Posts

Showing posts from May, 2014

हस्तकला निकासी ६ अर्ब पुग्ने

निरु अर्याल काठमाडौं, ११ जेठ- चालू आर्थिक वर्षमा नेपाली हस्तकलाको निकासी बढेर झन्डै ६ अर्ब रुपैयाँ पुग्ने भएको छ । यो वर्ष अन्तर्राष्ट्रिय बजारमा नेपाली हस्तकलाको माग ३५ प्रतिशतले बढेका कारण नेपाल हस्तकला महासंघले यो प्रक्षेपण गरेको हो । गत आवमा ४ अर्ब ३६ करोड रुपैयाँबराबरका नेपाली हस्ताकला सामग्री निकासी भएका थिए । यो वर्ष ३५ प्रतिशत निकासी बढेकाले त्यसमा १ अर्ब ५२ करोड थपिने अनुमान छ । नेपालमा उत्पादन गरिने ४२ प्रकारका हस्तकला सामग्री संसारका ८२ मुलुकमा निर्यात हुन्छन् । महासंघ अध्यक्ष हेमरत्न शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सरकारी तथ्यांकले ४ अर्ब ३६ करोडको मात्रै निकासी देखाए पनि नेपाल आउने पर्यटकले गर्ने खरिदसमेत जोड्दा अहिले नै ५ अर्बभन्दा बढीको निकासी भइरहेको छ । यसबाहेक आन्तरिक बजारमा समेत नेपाली हस्तकलाको माग उत्तिकै बढी छ । गत वर्ष भएको निकासीमध्ये २ अर्ब रुपैयाँबराबरको टेक्सटाइल र २ अर्ब ३६ करोडको गैरटेक्सटाइल छन् । “चालू आवका ६ महिनाको तथ्यांक हेर्दा यो वर्ष ३५ प्रतिशतसम्म निकासी बढ्न सक्ने अनुमान गरेका छौं,” शाक्य भन्छन्, “नेपाली हस्तकलाका वस

औषधि लिमिटेड पुनः चलाउने तयारी | Karobar National Economic Daily

६ संस्थान निजीकरण गरिने

Image
निरु अर्याल काठमाडौं, ६ जेठ- सरकारले नेपाल औषधि लिमिटेडलाई नयाँ संरचनाबाट सञ्चालन गर्ने निर्णय गरेलगत्तै सरकारी स्वामित्वमा रहेका अन्य ५ संस्थानलाई पनि निजीकरण गर्ने तयारी थालेको छ । उद्योग मन्त्रालयका अनुसार नेपाल ओरेन्ट म्याग्नेसाइट, नेपाल मेटल कम्पनी, वीरगन्ज चिनी कारखाना, बुटवल धागो कारखाना र जनकपुर चुरोट कारखाना यो सूचीमा छन् । उद्योग व्यवस्थापन निजी क्षेत्रलाई लिजमा दिने वा निजी क्षेत्रको सेयर लगानी थप्ने भन्ने विषयमा निर्णय गर्न बाँकी रहे पनि यी उद्योग निजीकरणको फाइल अघि बढिसकेको उद्योगमन्त्री कर्णबहादुर थापाले बताए । अहिले यी ६ वटै उद्योग बन्द भए पनि यिनको दायित्व र सम्पत्ति भने उल्लेख्य छ । “उपयुक्त सञ्चालन मोडालिटी तय गरेर उद्योग चलाउने तयारी भइरहेको छ,” उनले भने । मन्त्री थापाले बन्द उद्योगको स्थलगत अध्ययन गरी सञ्चालनको योजना बनाएका हुन् । “सरकारी स्वामित्वका उद्योग व्यवस्थापकीय कमजोरीका कारण सञ्चालन हुन नसकेको पाएँ,” उनले भने, “कतिपय उद्योगमा कम लगानीमै पनि बढी प्रतिफल लिन सकिने अवस्था देखिएको छ, त्यसले पनि मलाई उत्साहित बनाएको छ

