Monday, March 30, 2020

भारत र चीनसँगको नाका बन्द हुने

भारत र चीनसँगको नाका बन्द हुनेसरकारले न्यूनतम एक साताका लागि भारत र चीनतर्फका सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । कोरोना फैलिन नदिन सीमा नाका बन्द गर्नुपर्ने चर्को दबाबबीच मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । भारतमा कोरोना संक्रमणका बिरामी बढेसँगै खुला सीमा बन्द गर्न जनस्वास्थ्यविद्हरूले आग्रह गर्दै आएका थिए । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षीसँग यसका लागि आग्रह गरे पनि भारतीय पक्षले जवाफ नदिँदा ढिलाई भएको थियो ।
यता, कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र संक्रमण भएको खण्डमा उपचार तथा अन्य उपकरण तथा औषधिजन्य सामग्री सहज गर्न केन्द्रीय राहत कोष खडा गरेको छ । मन्त्रिपरिषद्को आइतबार साँझ बसेको बैठकले सरकारको तर्फबाट ५० करोड रूपैयाँ राखेर कोष खडा गर्ने निर्णय गरेको हो । कोषमा प्रधानमन्त्री र मन्त्रीहरूले एक महिनाको तलब जम्मा गर्ने निर्णय भएको छ । यस्तै, अन्यलाई पनि सो कोषमा सहयोग गर्न सरकारले आह्वान गर्नेछ ।



No comments:

Post a Comment

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...