिए । जनकपुरको एक विद्यालयबाट ३ कक्षासम्मको शिक्षा लिएका कुमारले उद्योगमा काम सुरु गरेपछि पढ्न छाडेको बताए । कहाँ, किन र कस्तो काम गरेको छु भन्ने जानकारीसमेत उनलाई छैन । बरु आफ्नो बारेमा बाबुसँग सोध्न उनले आफ्नै भाषामा आग्रह गरे ।
बालाजु औद्योगिक क्षेत्रमा स्थलगत रिर्पोटिङका लागि पुग्दा बालबालिकाहरु दाना उद्योगमा काम गरिरहेका देखिन्थे । पुतलीसडकनजिकको मोटरसाइकल मर्मत केन्द्रमा पनि सर्लाहीका १४ वर्षे सञ्जीव मिश्र मोटर धुने काममा तल्लीन थिए । ५ कक्षासम्मको अध्ययन गरेका सञ्जीवले परिवारको आर्थिक अवस्था कमजोर भएकाले पढ्न छाडेर कामको खोजीमा आफन्तसँग राजधानी आएको बताए ।
औद्योगिक काममा बालबालिकाको प्रयोग बढेको यी केही प्रतिनिधि दृश्यमात्र हुन् । कामदारको अभाव हुन थालेपछि बालबालिकालाई काममा लगाउनुपरेको उद्योग सञ्चालकहरु हाकाहाकी बताउँछन् । इँटाभट्टा, होटल तथा रेस्टुराँ, गार्मेन्ट, राइसमिल, गिट्टी कुट्नेजस्ता काममा बाल मजदुरको संख्या बढ्दै गएको छ । कामदार अभावले पाँच जनाको काम दुई जनाले गर्नुपर्ने अवस्था आएको भक्तपुरमा राइसमिल चलाउँदै आएका एक सञ्चालकले बताए ।
विद्युत्का कारण ५० प्रतिशतभन्दा धेरै उत्पादन कटौती भएको बताउँदै भक्तपुरस्थित इन्द्रावती इँटा टायल कारखानाका सञ्चालक सत्यनारायण प्रजापतिले भने, “अधिकांश उद्योगमा मजदुर नै छैनन्, २५ देखि ३५ प्रतिशतसम्म उत्पादन घटेको छ ।”
उनले पनि पाँच जनाले गर्नुपर्ने काम दुई जनाले गर्नुपरेको र अत्यावश्यक समयमा स्कुले बालबालिकासमेत प्रयोग हुन थालेको जानकारी दिए । उनका अनुसार भक्तपुरका अधिकांश चिउरा तथा राइस मिलहरुमा स्कुले बालबालिकाको प्रयोग बढ्दो छ । “मजदुर नपाएर स्कुले विद्यार्थीलाई काम लगाउनुपरेको परेको छ, यो दुःखद पक्ष हो ।”
पाटन औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले युवाहरु बिदेसिने गरेकाले उद्योगमा दक्ष कामदारको अभाव भएको बताए । “१ लाखभन्दा बढी रकम तिरेर मासिक १२ हजार रुपैयाँका लागि युवाहरु विदेश जान्छन्, यहाँ मासिक १२ हजार दिँदा काम गर्न आउँदैनन्,” उनले भने ।
बन्द, हड्ताल र लोडसेडिङको मारमा परेका उद्योगहरुमा दक्ष कामदारको अभाव पनि प्रमुख समस्याको रूपमा देखिएको छ । औद्योगिक जटिलताले युवा जनशक्ति पलायन हँुदै गएपछि राजधानीका औद्योगिक करिडोरमा दक्ष कामदार देखिन छाडेका हुन् । कामदारकै अभावले बालाजु, भक्तपुर तथा पाटन औद्योगिक करिडोरभित्र र बाहिरका उद्योगको उत्पादनमा २० देखि ३५ प्रतिशतसम्म गिरावट आएको व्यवसायी बताउँछन् ।
“वर्षौं लगाएर काम सिकायो, सिकेपछि धेरै पैसा कमाउने निहुँमा युवाहरु बिदेसिन्छन्,” बालाजुस्थित हिसी पोलिथिन इन्डस्ट्रिजका सञ्चालक शरद शर्माले भने । उनले दक्ष र अर्धदक्ष कामदार नपाएका कारण उत्पादनमा २५ प्रतिशतसम्म ह्रास आएको बताए । “दैनिक १ हजारभन्दा बढी युवा जनशक्ति रोजगार पाउने आशामा बिदेसिने गरेका छन्,” उनले भने । शर्माका अनुसार बालाजु औद्योगिक क्षेत्रमा ५० प्रतिशतभन्दा धेरै मजदुर तराईबाट आउँछन् ।
साना तथा घरेलु उद्योगहरु स्थापित भएको पाटन औद्योगिक क्षेत्र पनि दक्ष कामदार नपाएर प्रभावित छ । पाटन औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधान भन्छन्, “विद्युत् संकटको मार खेपिरहेका उद्योगलाई अहिले काम गर्ने मान्छेको अभाव छ । दक्ष कामदार नहुँदा उत्पादन २५ प्रतिशतसम्म घटेको छ ।”
नेपालमा १६ वर्षभन्दा कम उमेरकालाई बालबालिका मानिन्छ । बालश्रम ऐन २०५६ अनुसार १६ वर्ष उमेर नपुगेकालाई कल कारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन निषेध छ । यद्यपि राजधानीका धेरैजसो उद्योग, कलकारखानामा मजुदर नपाइएको भन्दै बालबालिका प्रयोग भइरहेका छन् । उमेर पुगेका युवाहरु वैदेशिक रोजगारीका लागि बाहिरिएपछि बालबालिका प्रयोग गरिएको सञ्चालकहरु प्रष्ट्याउँछन् ।
कानुनले १३ वर्षसम्मको समय बालबालिकाको शारीरिक तथा मानसिक परिपक्वताका लागि भएको र त्यसपछि १६ वर्षसम्मको समय संवेदनशील रहेको भन्दै उनीहरुलाई घरभित्र तथा बाहिर कुनै प्रकारका काममा लगाउन नपाइने व्यवस्था गरेको छ । यो व्यवस्थाविपरीत गरेको भेटिए काममा लगाउने व्यक्ति वा निकायलाई फौजदारी अभियोग लगाउन सकिन्छ ।
बाल श्रमिकहरुको वकालत गर्ने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले केही महिनाअघि सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभरका करिब २१ करोड ५० लाख बालबालिका जोखिमपूर्ण काममा संलग्न छन् । यीमध्ये १० देखि १४ वर्षसम्मका बालबालिका बढी प्रयोग भइरहेको संगठनको भनाइ छ । नेपालमा ५ देखि १४ वर्षसम्मका बालमजदुरहरुको संख्या ७० लाख छ । यीमध्ये ३० लाख बालबालिकाले निरन्तर काम गर्दै आएको तथा १७ लाख आर्थिक रूपमा सक्रिय भएको तथ्यांकमा उल्लेख छ ।
पेटभर खानकै लागि अधिकांश बालबालिकाले श्रम गर्नुपरेको बालबालिकाका पक्षमा काम गर्दै आएका कानुन व्यवसायी बासुदेव आचार्यले बताए । www.karobardaily.com

Thursday, May 12, 2011

साढे ४ हजार घरेलु उद्योग बन्द




 काठमाडौं, २३ चैतपछिल्लो एक वर्षमा साढे ४ हजार घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग महासंघले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार आव ०६६/०६७ मा मुलुकभर १३ हजार २० उद्योगमात्र सञ्चालनमा छन्, जुन अघिल्लो वर्षभन्दा ४ हजार ७ सय २ ले कम हो ।
घरेलु उद्योगीहरूका अनुसार सरकारको विभेद र ऊर्जा संकटका कारण यसरी उद्योग बन्द भएका हुन् । अझ चन्दा तथा आतंकले पनि उद्यमीहरूको मनोबल गिराएको उनीहरूले बताएका छन् ।
तथ्यांकअनुसार सुरुदेखि ०६५/०६६ को अन्त्यसम्म १ लाख १८ हजार ९ सय २२ उद्योग खारेज भएका छन् भने ५३ करोड ५१ लाख रुपैयाँ लगानी खेर गएको छ । यो अवधिमा ९ लाख ९८ हजार ९ सय ३० व्यक्तिको रोजगारी गुमेको महासंघको औद्योगिक प्रवद्र्धन तथ्यांकमा उल्लेख छ ।
ऊर्जा संकटका कारण पछिल्लो समयमा उद्योग बन्द हुने क्रम बढेको बताउँदै महासंघका महासचिव श्यामप्रसाद गिरीले सरकारले साना र ठूला उद्योगमा विभेदकारी नीति आवलम्बन गरेको गुनासो गरे । “ठूला उद्योग आफैंमा सक्षम छन् तर सरकारले उनीहरूलाई नै सेवा र सहुलियत दिएको छ,” उनले भने, “साना उद्योग आफैंमा समस्याग्रस्त छन्, उनीहरूलाई प्रोत्साहन दिने सवालमा भने सरकारले कुनै नीति अवलम्बन गरेको छैन । बजेटमा समेत ठूला उद्योगलाई नीतिगत प्रोत्साहन दिइएको छ तर सानालाई केही छैन ।”
घरेलु साना उद्योग अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भएको बताउँदै उनले चन्दा तथा आतंकजस्ता समस्याबाट आजित भएर उद्यमीहरूको मनोबल स्वात्तै घटेको गुनासो पोखे । “लोडसेडिङ, औद्योगिक सुरक्षा, मजदुर आन्दोलन तथा राजनीतिक अस्थिरताले गर्दा व्यवसायीहरू लगानी गर्न डराएका छन्,” उनले भने, “उद्योग बन्द हुनु त्यसैको परिणाम हो ।”
तथ्यांकअनुसार हालसम्म मुलुकभर सञ्चालनमा रहेका घरेलु तथा साना उद्योगमा मात्रै १ खर्ब ७ अर्ब ५ करोड लगानी छ । यसबाट १ लाख १० हजार ७ सय ६१ उद्योग सञ्चालनमा छन् भने तिनमा ९ लाख १५ हजार ५ सय ३९ जनाले रोजगारी पाएका छन् ।
“रोजगारीको अवसर सिर्जना गर्न र स्थानीय स्तरमै स्वरोजगारको संख्या बढाउन साना घरेलु उद्योगको भूमिका महत्वपूर्ण छ,” महासंघकी अध्यक्ष लता प्याकुरेलले भनिन्, “तर ऊर्जा संकटको विकराल समस्या खेपिरहेका साना उद्योग सरकारी हेय दृष्टिकोणले धमाधम बन्द भइरहेका छन् ।”
साना उद्योगको सवालमा पटक–पटक आवाज उठाए पनि नीतिगत समस्या परेपछि आफूहरूको केही नलागेको गुनासो उनले गरिन् । “त्यसमाथि मजदुर आन्दोलन, राजनीतिक अस्थिरता तथा बैंकको चर्को ब्याजका कारण उद्यमीहरूमा नैराश्यता छाएको छ,” उनले थपिन् ।अधिकारका लागि सरकारसँग लडाइँ गर्नुपरेको बताउँदै प्याकुरेलले भनिन्, “भौगोलिक हिसाबले समेत नेपालमा साना उद्योगको प्रचुर सम्भावना भए पनि सरकारको ध्यान ठूला उद्योगमा मात्रै केन्द्रित छ ।”
साना तथा घरेलु उद्योगले गरिबी निवारण, महिला सशक्तीकरण, समावेशीकरण, समानुपातिक अवसरको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ । 

