चीनले यसरी तोड्दैछ भारतसँग नेपालको निर्भरता

दशककै ठूलो परिमाणमा चीनबाट नेपालतर्फ सामान ढुवानी

एजेन्सी: बेइजिङ: चीनले नेपालमा ठूलो परिमाणमा अर्थात् २८ लाख अमेरिकी डलर मूल्य पर्ने सामानको ढुवानी गरेको छ । ती सामान चिनियाँ सीमाबाट काठमाडौंका लागि छुटेको छ । 
चीनले यसरी नेपाल पठाएको यो परिमाण सन् २००५ देखिकै ठूलो हो । उक्त समयमा चीनले फ्रेन्डसीप हाइवे बनाएको थियो । यो राजमार्गले अप्ठेरा हिमाली क्षेत्रका दुवै पक्षका बस्तीहरूलाई जोड्ने लक्ष्य लिएको छ । 
पहिलो चरणको ढुवानीमा दैनिक प्रयोगका वस्तु, विद्युतीय विद्युतीय घरायसी सामान छन् । यसले दशकौंसम्म नेपाली बजारमा एकाधिकार जमाउँदै आएको भारतीय व्यवसायलाई असर पार्नेछ ।
दर्जनौं ट्रक तिब्बती सीमा बन्दरगाहा गिरोङबाट काठमाडौंका लागि छुटेका छन् । काठमाडांैबाट यो बन्दरगाह ८ सय ६० किलोमिटर परको दूरीमा रहेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
चीनले सक्रिय रूपमा भारतमाथि रहेको नेपालको निर्भरता घटाउँदै लैजान आग्रह गरेको छ । ऊर्जा र दूरसञ्चारलगायत सामग्रीमा पनि यसै वर्षको सुरुमा चीनले भारतमाथि रहेको नेपालको निर्भरतालाई घटाउन आग्रह गरेको थियो ।
नेपालले एक साताअघि मात्रै चीनसँगको गतिविधि र कन्टेनरको आवतजावतको विषयको सम्झौतामा हस्ताक्षर गरेको थियो । गत महिना मात्रै नेपाल टेलिकमले चिनियाँ दूरसञ्चारका सामग्री प्रयोग गर्ने विषयमा पनि सम्झौता गरेको थियो ।
उत्तरी छिमेकी राष्ट्र चीनबाट सामानको प्रवाहले नेपाललाई चिनियाँ पक्षले गर्दै आएको रेल सञ्जालको प्रस्ताव ल्याउन उत्साहित गर्ने टिप्पणीकारले बताएका छन् । “चिनियाँ राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमणका लागि मनाउन प्रधानमन्त्री प्रचण्डले पनि यो कदमलाई प्रोत्साहित गर्न सक्छन् । 
यस किसिमको भ्रमणले उनको शाखमा वृद्धि हुनेछ,” इन्स्टिच्युट अफ पिस एन्ड कनफ्लिक्ट स्टडिजका सिनियर फेलो प्रमोद जैसवालले भने, “चीनले पनि प्रचण्ड लामो समयसम्म प्रधानमन्त्रीको जिम्मेवजारी हेर्न चाहेको छ ।” 
पहिलो चरणको ढुवानीमा दैनिक प्रयोगका वस्तु, विद्युतीय विद्युतीय घरायसी सामान छन् । यसले दशकौंसम्म नेपाली बजारमा एकाधिकार जमाउँदै आएको भारतीय व्यवसायलाई असर पार्नेछ ।
जुत्ता, टोपी, फर्निचर, भान्साका सामान, विद्युतीय सामग्री र निर्माण सामग्रीहरू बोकेको कन्टेनरले ५ हजार २ सय किलोमिटर लामो यात्रा पूरा गरिसकेका छन् । 
गुवाङडोङबाट हुने ६ हजार किलोमिटरको यातायात लागतले सामान्य अवस्थामा चिनियाँ सामानलाई महँगो बनाउनेछ । तर, चिनियाँ एजेन्सीका अधिकारीले भने यसलाई सहुलियत दिएर भारतीय उत्पादनसँग प्रतिस्पर्धी बनाउन सकिने बताएका छन् ।
गत मार्चमा केपी शर्मा ओलीको बेइजिङ भ्रमणको समयमा दुवै मुलुकलाई जोड्नका लागि रेल्वे विस्तार गर्ने सम्झौतामा हस्ताक्षर भएको थियो । तर, राजनीतिक अस्थिरता र ओली प्रधानमन्त्रीबाट हटेपछि योजनाको काम पनि रोकिएको थियो । 
“ग्वानझोउ र गिरोङबीचको यात्राका लागि ५ देखि ६ दिन लाग्छ । यो समुद्रबाट हुने २० दिनको यात्राभन्दा ठूलो अन्तरले कम हो,” कार्गो ढुवानीका महा प्रबन्धक याओ याङफेङलाई उद्धृत गर्दै चिनियाँ सञ्चार माध्यमहरूले जनाएका छन् ।
“हिउँदको समयमा रेल र ट्रकले प्रत्येक एक वा दुई साताको अवधिमा आवतजावत गर्नेछन् । आगामी वर्षको व्यस्त समयमा साताको दुई वा तीन पटकको यात्रा गर्नेछन् । हामीले एक साताको अवधिमै पनि ४ देखि ५ पटक रेलको आवतजावत गराउने लक्ष्य लिएका छौं,” उनले भने ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक