Monday, February 23, 2015

मोबाइलदेखि होटलसम्मको यात्रा

दीपक मलहोत्रा अध्यक्ष आईएमएस सर्भिस २०१७ साल मंसिरमा बुबा देवराज मलहोत्रा र माता रामकुमारी मलहोत्राको छोराको रुपमा काठमाडौंको खिचापोखरीमा दीपक मलहोत्राको जन्म भएको हो । बुबा सन् १९५८ मा स्वर्गीय हुनुभयो भने आमा उहाँसँगै हुनुहुन्छ । उहाँहरू सपरिवार धुम्बाराहीमा बस्नुहुन्छ । “खिंचापोखरीमा पुख्र्याौली होटल व्यवसाय थियो, बुबाले होटल हुर्नुहुन्थ्यो,” मलहोत्रा सम्झन्छन् । वि.सं. २०३८ सालमा शंकरदेव क्याम्पसबाट बि.कम. पास गरेका उनी भन्छन्, “आपूm सानो छँदादेखि नै व्यवसायमा आउने कल्पना गर्थेँ । आफ्नै कुनै व्यवसाय गर्ने सोच साकार गर्न २०३७ सालदेखि मैले व्यवसाय सुरु गरेको हुँ । सुरुमा वस्तु आयात गर्ने कामबाट मैले आफ्नो व्यवसाय सुरु गरें ।” शिक्षा कस्तो स्तरको विद्यार्थी हुनुहुन्थ्यो भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ “न त धेरै राम्रो न कमजोर । मध्यमखाले विद्यार्थी थिएँ । उहाँले बाल्यकालको शिक्षादेखि कक्षा २ र ३ सम्म शान्ति निकेतनबाट प्राप्त गर्नुभयो । त्यसपछि कक्षा ४ देखि १० कक्षासम्मको अध्ययन नेपाल आदर्श माध्यमिक विद्यालय गणबहालबाट पूरा गर्नुभयो । बाल्यकालको सम्झनामा उहाँ भन्नुहुन्छ, “घरबाट नजिकै थियो स्कुल, बच्चालाई घरबाट धेरै टाढा पठाउन परिवार तयार नहुने हुँदा नजिकैको स्कुलमा पढेको हुँ ।” पब्लिक यूथ क्याम्पसबाट आईकम गरेपछि उहाँले २०३९ सालमा बिकम पास गर्नुभयो । खेलकुदमा रुची “खेलकुद मेरो सबैभन्दा बढी रुची भएको विषय हो । स्कुले जीवनमा म ब्याडमिन्टनको राम्रो खेलाडी थिएँ । फुटबल पनि मैले धेरै समय खेलेको छु । हामी साथीहरू मिलेर सुन्धारा टिम बनाएका थियौँ ।” बि डिभिजनको टिमलाई ए मा पु¥याएर ए डिभिजन लिगसमेत आफूले खेलेको उहाँ सम्झनुहुन्छ । फुटबलजस्तो शारीरिक खेल खेलेको मान्छेलाई अहिले शारीरिक व्यायाम कसरी पूरा गर्नुहुन्छ भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ, “सानोमा टुँडिखेलमा गएर शारीरिक व्यायाम गरिन्थ्यो तर अहिलेको व्यस्तताले त्यतातिर समय मिल्दैन । अहिले पनि आपूm दैनिक बिहान आधा घण्टा ट्रेड मिलमा दौडने गरेको छु । आधा घण्टा योगा गर्ने गरेको छु । साथी र समय मिलेको बेला भने अहिले पनि व्याडमिन्टन खेल्ने गरेको छु” उहाँ बताउनुहुन्छ । उहाँ कलेजमा बास्केट बल र भलिबलमा पनि आपूm राम्रै रहेको दावी गर्नुहुन्छ । व्यापारमा लाग्नाले राम्रो खेलाडी बन्न नसके पनि खेलकुदप्रति मोह भने अझै रहेको उहाँले बताउनुभयो । पारिवारिक जीवन २०३८ सालमा उहाँको विवाह सविता मलहोत्रासँग भएको हो । सविताले अहिले इविसु ज्वेलरी हेरिरहनुभएको छ । उहाँहरूका एक छोरी र एक छोरा गरी दुई सन्तान छन् । छोरी दिपीका मलहोत्राको विवाह भइसकेको छ । उनी अहिले टिचिङमा एमबिबिएस गर्दैछिन् भने छोरा दिकेश मलहोत्रा अमेरिकामा ग्राजुएसन गरेर बेलायतबाट पोष्टग्राजुएसन सकी नेपाल फर्किएका छन् । उनले अहिले आईएमएस हेरिरहेका छन् । व्यावसायिक जीवन उहाँ आफ्नो व्यवसायभन्दा अघि बुबाको व्यवसाय हेर्ने गरेको बताउनुहुन्छ । आफ्नै व्यवसाय सुरु गरेपछि होटल व्यवसायमा पुनः नर्फिकिएका उनी अब भने नेपालमा राजनीतिक स्थिरता आउने र नेपालको पर्यटन व्यवसाय फस्टाउने सम्भावना देख्छन् । नेपालको लागि हाइड्रोपावरभन्दा पर्यटन निकै लाभदायी पनि भएको उनको ठम्याई छ । यही कारण मलहोत्रा पुनः होटल व्यवसायमा आउने सोचमा छन् । “यहाँ सिजनमा पाहुना बस्ने कोठासमेत पाईंदैन । त्यसले मलाई होटल सञ्चालनमा आकर्षित गराएको छ । यही जनवरीदेखि म पुनः ३४ वर्ष अगाडिको पुर्खौली व्यवसायमा फर्किदै छु । पुरानो होटल गर्ने प्रविधि र अहिलेको परिस्थिति र प्रविधि भिन्न छ ।” २०३७ सालमा घडीको आयात गरेर उहाँले व्यवसाय सुरु गर्नुभएको हो । घडीको व्यवसाय अहिले पनि निरन्तर छ । त्यतिबेला विभिन्न ब्राण्डका घडीहरू ल्याएर बेच्ने गरे पनि अहिले उहाँको कम्पनीले २ वटा ब्राण्डको अधिकृत बिक्रेताको रुपमा काम गरिरहेको छ । विदेशको खुल्ला बजारबाट सामान किनेर ल्याउने उहाँहरू अहिले ब्राण्डमुखी हुनुभएको छ । अहिले जाइजर (अस्ट्रेलिया) र कोरियाको एसडब्लुसी ब्राण्डका घडी हामीले ल्याइरहेका छौं । उहाँको हालको मुख्य र ठूलो व्यवसाय मोवाइालको हो । त्यसबाहेक, घडीको सोल डिष्ट्रीब्यूटर, दरबारमार्गमा इविसु ज्वेलरी पसल, होटल व्यवसाय सुरु हुँदैछ । कालिकास्थानमा निर्माणाधिन सिल्भर सिटी अपार्टमेन्ट पूरा हुने क्रममा छ । यसैगरी, एयरपोर्टमा जग्गा भाडामा लिएर आगमन पार्किङ, सिनेमा हल र सपिङ कम्प्लेक्स निर्माण गर्ने तयारी हुँदैछ । यीबाहेक ग्राण्डी हस्पिटलमा पनि केही लगानी भएको उहाँको प्रतिप्रश्न छ । पुँजीबजार “नेपालको पुँजीबजार परिपक्व भइसकेको छैन । उदाहरणको लागि तपाईंसँग धेरै सेयर छ भने आवश्यक पर्दा तपाईंले बेच्न सक्नुहुन्न । त्यसले गर्दा यसलाई बजार भन्न सकिँदैन । मलाई यो आर्टिफिसियल बजार हो जस्तो लाग्छ । ७ सय लगानी गरेर १० रुपैयाँ रिटर्न पाउन पनि कसैले सेयरमा लगानी गर्छ ? व्यवसाय सञ्चालनका समस्या “पहिला सामान आयात गर्न बाणिज्य मन्त्रालयबाट नेपाली कागजमा यति पिस सामान