Wednesday, May 11, 2011

बंगलादेशको तयारी पोसाक उद्योगबारे अध्ययन गरिने

तयारी पोसाकको प्रतिस्पर्धी क्षमता वृद्धि गरी निर्यातमा सुधार ल्याउने उद्देश्यले नेपालले बंगलादेशको तयारी पोसाक उद्योगबारे अध्ययन गर्ने भएको छ । मुलुकको प्रमुख निकासीजन्य वस्तु तयारी पोसाक निकासीको सम्भावना रहेकाले सरकार, तयारी पोसाक उद्योग संघ र श्रमिक संगठनका प्रतिनिधिले संयुक्त रूपमा बंगलादेशी उद्योगको अध्ययन गर्ने तयारी गरेका हुन् ।
मे महिनाको अन्तिम साता व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, संघ र पाँचवटा टे«ड युनियनका प्रतिनिधि बंगलादेश जाने तयारी भएको संघका अध्यक्ष उदयराज पाण्डेले जनाए । “गार्मेन्ट इन्डस्ट्रिजका बारेमा बंगलादेशबाट नेपालले धेरै सिक्ने कुरा रहेकाले त्यहाँका उद्योगहरुको अध्ययन गर्न लागिएको हो,” उनले भने ।
नेपाली प्रतिनिधिहरुले बंगलादेशी तयारी पोसाक उद्योगहरुको उत्पादन क्षमता तथा गुणस्तर, उत्पादन प्रक्रिया, त्यहाँको सरकारले उद्योगलाई दिएको सहुलियत, सरकारी नीति, उद्योगी र श्रमिकबीचको सम्बन्ध, श्रमिकहरुको तलब तथा सुविधा, बजार पहुँच तथा विस्तारलगायतका सम्पूर्ण पक्षको अध्ययन गर्नेछन् । संघले बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चर्स एन्ड एक्पोर्ट एसोसिएसनसँग पनि छलफल गर्ने योजना बनाएको अध्यक्ष पाण्डेले जानकारी दिए । अध्ययन प्रतिवेदनको सुझावका आधारमा नेपाली तयारी पोसाक निकासीको अवस्थामा सुधार ल्याउन सकिने संघले जनाएको छ ।
नेपालको तयारी पोसाकको निकासी अवस्था
आर्थिक वर्ष (सन्)    कुल निकासी
२००१÷०२    ८ अर्ब
२००२÷०३    १२ अर्ब
२००३÷०४    १० अर्ब
२००४÷०५    ६ अर्ब ७२ करोड
२००५÷०६    ६ अर्ब ५८ करोड
२००६÷०७    ४ अर्ब ७१ करोड
२००७÷०८    ३ अर्ब ३१ करोड
२००८÷०९    ४ अर्ब ३५ करोड
२००९÷१०    ३ अर्ब ७५ करोड
नेपाल जस्तै अतिकम विकसित मुलुकअन्तर्गत पर्ने बगंलादेशले गुणस्तरीय तयारी पोसाक उत्पादन गरी विश्वभर निकासी गर्दै आएको छ । बंगलादेशलाई तयारी पोसाक निकासीमा भारत, अमेरिका, युरोपेली संघलगायतका अन्य प्रमुख आयातकर्ता राष्ट्रले भन्सार सहुलियत दिँदै आएका छन् । गत आर्थिक वर्षमा बंगलादेशले ३० करोड अमेरिकी डलरबराबरको तयारी पोसाक निकासी गरेको थियो ।
अमेरिकाले सन् २००५ को जनवरीदेखि मल्टिफाइवर एग्रिमेन्टअनुसार तयारी पोसाकको कोटा प्रणाली खारेजी गरेपछि नेपालबाट निरन्तर निकासी घट्दै गएको छ  । निकासी घट्दै गएपछि बितेका पाँच वर्षको अवधिमा २ सय तयारी पोसाक उद्योग बन्द भएका छन् ।
ठूलो संख्यामा उद्योग बन्द भएपछि पाँच वर्षको अवधिमा तयारी पोसाकको निकासीमा ९० प्रतिशतले गिरावट आएको छ भने डेढ लाखले प्रत्यक्ष रूपमा रोजगारी गुमाएका छन् ।
नेपालमा अहिले तयारी पोसाकका एक दर्जन उद्योगमात्र सञ्चालनमा छन् । नेपालमा उत्पादित तयारी पोसाक युरोपेली संघ, अमेरिका, भारत, क्यानडा, जर्मनी, स्पेन, जापान, इटालीलगायतका मुलुकमा निकासी हुने गरेको छ ।
बितेका ६ वर्षयता खस्कँदै गएको तयारी पोसाकको निर्यातमा चालू आवमा केही सुधार देखिएको छ । एक वर्षयता व्यापारिक साझेदार भारततर्फ तयारी पोसाकको माग बढ्नुका साथै विभिन्न भारतीय प्रसिद्ध कम्पनीहरु नेपाली तयारी पोसाकमा आकर्षित भएकाले निकासीमा केही वृद्धि भएको संघका अध्यक्ष पाण्डेले जानकारी दिए ।
भारततर्फको निकासी बढेकाले चालू आवको पहिलो आठ महिनामा गत आवको सोही अवधिको तुलनामा १४ प्रतिशतले निकासी वृद्धि भएको संघको तथ्यांकमा उल्लेख छ । यो अवधिमा भारतको सबैभन्दा ठूलो चेनस्टोर बिग बजार, पिटर इंग्ल्यान्ड, लिभरपुललगायतका कम्पनीहरुले नेपाली तयारी पोसाक खरिद गरिरहेका छन् ।
मुलुकको अस्थित राजनीति, मजदुर तथा ऊर्जा समस्याले नेपाली उद्योगले मागबमोजिम समयमै सामान आपूर्ति गर्न सकिरहेका छैनन् ।

इजाजतबिना मदिरा वितरण गर्नेलाई कारबाही

सरकारले इजाजतपत्र नलिई मदिरा बिक्री–वितरण गर्ने पसलमाथि छानबिन र कारबाही सुरु गरेको छ । मदिरा बिक्री–वितरणका लागि छुट्टै इजाजतपत्र लिनुपर्ने व्यवस्था छ ।
आन्तरिक राजस्व कार्यालय क्षेत्र नं. ३ ले काठमाडौंको चक्रपथ र त्यस वरपर क्षेत्रका केही रेस्टुराँबाट छानबिन थालेको हो । शुक्रबार गरिएको अनुगमनबाट सुकेधाराको रिजनेबल खाजा घर तथा संखपार्कका रोयल तन्दुरी फास्ट फुड, रोलिन क्याफे, रिङ अफ फायर रेस्टुराँ र धुम्बाराहीको न्यु चिनारी रुफ टप फेमेली रेस्टुराँ कारबाहीमा परेका छन् ।
प्रमुख कर अधिकृत राममणि दुवाडीका अनुसार ती रेस्टुराँबाट मदिरा जफत गरी कारबाही थालिएको छ । अन्तःशुल्क नियमावली २०५९ अनुसार स्वदेशी तथा विदेशी मदिरा बिक्री–वितरण गर्ने रेस्टुराँले ५ हजार रुपैयाँ दस्तुर तिरेर इजाजतपत्र लिनुपर्छ । गाविस क्षेत्रमा भने ३ हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ ।
इजाजत नलिई बिक्री–वितरण गर्ने व्यक्ति वा फर्मलाई अन्तःशुल्क ऐन २०५८ अनुसार बिगो जफत तथा बिगो मूल्यको शतप्रतिशतसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । कार्यालयले अरु क्षेत्रमा पनि अनुसन्धान गर्ने जनाएको छ ।

इजाजतबिना मदिरा वितरण गर्नेलाई कारबाही

सरकारले इजाजतपत्र नलिई मदिरा बिक्री–वितरण गर्ने पसलमाथि छानबिन र कारबाही सुरु गरेको छ । मदिरा बिक्री–वितरणका लागि छुट्टै इजाजतपत्र लिनुपर्ने व्यवस्था छ ।
आन्तरिक राजस्व कार्यालय क्षेत्र नं. ३ ले काठमाडौंको चक्रपथ र त्यस वरपर क्षेत्रका केही रेस्टुराँबाट छानबिन थालेको हो । शुक्रबार गरिएको अनुगमनबाट सुकेधाराको रिजनेबल खाजा घर तथा संखपार्कका रोयल तन्दुरी फास्ट फुड, रोलिन क्याफे, रिङ अफ फायर रेस्टुराँ र धुम्बाराहीको न्यु चिनारी रुफ टप फेमेली रेस्टुराँ कारबाहीमा परेका छन् ।
प्रमुख कर अधिकृत राममणि दुवाडीका अनुसार ती रेस्टुराँबाट मदिरा जफत गरी कारबाही थालिएको छ । अन्तःशुल्क नियमावली २०५९ अनुसार स्वदेशी तथा विदेशी मदिरा बिक्री–वितरण गर्ने रेस्टुराँले ५ हजार रुपैयाँ दस्तुर तिरेर इजाजतपत्र लिनुपर्छ । गाविस क्षेत्रमा भने ३ हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ ।
इजाजत नलिई बिक्री–वितरण गर्ने व्यक्ति वा फर्मलाई अन्तःशुल्क ऐन २०५८ अनुसार बिगो जफत तथा बिगो मूल्यको शतप्रतिशतसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । कार्यालयले अरु क्षेत्रमा पनि अनुसन्धान गर्ने जनाएको छ ।

