Posts

Showing posts from May, 2011

वनस्पती घिउ उद्योग पाल्मोलिन उत्पादन गर्न बाध्य

निरू अर्याल काठमाडौं, १५ जेठ नेपालमा उत्पादन हुने वनस्पती घिउ मूल्यको भारी अन्तरले भारततर्फ निकासी हुन नसकेपछि उद्योगहरू ‘बाइप्रडक्ट’ उत्पादन गर्न बाध्य छन् । विज्ञहरूका अनुसार यिनलाई औद्योगिक उत्पादन मान्न सकिँदैन । भारततर्फको निर्यातमा उल्लेख्य गिरावट आउन थालेपछि वनस्पती घिउ उत्पादन गर्ने उद्योगहरू विस्थापित भएका छन् । यस्ता उद्योगले वनस्पती घिउको सट्टा स–साना सहायक वस्तु उत्पादन गर्न थालेका छन् । नेपालमा उत्पादन हुने वनस्पती घिउ मूल्यको भारी अन्तरले गर्दा निकासी हुन नसकेपछि यी उद्योगमा पाल्मोलिन, तेलो, एसिड, फट्टी (कोको ब्लान्डेड एक्स्ट्र्याक्ट) जस्ता सामान उत्पादन हुन थालेका छन् । विज्ञहरूका अनुसार यिनलाई औद्योगिक उत्पादन मानिँदैन । यस्ता कच्चा पदार्थहरू घिउ उत्पादन गर्ने मेसिनबाटै उत्पादन गर्न सकिन्छ । तीमध्ये पाल्मोलिन तेल जस्ता अधिकांश उत्पादन साबुन बनाउन प्रयोग हुन्छन् । त्यस्तै, कोको ब्लान्डेड एक्स्ट्र्याक्ट जस्ता वस्तु चकलेट, मिठाइमा नभई नहुने कच्चा पदार्थ हुन् । नेपाल वनस्पती घिउ तेल उद्योग संघका अनुसार हालसम्म २१ वटामात्र यस्ता उद्योग सञ्चालनमा रहे पनि आधा दर्जनभन्दा ध

‘च्यांग्रा पस्मिना’को प्रचार बीबीसी र सीएनएनमा

निरू अर्याल निर्यात ३० प्रतिशतले बढ्ने अनुमान काठमाडौं, १४ जेठ नेपाल पस्मिना उद्योग संघले नेपाली पस्मिनाको प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय स्तरका टेलिभिजन च्यानलमार्फत प्रचार गर्ने भएको छ । नेपाली पस्मिना युरोपेली मुलुकमा अत्यधिक मात्रामा निर्यात हुने भएकाले यसको बजार विस्तार गर्न बीबीसी, सीएनएनजस्ता च्यानलबाट ‘च्यांग्रा पस्मिना’ को प्रचार गर्र्न लागएको हो । नेपालबाट उत्पादन हुने पस्मिनाको सम्भाव्यतालाई ध्यान दिँदै संंघले यसअघि युरोपेली संघ (ईयू) अन्तर्गतका सबै मुलुकका साथै नर्वे, स्विट्जरल्यान्ड, अस्टे«लिया, न्युजिल्यान्ड, अमेरिका, क्यानडा, जापान, दक्षिण कोरिया, हङकङ, सिंगापुर र नेपाल गरी ३८ वटा मुलुकमा पस्मिनाको सामूहिक टे«डमार्क दर्ता गरिसकेको छ । अन्य आठ वटा देशमा दर्ता प्रक्रियामा छन् । नेपाली पस्मिनाको अन्तर्राष्ट्रिय स्तरमा उल्लेख्य माग भएको र बजारीकरण पक्ष कमजोर भएकाले नेपाली च्यानलका अतिरिक्ति विदेशी च्यानलबाट समेत प्रचार–प्रसार गर्न लागिएकोे संघका कार्यक्रम प्रमुख मधुबाबु अधिकारीले जानकारी दिए । “प्रक्रिया अन्तिम चरणमा पुगेको छ,” उनले भने, “साउनबाट यस्तो कार्यक्रम सुर

होम › प्रमुख समाचार › राजनीतिक अन्योलले अर्थतन्त्र डामाडोल राजनीतिक अन्योलले अर्थतन्त्र डामाडोल

कारोबार टिमकाठमाडौं, १४ जेठ देश राजनीतिक अन्योलको भूमरीमा परिरहेको अवस्थाले व्यापार र उद्योग क्षेत्रमा पनि ठूलो समस्या देखिएको छ । २०६५ जेठ १४ देखि संविधान बनाउन असफल संविधानसभाको बढाइएको एक वर्षे आयु सकिन लागेको पूर्वसन्ध्यामा कारोबारले देशका मुख्य व्यापारिक क्षेत्रहरुमा गरेको एक अध्ययनअनुसार राजनीतिक अन्योलका कारण गएको तीन वर्षमा देशले अर्बौंबराबरको लगानी र उत्पादनमा ह्रास बेहोर्नुपरेको छ । देशभरका उद्यमीहरुले पटक–पटक संविधानसभाको म्याद थपिँदा देश चरम आर्थिक संकटतर्फ उन्मुख भइरहेको जनाएका छन् । यो जेठ १४ सम्म पनि संविधान बन्न नसक्दा संक्रमणकालको अवस्था लम्बिँदै गएको र भएका उद्योग समस्याग्रस्त भएका तथा नयाँ आउन नसकेको कुरा देशभरका उद्योगी, व्यवसायीहरुले बताएका छन् । विराटनगरका लगानीकर्ता पलायन गएको तीन वर्षमा संविधान बन्न नसकेकाले विराटनगरका धेरै उद्योगी पलायन भइसकेको उद्योग संगठन मोरङका अध्यक्ष दिनेश गोल्छाले बताए । उनका अनुसार देशमा संक्रमणकालीन अवस्था लम्बिँदै गएकाले नयाँ लगानी भित्रिन सकेको छैन । “समयमै संविधान बनेको भए देशले निकास पाई यहाँको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्

सिमेन्ट उद्योगमा १३ अर्ब लगानी

Image
निरू अर्याल मागको ७० प्रतिशत स्वदेशी उद्योगले पूरा गर्छन् “झन्डै १० वटा उद्योग सञ्चालनको तयारीमा छन्, बिकाविकास निर्माणका कामले गति लिए नेपालमा थप सिमेन्ट उद्योग  समेत स्थापना हुनेछन् । काठमाडौं, ९ जेठ  नेपालमा विकास निर्माणका कार्यहरु  सुस्त गतिमा भइरहे पनि सिमेन्ट उद्योग खोल्ने क्रम भने बढेको छ । पछिल्ला दिनमा सरकारको पूँजीगत खर्च अपेक्षित हुन नसक्दा विकास निर्माणका कार्यहरु सुस्त गतिमा भइरहे पनि निजी क्षेत्रबाट समेत पछिल्ला दिनमा ठूला निर्माण कार्य हुन थालेपछि उद्योगीहरू सिमेन्ट उद्योगप्रति ति आकर्षित भएसँगै यो क्षेत्रमा लगानी बढेको हो । लगानीकर्ताको चासो देखिएको हो । कम्पनी रजिष्टाजिस्टारको कार्यालयको एक तथ्याँंक अनुसार कार्यालयमा दर्ता भएका १ सय २ सिमेन्ट उत्पादन गर्ने कम्पनीउद्योगहरुले १३ अवअर्ब २९ करोड बराबारको लगानीको  प्रतिबद्धता जनाएका छन् । यो लगानी सिमेन्ट मात्रै उत्पादन गर्ने कम्पनीको मात्रै हो । यसैगरि सिमेन्ट उद्योगका सहायक कम्पनीका रुरूपमा स्थापित कमपनीहरु जस्तै  कंक्रिट, पाइप, रड, क्रसर उद्योगहरुहरूको दर्तामा पनि उत्साहजनक रुपमा बवृद्धि भएको छ । देखि

जेठो उद्योगलाई बिजुली दिने मेसिन

विराटनगर, जेष्ठ ७ - मिलमा विश्वमै कम संख्यामा निर्माण भएका मेसिन भएकाले तिनको संरक्षण गरेर राख्नुपर्ने स्वदेशी तथा विदेशी विज्ञहरूले सुझाव दिँदै आएका छन् । मेसिनमा टाँसिएको ट्यागमा 'स्विस लोकोमोटिभ एन्ड मेसिन वक्र्स, विनटरथुर' अंकित छ । उक्त मेसिन उत्पादक कम्पनी स्विस लोकोमोटिभ एन्ड मेसिन वक्र्स, विनटरथुरकै सन् १८८६ को उत्पादन रहेको र  फिनिस स्टेट रेलवेजमा १९३२ सम्म प्रयोग भएको तथ्य छ । विक्रम संवत् १९९३ दर्ता नम्बर १ । यही ऐतिहासिक मिति र दर्ता नम्बरका कारण मात्र होइन औद्योगिक विकास र राजनीतिक आन्दोलनको उद्गमस्थालका रूपमा पनि विराटनगर जुट मिल नेपालको आर्थिक राजनीतिक विकासक्रमको महत्त्वपूर्ण धरोहर हो । विराटनगर बजारबाट ६ किलोमिटर दक्षिण भारतीय सीमानजिक रहेको यो मिलका क्षेत्रको करिब ५५ बिघा जग्गा र विभिन्न संरचना छन् । पहिले पूर्वी नेपालका सुनसरी र मोरङ जिल्लामा पर्याप्त जुट उत्पादन हुन्थ्यो । ती जुट बेच्न भारतको फारबिसगन्जसम्म गोरुगाडामा कष्टसाथ जानुपर्ने अवस्था थियो । उद्योगको उत्कर्ष अवस्था २०२० देखि ४० ताका दैनिक ५० टनसम्म जुट उत्पादन हुने गरेको उद्योग वाणिज्य महासंघ, कर त