ल्याउने भन्ने तोकेरै लाइसेन्स दिने चलन थियो । एउटाको नाममा २०÷२५ वटासम्म कम्पनी खोल्ने प्रचलन त्यतिबेला सुरु भएको हो । एउटाले सीमितमात्र कोटा पाउने हुँदा त्यसरी धेरै कम्पनि खुलेका हुन् । त्यति कठिन समयमा हामीले व्यवसाय सुरु गरेका थियौँ । त्यतिबेला त धेरैवटा लाइसेन्स हुनेले लाइसेन्स बेचेरै पनि कमाउँथे । झिन्टीगुण्टामा पनि पासपोर्ट बिक्री वितरण हुने चलन थियो,” उहाँ आफ्नो अनुभव सुनाउनुहुन्छ । व्यवसायी बन्न कठिन आपूmमा व्यवसाय गर्न सक्छु भन्ने आँट र क्षमताको आवश्यक पर्ने उहाँको बुझाइ छ । “जसले पनि व्यवसाय गर्छु भन्दैमा सक्छ भन्ने हुँदैन । राजनीतिक अस्थिरता, बन्द, हड्ताल, कानुनी शासनजस्ता कुराको प्रत्याभूति भइरहेको छैन । देखासिकीमा व्यापार गर्नु हुँदैन । जस्तो मेरै उदाहरण दिन चाहन्छु । त्यससम्बन्धी कम ज्ञान र अनुभवको कारण सिल्भरसिटी प्रोजेक्टमा हामीले झण्डै १० करोडको घाटा व्यहोनु परेको छ । देखासिकीमा व्यवसाय गर्ने हामीकहाँ प्रचलन छ । त्यो गलत हो ।” मोवाइलमा प्रवेश १९९६ मा भारतमा मोवाइल आउँदादेखि नै नेपालमा मोवाइल फोनको बिक्री वितरण सुरु भएको भए पनि नेपाल दूरसञ्चार संस्थानले १९९८ बाट आधिकारिक रुपमा नेपालमा मोवाइल फोन वितरण गर्न थालेपछि उहाँहरूले नेपालमा मोवाइल सेट ल्याउन थाल्नुभएको हो । त्यतिबेला उहाँहरूले नोकिया, सामसुङ, सोनी इरिक्सनलगायतका सेट बिक्री गर्नुहुन्थ्यो । उहाँहरूको कम्पनीले २००१ देखिमात्र सामसुङको सोल डिष्ट्रीब्यूटरको रुमपा काम थालेको हो । १२ वर्षको अवधिमा सामसुङले उत्पादन गरेका २२ सय वटा मोडलमध्ये उहाँहरूको कम्पनीले झण्डै ८ सय हाराहारीको मोडल नेपाल भित्र्याइसकेको छ । “सुरुमा १० हजार लाइन दूरसञ्चारले दिएको थियो त्यो बिक्न पनि गाह्रो भएको थियो । पछि दैनिकी सुरुवात गराउने चिज नै मोवाइल फोन हुन पुग्यो जसका कारण मोवाइल फोनको माग बढ्दै गयो । कुनै समय मोवाइल भनेको नोकिया हो भन्ने बुझिन्थ्यो तर अहिले संसारभर सामसुङ अगाडि छ । मलहोत्रा भन्छन्, उनीहरूको सोच सफल भएको छ जस्तो लाग्छ ।” होटलमा लगानी उहाँहरूको कम्पनीले करिब ५० करोडको लागतमा ११० वटा रुमसहितको होटल निर्माण गर्र्दैछ । “यो होटलभन्दा पनि सर्भिस अपार्टमेन्ट हो भन्दा ठीक होला । मलहोत्रा भन्छन्, त्यस्ताखाले अपार्टमेन्ट काठमाडौंमा ५ वटा जति छन् । यो आफ्नै फिलोसोपीसहितको अपार्टमेन्ट हुन्छ । अलि लामो समय बस्ने व्यक्ति वा संघ–संस्थालाई मध्यनजर गरेर यसको निर्माण गरिएको हो । यो अपार्टमेन्टमा आफ्नो खाना आपैmँ पकाउन सक्ने सम्मको सुविधा हुन्छ,” उहाँले बताउनुभयो ।
२०१७ साल मंसिरमा बुबा देवराज मलहोत्रा र माता रामकुमारी मलहोत्राको छोराको रुपमा काठमाडौंको खिचापोखरीमा दीपक मलहोत्राको जन्म भएको हो । बुबा सन् १९५८ मा स्वर्गीय हुनुभयो भने आमा उहाँसँगै हुनुहुन्छ । उहाँहरू सपरिवार धुम्बाराहीमा बस्नुहुन्छ । “खिंचापोखरीमा पुख्र्याौली होटल व्यवसाय थियो, बुबाले होटल हुर्नुहुन्थ्यो,” मलहोत्रा सम्झन्छन् । वि.सं. २०३८ सालमा शंकरदेव क्याम्पसबाट बि.कम. पास गरेका उनी भन्छन्, “आपूm सानो छँदादेखि नै व्यवसायमा आउने कल्पना गर्थेँ । आफ्नै कुनै व्यवसाय गर्ने सोच साकार गर्न २०३७ सालदेखि मैले व्यवसाय सुरु गरेको हुँ । सुरुमा वस्तु आयात गर्ने कामबाट मैले आफ्नो व्यवसाय सुरु गरें ।” शिक्षा कस्तो स्तरको विद्यार्थी हुनुहुन्थ्यो भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ “न त धेरै राम्रो न कमजोर । मध्यमखाले विद्यार्थी थिएँ । उहाँले बाल्यकालको शिक्षादेखि कक्षा २ र ३ सम्म शान्ति निकेतनबाट प्राप्त गर्नुभयो । त्यसपछि कक्षा ४ देखि १० कक्षासम्मको अध्ययन नेपाल आदर्श माध्यमिक विद्यालय गणबहालबाट पूरा गर्नुभयो । बाल्यकालको सम्झनामा उहाँ भन्नुहुन्छ, “घरबाट नजिकै थियो स्कुल, बच्चालाई घरबाट धेरै टाढा पठाउन परिवार तयार नहुने हुँदा नजिकैको स्कुलमा पढेको हुँ ।” पब्लिक यूथ क्याम्पसबाट आईकम गरेपछि उहाँले २०३९ सालमा बिकम पास गर्नुभयो । खेलकुदमा रुची “खेलकुद मेरो सबैभन्दा बढी रुची भएको विषय हो । स्कुले जीवनमा म ब्याडमिन्टनको राम्रो खेलाडी थिएँ । फुटबल पनि मैले धेरै समय खेलेको छु । हामी साथीहरू मिलेर सुन्धारा टिम बनाएका थियौँ ।” बि डिभिजनको टिमलाई ए मा पु¥याएर ए डिभिजन लिगसमेत आफूले खेलेको उहाँ सम्झनुहुन्छ । फुटबलजस्तो शारीरिक खेल खेलेको मान्छेलाई अहिले शारीरिक व्यायाम कसरी पूरा गर्नुहुन्छ भन्ने जिज्ञासामा उहाँ भन्नुहुन्छ, “सानोमा टुँडिखेलमा गएर शारीरिक व्यायाम गरिन्थ्यो तर अहिलेको व्यस्तताले त्यतातिर समय मिल्दैन । अहिले पनि आपूm दैनिक बिहान आधा घण्टा ट्रेड मिलमा दौडने गरेको छु । आधा घण्टा योगा गर्ने गरेको छु । साथी र समय मिलेको बेला भने अहिले पनि व्याडमिन्टन खेल्ने गरेको छु” उहाँ बताउनुहुन्छ । उहाँ कलेजमा बास्केट बल र भलिबलमा पनि आपूm राम्रै रहेको दावी गर्नुहुन्छ । व्यापारमा लाग्नाले राम्रो खेलाडी बन्न नसके पनि खेलकुदप्रति मोह भने अझै रहेको उहाँले बताउनुभयो । पारिवारिक जीवन २०३८ सालमा उहाँको विवाह सविता मलहोत्रासँग भएको हो । सविताले अहिले इविसु ज्वेलरी हेरिरहनुभएको छ । उहाँहरूका