खतिवडा फेरी अर्थमन्त्री

खतिवडा फेरी अर्थमन्त्री
“२४ घण्टा क्वारेन्टाइनमा बसेर नयाँ उर्जाका साथ फर्किए”

निरु अर्याल
मन्त्री पदबाट राजीनामा दिएको भोलीपल्टै डा. युवराज खतिवडा अर्थमन्त्रीमा पुनर्नियुक्ति भएका छन् । राजिनामा दिएको ठिक २४ घण्टापछि अर्थमन्त्रालयको जिम्मेबारी सम्हालेका खतिवडाले वितेको २४ घण्टालाई उनले क्वारेनटाइन बसाईको अवधिको रुपमा गणना समेत गरेका छन् ।
पुर्न नियूक्ति भए लगत्तै मुलुकको अर्थतन्त्रको बागडोर सम्हाल्न दोस्रोपटक सिंहदरबार प्रवेश गरेका खतिवडाले मन्त्रालयका कर्मचारीको स्वागतपछि सम्बन्धीत निकाय र मन्त्रालयका कर्मचारीहरुसँग भने “२४ घण्टा क्वारेन्टाइनमा बसेर थप नयाँ उर्जाका साथ फर्किएको छु” मेरो ध्यान ब्यवसायीक वाताबारण र बित्तिय सुसासनमै हुने छ ।” उनको हसिलो मुहाँरले धेरै सन्देश दिएको थियो । फूलमालाले सजिएका नयाँ मन्त्रीकै जस्तो गरी स्वागतमा बधाई खाइरहेका खतिवडाले दोस्रो इनिङमा आफूलाई रोग, भोक, अशिक्षा र असमानताका विरुद्धमा लड्ने लडाकुको रुपमा लिएका छन् ।
आफ्नो पार्टी भित्रैबाटै चर्को राजनीतिक दाउपेचका बीच दोर्होयाएर मुलुकको ढुकुटीको साँचो सम्हाल्न अर्थमन्त्रीमा नियुक्त भएका खतिवडाले आफू प्रधानमन्त्रीले चाहेको दिनसम्म यही पदमा रहने प्रष्ट संकेत पनि गरेका छन् । बुधबार अपरान्ह राष्ट्रपति बिद्यादेबी भण्डारीबाट शपथ लिएर शितलनिवासबाट सिधै मन्त्रालय पुगेका खतिवडाले आफू मुलुकको गरिबी अन्त्य गर्दै विकास समृद्धिको लडाइँमा लागेको सिपाही भएको भन्दै त्यो यात्रा पूरा नभएसम्म लडिरहने पनि उदघोष गरे ।
“यो मुलुकको गरिबी, अभाव, अशिक्षा र अन्यायको विरुद्धमा लडिरहेको विकासे योद्धा ती समस्या हल नहुँदासम्म लडिरहन्छ” मन्त्री खतिवडाले भने, “मेरो समय त्यही बेलासम्म हो जुन बेला कमाण्डरले लडाइँ सकियो अब फर्क भनेर भन्दैन ।” उनले सो अवसरमा आर्थिक विकासको एजेण्डालाई प्रभावकारी ढङले अगाडी बढाउन मातहतका निकायलाई निर्देशन दिए ।
अर्थ र सुचना तथा संचार मन्त्रालयको जिम्मेबारी सम्हालेका खतिवडाले भने “प्रेसका साथीहरुसँग निरन्तर सहकार्य हुन्छ नै निजी क्षेत्रलाई बिश्वाँसमा राखेर मुलुकले चाहेको बिकास र सुसासन सामाजिक न्याय र समानताको ऐजेण्डा एउटै तहसम्म नपुगेसम्म म लडिरहन्छु ।” दुई वर्षअघि अर्थतन्त्रको श्वेतपत्र सार्वजनिक गर्दै आफ्ना पूर्ववर्ती सरकारमाथि कडा आक्रमण गरेका खतिवडाले दोस्रो कार्यकालको पहिलो दिनमै त्यसैको बचाउ समेत गरे । “दुई वर्षअघि श्वेतपत्रमा भनिएका कुराहरुमा के पुगे के पुगेननन् केमा सुधार हुँदैछ, के भएनन् त्यसको लेखाजोखा यहाँहरुले गर्नु नै हुनेछ, उनले भने “मेरो पहिलो र दोश्रो कार्याकालको समिक्षा गर्ने बेला अहिले भएको छैन ।” उनले भने “मैले त्यतिबेला अर्थतन्त्रको संरचनागत समस्या छन् भनेको थिएँ, उत्पादनको संरचना, आयातको संरचनासँगै जोडिने राजस्वको संरचना, विप्रेषणको संरचनासँगै जोडिने उपभोगको संरचनामा पार्ने प्रभावमा कसरी सुधार गर्न सकिन्छ भनेर दुई वर्षमा काम गर्न खोजिएको हो ।”