पाँच महिनामा ११ सय उद्योग दर्ता

निरू अर्याल  काठमाडौं, ७ जेठ पछिल्लो पाँच महिनाको अवधिमा १ हजार १ सय ६७ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार पुसदेखि वैशाख मसान्तसम्म १ हजार १ सय १२ साना तथा ५५ वटा घरेलु उद्योग दर्ता भएका छन् । पुसमा मात्रै २ सय ४७ उद्योग दर्ता भएका छन् । माघमा २ सय ६०, फागुनमा २ सय ३५, चैतमा १ सय ५२ र वैशाखमा १ सय ७३ उद्योग दर्ता भएका छन् । कार्यालयका अनुसार यो अवधिमा ४५ उद्योगले ठाउँ परिवर्तन गरेका छन् भने ४६ वटाले नामसारी गराएका छन् । १ सय ३८ उद्योगमात्र नवीकरण भएको कार्यालयले जनाएको छ । यो अवधिमा ३८ वटा उद्योग खारेज भएका छन् । तथ्यांकअनुसार यी उद्योगको कुल पुँजी ३४ लाख रुपैयाँ छ । यी उद्योगमा ११ हजार २ सय ९५ जनाले रोजगारी पाउने प्रक्षेपण गरिएको छ । यो संख्या राजधानीमा दर्ता हुने उद्योगको मात्रै हो । घरेलु तथा साना उद्योग विभागको तथ्यांकअनुसार गत वर्षको चैत मसान्तसम्ममा मुलुकभर २ लाख २९ हजार ६ सय ८३ उद्योग दर्ता छन् । मुलुकका सबैखाले उद्योगहरू दैनिकजसो बन्द हुने क्रम बढ्दै गएकाले लगानीकर्ताहरू साना उद्योगमा आकर्षित भएको कार्यालयका अधिकारीको भनाइ छ

५२ वर्षपछि पुनर्मिलन

ल्मी, जेष्ठ ४ - 'राम्ररी बस्नू, आफ्नो र बच्चाको राम्रो ख्याल गर्नू, म जागिर खोजेपछि तिमीलाई लिन आउँछु,' २५ वर्षे किमबहादुर श्रीसले श्रीमती चन्दि्रकालाई भनेका थिए । त्यही विश्वासमा चन्दि्रका कहिले श्रीमान् आउलान् भन्दै दिन गन्न थालिन् । तर दिन हैन, वर्षौं बित्यो पति फर्किएनन् । २४ वर्षको छँदा छाडेका पति आफू प्रौढावस्थामा पुग्दा पनि नफर्केपछि उनले फेरि भेट हुने आसै मारिसकेकी थिइन् । तर अचम्म, ५२ वर्षपछि उनको जीवनमा अचानक खुसीको भेल आयो- पति घरमा टुप्लुक्किए । चलचित्रको कहानीझैं लाग्ने हाडहाडे-५ को यो जोडीको अहिले अथार्थमै पुनर्मिलन भएको छ । २५ वर्षको लक्का जवान छँदा बिछोडिएका जीवनसाथी किमबहादुर यतिबेला ७९ पुगेका छन् भने एक वर्ष कान्छी चन्दि्रका ७८ की भइन् । राम्ररी पैसा कमाउने उद्देश्यले यो जोडी बिछोडिएको थियो । छुट्टनिे बेला गर्भमा रहेका उनीहरूका कान्छा छोरा सूर्यप्रकाश अहिले ५२ वर्षका भए । उनले शनिबार पोखरामा पहिलो पटक आपmना बाबु फेला पारेका हुन् । पैसा कमाएर श्रीमती र छोराछोरीलाई सुख दिलाउने आशामा भारत पसेका किमबहादुर गरिबीकै कारण घर र्फकन सकेनन् । घरबाट हिँड्दा सोचेजस्तो कम