एक छोरी र एक छोरा गरी दुई सन्तान छन् । छोरी दिपीका मलहोत्राको विवाह भइसकेको छ । उनी अहिले टिचिङमा एमबिबिएस गर्दैछिन् भने छोरा दिकेश मलहोत्रा अमेरिकामा ग्राजुएसन गरेर बेलायतबाट पोष्टग्राजुएसन सकी नेपाल फर्किएका छन् । उनले अहिले आईएमएस हेरिरहेका छन् । व्यावसायिक जीवन उहाँ आफ्नो व्यवसायभन्दा अघि बुबाको व्यवसाय हेर्ने गरेको बताउनुहुन्छ । आफ्नै व्यवसाय सुरु गरेपछि होटल व्यवसायमा पुनः नर्फिकिएका उनी अब भने नेपालमा राजनीतिक स्थिरता आउने र नेपालको पर्यटन व्यवसाय फस्टाउने सम्भावना देख्छन् । नेपालको लागि हाइड्रोपावरभन्दा पर्यटन निकै लाभदायी पनि भएको उनको ठम्याई छ । यही कारण मलहोत्रा पुनः होटल व्यवसायमा आउने सोचमा छन् । “यहाँ सिजनमा पाहुना बस्ने कोठासमेत पाईंदैन । त्यसले मलाई होटल सञ्चालनमा आकर्षित गराएको छ । यही जनवरीदेखि म पुनः ३४ वर्ष अगाडिको पुर्खौली व्यवसायमा फर्किदै छु । पुरानो होटल गर्ने प्रविधि र अहिलेको परिस्थिति र प्रविधि भिन्न छ ।” २०३७ सालमा घडीको आयात गरेर उहाँले व्यवसाय सुरु गर्नुभएको हो । घडीको व्यवसाय अहिले पनि निरन्तर छ । त्यतिबेला विभिन्न ब्राण्डका घडीहरू ल्याएर बेच्ने गरे पनि अहिले उहाँको कम्पनीले २ वटा ब्राण्डको अधिकृत बिक्रेताको रुपमा काम गरिरहेको छ । विदेशको खुल्ला बजारबाट सामान किनेर ल्याउने उहाँहरू अहिले ब्राण्डमुखी हुनुभएको छ । अहिले जाइजर (अस्ट्रेलिया) र कोरियाको एसडब्लुसी ब्राण्डका घडी हामीले ल्याइरहेका छौं । उहाँको हालको मुख्य र ठूलो व्यवसाय मोवाइालको हो । त्यसबाहेक, घडीको सोल डिष्ट्रीब्यूटर, दरबारमार्गमा इविसु ज्वेलरी पसल, होटल व्यवसाय सुरु हुँदैछ । कालिकास्थानमा निर्माणाधिन सिल्भर सिटी अपार्टमेन्ट पूरा हुने क्रममा छ । यसैगरी, एयरपोर्टमा जग्गा भाडामा लिएर आगमन पार्किङ, सिनेमा हल र सपिङ कम्प्लेक्स निर्माण गर्ने तयारी हुँदैछ । यीबाहेक ग्राण्डी हस्पिटलमा पनि केही लगानी भएको उहाँको प्रतिप्रश्न छ । पुँजीबजार “नेपालको पुँजीबजार परिपक्व भइसकेको छैन । उदाहरणको लागि तपाईंसँग धेरै सेयर छ भने आवश्यक पर्दा तपाईंले बेच्न सक्नुहुन्न । त्यसले गर्दा यसलाई बजार भन्न सकिँदैन । मलाई यो आर्टिफिसियल बजार हो जस्तो लाग्छ । ७ सय लगानी गरेर १० रुपैयाँ रिटर्न पाउन पनि कसैले सेयरमा लगानी गर्छ ? व्यवसाय सञ्चालनका समस्या “पहिला सामान आयात गर्न बाणिज्य मन्त्रालयबाट नेपाली कागजमा यति पिस सामान ल्याउने भन्ने तोकेरै लाइसेन्स दिने चलन थियो । एउटाको नाममा २०÷२५ वटासम्म कम्पनी खोल्ने प्रचलन त्यतिबेला