गोल्छा अर्गनाइजेशन

९० वर्षअघि २३ वर्षको कलिलो उमेरमा सानो पूँजी लिएर रामलाल गोल्छा सुनसरीको देवानगञ्ज आई बसोबास शुरू गरेका थिए । उनी त्यस आसपासका किसानका घरघरबाट जुट (सनपाट) सङ्कलन गरी भारतीय व्यापारीहरूलाई विक्री गर्थे । किसानको खेतमा गएर सनपाटको मुठा कस्थे र जोख्न लगाई आफै काँधमा बोकेर गोरुगाडामा राख्ने काम गर्थे । बिहारका व्यापारीलाई उनीहरूको गोदामसम्म लगेर आफै विक्री गर्ने गर्थे । स्वर्गीय रामलाल गोल्छाको त्यसबेलाको एक्लो मिहिनेतले सिर्जन गरेको गोल्छा अर्गनाइजेशन अहिले मुलुकको प्रतिष्ठित औद्योगिक घराना भएको छ । यसका देशभर दर्जनौं औद्योगिक प्रतिष्ठानहरू सञ्चालनमा छन्, जसमा १६ हजारभन्दा बढीले रोजगारी पाएका छन् । स्व. रामलालको पनाति पुस्तासमेत अहिले व्यवस्थापन सम्हाल्न सक्ने भइसकेको छ ।

गोल्छा परिवारको नेपाल आगमन
गोल्छा परिवारको पुख्र्यौली थलो भारतको राजस्थान हो । तर, राजस्थानबाट आसाममा व्यापार गर्दै आएका रामलालका बुबा तनसुखदास गोल्छा विसं १९३५ मा परिवारसहित पूर्वी बङ्गाल (हालको बङ्गलादेश)को सुन्दरगञ्ज पुगे । तनसुखदासका सातवटी छोरीपछिका आठौं सन्तानका रूपमा विसं १९५५ मा रामलालको जन्म भएको थियो । तनसुखदास बङ्गलादेशमा जुटको व्यापार गर्दथे । बुबालाई जुटको व्यापारमा बालककालदेखि नै सघाउँदै आएका रामलालले १५ वर्षको उमेरमा आफ्ना बुबालाई गुमाए । त्यसपछि रामलालले केही समय कलकत्तामा नोकरी गरे । नयाँ कर्मथलोको खोजी गर्दै विसं १९७८ मा उनी नेपाल आएका थिए ।
शुरूमा देवानगञ्ज आएर बस्न थालेका रामलाल केही वर्षछि व्यापारिक सुविधाका लागि विराटनगर सरे । विराटनगर बस्न थालेपछि उनले विसं १९८७ मा हंसराज हनुमान मिलको स्थापना गरे । जुटको व्यापार गर्दागर्दै उनले विसं १९९४ मा नेपालको पहिलो उद्योगका रूपमा विराटनगर जुट मिलको स्थापना गरेका हुन् । उनकै मूल हिस्सेदारीमा विसं २००३ मा विराटनगरको रानीमा 'रघुपति जुटमिल'को समेत स्थापना भयो ।

रामलाल गोल्छाले विसं २००४ देखि नेपालबाट कच्चा जुट समुद्रपार निकासी गर्न शुरू गरेका थिए । नेपाल बैङ्क लिमिटेडबाट निर्यातका लागि नेपालकै पहिलो प्रतीतपत्र -एलसी) खोलेर समुद्रपार जुट निर्यात थालेका रामलालको प्रयासलाई तत्कालीन सरकारले स्वीकृति प्रदान गरेको थियो । विसं २०१६ मा नेपालमा पहिलो जुटप्रेसको सञ्चालन पनि रामलाल गोल्छाले नै गरेका हुन् । नेपालको व्यापार र औद्योगिक प्रवर्द्धनमा योगदान पुर्याएका रामलाल गोल्छाले कर्मवीरका रूपमा प्रसिद्धि कमाएका थिए ।

लगानी विविधीकरण
विसं २०१६ मा रामलालले जर्मनीमा निर्मित प्लाण्ट जडान गरी पहिलो स्वचालित चामल कारखानाको स्थापना गरेका थिए । उनले विसं २०१९ सालदेखि औद्योगिक उत्पादनलाई विविधीकरण गर्न शुरुआत गरेका हुन् ।

रामलालले सन् १९६२ मा नेपालमै पहिलो भाँडावर्तन कारखानाको स्थापना गरेर गैरकृषि उद्योगको क्षेत्रमा हात हाले । विसं २०२० मा विदेशसँग नेपालको प्रथम आधुनिक बार्टर ब्यापार (सामानको साटासाट गर्ने) प्रणालीको शुरुआत गरेका थिए । विसं २०४० मा गोल्छा अर्गनाइजेशनको पहिलो ठूलो उद्योगका रूपमा नेपालकै पहिलो सिट ग्याल्भनाइजिङ तथा ककर्टपाता उद्योगको स्थापना भयो ।

सन् १९८३ मा निधन हुनुअघि रामलालले आफ्ना दुइ छोरा हंसराज र हुलासचन्दलाई आफ्ना उत्तराधिकारीका रूपमा सशक्त बनाइसकेका थिए । नातिहरू लोकमान्य, दिवाकर, चन्द्रकुमार, महेन्द्र, दिनेशलगायत पनि सक्षम बनिसकेका थिए ।  

रामलालपछिको गोल्छा अर्गनाइजेशन
रामलाल गोल्छाका जेठा छोरा इन्द्रचन्द्र र साहिँला हनुमानमलको बालककालमै मृत्यु भएको थियो । माइला हंसराज र कान्छा हुलासचन्दले रामलालको व्यवसाय प्रवर्द्धन गर्दै आए । गोल्छा अर्गनाइजेशनको उन्नयनमा सक्रिय सहभागी हंसराज र हुलासचन्द दुवैको अहिले निधन भइसकेको छ । हाल गोल्छा अर्गनाइजेशनको सञ्चालनको जिम्मेवारी रामलालका नौ जना नाति र चार पनातिको काँधमा छ ।

हाल गोल्छा अर्गनाइजेशनको अध्यक्षको जिम्मेवारी रामलालका जेठा नाति तथा हंसराजका छोरा लोकमान्य गोल्छाले सम्हालिरहेका छन् । उनले भूदेव टे्रडिङमार्फ सवारी साधन, मलखादलगायतको आयत र विक्रीवितरणको जिम्मेवारी सम्हालेका छन् ।

दिवाकर गोल्छाले अर्गनाइजेशनको उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् । उनले हुलास टीएमटी र राइसमिलहरूको कारोबार हेर्ने गरेका छन् । हुलास वायरको जिम्मेवारी सम्हाल्दै आएका महेन्द्रको गत वर्ष निधन भएपछि त्यसको जिम्मेवारी पनि दिवाकरकै काँधमा छ ।

दिनेश गोल्छाले अरुण वनस्पति उद्योग, हुलास मेटल र ट्रेडिङको काम हेर्दै आएका छन् । उनी हाल उद्योग सङ्गठन मोरङको अध्यक्षसमेत हुन् । हंसराजका कान्छा छोरा राजकुमारले अरिहन्त मल्टिफाईबर्स, रघुपति जुटमिल र अरिहन्त पोलिप्याक  उद्योग सञ्चालनको जिम्मेवारी लिएका छन् । उनी ती उद्योगका निर्देशक हुन् । हुलासचन्दका जेठा छोरा चन्द्रकुमार पनि गोल्छा अर्गनाइजेशनका उपाध्यक्ष छन् । उनी हुलास स्टील उद्योगका साथै पुल तथा टावर निर्माणको ठेक्कापट्टाको काम सम्हाल्दै छन् । माइला सुरेन्द्रले हुलास मोर्टस र खाद्यन्न उद्योग हेर्दछन् । हुलास मोटर्स कम्पनी नेपालमा नै सवारी साधन उत्पादन गर्ने पहिलो र एक मात्र कम्पनी हो । साहिँला शेखरले हिम इलेक्ट्रोनिक्स (टेलिभिजन उद्योग) र बजाज मोटरसाइकलको नेपालको मुख्य डिलरको जिम्मेवारीका साथै ट्रेडिङको काम पनि हेर्दै आएका छन् । कान्छा सञ्जयले भने हुलास बिस्कुट उद्योग, नोकिया मोबाइल तथा कम्प्युटर  हार्डवेयर र सफ्टवेयरको जिम्मेवारी सम्हालेका छन् ।

रामलालका पनातिहरूमा हेमन्तले रेमिट्यान्स र 'बिल्डिङ कन्ष्ट्रक्सन', आकाशले फोर्ड गाडीको एजेन्सी र पार्टस्को डिलरको काम गर्दै आएका छन् । हेमन्त र आकाश लोकमान्यका छोरा हुन् । उपाध्यक्ष दिवाकरका छोरा हितेशले भृकुटी कागज उद्योगको साथै नेपाल बोर्डस् नामक फर्निचर उद्योगको जिम्मेवारी सम्हालेका छन् । अर्का उपाध्यक्ष चन्द्रकुमारका छोरा भरतले जेनेरेटर, सोलार र इन्भर्टर/यूपीएसको काम गर्दै आएका छन् । अहिले गोल्छा अर्गनाइजेशनअन्तर्गत १७ ओटा कृषिजन्य उत्पादनमा आधारित, मेशिन औजार, निर्माण सामग्री आदिका १० र वित्त एवम् सेवा क्षेत्रमा ६ ओटा गरी ३३ ओटा ठूला उद्योग एवम् व्यावसायिक प्रतिष्ठानहरू सञ्चालनमा छन् । यस्तै ६ ओटामा ठूलो शेयर लगानी वा साझेदारी छ । अर्गनाइजेशनले उदयपुरमा सिमेण्ट उद्योग स्थापनाको तयारी गरिरहेको छ । उसले जलविद्युत्को क्षेत्रमा लगानी गर्न अध्ययन गरिरहेको बताएको छ ।

गोल्छा अर्गनाइजेशनमा महिला
व्यापार र समाजसेवामा मात्र गोल्छा परिवारका महिलाहरूको सहभागिता रहँदै आएको छ । स्वर्गीय महेन्द्र गोल्छाकी श्रीमती राजलक्ष्मी गोल्छाले कृतिका फाउण्डेशनअर्न्तर्गत विराटनगरमा बोर्डिङ स्कूल सञ्चालन गरिरहेकी छन् । शेखर गोल्छाकी श्रीमती सीमाले काठमाडौंमा सामसुङ टेलिभिजनको सोरुम सम्हाल्दै आएकी छन् । दिनेश गोल्छाकी श्रीमती मीना हाल रोटरी क्लब अफ विराटनगर, डाउन टाउनकी अध्यक्ष हुन् । दिनेश भन्छन्, 'हजुरबुबा रामलाल गोल्छाको महिलाको संलग्नताविनाको व्यवसाय भन्ने सिद्धान्तअनुसार महिला सदस्यहरू उद्योगमा कम संलग्न भएका हुन् ।

गोल्छा अर्गनाइजेशनको निर्यात
अरिहन्त मल्टिफार्इवर्स र रघुपति जुट मिल्सले जुटजन्य उत्पादन भारत निर्यात गर्छन् । यी उद्योगका ९५ प्रतिशतभन्दा बढी उत्पादन निर्यात हुने गरेका छन् । अरिहन्त पोलिप्याकले उत्पादन गर्ने प्लाष्टिक बोरा पनि निर्यात हुने गरेको छ । हुलास वायरबाट उत्पादन हुने जीआई तार, कपरवायर, कपरसिट, हुलास स्टील इण्डष्ट्रिजका उत्पादनहरू रङ्गीन तथा सादा जस्तापाताको मूल बजार पनि भारत हो । गोल्छा अर्गनाइजेशनले मुसुरो दाल भने भारतको साथै तेस्रो मुलुकमा पनि निर्यात गर्ने गरेको छ । गोल्छा अर्गानाइजेशनले केही वर्षअघिसम्म वनस्पति घ्यूसमेत निर्यात गर्दै आएको थियो ।

समाज सेवामा गोल्छा अर्गनाइजेशन
गोल्छा अर्गनाइजेशनअर्न्तर्गतका सामाजिक संस्थाहरूमा रामलाल गोल्छा आँखा अस्पताल विराटनगर, परोपकार श्रीहंसराज गोल्छा अस्पताल लालबन्दी, सर्लाही , गोल्छा ज्ञानमन्दिर र रामलालजी धापीदेवी गोल्छा च्यारिटी ट्रष्ट रहेका छन् । गोल्छा अर्गनाइजेशनले विराटनगरस्थित महेन्द्रमोरङ क्याम्पसमा रामलाल गोल्छा छात्रावास, कोशी अञ्चल अस्पतालमा सर्जिकल ब्लक तथा प्रसुती गृह भवन निर्माण गरिदिएको छ । २०४५ सालको भूकम्पले क्षति पुर्याएको धनकुटाका विभिन्न स्थानका स्थानीयबासी र विद्यालयहरूका लागि गोल्छा अर्गनाइजेशनले १५ लाख रुपैयाँभन्दा बढीको सहयोग गरेको थियो । उसले कोशी तटबन्धबाट विस्थापितहख्का लागि पनि उल्लेख्य सहयोग पुर्याएको थियो ।

''उद्योग व्यवसायबाट देश विकासमा मद्दत गर्दैछौं'' - लोकमान्य गोल्छा
अध्यक्ष, गोल्छा अर्गनाइजेशन

यो हाम्रो पुख्र्यौली पेशा हो । त्यसैले म व्यवसायमा रमाउँछु । खासगरी रोजगारी सिर्जना गर्न, पूँजीको वृद्धि गर्न र कर तिरेर देशलाई टेवा दिन पनि व्यवसाय गर्र्छौं । उद्योग-व्यवसाय बढेपछि देश विकासलाई मद्दत पुग्छ भन्नेमा हामी विश्वास गर्र्छौं । व्यवसायबाट उपार्जन भएको पूँजीलाई पुनः लगानी गर्र्छौं । साथै धार्मिक, सामाजिक र सेवाका क्षेत्रमा पनि लगानी गर्दै आएका छौं ।

''हजुरबुबाको मार्गदर्शन सफलताको आधार हो'' - राजकुमार गोल्छा
निर्देशक, गोल्छा अर्गनाइजेशन तथा अरिहन्त मल्टीफाईबर्स र रघुपति जुट मिल
हाम्रा कर्मवीर हजुरबुबा स्वर्गीय रामलाल गोल्छाको मार्गनिर्देश, आचारसंहिता र अनुशासन नै गोल्छा अर्गनाइजेशनको सफलताको जड हो । गोल्छा अर्गनाइजेशनअन्तर्गत कुनै नयाँ उद्योग खोल्दा होस् वा नयाँ क्षेत्रमा प्रवेश गर्दा होस्, हामी सबै दाजुभाइ बसेर छलफल गर्छौं । राइसमिल, जुट, स्टील, वायरलगायतका उद्योग सफल उद्योगको सूचीमा छन् । कोशी मेटल र वनस्पति उद्योग असफल छन् ।

''सम्पत्ति र नाफाको कुरा खुल्दैन'' - दिनेश गोल्छा
निर्देशक, गोल्छा अर्गनाइजेशन    
गोल्छा अर्गनाइजेशनको हालको पूँजी कति छ र सरकारको राजस्वमा योगदान के कति छ भन्ने जानकारी पाउन गाह्रो छ । किनभने हाम्रा प्रत्येक उद्योग र ट्रेडिङको छुट्टाछुट्टै हिसाब हुन्छ । सबैको एकीकृत गरेर हिसाब हेरिएको छैन । त्यसैले मैले मात्र होइन, कसैले पनि यस विषयमा बताउन सक्दैनन् । अर्गनाइजेशनअर्न्तर्गतका सबै उद्योगमा परिवारका सबैको शेयर हुन्छ । कुनै उद्योग रेखदेखको जिम्मेवारी तोकिएको सदस्यमा भए पनि शेयरको आधारमा सबैको संलग्नता हुन्छ ।

''सबै सदस्यको बराबरी त्याग'' - शेखर गोल्छा
निर्देशक, गोल्छा अर्गनाइजेशन
कुनै पनि कम्पनीको सबभन्दा ठूलो सम्पत्ति भनेको त्यसमा काम गर्ने मान्छेहरु हुन् भन्ने मैले मेरा अग्रजहरुबाट सिकेको हुँ । परिवारका सबै सदस्यहरुको बराबरी 'त्याग'का कारण हाम्रो पारिवारिक तथा व्यावसायिक एकता कायम रहेको छ ।

''व्यवसायमा हामी त्यति आक्रामक छैनौं'' - दिवाकर गोल्छा
उपाध्यक्ष, गोल्छा अर्गनाइजेशन
हामीले हजुरबुबा रामलाल गोल्छाले तयार पार्नुभएको 'पारिवारिक अनुशासन र आचारसंहिता' पालना गर्दै आएका छौं । गोल्छा अर्गनाइजेशनको व्यावसायिक गतिलाई पनि त्यसैले सम्हालिरहेको छ । पारिवारिक एकता एउटा शक्ति हो । यही अवधारणाले हामीबीचको एकता कायम भएको छ । हामीमा भएको व्यावसायिक संस्कार र व्यवसाय विविधीकरणमा नयाँ पुस्ता जोडिँदै आएका छन् । यो पारम्परिक व्यवसायमा हामी त्यति आक्रामक (एग्रेशिभ) छैनौं ।

''हुलास मोर्टस देशकै गौरव हो'' - सुरेन्द्र गोल्छा
निर्देशक, गोल्छा अर्गनाइजेशन  प्रबन्धक, हुलास मोटर्स प्रालि
गोल्छा अर्गनाइजेशनले सञ्चालन गरेको हुलास मोटर्स उद्योग नेपालकै पहिलो र एक मात्र गाडी उद्योग हो । त्यसैले यो उद्योग गोल्छा अर्गनाइजेशनको मात्र नभएर देशकै गौरव हो । यो उद्योग खुलेको एक दशकभन्दा बढी अवधिमा हामीले करीब ८ सय गाडी उत्पादन गरिसकेका छौं । हामीले उत्पादन गरेका गाडीहरू 'हुलास शेर्पा ' र 'हुलास मुस्ताङ' हुन् । यी गाडी नेपालको पहाडी क्षेत्रमा चलाउन निकै उपयुक्त छन् । तर, विदेशी उत्पादनसँग प्रतिस्पर्धा गर्ने ठूलो चुनौती यससँग छ । सरकारी संरक्षण नभएकाले मोटर उद्योग चलाउन मुश्किल परिरहेको छ ।

''छलफल गरेर अघि बढ्ने संस्कार'' - हेमन्त गोल्छा
निर्देशक, गोल्छा अर्गनाइजेशन
मैले अग्रजहरूबाट व्यावसायिक प्रतिबद्धता र नैतिकता सिकेको छु । व्यवसायको निरन्तरता र विविधीकरणमा गर्नुमा हामी नयाँपुस्ताको योगदान छ । स्वाभाविक रूपमा अघिल्लो पुस्ता र हाम्रो विचारमा फरक हुन्छ । आजको द्रुत परिवर्तनको गति समात्न उहाँहरूलाई समय लाग्छ । तर, हामी हरदम सहकार्य र पारिवारिक छलफलबाट अगाडि बढ्ने संस्कार बसाएका छौं ।

''नैतिकता, इमानदारी र सिद्धान्त सिकें'' - हितेश गोल्छा
निर्देशक, गोल्छा अर्गनाइजेशन
अग्रजहरूबाट व्यावसायिक सिद्धान्त, नैतिकता, इमानदारी र कडा परिश्रम गर्नुपर्छ भन्ने कुरा सिकेँ । हतारमा कमाएको सम्पत्ति त्यत्तिकै चाँडो सकिन्छ, त्यसैले व्यवसायमा सम्यम अपनाउनुपर्छ भन्ने कुरा पनि उहाँहरूबाटै सिकेँ ।

