Posts

Showing posts from February, 2015

मोबाइलदेखि होटलसम्मको यात्रा

Image
दीपक मलहोत्रा अध्यक्ष आईएमएस सर्भिस २०१७ साल मंसिरमा बुबा देवराज मलहोत्रा र माता रामकुमारी मलहोत्राको छोराको रुपमा काठमाडौंको खिचापोखरीमा दीपक मलहोत्राको जन्म भएको हो । बुबा सन् १९५८ मा स्वर्गीय हुनुभयो भने आमा उहाँसँगै हुनुहुन्छ । उहाँहरू सपरिवार धुम्बाराहीमा बस्नुहुन्छ । “खिंचापोखरीमा पुख्र्याौली होटल व्यवसाय थियो, बुबाले होटल हुर्नुहुन्थ्यो,” मलहोत्रा सम्झन्छन् । वि.सं. २०३८ सालमा शंकरदेव क्याम्पसबाट बि.कम. पास गरेका उनी भन्छन्, “आपूm सानो छँदादेखि नै व्यवसायमा आउने कल्पना गर्थेँ । आफ्नै कुनै व्यवसाय गर्ने सोच साकार गर्न २०३७ सालदेखि मैले व्यवसाय सुरु गरेको हुँ । सुरुमा वस्तु आयात गर्ने कामबाट मैले आफ्नो व्यवसाय सुरु गरें ।” शिक्षा कस्तो स्तरको विद्यार्थी हुनुहुन्थ्यो भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ “न त धेरै राम्रो न कमजोर । मध्यमखाले विद्यार्थी थिएँ । उहाँले बाल्यकालको शिक्षादेखि कक्षा २ र ३ सम्म शान्ति निकेतनबाट प्राप्त गर्नुभयो । त्यसपछि कक्षा ४ देखि १० कक्षासम्मको अध्ययन नेपाल आदर्श माध्यमिक विद्यालय गणबहालबाट पूरा गर्नुभयो । बाल्यकालको सम्झनामा उहाँ भन्नुहुन्छ, “घर

क्षमताको ४०% मात्रै सिमेन्ट उत्पादन

प्रतिस्पर्धा गर्न नसक्दा खुम्चिए उद्योग मुख्य कारण– लोडसेडिङ निरु अर्याल काठमाडौं, ९ फागुन- ऊर्जा अभावका कारण उत्पादन लागत बढेपछि मुलुकका ४ दर्जनभन्दा बढी सिमेन्ट उद्योगले क्षमताको ४० प्रतिशतमात्रै उत्पादन गरिरहेका छन् । सडक, पुल, भवन, जलविद्युत् आयोजनाजस्ता पूर्वाधार निर्माणले गति लिए पनि सिमेन्ट उद्योगहरू विद्युत् अभावकै कारण खुम्चिएका हुन् । व्यवसायीका अनुसार नेपालमा वार्षिक ३३ देखि ३५ लाख मेट्रिक टन सिमेन्टको माग भए पनि यसको ७५ प्रतिशतमात्रै स्वदेशी उत्पादनले धानेका छन् । नेपाली उद्योगको क्षमता भने ७० लाख मेट्रिक टनभन्दा बढी रहेको उनीहरु बताउँछन् । अहिले पनि वार्षिक ९ लाख मेट्रिक टन सिमेन्ट आयात भइरहेको सरकारी तथ्यांक छ । चालू वर्षका सुरुवाती ६ महिनामै ३ अर्ब ७१ करोड ८४ लाख रुपैयाँबराबरको सिमेन्ट भारतबाट आयात भएको छ । व्यवसायीले आयात प्रतिस्थापन गर्न स्वदेशी उद्योग सक्षम रहेको दाबी गरिरहँदा राष्ट्र बैंकले आयात झन् बढेको तथ्यांक सार्वजनिक गरेको हो । अघिल्लो वर्ष यो अवधिमा ३ अर्ब ३२ करोड ८० लाख रुपैयाँ बराबरको सिमेन्ट आयात भएको थियो । “हाम्रा उद्योगको उत्पादन क्षमता नै नभएको होइन त