वाइन उद्योगमा लगानीकर्ताले चासो देखाएनन्

Image
          निरू अर्याल              काठमाडौं, ३ जेठ सरकारले फलफूलजन्य वाइन उद्योगको दर्ता तथा सञ्चालन खुला गरे पनि लगानीकर्ताले चासो देखाएका छैनन् । घरेलु तथा साना उद्योग विभागका अनुसार गत वर्षको वैशाखदेखि चालू वर्षको वैशाख मसान्तसम्म नवलपरासीमा दुई र जुम्लामा एक गरी तीन वटामात्र यस्ता उद्योग दर्ता भएका छन् । सरकारले नेपालमा फलफूलबाटै पनि मदिरा उत्पादन गर्न सकिने भएकाले यसको माध्यमबाट मदिरा आयात प्रतिस्थापन गर्ने उद्देश्य राखी गत वर्षदेखि दर्ता खुला गरेको हो । अघिल्लो वर्ष असार ३ मा मन्त्रिपरिषद्ले त्यसअघि फलफूलजन्य मदिरा उद्योग दर्तामा लाग्दै आएको प्रतिबन्ध फुकुवा गरेको थियो । उद्यमीहरूले फलफूलमा आधारित वस्तुबाट उत्पादित ब्रान्डी वाइनमात्र उत्पादन गर्न पाउने व्यवस्था छ । देशभरका वाइन उद्योगको संख्या र तिनको प्रकृतिबारे एकिन विवरण नभए पनि सरकारले फलफूलको ब्रांन्डीमा प्रतिबन्ध फुकुवा गरेपछि मुलुकभर जम्मा तीन वटामात्र उद्योग दर्ता भएको विभागले जनाएको छ । ब्रान्डी वाइनका लागि जिल्लास्तरीय विभागमा दर्ता भएका उद्योगहरू केन्द्रीय तहमा आउने प्रावधान छ । सरकारले हालसम्म मदिरा निषेधित क्षेत्र

रमाइलो मान्दै गुल्मी घुम्न जानेकि ..............

Image
निरु अर्याल पहाडी क्षेत्रको सुन्दर काखमा अवस्थित गुल्मी जिल्ला प्राकृतिक सुन्दरताले भरिपूर्ण जिल्लाहरूमध्ये एक यो पनि हो । नेपालको चर्चित कालीगण्डकीको तिरमा अवस्थित रुरु धाम, धार्मिक तथा ऐतिहासिक महत्व बोकेको तपोभूमि रेसुंगाको साउने शिवालय, प्रसिद्ध लिच्छिविकालीन राजाहरू बस्ने गरेको चारपालाको दरबार तथा शिवालय त्यहाँका प्रमुख पर्यटकीय स्थल हुन् । त्यसैगरी पश्चिमाञ्चलको सगरमाथाका रूपमा ख्याति कमाएको रेसुंगा डाँडाका साथै जैविक विविधता र प्राकृतिक सौन्दर्यताले महत्व बोकेको मदाने लेक, टिमुरे लेक, दिव्रुम दह, थाप्लेको लेक, कङके देउरालीजस्ता मनोरम दृश्यले भरिपूर्ण यस जिल्लाको प्रचार–प्रसार हुने यो भने पर्यटन गन्तव्यको लागि उत्कृष्ट हुने थियो । त्यतिमात्र होइन, रेसुंगा डाँडामा निर्माण भएको २ हजार ३ सय ४७ मिटर अग्लो भ्यू–टावरबाट उत्तरमा माछापुच्छ्रे« हिमालसहितका सुन्दर हिमालका दृश्यहरू देख्न सकिन्छ । समय–समयमा चर्चा परिचर्चा कमाउने तथा सदाबहार आगन्तुकको भीड लाग्ने बिचित्र गुफा तथा सिद्धेश्वर गुफा पनि यही जिल्लामा पर्छ । यस जिल्लाका प्राकृतिक सम्पदाको प्रचार–प्रसार गर्न सहज हुने तथ
मुलुकभर सञ्चालनमा रहेका घरेलु तथा साना उद्योगमा निजी क्षेत्रले १ खर्ब ७ अर्ब ५ करोड लगानी गरेका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघका अनुसार यसबाट १ लाख १० हजार ७ सय ६१ उद्योगमा ९ लाख १५ हजार ५ सय ३९ जना रोजगारी पाएका छन् । महासंघ अध्यक्ष लता प्याकुरेल मुलुकमा रोजगारीको अवसर सिर्जना गर्ने यो क्षेत्रलाई माथि उठाउन राज्य पक्ष बढी जिम्मेवार हुनुपर्ने बताउँछिन् । दैनिक १४ घन्टे लोडसेडिङ, महँगिदो बैंक ब्याजदरदेखि केही नीतिगत समस्याका कारण घरेलु उद्योग थप समस्यामा परेको उनी बताउँछिन् । घरेलु उद्योगका तत्कालीन समस्या तथा अन्तर्राष्ट्रियस्तरमा यसको प्रबद्र्धन लगायतका विषयमा अध्यक्ष प्याकुरेलसँग निरु अर्याल र विपेन्द्र कार्कीले गरेको कुराकानीको अंश : घरेलु तथा साना उद्योगको समग्र अवस्था अहिले कस्तो छ ? नेपालमा अहिले साना तथा घरेलु उद्योगको अवस्था अत्यन्तै नाजुक छ । हामीले केही दिनअघि मात्र एउटा तथ्यांक सार्वजनिक गरेका थियौं, जसमा २ लाख २९ हजार ६ सय ८२ उद्योग दर्ता भएका थिए यीमध्ये १ लाख १८ हजार ९ सय उद्योग खारेज भइसकेका छन् । १ लाख १० हजार ७ सय ६१ उद्योग मात्र सञ्चालनमा छन् ।