Monday, May 9, 2011

औद्योगिक क्षेत्रमा लोडसेडिङ बढाएर सर्वसाधारणलाई बिजुली

काठमाडौ, वैशाख २६ - आर्थिक मन्दी र बारम्बार मजदुर हडतालको मार खेप्दै आएका औद्योगिक क्षेत्रलाई सरकारले समेत विद्युत् आपूर्तिमा भेदभाव गर्न थालेको छ । गार्हस्थ (सर्वसाधारण जनता) र औद्योगिक ग्राहकलाई बराबर समय लोडसेडिङ गर्ने यसअघिको नीति विपरीत वर्तमान सरकारले सर्वसाधारण जनतालाई लोडिसेडिङ घटाएर औद्योगिक क्षेत्रको लोडसेडिङ बढाएको छ ।
एमाले नेता गोकर्ण विष्ट ऊर्जामन्त्री नियुक्त भएपछि सर्वसाधारणलाई एक सातामा दुई पटक लोडसेडिङ घटाएर दैनिक १४ घन्टाबाट १० घन्टामा झारिएको छ तर औद्योगिक क्षेत्रलाई भने दैनिक १४ घन्टाको लोडसेडिङ बढाएर १५ घन्टा पुर्‍याइएको छ । नयाँ ऊर्जामन्त्रीको 'भेदभावपूर्ण नीति' ले विभिन्न समस्या भोगिरहेको औद्योगिक क्षेत्रलाई झन् ठूलो मारमा पार्ने चिन्ता उद्योगपतिहरूको छ ।
यसअघि गार्हस्थ र औद्योगिक ग्राहक दुवैलाई बराबर समय लोडसेडिङ र विद्युत् आपूर्ति गर्ने गरिन्थ्यो । ऊर्जामन्त्री विष्टले सर्वसाधारणमा लोडसेडिङ धेरै घटाएको देखाएर सस्तो लोकपि्रयता आर्जन गर्न औद्योगिक क्षेत्रलाई लोडसेडिङ बढाएर सौतेनी व्यवहार गरिएको दाबी उद्योगपतिहरूको छ । विद्युत् प्राधिकरणद्वारा आइतबार जारी नयाँ सूचनाअनुसार गार्हस्थ उपभोक्ता (सर्वसाधारण) लाई लोडसेडिङ घटाएर प्रतिदिन १० घन्टामा झारिएको छ । नयाँ ऊर्जामन्त्री आएपछि एक साताअघि सर्वसाधारणलाई १४ घन्टाको लोडसेडिङलाई घटाएर १२ घन्टामा झारिएको थियो ।
प्राधिकरणका अधिकारीले गर्मीसँगै हिउँ बढी पग्लिन थालेको र यस वर्ष पि्र-मन्सुन वषर्ा धेरै भइरहेकाले नदीको बहाव बढेर विद्युत् आयोजनाबाट बिजुलीको केही मात्रामा उत्पादन बढेका कारण केही समय लोडसेडिङ घटेको उल्लेख गर्दै जनतामा वास्तविकभन्दा बढी लोडसेडिङ घटाएको देखाउन ऊर्जामन्त्रीले औद्योगिक क्षेत्रलाई बढी लोडसेडिङको मारमा पारेको बताए ।
लोडसेडिङ परिवर्तनसम्बन्धी प्राधिकरणद्वारा आइतबार जारी सूचनाअनुसार ६६ केभी सर्किट भएको हेटौंडा-वीरगन्ज औद्योगिक क्षेत्र, ११ केभीबाट सप्लाई भएका औद्योगिक फिडरमा बेलुका ६ बजेदेखि बिहान ९ बजेसम्म, ३३ केभीबाट सप्लाई भएका औद्योगिक फिडरहरूको हकमा बिहान ७ देखि राति १० बजेसम्म लोडसेडिङ गरिने उल्लेख छ । त्यसैगरी हेटौंडा सिमेन्ट, उदयपुर सिमेन्ट, एभरेस्ट पेपर मिल तथा भृकुटी पेपर मिलमा राति ८ देखि बिहान ११ बजेसम्म, मारुती सिमेन्ट र नेपाल सरकारको औद्योगिक क्षेत्रहरूको हकमा हरेक दिन साँझ ६ देखि बिहान ७ बजेसम्म लोडसेडिङ गरिने सूचनामा उल्लेख छ । सरकारी औद्योगिक क्षेत्रलाई भन्दा निजी क्षेत्रलाई २ घन्टा कम अर्थात्् १३ घन्टा मात्र लोडसेडिङ छ ।
उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले सबैतिरबाट मार खेपिरहेको औद्योगिक क्षेत्रलाई विद्युत आपूर्तिमा समेत गरिएको भेदभावले उद्योगहरूलाई झन्् बढी नकारात्मक असर पार्ने चिन्ता व्यक्त गरे । औद्योगिक र गार्हस्थ ग्राहक दुवैलाई पहिलेकै जस्तै लोडसेडिङको समय बराबर बनाउन माग गर्दै उनले उद्योगधन्दालाई प्रोत्साहित गर्न सरकारले दिउँसोको बिजुली औद्योगिक क्षेत्र र रातिको बिजुली गार्हस्थ ग्राहकलाई दिने नीति अख्तियार गर्नुपर्ने धारणा व्यक्त गरे ।'सरकारले सस्तो लोकपि्रयताका लागि औद्योगिक क्षेत्र र सर्वसाधारणलाई बिजुली आपूर्तिमा भेदभाद गरेको हो । 
औद्योगिक क्षेत्र र गार्हस्थ ग्राहक दुवैलाई लोडसेडिङको समय बराबर गर्नुपर्छ । औद्योगिक क्षेत्रमा लोडसेडिङ बढाउनु र जनतालाई घटाउनु राम्रो होइन । यसले सबैतिरबाट मार खेपिरहेका औद्योगिक क्षेत्रमा झन् बढी नकारात्मक असर पुर्‍याउँछ,' पाण्डेले कान्तिपुरसित भने । उनले औद्योगिक क्षेत्रलाई सरकारले गर्ने सौतेनी व्यवहारले उद्योगहरू तहसनहस हुने चिन्ता व्यक्त गरे । उनले विराटनर र हेटौंडामा रहेका ३९ मेगावाट विद्युत् उत्पादन गर्ने थर्मल प्लान्ट सञ्चालन गरेर भने पनि औद्योगिक क्षेत्रलाई बिजुली पर्याप्त दिनुपर्ने माग गरे ।
ऊर्जामन्त्री विष्टले भने विद्युत् सबभन्दा बढी खपत हुने समय (पिक आवर) का लागि केही दिनलाई मात्र एक घन्टा जनतालाई बढी बिजुली दिन औद्योगिक क्षेत्रको मात्र लोडसेडिङ नघटाइएको दाबी गरे । 'सधैंलाई होइन, २/४ दिनका लागि मात्र पिक आवरको एक घन्टा जनतालाई बढी बिजुली दिएको हो,' ऊर्जामन्त्रीले थपे, 'यसमा उद्योगपतिहरूलाई केही दिनका लागि सहयोग गर्न अनुरोध गरेका छौं ।'
'तत्काललाई औद्योगिक क्षेत्रका लागि एक घन्टा बढी लोडसेडिङ भएको हो, केही समयमै सरकारले म्यानेज गरेर गार्हस्थ र औद्योगिक दुवै ग्राहकलाई बराबर समय विद्युत्् आपूर्ति र लोडसेडिङ गर्नेछ,' विष्टले भने । उनले औद्योगिक क्षेत्रको समस्यालाई बुझेर लोडसेडिङको संकट समाधान गर्न सरकार लागिरहेको दाबीसमेत गरे ।




 

Monday, May 2, 2011

मारिए ओसामाबिन लादेन.......................