महिलाको नाममा ऋण लिएर पुरुषले दुरुपयोग गरिरहेका छन्

Image
https://www.blogger.com/blogger.g?blogID=6539386794296202311#editor/target=post;postID=2626206432507124513 केशा परियार अध्यक्ष, राष्ट्रिय लघुउद्यमी महासंघ पर्वत खानीगाउँमा सामान्य परिवारमा जन्मिएर प्रतिष्ठित अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्न सफल केशा परियार लघुउद्यमका क्षेत्रमा स्थापित नाम हो । बालिघरे प्रथाबाट सुरु भएको उनको कपडा सिलाइको यात्रा व्यवसायमा सफलतासँगै अन्तर्राष्ट्रिय अवार्ड प्राप्तिका साथै लघुउद्यमीको नेतृत्व गर्ने तहसम्म विस्तार भइसकेको छ । उनले गत वर्ष नर्वेको ओस्लोस्थित सिटीहल (नोबेल शान्ति पुरस्कार प्रदान गरिने हल)मा आयोजित कार्यक्रममा ‘बिजनेस फर पिस’ अवार्ड ग्रहण गरिन् । राष्ट्रिय लघुउद्यमी महासंघकी अध्यक्ष रहेकी केशा यो अवार्ड प्राप्त गर्ने एक मात्र नेपाली हुन् । उनलाई शान्ति र अर्थशास्त्रमा नोबेल पुरस्कार विजेता सम्मिलित निर्णायकमण्डलले ‘बिजनेस फर पिस अवार्ड–२०१४’ बाट सम्मानित गर्ने निर्णय गरेको थियो । ओस्लोस्थित बिजनेस फर पिस फेडरेसनले व्यवसायमार्फत शान्ति र स्थायित्वका लागि योगदान गर्ने, नैतिकतामा आधारित व्यावसायिक अभ्यास गर्ने र समाजका लागि साझा मूल्य सिर्

नेपाली सिमेन्टको गुणस्तर

सम्पादकीय नेपालमा पूर्वाधार विकासको अवस्था अहिले भर्खर बामे सर्ने क्रममा छ भन्दा पनि हुन्छ । बृहत् क्षमताका ठूल्ठूला सडक, पुल, ठूला जलविद्युत् आयोजनाजस्ता पूर्वाधारहरूले भर्खरै गति लिन थालेका छन् । नेपालमा सहरीकरणको गति तीव्र भएसँगै ठूल्ठूला आवासीय र व्यावसायिक भवनजस्ता भौतिक संरचनाहरूको निर्माण द्रुत गतिमा भइरहेको छ । यस्ता पूर्वाधार र भौतिक संरचनाहरूको निर्माणले नेपालमा सिमेन्ट, फलामे छडजस्ता औद्योगिक उत्पादनहरूको माग उच्च दरमा बढाउँदै लगेको छ । विगतमा सरकारी स्वामित्वका हिमाल, हेटौंडा र उदयपुर सिमेन्टले मात्र बजारको माग धानिरहेकोमा पछिल्लो समयमा वातावरणीय कारण जनाउँदै राजधानीको चोभारस्थित हिमाल सिमेन्ट पूरै बन्द भइसकेको छ भने बजारमा निजी क्षेत्रको उपस्थिति बाक्लिँदो छ । उद्योग विभागका अनुसार २०५२ सालदेखि निजी क्षेत्रले सिमेन्ट उद्योग स्थापनाका लागि अनुमति लिन थालेका हुन् । हालसम्म ७५ वटा सिमेन्ट उद्योगहरूले उद्योग विभागबाट अनुमति लिएकोमा हाल ४५ उद्योगहरूले नियमित उत्पादन गरिरहेका छन् । सिमेन्ट उद्योगमा लगानीका लागि नेपालका ठूला औद्योगिक÷व्यावसायिक समूहदेखि नाइजेरियाको डाङ्गोटे समूह

प्रयोगशाला नहुँदा ठूला परियोजनामा विदेशी सिमेन्ट

प्रयोगशाला नहुँदा ठूला परियोजनामा विदेशी सिमेन्ट निरु अर्याल काठमाडौं, ५ फागुन सरकारी प्रयोगशालाको क्षमता विस्तार नहुँदा मुलुकमा सञ्चालित ठूला परियोजनामा विदेशी सिमेन्ट प्रयोग भइरहेको छ । सिमेन्ट उद्योगहरूले विदेशीसरह गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने बताइरहे पनि सरकारी प्रयोगशालाले प्रमाणित गर्न नसक्दा परियोजनाहरू विदेशी सिमेन्ट आयात गर्न बाध्य छन् । सरकारी प्रयोगशालाले हाल ३३ ग्रेडसम्मका सिमेन्टको मात्रै गुणस्तर परीक्षण गर्ने गरेको छ । तर, ठूला परियोजनालाई ४३ र ५३ ग्रेडका सिमेन्ट आवश्यक हुन्छन् । नेपाल गुणस्तर तथा नापतौल विभागमा रहेको एकमात्र आधिकारिक प्रयोगशालाको क्षमता विस्तार हुन नसक्दा अर्बौं लगानी भइसकेका सिमेन्ट उद्योग खुम्चिन बाध्य भएका हुन् । सरकारले नेपाल गुणस्तर चिह्न प्रदान गरेपछि मात्रै व्यवसायीले आफ्ना उत्पादन बजारमा पठाउन पाउँछन् । गुणस्तर चिह्न प्रदान गर्ने विभागले हाल नेपाली सिमेन्टलाई ३३ ग्रेडसम्मको मात्रै मान्यता दिएको छ । उद्योगका आफ्नै प्रयोगशालाले ४३ र ५३ ग्रेडका सिमेन्ट परीक्षण गरे पनि सरकार र विदेशी लगानीका परियोजनाले यसलाई मान्यता दिँदैनन् । यसको ठीक विपरीत व