
सन १९८१ मा दातृ राष्ट्रहरूले आफूले गरेको आम्दानीमध्ये ०.१५ देखि ०.२० प्रतिशत रकम अतिकम विकसित मुलुकलाई उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए । प्रतिवेदनअनुसार ती राष्ट्रहरूले औषतमा जम्मा ०.०९ प्रतिशत रकममात्रै उपलब्ध गराउँदै आएका छन् । अर्थशास्त्री नेपालीले अतिकम विकसित देशहरू अधिका्रश विकास साहयातामाथि अद्याधिक निर्भर रहेको र यसले पनि दिगो विकासका लक्ष्यहरूको अझ भार बढी थपिदिएको बताए ।
अर्थशास्त्री नेपालीले सन् २०८१ मा गरेको प्रतिवद्धतालाई अतिकम विकसित मुलुकहरूले सन दिगो विकासको लक्ष्य सन् २०३० मा समेत समावेश भएको जानकारी दिए । नेपाल सरकारले दिगो विकासको लक्ष्यमा १२ औं देखि पन्ध्रौ योजनासम्ममा केही विकास लक्ष्यहरू दोहो¥याउँदै आएको छ । प्रतिवेदनमा संरचनागत परिवर्तन र विकास फाइनान्स, साहायता निर्भरताको विकसित शर्त, निजी विकास सहयोग, वाह्य विकास फाइनान्स र वित्तीय स्थान, नीतिगत अवसर गरी पाँच क्षेत्र समेटिएका छन् । जसमध्ये अतिकम विकसित देशहरूमा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्नका लागि उनीहरूको अर्थव्यवस्थामा संरचनागत रूपान्तरण जरुरी रहेको औंल्याइएको छ ।
अर्थशास्त्री नेपालीले भने, “वर्तमान अवस्थामा संरचनागत रूपान्तरणका लागि भुक्तानी सन्तुलनलाई दिगो बनाउदै आवश्यक लगानी र प्राविधिक उन्नतिका लागि आर्थिक जोहो गर्नु अतिकम विकसित मुलुकहरूको महत्वपूर्ण दायित्व हुन पुगेको छ ।” प्रतिवेदनअनुसार ४७ वटा देश अतिकम विकसित मुलुकको सूचीमा सूचीकृत छन् । जसमध्ये २० वटा देश वैदेशिक ऋणमा चुर्लुम्म डुबेका छन् । नेपालजस्ता अतिकम विकसित मुलुकले आयवृद्धि, गुणस्तरीय मानव पुँजी निर्माण र आर्थिक जोखिमको न्यूनीकरण गर्दै सन् २०२२ सम्म अतिकम विकसित मुलुकबाट विकसित देशमा स्तरोन्नति गर्ने लक्ष्य लिएका छन् ।
प्रतिवेदनअनुसार अधारभन्दा धेरै अतिकम विकसित देशहरूमा जीडीपीको १५ प्रतिशतभन्दा बढी घरेलु स्रोतको अभाव छ । अर्थशास्त्री नेपालीले अपवादबाहेक इन्धन र खनिज निर्यातकर्ता देशबाहेक अन्य सबै अतिकम विकसित देशहरूमा संरचनात्मक चालू खातामा घाटा एउटा नियमजस्तै बनेको बताए । “पछिल्लो समयमा विकासोन्मुख देशहरूमा वाह्य वित्तीय स्रोतको प्रवाह उल्लेख्य रूपमा वृद्धि भएको छ,” उनले भने, “प्रत्यक्ष वैदेशिक लगानी, बिप्रेषणले परम्परागत सं्रोतको रूपमा रहेको ओएडीको मात्रालाई पार गरिसकेका छन् । तर पनि अर्थव्यवस्थाको संरचनात्मक रूपान्तरणमा अर्थपूर्ण प्रभाव पार्ने स्रोतहरूको तौल नै कम रहेको छ ।”
स २०१४ देखि २०१७ सम्मको अवधिमा कम विकसित देशहरूमा कुल बाह्य विकास कोषको एक तिहाई हिस्सा अफिसियल डेभलपमेन्ट एसिस्टेन्सले ओगटेको छ । छ । प्रतिवेदनअनुसार सर्वाधिक सहायतामा आश्रित २० देशमध्ये १५ देश कम विकसित देशहरू रहेका छन् ।
२०१५ पछिको दिगो बिकासक सम्बन्धी आधुनिकरणको मापदण्डले विकास साहयातामा नयाँ परिभाषा उपकरण तौरतरिका आरम्भ गरेको पनि उल्लेख गरेको छ ।
प्रतिवेदनले भनेको छ, “निजी क्षेत्रको विकास सहायतामा संलग्नताको मानक परिभाषाको अभावले अतिरिक्त प्रावधानलाई बाधक बनाएको छ, यसले विकास साहयतामा निजी क्षेत्रको राज्यसँगको प्रतिस्पर्धा हुने जोखिम बढेर गएको छ ।” अतिकम विकसित मुलुकमा सन २००० देखि औषतमा कुल ग्राहस्थ्र्य उत्पादनकोे ११ प्रतिशतबाट बढेर सन २०१७ सम्म १९ प्रतिशतमा पुगेको र करको विविधीकरणले वस्तु र सेवाहरूमा लाग्ने करका प्रकारको भूमिका महत्वपूर्ण रूपमा बढेको औंल्याएको छ । बढ्दो करका भारले अतिकम विकसित मुलुकहरूमा लगातार रूपमा कम राजस्व र बढ्दो सार्वजनिक खर्चको बिचमा संरचनात्मक असन्तुलनको सामाना गर्नु परेको र यसले वित्तीय सुधारका प्रयारहरू मात्रै उनीहरूको संरचनात्मक रूपान्तरण र दिगो विकास हासिल गर्नकालागि चाहिने बित्तिय अवरोधहरूको सामाना गर्न सक्षम नभएको स्पष्ट पारेको छ ।https://www.karobardaily.com/news/economy/26169
No comments:
Post a Comment