लादेन युगको अन्त्य २००१ सेप्टेम्बर ११ बाट एउटा नाम संसारभरि चर्चामा आयो । त्यो नाम थियो- ओसामा बिन लादेन । बितेका १० वर्षमा जहाँ-जहाँ विश्व आतंकवादको चर्चा हुन्थ्यो, त्यहाँ पहिलो नाम लादेनकै लिइन्थ्यो । विश्वकै प्रभावशाली मुलुक अमेरिकाको भौतिक क्षतिमाथि धावा बोल्ने कोही व्यक्ति थियो भने उनी थिए- ओसामा बिन लादेन । उनको योजनामा १० वर्षअघि अमेरिकामाथि भएको आक्रमणले विश्व आतंकवादलाई नयाँ उचाइमा पुर्‍याइदियो र यही घटना अमेरिकाका लागि विश्वका विभिन्न देशमा आफ्नो प्रभाव जमाउने माध्यम बन्न पुग्यो । लादेनविरुद्ध १० वर्षदेखि गर्दै आएको अमेरिकी लगानी आइतबारको राति 'नाफा'मा परिणत भएको छ । लादेनको मृत्यु अमेरिकामा मात्र होइन, विभिन्न देशमा उत्सवमा परिणत भइरहेको छ । २००१ को सेप्टेम्बर ११ आक्रमणका प्रमुख योजनाकार लादेनको मृत्यु चर्चा दशकभरि नै भइरह्यो । सुरक्षित 'सेल्टर'को खोजीमा विभिन्न ठाउँ चहार्ने यी सर्वाधिक प्रभावशाली 'जेहादी'को यस्तो अन्त्यबारे भने कसैले परिकल्पना गरेको थिएन । १० वर्ष लामो प्रयास र सटिक गुप्तचरीले आखिर अमेरिका आफ्नो उद्देश्यको संघारमा उक्लेको छ । लादेन मारिनु आतंकवादको अन्त्य नभई खुड्किलो भएको राष्ट्रपति बाराक ओबामाले बताएका छन् । अमेरिकी सेनाले पाकिस्तानको अबोत्तावादमा अपरेसन सफल बनाएको औपचारिक खबर ओबामाले नै सन्देशमार्फत दिएका हुन् । उनले अमेरिकी गुप्तचर सूचनालाई आधार मानेर अमेरिकी सेनाले गरेको स्थलगत कारबाहीमा अलकायदाका यी शीर्ष पुरुष मारिएको बताउँदै गर्दा देशैभरि उत्सव सुरु भइसकेको थियो । न्युयोर्क र वासिङ्टनमा सेप्टेम्बर ११, २००१ मा भएको आक्रमणलगायत धेरै अपराधको आरोप लागेका लादेनलाई अमेरिकाले 'मोस्ट वान्टेड' सूचीको शीर्ष स्थानमा राखेको थियो । यो घटना अलकायदालाई हराउने अमेरिकी प्रयासको हालसम्मकै ठूलो उपलब्धि मानिएको राष्ट्रपति ओबामाले बताएका छन् । उनको मृत्युपछि अलकायदाले प्रतिरोध आक्रमण गर्नसक्ने सम्भावनालाई मध्यनजर गर्दै अमेरिकाले विश्वभर रहेका आफ्ना दूतावासहरूलाई सचेत गराएको छ । आइतबार राति पाकिस्तानको अबोत्तावादमा अमेरिकाले अपरेसन चलाएको थियो । प्रत्यक्षदर्शीका अनुसार त्यस क्षेत्रलाई अमेरिकी सेनाले घेराबन्दी गरे पनि स्थानीयबासीलाई अपरेसनको तारो लादेन थिए भन्ने थाहा थिएन । तर, उनीहरूले समाचारमा लादेन मारिएको सुनेपछि विष्फोटनको उद्देश्य थाहा पाएका थिए । त्यसो त लादेन पाकिस्तानमा हुनसक्ने चर्चा यसअघि नै फैलिसकेको थियो । उनले मृगौलासम्बन्धी समस्याको उपचार रावलपिन्डी, कराँचीलगायतका ठाउँमा गराएका समाचार सार्वजनिक भएका थिए, यद्यपि ती समाचारहरूको आधिकारिक पुष्टि भने कहिल्यै भएन । यसरी मारिए लादेन लामो समयदेखि खोजी गरिएका लादेन पाकिस्तानको पूर्वी सहरमा रहेकोमा धेरै अघिदेखि अमेरिकी सुरक्षा संयन्त्र र खोजीकर्ताहरू ढुक्क थिए । लादेनको पहिचान भएको कैयौं महिना बितिसक्दा पनि उनी बसेको घरमा आक्रमण गर्ने/नगर्ने विषयमा ह्वाइटहाउसमा निकै बहस भएको थियो । लादेनको मृत्युले अलकायदालाई निकै ठूलो धक्का पुगेको त छ नै तर योभन्दा पनि अब स-साना तवरमा हुनसक्ने आक्रमणको खतरातर्फ सबै सचेत हुनुपर्ने विश्लेषकहरूले बताएका छन् । गएको अगस्तमै बिन लादेन कहाँ छन् भन्ने कुरामा अमेरिकी गुप्तचर संस्था सीआईए निश्चिन्त भइसकेको थियो । यसबारे राष्ट्रपति ओबामालाई जनाउ दिइए पनि उनले काम अघि बढाउने/नबढाउने विषयमा निर्णय गर्ने सम्पूर्ण अधिकार सीआईएलाई नै सुम्पेका थिए । यसका लागि चाहिने आवश्यक नैतिक समर्थनका लागि ओबामा र अन्य सुरक्षा निकायका सीमित व्यक्तिहरूबीच बारम्बार संवाद भइरहने गर्दथ्यो । लादेन पाकिस्तानी राजधानी इस्लामावादबाट नजिकैको घना वस्तीयुक्त सहरमा ठूला-ठूला पर्खाल लगाइएको घरभित्र बस्ने कुरा निश्चित भइसकेपछि केही ह्याकरहरूलाई लादेनले उपयोग गरिरहेका टेलिफोन र इन्टरनेट वा कम्प्युटरभित्र छिर्ने प्रयास गर्न पनि लगाइएको थियो । तर, पछि थाहा भयो- उनले फोन, कम्प्युटर, इन्टरनेट कुनै पनि किसिमको सुविधा उपयोग गरिरहेका छैनन् । ओबामा मारिएको भनिएको पाकिस्तानी सहर अबत्तावाद । तस्बिरः गुगल अर्थ ह्वाइट हाउसले गएको सातामात्र लादेनका बारेमा यथेष्ट र भरपर्दा सूचना पाइसकेको थियो । यतिबेला आक्रमण नगरे स्थिति के हुने हो भन्ने कुरामा निश्चित भइसकेपछि राष्ट्रपति ओबामाले विशेष रूपमा प्रशिक्षित अमेरिकी सेनाका कमान्डोहरूलाई 'अपरेसन बिन लादेन हन्ट'मा जान आदेश दिएका थिए । यो अपरेसनमा लादेनसहित तीन जनाको मृत्यु भएको छ । लादेनका एक छोरा र एक महिला मारिएका छन् । अपरेसनका क्रममा अमेरिकी सेनातर्फ कसैको पनि ज्यान नगएको स्वयं राष्ट्रपति ओबामाले बताइसकेका छन् । अपरेसन सफल भएपछि ओबामाले अपरेसनमा भाग लिने सेनालाई बधाई दिँदै 'मानवताविरोधी' लादेनलाई न्याय गरिएको प्रतिक्रिया दिएका छन् । अपरेसनमा गोली हानाहान भएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् । गोली चलेको लामो समयसम्म पनि पाकिस्तानी सरकार र अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका थिएनन् तर बिहान अकस्मात पाकिस्तानको विदेश सचिवालयले घटनाको पुष्टि गरेको थियो । घटना भएको स्थान र पाकिस्तानी सेनाको सैनिक प्रशिक्षणकेन्द्र केही दूरीमा मात्र छन् । यही घटनाका क्रममा एउटा हेलिकप्टर दुर्घटनामा परेको तर त्यो प्राविधिक कमजोरी मात्र भएको जानकारी अमेरिकी सेनाका अधिकारीले दिएका छन् । एउटा सानो अमेरिकी सेनाको टोलीले घटनालाई पूर्णरूपमा सफल तुल्याएकोमा राष्ट्रपतिले खुसी प्रकट गरेका छन् । लादेन बस्ने घरको पर्खाल १८ फिट अग्लो र १२ फिट चौडा थियो । यो घर त्यो क्षेत्रकै पृथक रहेको समाचारमा जनाइएको छ । लादेन मारिएको रात... - हारून रसिद 'बीबीसी'का पाकिस्तानस्थित संवाददाता राति केही हल्लाचाहिँ थियो- अमेरिकी सेनाले पाकिस्तानी राजधानी इस्लामावादभन्दा अलि उत्तरमा रहेको अब्बोत्तावादमा केही गर्ने सम्भावना छ । यो अलि हल्ला नै हो कि भन्ने लागेको थियो । सेनाको हेलिकप्टर त्यहाँ दुर्घटनामा परेको हल्ला पनि आएको थियो तर कुनै पनि माध्यमले त्यो कुरालाई पुष्टि गर्न सकिरहेका थिएनन् । प्रत्यक्षदर्शीका अनुसार प्रहरी, सेना र अन्य सुरक्षा निकायले त्यो ठाउँलाई लगभग चारैतिरबाट बन्द गरिदिएका थिए । यस्तो अवस्थामा केही गोली चलेको आवाज सुनेको उनीहरू बताइरहेका थिए । यो सुरक्षा कारबाही ओसामा बिन लादेनविरूद्ध भएको कसैलाई पनि सुइँको थिएन । तर, लादेनलाई गरिने कारबाहीका विषयमा गम्भीरताका साथ अमेरिकी सेनाका गतिविधि हेर्ने जो-कोहीका लागि आश्चर्यको घटना भने थिएन । यतिबेला अमेरिकी सेनाले मुख्य सहरको घना आवादीयुक्त घरमै गएर लादेनलाई सफाया गर्नुलाई हिम्मतिलो कामका रूपमा हेर्नेहरूको कमी छैन । विगतका केही समाचार तयार गर्ने क्रममा म आफैंले पनि अपुष्ट समाचारहरू पाएको हुँ । जस्तो कि- लादेनलाई मृगौलाको उपचारका क्रममा रावलपिन्डी अस्पतालमा लगिएको र उनलाई त्यहाँ उपचार गरेर सुरक्षित स्थानमा पुर्‍याइएको । त्यस्तै, कराँची सहरमा पनि उनको स्वास्थ्य उपचार भएको कुरालाई स्थानीय पत्रिकाले लेखेका थिए । तर, पाकिस्तानी सरकारले यी कुरालाई आधिकारिक रूपमै अस्वीकार गरेको थियो । पछिल्लो समय अलकायदा र तालिवानी नेताहरूलाई पाकिस्तानी सहरहरूबाट धमाधम पक्राउ गरिँदै थियो । कुवेतमा जन्मिएका अलकायदाका नेता खालिद सेख मोहम्मदलाई रावलपिन्डीबाट पक्राउ गरिएको