सुरु भएको हो । एउटाले सीमितमात्र कोटा पाउने हुँदा त्यसरी धेरै कम्पनि खुलेका हुन् । त्यति कठिन समयमा हामीले व्यवसाय सुरु गरेका थियौँ । त्यतिबेला त धेरैवटा लाइसेन्स हुनेले लाइसेन्स बेचेरै पनि कमाउँथे । झिन्टीगुण्टामा पनि पासपोर्ट बिक्री वितरण हुने चलन थियो,” उहाँ आफ्नो अनुभव सुनाउनुहुन्छ । व्यवसायी बन्न कठिन आपूmमा व्यवसाय गर्न सक्छु भन्ने आँट र क्षमताको आवश्यक पर्ने उहाँको बुझाइ छ । “जसले पनि व्यवसाय गर्छु भन्दैमा सक्छ भन्ने हुँदैन । राजनीतिक अस्थिरता, बन्द, हड्ताल, कानुनी शासनजस्ता कुराको प्रत्याभूति भइरहेको छैन । देखासिकीमा व्यापार गर्नु हुँदैन । जस्तो मेरै उदाहरण दिन चाहन्छु । त्यससम्बन्धी कम ज्ञान र अनुभवको कारण सिल्भरसिटी प्रोजेक्टमा हामीले झण्डै १० करोडको घाटा व्यहोनु परेको छ । देखासिकीमा व्यवसाय गर्ने हामीकहाँ प्रचलन छ । त्यो गलत हो ।” मोवाइलमा प्रवेश १९९६ मा भारतमा मोवाइल आउँदादेखि नै नेपालमा मोवाइल फोनको बिक्री वितरण सुरु भएको भए पनि नेपाल दूरसञ्चार संस्थानले १९९८ बाट आधिकारिक रुपमा नेपालमा मोवाइल फोन वितरण गर्न थालेपछि उहाँहरूले नेपालमा मोवाइल सेट ल्याउन थाल्नुभएको हो । त्यतिबेला उहाँहरूले नोकिया, सामसुङ, सोनी इरिक्सनलगायतका सेट बिक्री गर्नुहुन्थ्यो । उहाँहरूको कम्पनीले २००१ देखिमात्र सामसुङको सोल डिष्ट्रीब्यूटरको रुमपा काम थालेको हो । १२ वर्षको अवधिमा सामसुङले उत्पादन गरेका २२ सय वटा मोडलमध्ये उहाँहरूको कम्पनीले झण्डै ८ सय हाराहारीको मोडल नेपाल भित्र्याइसकेको छ । “सुरुमा १० हजार लाइन दूरसञ्चारले दिएको थियो त्यो बिक्न पनि गाह्रो भएको थियो । पछि दैनिकी सुरुवात गराउने चिज नै मोवाइल फोन हुन पुग्यो जसका कारण मोवाइल फोनको माग बढ्दै गयो । कुनै समय मोवाइल भनेको नोकिया हो भन्ने बुझिन्थ्यो तर अहिले संसारभर सामसुङ अगाडि छ । मलहोत्रा भन्छन्, उनीहरूको सोच सफल भएको छ जस्तो लाग्छ ।” होटलमा लगानी उहाँहरूको कम्पनीले करिब ५० करोडको लागतमा ११० वटा रुमसहितको होटल निर्माण गर्र्दैछ । “यो होटलभन्दा पनि सर्भिस अपार्टमेन्ट हो भन्दा ठीक होला । मलहोत्रा भन्छन्, त्यस्ताखाले अपार्टमेन्ट काठमाडौंमा ५ वटा जति छन् । यो आफ्नै फिलोसोपीसहितको अपार्टमेन्ट हुन्छ । अलि लामो समय बस्ने व्यक्ति वा संघ–संस्थालाई मध्यनजर गरेर यसको निर्माण गरिएको हो । यो अपार्टमेन्टमा आफ्नो खाना आपैmँ पकाउन सक्ने सम्मको सुविधा हुन्छ,” उहाँले बताउनुभयो ।

No comments:

Post a Comment

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...