Tuesday, October 7, 2014
चीनसँग बिप्पा गर्ने तयारी
१८ असार , काठमाडौँ । भारतसँग हस्ताक्षर गरेको दुई वर्षपछि सरकारले चीनसँग पनि दुई पक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता -बिप्पा) गर्ने भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणपछि मात्र चीनसँग बिप्पा गर्ने सरकारको तयारी छ ।
कूटनीतिक स्रोतका अनुसार भारतीय प्रधानमन्त्री मोदीले १८ देखि २० साउनसम्म नेपाल भ्रमण गर्नेबारे दुबै देशका परराष्ट्र मन्त्रालयबीच छलफल भइरहेको छ । आजको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
‘प्रधानमन्त्री सुशील कोइराला त्यसअघि नै अमेरिकाबाट स्वदेश र्फकनुभयो भने यो मितिमा मोदीको भ्रमण हुने गरी छलफल भइरहेको छ, स्रोतले भन्यो, ‘भारतीय प्रधानमन्त्रीकोे नेपाल भ्रमणलगत्तै चीनसँग बिप्पा गर्ने तयारी भइरहेको छ ।’
भारतसँग भएको विप्पालाई गाइडलाइन मानेर चीनसँग पनि बिप्पा हुन लागेको हो । भारतसँग ४ कात्तिक ०६८ मा बिप्पा भएको थियो । पूर्वप्रधानमन्त्री डा. बावुराम भट्टराई भारत भ्रमण (३-६ कात्तिक ०६८) का बेला विप्पामा नेपालका तर्फवाट उद्योगमन्त्री अनिलकुमार झा र भारतका तर्फवाट उद्योगमन्त्री प्रणव मुखर्जीले हसताक्षर गरेका थिए ।
तर सर्वोच्च अदालतले कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएका कारण भारतसँगको बिप्पा कार्यान्वयन भएको छैन ।
Subscribe to:
Post Comments (Atom)
सम्भावनाको संघारमा
दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...
-
ढुकुटीको बचाउमा सरकार आम्दानीको स्रोत कमजोर हुँदा चालू खर्च धान्न नै हम्मे परिरहँदा अर्थमन्त्री डा. युवराज खतिवडा आफ्नै अभिव्यक्तिको बचाउम...
-
दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...
-
सरकारी सम्पत्तिको एकीकृत विवरण नभएको भन्दै चौतार्फी आलोचना भएपछि अन्ततः सरकार आफ्नै सम्पत्तिको खोजीमा जुटेको छ । व्यक्तिगत सम्पत्तिको अभिले...
No comments:
Post a Comment