आयातमा आधारित अर्थतन्त्र आन्तरिक उत्पादनमा आधारित अर्थतन्त्रमा परिवर्तन हुने क्रममा रहेको पनि उनले बताए । मन्त्री खतिवडाले दुई वर्षमा अर्थतन्त्रको सम्पूर्ण संरचना अर्थमन्त्रीले उथलपुथल ल्याउन नसक्ने भन्दै आफ्नो पहिलो कार्यकालको भने खुलेरै बचाउँ गरे । उनले भने “दुई वर्षमा अर्थमन्त्रीले अर्थतन्त्रको सम्पूर्ण संरचनामा उथलपुथल ल्याउन सक्छ भने त्यो कोरा कल्पनामात्रै हो ।” उनले निजी क्षेत्र र अन्तराष्ट्रिय समुदायको बिश्वाँस जितेर सरकार सम्बृद्धि तर्फ अघि बढ्ने उदघोष पनि बताए ।
कोरोना भाइरसको समस्याबाट विश्वव्यापी संकटले नेपाली अर्थतन्त्रमा पनि दवाब बढाइरहेको र चुनौती खेप्नु परेको उनको भनाई थियो । “अहिले हामी उच्च आर्थिक वृद्धिको बाटोमा रहँदा रहँदै, अर्थतन्त्रका परिसूचकहरु ठीक ठाउँमा रहँदा रहँदै पनि केही बाह्य चुनौतिको सामना गर्नुपरेको छ, उनले भने, “हामी त्यसलाई सामना गर्न सक्छौँ ।” नवनियुक्त अर्थमन्त्री खतिवडाले आर्थिक नीतिको स्वरुप कस्तो हुन्छ भनेर वहस गर्न आवश्यक नरहेको भन्दै धेरै कुरामा निरन्तरता दिने दाबी समेत गरे । खर्चको प्रभावकारीता, जवाफदेहिता र आर्थिक अनुशासन पालना गर्ने गराउने र सुशासन कायम गर्दै विकासका समपूर्ण संजाललाई अगाडी बढाउने प्रयास रहने पनि बताए । अर्थ मन्त्रालयको पदभार सम्हालेर कर्मचारीहरुलाई निर्देशन दिए लगतै नवनियुक्त अर्थमन्त्री खतिवडा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पुगी पदभार ग्रहण गरेका छन् ।
खतिवडालाई प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पुनः अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रिय सभा सदस्य पद मंगलबार स्वतः सकिने भएपछि खतिवडाले मन्त्री पदबाट राजीनामा दिएका थिए । खतिवडाको राजिनामा राष्ट्रपति भण्डारीले स्वीकृत गरी मंगलबार नै उनले सम्हालेका मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री ओलीलाई नै तोकेकी थिईन । प्रधानमन्त्री ओली अस्वस्थ भएर उपचारको क्रममै रहेको बेला खतिवडा मन्त्री पदबाट राजीनामा दिएको २४ घण्टा नबित्दै पुनः मन्त्री पदमा फर्केका छन् ।
संविधानको धारा ७८ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने र मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्य हुनुपर्ने प्रावधानअनुसार खतिवडालाई पुनर्नियुक्ति दिइएको हो । विसं २०७४ साल फागुन १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गर्दा पहिलो रोजाईमा परेका ब्यक्ति हुन् । सबिधात तह अर्थमन्त्रीको रुपमा निरन्तरताका लागि खतिवडाले अबको ६ महिनाभित्रमा सांसद पदको शपथ लिनुपर्ने प्राबधान छ ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सरकारको ढुकुटी ऋणात्मक

सार्वजनिक सम्पत्तिबारे सरकार नै बेखबर