बन्द हुने अवस्थामा भक्तपुरका चिउरा उद्योग

  निरू अर्याल     “धानको अभाव छ, पानी छैन, बिजुली छैन, काम गर्ने मान्छे पनि छैनन्, कसरी चिउरा उद्योग फस्टाउन सक्छन् ?” भक्तपुरका अधिकांश चिउरा मिल संकटमा पर्न थालेका छन् । उद्योगका लागि आवश्यक लगानी, दक्ष जनशक्ति अभाव, बजारीकरण र फितलो सरकारी अनुगमनका कारण मिल समस्यामा परेका हुन् । यी मिलहरू भक्तपुरका तोपगाछी, जगाते, इँटाछे, मोलाक्षेलगायतका ठाउँमा सञ्चालित छन् । “चर्को लोडसेडिङ र बजारीकरणको अभावका कारण चिउरा मिललाई थप समस्या परेको छ,” लोकेश्वर चिउरा मिलका सञ्चालक प्रेमकृष्ण खर्बुजाले भने, “धानको अभाव छ, पानी छैन, बिजुली छैन, काम गर्ने मान्छे पनि छैनन्, कसरी चिउरा उद्योग फस्टाउन सक्छन् ?” धान उत्पादन हुने ठाउँमा बस्ती बाक्लिँदै जाँदा समस्या थपिएको उनको भनाइ छ । आम्दानीभन्दा खर्च धेरै हुने जिकिर गर्दै उनले थपे, “अनेक समस्याका बाबजुत चर्को मूल्य तिरेरै भए पनि हामी धान खरिद गर्छौं र चिउरा उत्पादन गर्छौं, त्यसपछिको अर्को जटिल समस्या भनेको भुस फाल्ने र खरानी तह लगाउने ठाउँ छैन ।” नगरपालिकाले उद्योग सार्न पटक–पटक धम्की दिएको बताउँदै उनले नवीकरण गर्नसमेत आनाकानी गरिएको गुना

कामदार अभावले उद्योगमा बालबालिका प्रयोग

निरू अर्याल १७ मे २०११, आईएलओ भन्छ– – विश्वभर करिब २१ करोड ५० लाख बालबालिका जोखिमपूर्ण काममा संलग्न – तीमध्ये १० देखि १४ वर्षसम्मका बालबालिका बढी प्रयोग – नेपालमा ५ देखि १४ वर्षसम्मका बालमजदुरहरुको संख्या ७० लाख – ३० लाख बालबालिकाले निरन्तर काममा, १७ लाख आर्थिक रूपमा सक्रिय  काठमाडौं, १ जेठ गएको बुधबार राजधानीको चाबहिलनजिक सरस्वतीनगर पुग्दा त्यहाँको गलैंचा कारखानामा १२ वर्षे अनिसा कुमालले गलैंचा बुन्दै थिइन् । स्थानीय प्राथमिक विद्यालयमा कक्षा ४ मा पढ्दै गरेकी अनिसाले विद्यालयको समयबाहेक कारखानामै बिताउने गरेकी छन् । त्यही दिन भक्तपुरको औद्योगिक क्षेत्र परिसरमाभित्र रहेको ग्रिल उद्योगमा जनकपुुरका १३ वर्षे कुमार यादवले आफ्ना बाबुलाई मेसिन चलाउन सहयोग गरिरहेका थिए । जनकपुरको एक विद्यालयबाट ३ कक्षासम्मको शिक्षा लिएका कुमारले उद्योगमा काम सुरु गरेपछि पढ्न छाडेको बताए । कहाँ, किन र कस्तो काम गरेको छु भन्ने जानकारीसमेत उनलाई छैन । बरु आफ्नो बारेमा बाबुसँग सोध्न उनले आफ्नै भाषामा आग्रह गरे । बालाजु औद्योगिक क्षेत्रमा स्थलगत रिर्पोटिङका लागि पुग्दा बालबालिकाहरु दाना उद्योग