थियो । त्यस्तै, अफगान तालिवानी सैनिक कमान्डर मुल्लाह बरदारलाई कराँचीबाट पक्राउ गरिएको थियो । यी सबै घटनाक्रमपछि अब लादेन पक्राउ पर्ने वा मारिने सम्भावना रहेको कुरालाई नकार्न सकिने कुनै अवस्था थिएन । र, अन्ततः उनी मारिएको खबर पुष्टि नै भयो । अमेरिकामा हर्षोल्लास लादेन मृत्युको खबर अमेरिकामा भने उत्सवमा परिणत भएको छ । त्यहाँका जनताले सार्वजनिकस्थलमै खुसी मनाइरहेका छन् । पूर्वराष्ट्रपति बिल क्लिन्टनले भनेका छन्, "सेप्टेम्बर ११ र अलकायदाका विभिन्न आक्रमणमा मारिनेहरूको परिवारका लागि मात्र नभई शान्ति र स्वतन्त्रता चाहने संसारका सबै मानिसहरूका लागि यो ऐतिहासिक क्षण हो ।" "आतंकवादविरुद्धको लडाइँ जारी छ तर आजको रातले अमेरिकाका लागि बिर्सन नहुने सन्देश दिएको छ । त्यो हो- जति लामो समय किन नलागोस्, न्याय भएरै छाड्छ," अर्का पूर्वराष्ट्रपति जर्ज डब्लू बुसले भनेका छन् । विश्वका विभिन्न देशमा उनको मृत्युमा खुसीयाली व्यक्त भए पनि उनको मृत्यु हुँदैमा आतंकवाद समाप्त भइहाल्यो र मानिसहरूले न्याय पाइहाल्छन् भन्ने भनाइप्रति कैयौं मानिसहरू असहमत छन् । एउटा नेता मारिएकै भरमा अलकायदा समाप्त भयो भन्ने निष्कर्ष निकाल्नु धेरै नै चाँडो भएको उनीहरूको ठम्याइ छ । युद्धको मूल्य हामीलाई थाहा छ: ओबामा आजभन्दा १० वर्षपहिले २००१ सेप्टेम्बर ११ मा अमेरिकाको इतिहासमा सबैभन्दा खराब आक्रमण भयो । अपहरण गरिएका जहाजहरू बादलविहीन आकाशलाई छेड्दै न्युयोर्कका टि्वन टावरमा ठोक्किए । पेन्टागनबाट कालो धुँवा उड्यो । बालबालिकाहरू टुहुरा भए । करिब ३ हजार नागरिक हामीबाट सदाका लागि बिदा भए, जसले हाम्रो हृदय छेड्यो । सेम्टेम्बर ११ अमेरिकी जनताको दुःखको दिन थियो, जसले सबै अमेरिकीहरूलाई एकै ठाउँमा ल्यायो । हामी जहाँबाट आए पनि, जुन भगवानलाई माने पनि, जुन जातिको भए पनि हामी अमेरिकी परिवारको रूपमा एकबद्ध भयौं । हामी यो दुष्आक्रमणलाई न्यायमा बदल्ने र राष्ट्रलाई बचाउने प्रणका साथ एक भयौं । हामीले चाँडै थाहा पायौं कि बिन लादेनद्वारा नेतृत्व गरिएको अलकायदाले त्यो आक्रमण गरेको थियो । उसले अमेरिकाविरुद्ध युद्ध नै घोषणा गरेको थियो । त्यसैले हाम्रा नागरिक, मित्र र गठबन्धनहरूलाई बचाउन हामी अलकायदाविरुद्ध युद्धमा होमियौं । धन्यवाद छ ती थकानविहीन र साहसिक सैनिकहरूलाई र आतंकवादविरुद्ध जुध्नेहरूलाई । १० वर्षपछि हामीले ठूलो सफलता हासिल गरेका छौं । हामीले आतंकवादी आक्रमणहरूलाई अवरुद्ध गरेका छौं र स्वदेश रक्षा गर्ने कार्यलाई अझै मजबुत बनाएका छौं । हामीले अफगानिस्तानमा तालिवान सरकारलाई हटायौं, जसले अलकायदालाई संरक्षण दिइरहेको थियो र जहाँ सेप्टेम्बर ११ का महत्वपूर्ण षड्यन्त्र बुनिएका थिए । तैपनि ओसामा बिन लादेन अफगान सीमा हुँदै पाकिस्तानमा भागे र अलकायदाले त्यहीँबाट आफ्ना योजना र आक्रमण संसारभरि सञ्चालन गर्‍यो । म राष्ट्रपतिको हैसियतमा आइसके पनि लादेनको मृत्यु वा गिरफ्तारलाई उच्च प्राथमिकतामा राख्न सीआईएका निर्देशक लिओन पनेट्टालाई निर्देशन दिएँ । गएको अगस्टमा हाम्रो इन्टेलिजेन्स समुदायद्वारा मलाई लादेनमाथि कारबाहीको प्रगतिबारे बि्रफिङ गरिएको थियो । त्यसपछि म निरन्तर हाम्रो राष्ट्रिय सुरक्षा समूहसँग भेटघाटमा जुटें । हामीले सूचनाहरू पछ्याउँदै जाँदा लादेनलाई पाकिस्तानमा लुकिरहेको थाहा पायौं । र, अन्ततः गएको हप्ता कारबाहीका लागि हामीसँग प्रशस्त इन्टेलिजेन्स छ भन्ने निष्कर्षमा म पुगें । त्यसपछि लादेनलाई फेला पार्न र उनलाई न्यायको कठघरामा ल्याउने अनुमति मैले प्रदान गरें । आज मेरो निर्देशनमा अमेरिकाले पाकिस्तानको अब्बोत्तावादको कम्पाउन्डमा अपरेसन लन्च गर्‍यो । असाधारण साहसका साथ थोरै अमेरिकीहरूको समूहले यो काम गर्‍यो । उनीहरूले सर्वसाधारणलाई क्षति हुन नदिन सतर्कताका साथ काम गरे । कुनै अमेरिकीको क्षति हुन पाएन । एकछिनको लडाइँपछि उनीहरूले लादेनलाई मारे र उनको शरीरलाई कब्जामा लिए । दुई दशकदेखि लादेन अलकायदाको नेता र उपमा बन्दै आएका थिए र हामी, हाम्रा मित्र र गठबन्धनविरुद्धको षड्यन्त्रलाई निरन्तरता दिएका थिए । उनको मृत्यु अलकायदालाई हराउने हाम्रो राष्ट्रिय प्रयासमा आजसम्मकै सबैभन्दा महत्वपूर्ण उपलब्धि हो । तर, उनको मृत्यु हाम्रो प्रयासको अन्त्य होइन । अलकायदाले आक्रमण जारी राख्छ, यसमा कुनै शंका छैन । यस विषयमा हामी स्वदेश र विदेशमा सचेत हुनपर्छ र छौं पनि । म पुनः दोहोर्‍याउन चाहन्छु- अमेरिका इस्लामविरुद्धको लडाइँमा कहिल्यै थिएन र हुनेछैन पनि । किनभने, लादेन मुस्लिमहरूका नेता थिएनन्, उनी मुस्लिमहरूको आमहत्यारा थिए । अलकायदाले धेरै देशका मुस्लिम र अमेरिकीहरूको घाँटी रेटेको थियो । त्यसैले उनको मृत्युलाई शान्ति र मानवीय सम्मानमा विश्वास गर्ने जोसुकैले पनि स्वागत गर्नुपर्छ । मैले भन्दै आएको छु-लादेन पाकिस्तानमा रहेको पाइए पाकिस्तानमा पनि हामीले कारबाही चलाउँछौं भनेर । त्यही भयो पनि तर लादेनलाई भेट्टाउनुमा पाकिस्तानको समन्वय महत्वपूर्ण थियो । वास्तवमा लादेनले पाकिस्तानमा पनि युद्धको घोषणा गरेका थिए । मैले आजै राष्ट्रपति आसिफ अली जर्दारीलाई फोन गरें र मेरो टिमले पाकिस्तानी समकक्षीहरूसँग भेट गर्‍यो । उनीहरूले यो कार्यलाई राम्रो र ऐतिहासिक भएको कुरामा सहमति जनाएका छन् । पाकिस्तानले अलकायदा र यसको गठबन्धनविरुद्ध लडाइँ गर्न हामीलाई साथ दिनु अपरिहार्य छ । अमेरिकीहरूले युद्धको मूल्य के हो भन्ने बुझेका छन् । हामीले हाम्रो सुरक्षामा आउने चेतावनी सहनेछैनौं । त्यसको प्रतिरक्षामा उत्रिरहनेछौं । हामी भन्नसक्छौं- आज अलकायदाको आतंकमा परी ज्यान गुमाउनेहरूका परिवारले न्याय पाएका छन् । हामी इन्टेलिजेन्स र आतंकवादको प्रतिकारमा उत्रनेहरूलाई धन्यवाद दिन चाहन्छौं । यो अपरेसन सम्पन्न गर्नेहरूलाई धन्यवाद दिन्छौं । सेप्टेम्बर ११ मा ज्यान गुमाउनेहरूहरूका परिवारलाई भन्न चाहन्छु- तपाईंको क्षतिलाई हामीले बिर्सेका छैनौं । सेप्टेम्बर ११ मा पैदा भएको एकताको हाम्रो संवेदनालाई फेरि स्मरण गरौं । आजको उपलब्धि हाम्रो देशको महानता र अमेरिकी प्रतिबद्धताको प्रमाण हो । बिन लादेन र आतंक ओसामा बिन लादेन सन् २००१सेप्टेम्बर ११ मा अमेरिकाको टि्वन टावर ध्वस्त पारिएपछि चर्चामा आएका हुन् । यो घटनामा अमेरिकामा ३ हजार मानिस मारिए भने हजारौं घाइते भए । पछिल्लो समय उनी संसारकै डरलाग्दा व्यक्तिका रूपमा उदाएका थिए र उनलाई घृणा गर्नेहरूको संसारभर कुनै कमी थिएन । अतिवादी इस्लामहरू भने उनलाई देवदूतसरह मान्थे । लादेन १९५७ मा जन्मिए । उनका बुवा मोहम्मद बिन लादेनका ५२ सन्तानमध्ये उनी १७ औं थिए । उनका बुवा साउदी अरेबियाका धनीमध्ये एक थिए र साउदीमा बनेका अधिकांश भौतिक निर्माणका कार्य ८० प्रतिशत उनले नै हेर्थे । सन् १९६८ मा उनका बुवा हेलिकप्टर दुर्घटनामा मारिए । यसपछि ओसामा नै बुवाको अकूत सम्पत्तिको हकदार भए । त्यतिबेला नै उनको कुल सम्पत्ति २ सय ५० मिलियन डलर रहेको अनुमान गरिएको थियो । मुजाहिद्दिन साउदी अरेबियाको जेदाहमा रहेको किङ अब्दुल अजिज युनिभर्सिटीमा सिभिल इन्जिनियरिङ पढिरहेका लादेन कलेजका अतिवादी इस्लामी शिक्षक र विद्यार्थीहरूको सम्पर्कमा आए । धार्मिक छलफल र अध्ययनमा बढीभन्दा बढी समय बिताउन थालेका उनी अतिवादी इस्लामहरूको प्रभावमा पर्न थाले । यहीँनेर उनी पश्चिमी देशहरूको थिचोमिचोका बारेमा जानकार भए । यही समयवरपर सन् १९७९ को डिसेम्बरमा