
यस्तै राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले २.५ प्रतिशत र महत्वकाँक्षी परियोजना काठमांडौ तराई फास्टट्रयाक दु्रर्त मार्गको प्रगति ०.५ प्रतिशत मात्रै देखिएको छ । यसैगरि पुष्पलाल राजमार्गको प्रगति १०.३ र कर्णाली काली गण्डकी र कोषी जोड्ने उत्तर दक्षिण राजर्माग आयोजनाको प्रगति १२.५ प्रतिशत रहेको छ । यसै गरि हुलाकी राजमार्गले ७ प्रतिशत र प्रधानमन्त्री केपी शर्मा ओलिको महत्वकाँक्षी भनिएकोे मेट्रो रेल तथा मोनो रेल विकास आयोजनाले ९.२ प्रतिशत मात्रै प्रगति गरेको छ । महालेखाका अनुसार माथिल्लो तामाकोशी जलबिद्युत आयोजना, दक्षिण एसिया पर्यटन पुर्बाधार कार्यक्रम पोखरा क्षेत्रिय बिमानस्थल र दोश्रो अन्तराष्ट्रिय बिमानस्थल निजगढको कुनै काम भएको छैन । महालेखा स्रोत भन्छ “उच्च प्राथमिकताप्राप्त आयोजनाको कामको स्थिति विगतको भन्दा पनि कमजोर देखियो साढे चार महिनाको अवधिमा ५.७ प्रतिशतको मात्रै खर्च भएको छ यो झनै कहालीलाग्दो अवस्था हो ।”
महालेखाको तथ्याँक अनुसार यस अवधिमा १८ वटा आयोजनाले चालु तर्फ २० प्रतिशत र पुँजीगत तर्फ ६.३ प्रतिशत मात्रै बजेट खर्च गरेका छन् भने बित्तिय तर्फ कुनैपनि प्रगति देखिएको छैन । सरकारले चालु आर्थिक बर्षको बजेट मार्फत राष्ट्रिय गौरवका आयोजनाकालागि १ खर्ब १० अर्व बजेट बिनियोजन गरेको छ । “सरसर्ती हेर्दा राष्ट्रिय गौरवका आयोजनामा छुट्याईएको बजेट र खर्च हेर्दा कर्मचारीको तलवमा मात्रै केन्द्रित भएको देखिन्छ”महालेखा श्रोत भन्छ “बर्षौ देखि अघि बढाईएका आयोजनाको काम पनि अघि नबढ्नु दुखद हो ।” चार महिनाको अवधिमा वित्तीय व्यवस्थापन शीर्षमा विनियोजन गरिएको रकममा एक रुपैयाँ पनि खर्च भएको छैन ।
प्रधानमन्त्री कार्यालयको विवरण अनुसार शुरुवाती समयदेखि हालसम्मको कामको प्रगतिका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजना लामो समयदेखि ९९ प्रतिश काम सकिएर पनि एक प्रतिशत काम नसकिँदा पूर्ण हुन सकेको छैन भने मेलम्ची खानेपानी आयोजना ९४ प्रतिश काम सम्पन्न भएर पनि अलपत्र रहेको छ । लुम्विनी बिकाष कोषको ८२ प्रतिशत र पशुपति विकास कोषको हालसम्मको भौतिक प्रगति ६५ प्रतिशत रहेको छ । आर्थिक वर्ष ०६२-०६३ बाट निर्माण प्रकिया सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाको काम अझै ४० प्रतिशत बाँकी छ भने गत वर्ष उल्लेख्य काम भएको हुलाकी सडक आयोजनाको काम ४२ प्रतिशत र पुष्पलाल मध्यपहाडी लोकमार्गको काम ४३ प्रतिशत सकिएको उल्लेख गरिएको छ । हालसम्म दुई आयोजनाको काम ९० प्रतिशत माथि र दुई आयोजनाको कामको प्रगति ८० प्रतिशतदेखि ९० प्रतिशत सम्म पुगको छ भने १० आयोजनाको काम दुई देखि ६.५० प्रतिशतसम्मको रहेको छ ।
सरकारले राष्ट्रिय गौरवका आयोजनामा सरकारको तर्फबाट कुनै समस्या पर्न नदिने र अन्य कुनै समस्या आईपरेपनि समन्वय गरी तोकिएकै समय सिमाभित्र आयोजना निर्माण सम्पन्न गर्ने पटक पटक प्रतिबद्धता जनाउँदै आएको छ । गत आर्थिक वर्षमा ८८ अर्बको बजेटमा ८९ प्रतिशत खर्च भएकोमा चालु आर्थिक वर्षमा एक खर्ब रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरिएको छ । तर चालु आर्थिक वर्षमा भने एक खर्बको बजेटमा चार महिनाको अवधिमा पाँच अर्ब ७६ करोड रुपैयाँ मात्रै खर्च भएको छ । राष्ट्रिय गौरवका आयोजनाको प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै अनुगमन गर्दै आएका छन् ।https://www.karobardaily.com/index.php/news/development/26618
यी हुन प्राथमिकता प्राप्त राष्ट्रिय गौरवका आयोजना |
१ बुढी गण्डकी जलबिदुत आयोजना
२ बबई सिंचाई आयोजना
३ सिक्टा सिंचाई आयोजना
४ रानी जमरा कुलरिया सिंचाई आयोजना
५ भेरी ववई डाइभर्सन बहुउेश्यीय आयोजना
६ मेलम्ची खानेपानी आयोजना
७ पशुपति बिकास कोष
८ लुम्बिनी विकास कोष
९ राष्ट्रपति चुरे संरक्षण कार्यक्रम
१० काठमांडौ तराई मधेश फास्ट ट्रयाक
११ पुष्पलाल राजमार्ग
१२ उत्तर दक्षिण राजमार्ग
१३ हुलाकी राजमार्ग
१४ रेल मेट्रो रेल तथा मोनो रेल विकास आयोजना
१५ माथिल्लो तामाकोशी आयोजना
१६ दक्षिण एसिया पर्यटन पुर्बाधार विकास आयोजना
१७ पोखरा क्षेत्रिय बिमानस्थल
१८ दोश्रो अन्तराष्ट्रिय बिमानस्थल
२ बबई सिंचाई आयोजना
३ सिक्टा सिंचाई आयोजना
४ रानी जमरा कुलरिया सिंचाई आयोजना
५ भेरी ववई डाइभर्सन बहुउेश्यीय आयोजना
६ मेलम्ची खानेपानी आयोजना
७ पशुपति बिकास कोष
८ लुम्बिनी विकास कोष
९ राष्ट्रपति चुरे संरक्षण कार्यक्रम
१० काठमांडौ तराई मधेश फास्ट ट्रयाक
११ पुष्पलाल राजमार्ग
१२ उत्तर दक्षिण राजमार्ग
१३ हुलाकी राजमार्ग
१४ रेल मेट्रो रेल तथा मोनो रेल विकास आयोजना
१५ माथिल्लो तामाकोशी आयोजना
१६ दक्षिण एसिया पर्यटन पुर्बाधार विकास आयोजना
१७ पोखरा क्षेत्रिय बिमानस्थल
१८ दोश्रो अन्तराष्ट्रिय बिमानस्थल
No comments:
Post a Comment