साढे ४ हजार घरेलु उद्योग बन्द

निरू अर्याल ०७ अप्रेल २०११, ७:२५ बजे  काठमाडौं, २३ चैतपछिल्लो एक वर्षमा साढे ४ हजार घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग महासंघले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार आव ०६६/०६७ मा मुलुकभर १३ हजार २० उद्योगमात्र सञ्चालनमा छन्, जुन अघिल्लो वर्षभन्दा ४ हजार ७ सय २ ले कम हो । घरेलु उद्योगीहरूका अनुसार सरकारको विभेद र ऊर्जा संकटका कारण यसरी उद्योग बन्द भएका हुन् । अझ चन्दा तथा आतंकले पनि उद्यमीहरूको मनोबल गिराएको उनीहरूले बताएका छन् । तथ्यांकअनुसार सुरुदेखि ०६५/०६६ को अन्त्यसम्म १ लाख १८ हजार ९ सय २२ उद्योग खारेज भएका छन् भने ५३ करोड ५१ लाख रुपैयाँ लगानी खेर गएको छ । यो अवधिमा ९ लाख ९८ हजार ९ सय ३० व्यक्तिको रोजगारी गुमेको महासंघको औद्योगिक प्रवद्र्धन तथ्यांकमा उल्लेख छ । ऊर्जा संकटका कारण पछिल्लो समयमा उद्योग बन्द हुने क्रम बढेको बताउँदै महासंघका महासचिव श्यामप्रसाद गिरीले सरकारले साना र ठूला उद्योगमा विभेदकारी नीति आवलम्बन गरेको गुनासो गरे । “ठूला उद्योग आफैंमा सक्षम छन् तर सरकारले उनीहरूलाई नै सेवा र सहुलियत दिएको छ,” उनले भने, “साना उद्योग

बंगलादेशको तयारी पोसाक उद्योगबारे अध्ययन गरिने

तयारी पोसाकको प्रतिस्पर्धी क्षमता वृद्धि गरी निर्यातमा सुधार ल्याउने उद्देश्यले नेपालले बंगलादेशको तयारी पोसाक उद्योगबारे अध्ययन गर्ने भएको छ । मुलुकको प्रमुख निकासीजन्य वस्तु तयारी पोसाक निकासीको सम्भावना रहेकाले सरकार, तयारी पोसाक उद्योग संघ र श्रमिक संगठनका प्रतिनिधिले संयुक्त रूपमा बंगलादेशी उद्योगको अध्ययन गर्ने तयारी गरेका हुन् । मे महिनाको अन्तिम साता व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, संघ र पाँचवटा टे«ड युनियनका प्रतिनिधि बंगलादेश जाने तयारी भएको संघका अध्यक्ष उदयराज पाण्डेले जनाए । “गार्मेन्ट इन्डस्ट्रिजका बारेमा बंगलादेशबाट नेपालले धेरै सिक्ने कुरा रहेकाले त्यहाँका उद्योगहरुको अध्ययन गर्न लागिएको हो,” उनले भने । नेपाली प्रतिनिधिहरुले बंगलादेशी तयारी पोसाक उद्योगहरुको उत्पादन क्षमता तथा गुणस्तर, उत्पादन प्रक्रिया, त्यहाँको सरकारले उद्योगलाई दिएको सहुलियत, सरकारी नीति, उद्योगी र श्रमिकबीचको सम्बन्ध, श्रमिकहरुको तलब तथा सुविधा, बजार पहुँच तथा विस्तारलगायतका सम्पूर्ण पक्षको अध्ययन गर्नेछन् । संघले बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चर्स एन्ड एक्पोर्ट एसोसिएसनसँग पनि छलफल

