Posts

Showing posts from May, 2017

आगामी आर्थिक वर्षदेखि एकीकृत सम्पत्ति कर लागू हुने

काठमाडौंः सरकारले आगामी आर्थिक वर्षदेखि एकीकृत सम्पत्ति कर लागू गर्ने भएको छ । सरकारले प्रस्ताव गरेको स्थानीय तहको शासन सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा गाउँपालिका तथा नगरपालिकाको वित्तीय अधिकार क्षेत्रमा आगामी आव (आव २०७४÷७५)देखि एकीकृत सम्पत्ति कर लगाउने भएको हो । प्रस्तावित ऐनको नियम ३९ मा सम्पत्ति कर र घरजग्गा करबारे उल्लेख गरिएको छ । उक्त ऐनमा गाउँपालिका तथा नगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र एकीकृत सम्पत्ति कर वा घरजग्गा कर लगाउने उल्लेख गरिएको छ । एकीकृत सम्पत्ति कर भन्नाले गाउँपालिका वा नगरपालिकाको  क्षेत्रभित्र कुनै व्यक्तिको स्वामित्वमा रहेको सम्पूूर्ण घर र जग्गाको एकीकृत रूपमा हिसाब गरी लगाइने सम्पत्ति करलाई बुझिन्छ ।   ऐनमा भूमिकर (मालपोत), घरजग्गा बहाल कर, व्यवसाय कर, बहाल–विटौरी कर, पार्किङ शुल्कलगायत स्थानीय तहको वित्तीय अधिकार क्षेत्रभित्र राखिएको छ । यस्तै जडिबुटी, कवाडी र जीवजन्तु कर, टे«किङ, कायाकिङ, बन्जीजम्प, जिपफ्लायर र ¥याफ्टिङ सेवा शुल्कलगायत अन्य सेवा शुल्कको व्यवस्था गरिएको छ ।  ऐनले प्रत्येक दुई वर्षका लागि प्रदेश र गाउँपालिका वा नग