कोरोना संकटसँग जुध्न क्षेत्रीय कोष

निरु अर्याल
कोरोना संकटसँग जुध्न क्षेत्रीय कोष
विश्वव्यापी रूपमा फैलिएको महामारी कोरोना भाइरसको संक्रमण र जोखिमसँग लड्न भारतले क्षेत्रीय कोष बनाउने प्रस्ताव गरेको छ । उक्त कोषमा भारतले १ अर्ब सहायता गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जानकारी दिए ।

लामो समयदेखि निष्कृय रहेको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रीय संगठनका सदस्य राष्ट्रप्रमुखहरूलाई भिडियो कन्फरेन्समार्फत सम्बोधन गर्दै मोदीले कोभिड १९ विरुद्ध लड्नका लागि आपतकालीन कोषको स्थापना गर्दै त्यसका लागि १ अर्ब रूपैयाँ सहयोग गर्ने जानकारी दिएका हुन् । उनका अनुसार आपतकालीन कोषमा सबै मुलुकहरूको स्वस्फूर्त योगदान गर्न सक्ने छन् । “आवश्यकता अनुसार जुनसुकै मुलुकले पनि उक्त कोषको रकम प्रयोग गर्न सक्नेछन्,” उनले भने । यस्तै, मोदीले कोरोना भाइरसको टेस्ट किट र अन्य उपकरणसहितको ‍¥यापिड रेस्पोन्स टिम परिचालन गर्न सकिने तर यसका लागी सबै एक हुनुपर्ने बताए ।
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले कोषमा नेपालले पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सो अवसरमा प्रधानमन्त्री ओलिले यो रोगले कुनै देश, कुनै महादेश मात्रै नभएर सबैलाई समस्या भएको भन्दै सबै मिलेर काम गर्नुको विकलप नभएको बताए । उनले भने, “यो महामारीको सामानाहामी सबै मिलेर गर्नुको विकल्प छैन ।”भारत र पाकिस्तानबीचको आन्तरिक द्वन्द्वका कारण कोमामा रहेको सार्क लामो समयपछि कोरोना भाइरसको वाहनामा सार्क राष्ट्रबीच एकता देखिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा आइतबार साँझ भएको हो ।
भारतबाट भएको सो प्रस्तावमाथि सार्क अध्यक्ष राष्ट्रको प्रमुखको हैसियतले प्रधानमन्त्री ओलीले नेपालको तर्फबाट आफ्नो धारणा भिडियो कन्फरेन्समार्फत भने, “कुनै पनि विदेशी यात्रुका लागि नेपाल प्रवेशको ‘अनअराइभल भिसा’ रद्द गरिएको, पूर्व प्रवेशाज्ञाका आधारमा नेपाल आउने विदेशी नागरिकले बढीमा सात दिन अघिको मेडिकल रिपोर्ट पेश गर्नुपर्ने र गैरआवासीय नेपालीका हकमा पनि यही व्यवस्था गरिएको छ । उनले सार्क राष्ट्रबीच आवश्यक रणनीति तयार गर्न भारतीय प्रधानमन्त्रीले खेलेको भूमिकाप्रति धन्यवादसमेत दिए । यस्तै, श्रीलकांका राष्ट्रपति गोतावाय राजपाक्षले यो रोकथाममा लाग्न आवश्यक रहेको बताए । त्यसको लागि आफ्नो देशको सरकारले उच्च सतर्कताका साथ काम गरेको बताए । उनले यसका लागि आफ्नो देशको नागरिकलाई सचेत गराएको बताए ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसीना वाजेदले यो पहिलो पटक भएको र यसले दक्षिण एसियामा मात्रै नभएर विश्वभरमा नै समस्या ल्याएको बताइन् । उनले यसको रोकथामको लागि सबैले मिलेर काम गर्न आवश्यक रहेको बताइन् । “यो विश्वको लागि चुनौतीका रूपमा आएको छ,” उनले भनिन्, “अब हामीले कसरी काम गर्ने भन्ने विषयमा एक भएर लाग्नुको विकल्प छैन ।” उनले आवश्यकताअनुसार जनताको सुरक्षामा काम गर्न सबैले आवश्यक रहेको बताउँदै उनले यसका लागि बंगलादेश सरकारले जस्तोसुकै काम गर्न पनि पछि नपर्ने धारणा राखिन् । भारत सरकारले सुरु गरेको यो कामले सबैलाई प्रेरणा दिएको उनको भनाइ छ ।
चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को त्रासले विश्व अर्थतन्त्र नै संकटमा पर्ने देखिएपछि विभिन्न मुलुकले यसअघि नै १ सय ५८ अर्बको राहत प्याकेज घोषणा गरिसकेका छन् । कोरोनाले विकासोन्मुख र विकासशील देश मात्र नभएर उदीयमान शक्तिशाली मुलुक चीनदेखि सर्वशक्तिमान मानिने अमेरिका र यूरोपियन मुलुकहरूको अर्थतन्त्रलाई समेत ठूलो धक्का लागेको छ । जसले गर्दा विश्व अर्थतन्त्र नै खुम्चिने अवस्था आएपछि यतिबेला अधिकांश मुलुकबीच कोरोनाविरुद्ध लड्न राहत प्याकेज घोषणा गर्ने होडबाजी चलेको छ । कतिपय मुलुकले आफ्नो अर्थतन्त्र संकटतर्फ जान नदिन र लगानीकर्तालाई आश्वस्त पार्न भन्दै व्याजदरमा समेत कटौती गरेका छन् ।
अर्थतन्त्रलाई चलायमान बनाउन र कोरानाविरुद्ध लड्न भन्दै राहत प्याकेज घोषणा गर्ने क्रम जारी रहे पनि यो समाचार तयार पार्दासम्म एक दर्जनभन्दा बढी मुलुकले घोषणा गरेको यस्तो रकम १५८ अर्ब ६२ करोड ९१ लाख अमेरिकी डलर पुगेको छ । हालसम्मको तथ्यांकअनुसार आन्तर्राष्ट्रिय मुद्रा कोषले सबैभन्दा धेरै ५० अर्ब अमेरिकी डलर राहत प्याकेजको घोषणा गरेको छ ।https://www.karobardaily.com/news/economy/30047

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सरकारको ढुकुटी ऋणात्मक

सार्वजनिक सम्पत्तिबारे सरकार नै बेखबर