सोभियत संघका सेनाले अफगानिस्तान छिरेर उपद्रो मच्चाउन थाले । यो घटनाले लादेनको जीवन सधैंका लागि परिवर्तन गरिदियो । मुजाहिद्दिन नामक संस्थासँग मिलेर उनले कम्युनिस्टविरोधी क्रियाकलाप उग्ररूपमा चलाए । एक दशक लामो संघर्षपछि बाध्य भएर रुसी सेना अफगानिस्तान छाड्न बाध्य भयो । गुप्तचर संस्थासम्बन्धी विशेषज्ञहरू त केसम्म विश्वास गर्छन् भने अमेरिकाको केन्द्रीय गुप्तचर संस्था -सीआईए)ले मुजाहिद्दिनलाई तालिम र हतियार दिने गर्दथ्यो । र, हतियार र तालिम पाउनेमा लादेन पनि एक थिए । सोभियत संघले यो युद्ध हारेपछि उनमा केही परिवर्तन आएको थियो । आतंकमाथि लगानी उनको घृणा अब मस्कोबाट वासिङ्टनतर्फ मोडियो । यसको कारण थियो- उनको देश साउदी अरबमा ३ लाखभन्दा बढी अमेरिकी सेनाको उपस्थिति । उनलाई यो चित्त बुझिरहेको थिएन । यसपछि सन् १९९१ मा इराकविरुद्ध खाडीयुद्ध भयो । यो खाडीयुद्ध अनावश्यक थियो भन्ने उनको धारणा बन्यो । र, उनले यो युद्धको बदला लिने निश्चय गरे । यसपछि नैरोबी (केन्या)को अमेरिकी दूतावासमा बम हमला भयो । यो बम हमलाको मुख्य योजनाकार लादेन भएको आशंका गरियो । यसपछि मध्यपूर्वी राष्ट्रहरूमा इस्लामिक गतिविधि भए, जसको तारो अमेरिका र अमेरिकी नै थिए । यही गतिविधि जारी रहेका कारण साउदी अरेबियाले लादेनको नागरिकता रद्द गर्नुपर्ने अमेरिकी अडान रह्यो । सन् १९९४ मा बाध्य भएर साउदीले उनको नागरिकता रद्द गर्‍यो भने सुडानले उनलाई दिँदै आएको सुविधा समाप्त पार्‍यो । त्यसपछि सन् १९९६ को जनवरीमा लादेन अफगानिस्तान छिरे । अफगानिस्तान युद्धले जर्जर भइरहेको थियो । विविध किसिमका इस्लामिक समूहका लागि यो परेड खेल्ने ठाउँका रूपमा स्थापित भइसकेको थियो । तालिवानका लागि यो जति गतिलो स्थिति के बन्न सक्थ्यो र Û नौ महिनापछि नै तालिवानीहरूले काबुल सहर कब्जामा लिए । भौगोलिक रूपमा सीमित भए पनि बिन लादेनको अकूत सम्पत्तिका कारण विश्वव्यापी आतंकवादमा लगानी गर्नेहरूको आँखा यहीँ गाडिएको थियो । उनले यतिबेला आफ्ना सेना र अलकायदाको नेटवर्क बढाउन परिश्रम गरे । कहिलेकाहीँ उनी एउटा दलालको जस्तो काम गर्थे । कहिले उनी आर्थिक लगानी गर्थे, कहिले चाहिँ उनले आफैं विभिन्न किसिमका आतंकवादी अभियान छेड्थे । यहीबीच सन् १९९८ को फेब्रुअरी महिनामा उनले फतवा जारी गरे । यो फतवा उनले यहुदी र क्रुसेडरहरूका विरुद्धमा जारी गरेका थिए । खासगरी अमेरिकीहरूको हत्या गर्नु मुस्लिमहरूको कर्तव्य भएको उनको निष्कर्ष थियो । मोस्ट वान्टेड ६ महिनापछि केन्या र तान्जिनियामा दुई वटा बम पड्किए । ती बम त्यहाँका अमेरिकी दूतावासमा केन्दि्रत थिए । घटनामा २ सय २४ मानिस मारिएका थिए भने ५ हजारभन्दा बढी घाइते भएका थिए । यतिबेला पनि लादेनलाई मुख्य योजनाकार रहेको आशंका गरियो भने अन्य १६ जना उनका मतियार भएको निक्र्योल निकालियो । यसपछि सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्कस्थित सबैभन्दा व्यस्त र आर्थिक केन्द्र टि्वन टावरमा आक्रमण भयो । यो घटनालगत्तै लादेन अमेरिकाको प्रमुख तारो बने र रातारात उनी 'मोस्ट वान्टेड' मा दर्ता भए । उनलाई ज्युँदै वा मृत अवस्थामा फेला पार्नेहरूलाई २५ मिलियन अमेरिकी डलरको घोषणा गरियो । यसपछि अमेरिकी सेना अफगानिस्तान छिर्‍यो र पूर्वी क्षेत्रमा ७५ वटा मिसाइल हानियो । यो क्षेत्रमा लादेन लुकेर बसेको आशंका गरिएको थियो र उनी मारिए भनी प्रचार पनि गरियो । तर, एक घण्टाअघि नै लादेन त्यहाँबाट निस्किएकाले उनको मृत्यु सम्भव भएन । लादेनसँग गाँसिएका घटनाहरूमा सन् १९९३ मा न्युयोर्कमै बम विष्फोटन, १९९५ मा साउदी राजधानी रियादमा ट्रक बम विष्फोटन तथा साउदी ब्यारेकमा १९ अमेरिकी सेनाहरू हताहत हुने गरी हानिएको बम प्रमुख थिए । "म सधैं अमेरिकीहरूलाई निसाना लगाउँछु," उनले भनेका थिए, "हामी अमेरिकीबाहेक अरुलाई क्षति पुर्‍याउँदैनौं ।" तर नैरोबी र दार-ए-सलाममा गरिएको बम आक्रमणमा अमेरिकी परेनन्, बरु स्थानीय अपि|mकीहरू मुख्य निसानामा परेका थिए । धनको घमण्डले चूर लादेनले कजाकस्तानसित अर्बौं डलरमा परमाणु बम किन्ने प्रस्तावसमेत राखेका थिए । अमेरिकी र यहुदीहरूका लागि खतराको केन्द्र बनेका लादेनका पछाडि अमेरिकी सेना तीव्र घ्राणशक्ति लिएर उनको खोजीमा लाग्नु कुनै नौलो कुरा थिएन । सेप्टेम्बर ११ मा के भयो ? सन् २००१ को सेप्टेम्बर ११ मा दुई वटा अपहरण गरिएका हवाई जहाज टि्वन टावर भनिने न्युयोर्कको वल्र्ड ट्रेड सेन्टरमा ठोक्काइयो । अर्को एउटा जहाज वासिङ्टनस्थित पेन्टागनको अमेरिकी सुरक्षा निकायको मुख्यालयमा जोथियो । चौथो प्लेन चाहिँ पेन्सिलभेनियाको खुला खेतमा दुर्घटनाग्रस्त भयो । यी सबै घटनामा ३ हजार मानिस मारिए, जसले अमेरिकालाई तालिवानविरुद्धको युद्धमा उत्रिन बाध्य बनायो । अमेरिका र उसका सहयोगीहरूका सेना अफगानिस्तानमा सन् २००१ को अन्त्यतिर ओर्लिए । यही समयमा तोराबोरा भनिने ठाउँमा गुफामा लुकेर बसेका लादेन मारिए भन्ने विश्वास गरिएको थियो । तर, वास्तविकता त्यस्तो रहेन । लादेन खुला सिमानाको फाइदा उठाउँदै पाकिस्तान छिरे । अफगान सीमाछेउका पाकिस्तानी गाउँमा उनी कलाकार र गायकभन्दा माथिका सेलिबि्रटी बने । सन् २००३ को फेब्रुअरीमा लादेनको भाषण 'अल जजिरा' टिभीमा देखियो । भाषणमा उनले इराकविरुद्धको अभियानलाई लछार्नुका साथै सद्दाम हुसेन शक्तिमा रहिरहनुपर्ने धारणा राखेका थिए । "यतिमात्र होइन, सबै मुस्लिमहरूले र खासगरी सबै इराकीहरूले अमेरिकीविरुद्धको पवित्र युद्धमा साथ दिनुपर्छ," उनले आफ्नो टेपमा भनेका थिए । तर, यो आवाजलाई अमेरिकीहरूले नक्कली लादेनको भनी बताएको थियो । पछिल्लो समय लादेनलाई सन् २००१ को अन्तिमताका तोराबोरामा देखिएको थियो । र, त्यहाँ उनका जेहादीहरूको पनि ठूलै उपस्थिति थियो । पाकिस्तानमा शरण तोराबोरापछि उनी लुक्दै छिप्दै पाकिस्तानको पूर्वी क्षेत्रतर्फ लागेको आशंका गरिएको थियो । उनलाई पाकिस्तानका पास्तुन नागरिकहरूले नायक ठानेर सहयोग गरिरहेको अमेरिकी दृष्टिकोण बाहिर आएको थियो । पास्तुन आदिवासीले तालिवानप्रति नरम धारणा राख्ने गरेको पनि प्रकाशमा आएको थियो । कतिसम्म भने उनीहरूले आफ्नै देशका परवेज मुसर्रफको सरकारलाई विदेशी र तालिवानीहरूलाई मित्र ठान्थे । यसबीचमा लादेनले आफ्नो उपस्थिति बरोबर देखाउन थाले । लादेनको खोजीलाई तीव्र पार्ने काम सन् २००३ मा भयो । यहीबेला पाकिस्तानमा खालिद सेख मोहम्मद पक्राउ परेका थिए । लामो समयदेखि गुपचुप रहेका लादेनसँग उनको छुटेको समूहको विस्तारै भेटघाट सुरु भएको थियो । यहीबीच सन् २००४ को मे-जुलाईमा पाकिस्तानी सेनाले अफगान सीमाछेउ चलाएको तालिवानविरुद्धको युद्धमा लगभग छेउछाउ पुगिसकेको थियो । तर, पछि मुसर्रफ-तालिवान युद्ध चिसिँदै गयो । योबीचमा अलकायदाले आफ्ना भनाइहरू अडियो संवादका रूपमा बेलाबेला इन्टरनेटमा छर्ने गथ्र्यो । यसको जिम्मेवारी अलकायदाका दोस्रो वरियताका नेता एमान अल जवाहिरीको थियो । भिडियोमा लादेन देखिन छाडेका थिए । उनी मिडियामा नदेखिनुले अमेरिकी नेता र जनताबीच दूरी बढ्दै थियो । ँवार अन टेरर’को नारा दिने अमेरिकी नेताहरू जनताको नजरमा विस्तारै गिर्दै गइरहेका थिए । लादेनका सहयोगीका नजरमा उनी अमेरिकी र इजरायली आतंकविरुद्ध लड्ने क्रान्तिकारी थिए भने अधिकांश पश्चिमेलीहरूका नजरमा उनी एक आतंककारी थिए, हजारौंको हत्या गर्ने हत्यारा थिए ।

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...