चीनसग पनि बिप्पा सम्झौता गर्न विज्ञहरुको सुझाव

दक्षीणको छिमेकी भारतसँग जस्तै उत्तरको छिमेकी चीनसँग पनि बिप्पा सम्झौता गर्न विज्ञहरुले सरकारलाई सुझाव दिएका छन् । राजधानीमा शनिबार आयोजित एक साक्षात्कारमा विज्ञहरुले उक्त सुझाव दिएका हुन् । कार्यक्रममा बोल्दै प्रधानमन्त्री सुशील कोइरालाका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले चीनसँग बिप्पा सम्झौता गर्न चौतर्फी सुझाव आइरहेको बताउँदै त्यसका लागि सरकारले गृहकार्य गरिरहेको बताए । उनले भने– ‘दक्षिण्को छिमेकी भारतसँग तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बिप्पा सम्झौता गरेलगत्तै चीनसँग पनि यस्तै सम्झौता गर्न दबाब आइरहेको छ ।’ प्रधानमन्त्रीको चीन भ्रमणले नेपालको आर्थिक विकासको ढोका खोलेको दाबी गर्दै त्यसको लागि छिट्टै चीनस“ग बिप्पा सम्झौताको तयारी गरिरहेको जानकारी दिए । उनले चीनले नेपाललाई ‘इकोनोमिक कोरिडोर’को रुपमा हेरेको उल्लेख गर्दै ‘इन्फास्ट्रक्चर फन्ड’मार्फत नेपालको कृÈि, पूर्वाधार, जडिबुटी र जलविद्युत्मा लगानी गर्ने तयारी गरिरहेको बताए । पूर्वअर्थमन्त्री वर्Èमान पुनः अनन्तले आफू अर्थमन्त्री हुँदा भारतसँग गरिएको बिप्पा सम्झौताले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै भने– ‘चीनसँग पनि बिप्पा सम्झौता गर्ने तयारी हाम्रो थियो, तर प्रतिक्रियाबादीहरुको विरोधका कारण सफल हुन सकिएन ।’ उनले देश विकासको मेरुदण्डको रुपमा रहेको बजेटमा राजनीति गर्न नहुने समेत बताए । बजेटमा लामो समयदेखि राजनीति हु“दा राष्ट्रिय गौरवका आयोजना प्रभावित भएको उल्लेख गर्दै अनन्तले तत्काल संसद्मा प्रि–बजेटमाथि छलफल सुरु गरेर समयमै पूर्ण बजेट ल्याउनुपर्नेमा जोड दिए । पुनले सरकारले चारबु“दे सहमति कार्यान्वयनमा प्रतिबद्धता ब्यक्त गर्दै आइतबारबाटै संसद्को अवरोध खुलाए बजेटमा रचनात्मक सहयोग गर्न आफूहरु तयार रहेको स्पष्ट पारे । उनले रकमान्तर अर्थमन्त्रीको बाध्यता भए पनि ठूला–ठूला आयोजनामा मात्रै रकमान्तर गर्नुपर्ने सुझाव दिँदै कार्यकर्ता पोस्ने गरी भएका साना–साना आयोजनामा गरिएको रकमान्तरप्रति आफूहरुको आपत्ति रहेको बताए । उनले तीनखम्बे अर्थनीति अनुसार नै युवाहरुलाई स्वरोजगार गर्ने, कृÈिमा आधुनिकीकरण गर्ने, पर्यटनको विकासका लागि पोखरा र लुम्बिनीमा Ôेत्रीय विमानस्थल निर्माण गर्ने, ऊर्जाको विकासलगायतका विÈयलाई प्राथमिकतमा राखेर बजेट ल्याए आफूहरुले समर्थन गर्ने समेत स्पष्ट पारे । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतसँग एकपक्षीय रुपमा बिप्पा सम्झौता गरेपछि त्यसको व्यापक विरोध हुँदै आएको थियो । चीन पनि भारतसँग गरिएको यस्तो सम्झौताप्रति आशंकित रहँदै आएको थियो । प्रधानमन्त्री कोइरालाको दुईदिने चीन भ्रमणलगत्तै चीनसँग पनि यस्तो सम्झौता हुनुपर्ने दबाब बढ्न थालेको छ ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक