विराटनगर, जेष्ठ ७ - मिलमा विश्वमै कम संख्यामा निर्माण भएका मेसिन भएकाले तिनको संरक्षण गरेर राख्नुपर्ने स्वदेशी तथा विदेशी विज्ञहरूले सुझाव दिँदै आएका छन् । मेसिनमा टाँसिएको ट्यागमा 'स्विस लोकोमोटिभ एन्ड मेसिन वक्र्स, विनटरथुर' अंकित छ । उक्त मेसिन उत्पादक कम्पनी स्विस लोकोमोटिभ एन्ड मेसिन वक्र्स, विनटरथुरकै सन् १८८६ को उत्पादन रहेको र फिनिस स्टेट रेलवेजमा १९३२ सम्म प्रयोग भएको तथ्य छ ।
विक्रम संवत् १९९३ दर्ता नम्बर १ । यही ऐतिहासिक मिति र दर्ता नम्बरका कारण मात्र होइन औद्योगिक विकास र राजनीतिक आन्दोलनको उद्गमस्थालका रूपमा पनि विराटनगर जुट मिल नेपालको आर्थिक राजनीतिक विकासक्रमको महत्त्वपूर्ण धरोहर हो । विराटनगर बजारबाट ६ किलोमिटर दक्षिण भारतीय सीमानजिक रहेको यो मिलका क्षेत्रको करिब ५५ बिघा जग्गा र विभिन्न संरचना छन् ।
पहिले पूर्वी नेपालका सुनसरी र मोरङ जिल्लामा पर्याप्त जुट उत्पादन हुन्थ्यो । ती जुट बेच्न भारतको फारबिसगन्जसम्म गोरुगाडामा कष्टसाथ जानुपर्ने अवस्था थियो । उद्योगको उत्कर्ष अवस्था २०२० देखि ४० ताका दैनिक ५० टनसम्म जुट उत्पादन हुने गरेको उद्योग वाणिज्य महासंघ, कर तथा राजस्व परामर्श समिति सभापति जगदीश राठी बताउँछन् ।
सन् १९३६ मा स्थापित यसमा मिलका लागि त्यसबेला ऊर्जा समस्या थियो । स्वदेशमा बिजुली उत्पादन नगण्य मात्र थियो । मिलका संस्थापक भारतको कोलकाताका त्यसबेलाका धनाढ्य व्यापारी राधाकृष्ण चमडियाले बेलायतमा बनेका ती मेसिन ल्याएको जानकारहरू बताउँछन् । अन्तर्राष्ट्रिय व्यापारीहरूसँग सम्बन्ध भएका भनिएका उनले तिनै विदेशीहरूको सुझावमा उक्त मेसिन भित्र्याएको सुनिएको मिल सञ्चालन समितिका पदाधिकारीको भनाइ छ ।
इन्जिनलाई सानासाना टुक्रामा छुट्याएर पानी जहाजमार्फत कोलकातासम्म ल्याइएको थियो । त्यहाँबाट रेल मार्ग हुँदैविराटनगर ल्याइएको हो । यहीँ ल्याएर जडान गरिएको हो । त्यसबेला भारतीय
रेल विराटनगर जुटमिलसम्मै आइपुग्थ्यो । 'सुरुमा इन्जिन बनाउने कम्पनीबाटै आएका प्राविधिकहरूले जडान गरेको भन्ने जानकारी छ,' मिल सञ्चालक समितिका अध्यक्ष अशोक पोखरेल भन्छन्, 'त्यसपछि भारतीय प्राविधिकहरूले रेखदेख र सञ्चालन गरेको देखिन्छ ।'
फर्नेस आयलले चल्ने ती मेसिनबाट ७ सय ५० का दरले १५ सय किलोवाट बिजुली उत्पादन हुन्थ्यो । उत्पादित बिजुली मिलमा खपत भई बाहिरका केही उद्योगलाई पनि आपूर्ति गरिएको थियो । आसपास क्ष्ाेत्रमा रहेका रघुपति जुटमिल, अशोक टेक्सटाइल, सुगर मिल, हुलास मेटलजस्ता उद्याेगका साथै अरुण सिनेमा हलमा पनि बिजुली दिइएको थियो ।
सुरुमा उक्त मेसिन फलके साहेब नामका भारतीय प्राविधिकले हेरचाह र सञ्चालन गर्ने गरेको मिलका पुराना कर्मचारी बताउँछन् । त्यसपछि माधव साहेब, प्रभाकर हुँदै रत्नेश्वर झाले मेसिन सञ्चालन र रेखदेख गरेको मिलमा करिब साढे तीन दशक फोरम्यान भएर काम गरेका चन्द्रबहादुर थापा मगर बताउँछन् । झाको पालापछि भने इन्जिनमा खराबी आएर बन्द
भएको हो ।
आफूहरूले उक्त मेसिन 'पानी जहाजमा प्रयोग हुने खाले' भन्ने सुनेको उनले बताए । इन्जिनमा खराबी आएपछि सामान नपाएको अनि बनाउने जनशक्ति पनि नभएकाले त्यसै थान्को लागेको हो । विसंं २०४२ देखि दुवै इन्जिन थन्किएका हुन् ।
मिल परिसरमा चेकोस्लाभाकिया निर्मित दुइटा जेनेरेटर पनि छन् । दुवै गरी १२ सय १६ किलोवाट क्षमताका रहेको प्राविधिकले बताएका छन् । यसैगरी कोइलाबाट चल्ने ६ मेगावाटको कोइला प्लान्ट प्रयोगविहीन छ ।
विराटनगर आउने विभिन्न मुलुकका राजदूत र विदेशी जानकारहरूले जुट मिलमा त्यो जमानाको पुरानो प्रविधिको इन्जिन देखेर निकै चासोपूर्वक जानकारी लिने गरेको मिलका प्रबन्धक महेश हमाल बताउँछन् ।
विभिन्न समयमा भ्रमणमा आउनेमा प|mान्सका राजदूत, बंगलादेशी राजदूत, राष्ट्रसंघीय विकास कार्यक्रमका उच्च अधिकारीहरू रहने गरेका छन् । मिल स्रोतका अनुसार कसैकसैले त
किन्ने उद्देश्यले पनि चासो राख्ने गरेका छन् ।
मिल र त्यसमा रहेका सबै मेसिनरीलाई एकीकृत गरी संरक्षण गर्नुपर्ने विज्ञहरूले औंल्याएका छन् । 'नेपालको पहिलो, ठूलो र रोजगारीका हिसाबले पनि ठूलो उद्योग ऐतिहासिक र पुरातात्त्विक महत्त्वको हो,' स्थानीय अग्रज उद्योगीसमेत रहेका राजस्व परामर्श समिति सभापति राठी भन्छन्, 'संरक्षण गरे आउने पुस्ताका लागि प्रेरणास्रोत बन्नेछ ।'

No comments:
Post a Comment