औद्योगिक क्षेत्रका सोरुम र म्यानपावर हटाइने

Image
वर्ग: बिजनेस प्रस्तुति: कारोबर सम्बाददाता info@karobardaily.com मिति: Monday,12th May 2014 02:51 AM   पछी पढ्नलाई लग इन गर्नुहोस् निरु अर्याल काठमाडौं, २८ वैशाख- औद्योगिक क्षेत्रभित्र स्थापित व्यापारिक र सेवामूलक उद्योग हटाइने भएका छन् । औद्योगिक क्षेत्रमा उत्पादनशील उद्योगभन्दा व्यापारिक कम्पनी बढ्दै गएको भन्दै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले  मापदण्डविपरीत सञ्चालित सबै उद्योग हटाउने तयारी गरेको हो । यसको गृहकार्य सुरु भइसकेको उद्योगमन्त्री कर्णबहादुर थापाले बताए । औद्योगिक क्षेत्रमा हाल अटो सोरुम, होटल, म्यानपावर कम्पनीजस्ता व्यवसाय सञ्चालनमा छन् । यसबाहेक रेकर्डिङ स्टुडियो, कोल्ड स्टोरेज कम्पनी तथा सेक्युरिटी कम्पनीलगायत सेवाप्रदायकसँगै बहुराष्ट्रिय कम्पनीका सम्पर्क कार्यालय पनि छन् । औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन विनियमावलीअनुसार औद्योगिक क्षेत्रभित्र सेवामूलक उद्योग खोल्न पाइँदैन । विनियमावलीले औद्योगिक क्षेत्रभित्र उत

विदेशमा प्रतिबन्ध लगाउँदैमा स्वदेशमा लगानी बढ्दैन

Image
interview with karna bahadur Thapa of ministry of industries. वर्ग: अन्तर्वार्ता प्रस्तुति: कारोबर सम्बाददाता info@karobardaily.com मिति: Tuesday,13th May 2014 05:06 AM   पछी पढ्नलाई लग इन गर्नुहोस् कर्णबहादुर थापा उद्योगमन्त्री उद्योगमन्त्री कर्णबहादुर थापा वर्तमान सरकारका प्रभावशाली मन्त्री हुन् । सुदूरपश्चिमको बाजुरामा जन्मेका थापा नेकपा एमालेभित्र पनि शक्तिशाली नेता मानिन्छन् । कानुनमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका उनी विगत ३१ वर्षदेखि राजनीतिमा संलग्न छन् । ०४५ को स्ववियु निर्वाचनमा नेपाल ल क्याम्पसको सभापतिमा निर्वाचित थापा संविधानसभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका हुन् । देश बदल्ने संकल्प लिएर राजनीतिमा लागेको बताउने थापा मुलुक विकासको योजना र त्यसको कार्यान्वयन गर्ने इच्छाशक्ति राजनीतिक नेतृत्वमा रहेको उनको विश्वास छ । मन्त्री भएक

रुग्ण उद्योगलाई सुविधा

Image
विगत केही वर्षयता नेपालको औद्योगिक क्षेत्रको अवस्था खस्केको छ । दशक लामो सशस्त्र द्वन्द्व र त्यसपछि उत्पन्न राजनीतिक अस्थिरताका कारण देशमा लगानीको वातावरण नै बन्न सकेन, यसबीचमा सञ्चालनमा रहेका उद्योगहरू पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । हाल सञ्चालनमा रहेका उद्योगहरूले आफ्नो कुल जडित क्षमताको ६० प्रतिशतभन्दा कमै उपयोग गरिरहेका छन् । औद्योगिक क्षेत्र कमजोर हुनुमा एउटा कुनै ठोस कारणभन्दा पनि दर्जनौं कारक एकआपसमा जेलिएर अगाडि आउँछन् । औद्योगिक विकासका लागि सरकारी तहबाट चालिएका प्रयासहरू पनि अपर्याप्त रहेका तथा लगानी सुरक्षाको अवस्था तुलनात्मक रूपमा कमजोर भएकै कारण पछिल्लो दशकमा उद्योगहरू खुल्नेभन्दा बन्द हुने क्रम बढ्दै गएको छ, जसमा राजनीतिक अस्थिरता, ऊर्जाको अभाव, शान्तिसुरक्षाको कमीजस्ता कारणहरूले इन्धनको काम गरिरहेका छन् । औद्योगिक पलायनको अवस्थामा अझै सुधार आइसकेको छैन । बैंकहरूको बढ्दो ब्याज, सरकारको कसी–कसाउ राजस्व नीति, खुला सीमाका कारण हुने चोरीपैठारी, ऊर्जा र इन्धनको अभावका कारण बढ्दो सञ्चालन लागतजस्ता कारणहरूले नेपालको औद्योगिक क्षेत्रले प्रतिस