Posts

Showing posts from October, 2012

अल्का अस्पतालमा लापरबाही,सात सञ्चालक निलम्बित

निरु अर्याल काठमाडौं, १७ असोज - कम्पनी रजिस्ट्रारको कार्यालयले जाउलाखेलमा  रहेको अल्का अस्पतालका सात सञ्चालक सेयरधनीलाई निलम्बन गरेको छ । कार्यालयले गत वर्षको भदौ २८ मा कम्पनीलाई दिइएको निर्देशन कार्यान्वयन नभएको भन्दै अस्पतालका अध्यक्ष तिलकबहादुर थापा, सञ्चालक विद्या श्रेष्ठ लगायतलाई निलम्बन गरेको हो । कार्यालयका अनुसार पीडितहरूले पटक–पटक अस्पतालका सञ्चालकले गरेको अनियमितताबारे छानबिन गर्न कम्पनी रजिस्ट्रारको कार्यालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका थिए । तिनै उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत रजिस्ट्रारको कार्यालयलाई कारबाहीको प्रक्रिया अघि बढाउन आदेश दिएपछि कार्यालयले कारबाही गरेको हो । कम्पनी ऐन २०६३ को दफा १२४ को उपदफा ३ को २ बमोजिम कुनै कम्पनीको सञ्चालक प्रबन्धक वा कर्मचारी वा अन्य कुनै पदाधिकारीको जिम्मा दिइरहँदा कम्पनीलाई थप हानी नोक्सानी गरेमा त्यस्ता पदाधिकारीलाई निलम्बन गरी अन्य उपायबाट व्यवसाय सञ्चालन गर्न निर्देशन दिने अधिकार रजिस्ट्रारको कार्यालयलाई छ । रजिस्ट्रारको कार्यालयले सुरु गरेको निरीक्षणअनुसार सञ्चालक समितिका अध्यक्ष र सञ्च