Thursday, December 18, 2014
उत्पादनमुलक बन्द हुदै,सेवामूलक थपिदै
विरगन्ज, पुस ३ गते- सरकारी अदुदर्शिता,मजदुर आन्दोलन, चर्को लोडसेडि¨ ,असुरक्षा लगायतका कारण ठुला लगानीका उद्योग संचालन गर्न कठिनाई हुन थालेपछि विरगन्ज लगानीकर्ता सेवामुलक उद्योग तर्फ आकर्षित भएका छन् । यस क्षेत्रका व्यवसायीहरुले ठूलो पुँजीका उत्पादन मूलक उद्योगको विकल्पमा विविध सेवामूलक, आयात निर्यात व्यापार, परामर्शदाता सेवा र प्याकेजि¨ उद्योगहरुमा लगानी गरिरहेका छन् । उत्याधुनिक नर्सि¨ होम,अस्पताल,विद्यालय,कलेज तथा होटल व्यवसायमा लगानी बढदै गएको छ । आर्थिक बर्ष २०७०÷०७१ मा विरगन्जमा २ सय ९० सेवामुलक उद्योग स्थापना भएका छन् । सेवामुलक उद्योगमा मुख्यरुपले होटल ,शैक्षिक संस्थान र अस्पतालहरमा लगानी बढेको छ । गत वर्ष देखी उच्चस्तिर सेवाका साथ संचालनमा आएको आशाराम र भवानी अस्पताल स्थानिय उद्योगीहरुले करोडौको लगानी गरेका छन् । सरवगी ग्रुपको ५ करोड भन्दा बढी लगानीमा अन्तर्राष्ट्रिय स्तरको ज्ञानदा विद्यालय, त्यसैगरि वीरगन्ज कलेज,वीरगन्ज पब्लिक कलेज,लगायतका दजर्नो प्लसटुमा लगानी थपिएको छ ।
विरगन्जको एक मात्रै तारे होटल भिष्वामा आधुनिक स्तरको पार्टी पैलेसको निर्माणमा मात्रै ४५ करोड भन्दा बढीको लगानी भएको छ । त्यसैगरी वीरगन्जको प्रमुख व्यापारिक केन्द्र आदर्श नगरमा रहेकोे होटल दयालुको स्तरउन्नतीका लागि १५ करोड लगानी थपिएको छ । नयाँ स्थापना भएका ५ सय ४६ नया उद्योग मध्ये २ सय ९० सेवामुलक, १ सय ९९ उत्पादनमुलक, ४८ कृषि तथा वनजन्य, ४ निर्माण, २ पर्यटन र १ उर्जामुलक छन् ।
‘करौडौ रुपैया लगानी गरेर एउटा उद्योगीले उद्योग स्थापना गर्छ तर स्थापना भए देखीनै मजदुर युनियनहरुको चर्का माग, अन्त्यहिन लोडसेडि¨, बन्द, हडताल, चन्दा आतंक जस्ता कारणले उद्योग संचालन गर्ननै असम्भव हुन्छ भने लगानीकर्ताले त्यसको बिकल्प खोज्नै पर्छ’ विरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अशोक बैध बताउछन् । सरकारको अदुरदर्शि नितीका कारण उत्पादनमुलक उद्योग स्थापनामा लगानी बढन नसकेको बैधले बताए ।
Subscribe to:
Post Comments (Atom)
सम्भावनाको संघारमा
दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...
-
महिलाहरूको व्यस्तता र महत्वबारे प्रकाश पार्दै केही समय पहिले भारतको उच्च अदालतले समेत गृहिणी महिलालाई ‘हाउस म्यानेजर’को रुपमा व्याख्या गरे...
-
निरु अर्याल काठमाडौंः सरकारले वौद्धिक सम्पत्तिको अधिकारलाई सुनिश्चित गर्न हालै राष्ट्रिय वौद्धिक सम्पत्ति नीति २०७३ पारित गरेको छ । ...
-
काठमाडौं । व्यवस्थापिका संसद्ले ‘विश्व व्यापार संगठनको व्यापार सहजीकरण सम्झौता’को संशोधन प्रस्ताव पारित गरेको छ । व्यवस्थापिका संसद्को श...
No comments:
Post a Comment