इजाजतबिना मदिरा वितरण गर्नेलाई कारबाही

सरकारले इजाजतपत्र नलिई मदिरा बिक्री–वितरण गर्ने पसलमाथि छानबिन र कारबाही सुरु गरेको छ । मदिरा बिक्री–वितरणका लागि छुट्टै इजाजतपत्र लिनुपर्ने व्यवस्था छ । आन्तरिक राजस्व कार्यालय क्षेत्र नं. ३ ले काठमाडौंको चक्रपथ र त्यस वरपर क्षेत्रका केही रेस्टुराँबाट छानबिन थालेको हो । शुक्रबार गरिएको अनुगमनबाट सुकेधाराको रिजनेबल खाजा घर तथा संखपार्कका रोयल तन्दुरी फास्ट फुड, रोलिन क्याफे, रिङ अफ फायर रेस्टुराँ र धुम्बाराहीको न्यु चिनारी रुफ टप फेमेली रेस्टुराँ कारबाहीमा परेका छन् । प्रमुख कर अधिकृत राममणि दुवाडीका अनुसार ती रेस्टुराँबाट मदिरा जफत गरी कारबाही थालिएको छ । अन्तःशुल्क नियमावली २०५९ अनुसार स्वदेशी तथा विदेशी मदिरा बिक्री–वितरण गर्ने रेस्टुराँले ५ हजार रुपैयाँ दस्तुर तिरेर इजाजतपत्र लिनुपर्छ । गाविस क्षेत्रमा भने ३ हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ । इजाजत नलिई बिक्री–वितरण गर्ने व्यक्ति वा फर्मलाई अन्तःशुल्क ऐन २०५८ अनुसार बिगो जफत तथा बिगो मूल्यको शतप्रतिशतसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । कार्यालयले अरु क्षेत्रमा पनि अनुसन्धान गर्ने जनाएको छ ।

इजाजतबिना मदिरा वितरण गर्नेलाई कारबाही

सरकारले इजाजतपत्र नलिई मदिरा बिक्री–वितरण गर्ने पसलमाथि छानबिन र कारबाही सुरु गरेको छ । मदिरा बिक्री–वितरणका लागि छुट्टै इजाजतपत्र लिनुपर्ने व्यवस्था छ । आन्तरिक राजस्व कार्यालय क्षेत्र नं. ३ ले काठमाडौंको चक्रपथ र त्यस वरपर क्षेत्रका केही रेस्टुराँबाट छानबिन थालेको हो । शुक्रबार गरिएको अनुगमनबाट सुकेधाराको रिजनेबल खाजा घर तथा संखपार्कका रोयल तन्दुरी फास्ट फुड, रोलिन क्याफे, रिङ अफ फायर रेस्टुराँ र धुम्बाराहीको न्यु चिनारी रुफ टप फेमेली रेस्टुराँ कारबाहीमा परेका छन् । प्रमुख कर अधिकृत राममणि दुवाडीका अनुसार ती रेस्टुराँबाट मदिरा जफत गरी कारबाही थालिएको छ । अन्तःशुल्क नियमावली २०५९ अनुसार स्वदेशी तथा विदेशी मदिरा बिक्री–वितरण गर्ने रेस्टुराँले ५ हजार रुपैयाँ दस्तुर तिरेर इजाजतपत्र लिनुपर्छ । गाविस क्षेत्रमा भने ३ हजार रुपैयाँ दस्तुर तिर्नुपर्छ । इजाजत नलिई बिक्री–वितरण गर्ने व्यक्ति वा फर्मलाई अन्तःशुल्क ऐन २०५८ अनुसार बिगो जफत तथा बिगो मूल्यको शतप्रतिशतसम्म जरिवाना गर्न सकिने व्यवस्था छ । कार्यालयले अरु क्षेत्रमा पनि अनुसन्धान गर्ने जनाएको छ ।

गोल्छा अर्गनाइजेशन

९० वर्षअघि २३ वर्षको कलिलो उमेरमा सानो पूँजी लिएर रामलाल गोल्छा सुनसरीको देवानगञ्ज आई बसोबास शुरू गरेका थिए । उनी त्यस आसपासका किसानका घरघरबाट जुट (सनपाट) सङ्कलन गरी भारतीय व्यापारीहरूलाई विक्री गर्थे । किसानको खेतमा गएर सनपाटको मुठा कस्थे र जोख्न लगाई आफै काँधमा बोकेर गोरुगाडामा राख्ने काम गर्थे । बिहारका व्यापारीलाई उनीहरूको गोदामसम्म लगेर आफै विक्री गर्ने गर्थे । स्वर्गीय रामलाल गोल्छाको त्यसबेलाको एक्लो मिहिनेतले सिर्जन गरेको गोल्छा अर्गनाइजेशन अहिले मुलुकको प्रतिष्ठित औद्योगिक घराना भएको छ । यसका देशभर दर्जनौं औद्योगिक प्रतिष्ठानहरू सञ्चालनमा छन्, जसमा १६ हजारभन्दा बढीले रोजगारी पाएका छन् । स्व. रामलालको पनाति पुस्तासमेत अहिले व्यवस्थापन सम्हाल्न सक्ने भइसकेको छ । गोल्छा परिवारको नेपाल आगमन गोल्छा परिवारको पुख्र्यौली थलो भारतको राजस्थान हो । तर, राजस्थानबाट आसाममा व्यापार गर्दै आएका रामलालका बुबा तनसुखदास गोल्छा विसं १९३५ मा परिवारसहित पूर्वी बङ्गाल (हालको बङ्गलादेश)को सुन्दरगञ्ज पुगे । तनसुखदासका सातवटी छोरीपछिका आठौं सन्तानका रूपमा विसं १९५५ मा रामलालको जन्म भएको

