चार महिनामा २ खर्ब ३२ अर्ब विप्रेषण भित्रियो

काठमाडौँ: चालु आर्थिक वर्षको पहिलो चार महिनामा दुई खर्ब ३२ अर्ब १४ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा दुई खर्ब ६५ अर्ब ४३ करोड रुपैयाँ विप्रेषण भित्रिएको थियो । अघिल्लो वर्षको कात्तिकसम्म विप्रेषण वृद्धि दर १९.४ प्रतिशत रहेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । 
राष्ट्र बैङ्कले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्मको आर्थिक अवस्थाका बारेमा सार्वजनिक गरेको विवरण अनुसार विप्रेषण दर ७.८ प्रतिशत रहेको जनाएको छ ।
उक्त विप्रेषण रोजगारीका लागि विदेशमा गएका नेपाली युवाहरूले पठाएका हुन् । वैदेशिक रोजगारीमा जानेहरुको सङ्ख्यामा घटेका कारण विप्रेषण अपेक्षाकृत रूपमा भित्रन नसकेको हो ।
रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या अघिल्लो वर्षको तुलनामा यो वर्ष ७.९ प्रतिशतले घटेको छ ।  आर्थिक वर्ष २०७३-०७४ को चार महिनामा चार लाख १८ हजार सात सय १३ युवा रोजगारीका लागि विदेश गएका छन् । 
अघिल्लो आवको सोही अवधिमा पाँच लाख १२ हजार आठ सय ८७ युवा रोजगारीका लागि विदेश गएका थिए । यो अवधिमा रोजगारीका लागि विदेश जाने युवाको सख्या ७.९ प्रतिशतले घटेको छ । ८३ अर्ब ७० करोड रुपैयाँ बचत रहेको शोधनान्तर यो चार महिनामा २१ अर्ब ९८ करोड रुपैयाँ बचत रहेको छ । 

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक