
महालेखा स्रोत भन्छ, “कतिपय निकायले विकासको नाममा एक रुपैयाँ पनि खर्च गर्न सकेका छैनन् २५ वटै मन्त्रालय पुँजीगत खच गर्न प्रायः असफल देखिए ।” महालेखको तथ्यांकमा संघीय संसद, निर्वाचन आयोग, राष्ट्रिय दलित आयोग, समावेशी आयोग र जनजाति आयोग एक रुपैयाँ पनि खर्च गर्न नसक्ने निकाय हुन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाहेक अन्य संवैधानिक आयोेगहरूले एक अर्बमाथिको पुँजीगत खर्च गर्न सकेका छैैनन् भने धेरै पुँजीगत खर्च गर्ने मन्त्रालयहरूको अवस्था पनि विकराल छ ।
चालू आर्थिक वर्षका लागि ६ वटा मन्त्रालयले ८४ प्रतिशत पुँजीगत खर्च होल्ड गरेको महालेखाको तथ्यांकमा उल्लेख छ । ४ खर्ब ८ अर्बमध्ये भौतिक पूर्वाधार तथा यातायात, अर्थ, प्रधानमन्त्रीको कार्यालय, ऊर्जा र खानेपानी मन्त्रालयको पुँजीगत बजेट मात्रै ३ खर्ब ४३ अर्ब रुपैयाँको छ । चालू आर्थिक वर्षको पुँजीगत खर्चका लागि विनियोजित ४ खर्ब ८ अर्बको बजेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्राललयको मात्रै ३५ प्रतिशत छ । तर, यी मन्त्रालयको खर्च स्थिति झनै कमजोर देखिएको महालेखाले जनाएको छ । १ खर्ब ४४ अर्ब रुपैयाँको विकास बजेट होल्ड गरेको भौतिक पूर्वाधार मन्त्रालयले चार महिनाको अवधिमा ५.९ प्रतिशतको खर्च गरेको छ । त्यस्तै प्रधानमन्त्रीको कार्यालय र त्यस अन्तर्गतको राष्ट्रिय पुनर्निर्माण प्रधिकरणको पुँजीगत खर्च ७५ अर्ब रुपैयाँको छ । औषतमा यो मन्त्रालयले चार महिनामा जम्मा ६ प्रतिशतमात्रै खर्च गरेको छ ।
महालेखाको तथ्यांकअनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि ४० अर्ब २५ करोड रुपैयाँको पुँजीगत खर्च विनियोजन भएकोमा चार महिनाको प्रगति जम्मा ५.८ प्रतिशत छ । यस्तै सहरी विकास मन्त्रालयका लागि २८ अर्ब भन्दामाथि पुँजीगत खर्च विनियोजन गरिएको थियो । तर चार महिनाको अवधिमा ३ अर्ब ९६ करोड रुपैयाँको खर्च भएको छ । तुलनात्मक रूपमा सबैभन्दा धेरै खर्च गर्नेमा सहरी विकास मन्त्रालय देखिएको छ । खानेपानी मन्त्रालयका लागि २२ अर्ब ६० करोड रुपैयाँ भन्दा बढी रकम विनियोजन भएकोमा चार महिनाको अवधिमा एक अर्ब ८ करोड मात्रै खर्च भएको तथ्याँकमा उल्लेख छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६ अर्ब ५८ करोडको बजेटमा २.४ प्रतिशतको मात्रै खर्च गरेको छ भने कानुन न्या तथा संसदीय मामिला मन्त्रालयको विकास खर्चप्रगति ८.३ प्रतिशत देखिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि दुई अर्ब ८७ करोडको बजेट विनियोजन गरिएकोमा १२ करोड ९० लाख रुपैयाँ मात्रै खर्च भएको महालेखाको तथ्याँकमा उल्लेख छ । गृहमन्त्रालयले ७.६ प्रतिशत विकास खर्च गरेको छ भने संस्कृतिय पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले चार महिनाको अवधिमा ६.५ प्रतिशत मात्रै खर्च गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले एक अर्ब ७२ करोडको पुँजीगत रकममा १२ करोड २४ लाख खर्च भएको महालेखाले जनाएको छ ।
महिला बालबालिका मन्त्रालयले विकासको लागि १० लाख खर्च गरेको छ । यस मन्त्रालयको पुँजीगत खर्च एक करोड ३५ लाख रुपैयाँ मात्रै रहेको छ । एक अर्ब ५५ करोड रुपैयाँको पँजीगत खर्च होल्ड गरेको संचार मन्त्रालयको खर्च स्थिति ४.७ प्रतिशत मात्रै छ । संघीय मामिला मन्त्रालयले १० अर्बको विकास बजेटमा ७९ करोड खर्च गरेको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५ करोड ५४ लाख रुपैयाँ खर्च गरेको महालेखाको तथ्याँकमा उल्लेख छ ।
मनोबल बढाएर काम गर्न अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री ड.ा युवराज खतिवडाले खर्च व्यवस्थापनलाई प्रभावकारी बनाउँदै राजस्व परिचालनमा जोड दिन मातहतका सबै कर्मचारीलाई निर्देशन दिएका छन् । चालू आर्थिक वर्षको चौमासिक प्रगति तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको वैठकमा मन्त्री खतिवडाले आन्तरीक नियन्त्रण प्रणालीलाई व्यवस्थित तुल्याउन समयमै बेरुजु फछ्र्योट गर्ने सोधभर्ना लिन बाँकी रकम तत्काल लिन सबै सबै मन्त्रालय र सबै निकायलाई आग्रह गरेका हुन् । “बेरुजु फछ्र्योट गर्ने सोधभर्ना गर्ने काममा ढिलाई भए महालेखा नियन्त्रक कार्यालयसँग सामान्य गर्नुस्, शीघ्र प्राप्त गर्ने लक्ष्यअनुरूप बजेट कार्यान्वयन गर्ने र कार्य सम्पादनका लागि तोकिएको सुचकहरूको लक्ष्य समयमै हासिल गर्नेगरी उच्च मनोबलका साथ काम गर्नुस्” उनले आफू मातहतका कर्मचारीलाई भने । चालू आर्थिक वर्षको बाँकी अवधिको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न पनि मन्त्री खतिवडाले निर्देशन दिएका छन् । मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले बजेटको खर्च स्थिति, राजस्व, विकास सहायता परिचालन शोधभर्नाको अवस्था र आन्तरिक ऋण बेरुजु फछ्र्योटको स्थिति तथा प्रथम चौमासिकको बजेट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ मन्त्रालयका सचिवद्वय, महालेखा नियन्त्रकको कार्यालयका नियन्त्रकलगायत विभागीय प्रमुखहरू उपस्थित थिए ।
No comments:
Post a Comment