औद्योगिक क्षेत्रमा लोडसेडिङ बढाएर सर्वसाधारणलाई बिजुली

काठमाडौ, वैशाख २६ - आर्थिक मन्दी र बारम्बार मजदुर हडतालको मार खेप्दै आएका औद्योगिक क्षेत्रलाई सरकारले समेत विद्युत् आपूर्तिमा भेदभाव गर्न थालेको छ । गार्हस्थ (सर्वसाधारण जनता) र औद्योगिक ग्राहकलाई बराबर समय लोडसेडिङ गर्ने यसअघिको नीति विपरीत वर्तमान सरकारले सर्वसाधारण जनतालाई लोडिसेडिङ घटाएर औद्योगिक क्षेत्रको लोडसेडिङ बढाएको छ । एमाले नेता गोकर्ण विष्ट ऊर्जामन्त्री नियुक्त भएपछि सर्वसाधारणलाई एक सातामा दुई पटक लोडसेडिङ घटाएर दैनिक १४ घन्टाबाट १० घन्टामा झारिएको छ तर औद्योगिक क्षेत्रलाई भने दैनिक १४ घन्टाको लोडसेडिङ बढाएर १५ घन्टा पुर्‍याइएको छ । नयाँ ऊर्जामन्त्रीको 'भेदभावपूर्ण नीति' ले विभिन्न समस्या भोगिरहेको औद्योगिक क्षेत्रलाई झन् ठूलो मारमा पार्ने चिन्ता उद्योगपतिहरूको छ । यसअघि गार्हस्थ र औद्योगिक ग्राहक दुवैलाई बराबर समय लोडसेडिङ र विद्युत् आपूर्ति गर्ने गरिन्थ्यो । ऊर्जामन्त्री विष्टले सर्वसाधारणमा लोडसेडिङ धेरै घटाएको देखाएर सस्तो लोकपि्रयता आर्जन गर्न औद्योगिक क्षेत्रलाई लोडसेडिङ बढाएर सौतेनी व्यवहार गरिएको दाबी उद्योगपतिहरूको छ । विद्युत् प्राधिकरणद्वारा आइतबार जा

मारिए ओसामाबिन लादेन.......................

लादेन युगको अन्त्य २००१ सेप्टेम्बर ११ बाट एउटा नाम संसारभरि चर्चामा आयो । त्यो नाम थियो- ओसामा बिन लादेन । बितेका १० वर्षमा जहाँ-जहाँ विश्व आतंकवादको चर्चा हुन्थ्यो, त्यहाँ पहिलो नाम लादेनकै लिइन्थ्यो । विश्वकै प्रभावशाली मुलुक अमेरिकाको भौतिक क्षतिमाथ ि धावा बोल्ने कोही व्यक्ति थियो भने उनी थिए- ओसामा बिन लादेन । उनको योजनामा १० वर्षअघि अमेरिकामाथि भएको आक्रमणले विश्व आतंकवादलाई नयाँ उचाइमा पुर्‍याइदियो र यही घटना अमेरिकाका लागि विश्वका विभिन्न देशमा आफ्नो प्रभाव जमाउने माध्यम बन्न पुग्यो । लादेनविरुद्ध १० वर्षदेखि गर्दै आएको अमेरिकी लगानी आइतबारको राति 'नाफा'मा परिणत भएको छ । लादेनको मृत्यु अमेरिकामा मात्र होइन, विभिन्न देशमा उत्सवमा परिणत भइरहेको छ । २००१ को सेप्टेम्बर ११ आक्रमणका प्रमुख योजनाकार लादेनको मृत्यु चर्चा दशकभरि नै भइरह्यो । सुरक्षित 'सेल्टर'को खोजीमा विभिन्न ठाउँ चहार्ने यी सर्वाधिक प्रभावशाली 'जेहादी'को यस्तो अन्त्यबारे भने कसैले परिकल्पना गरेको थिएन । १० वर्ष लामो प्रयास र सटिक गुप्तचरीले आखिर अमेरिका आफ्नो उद्देश्यको संघारमा