औद्योगिक बौद्धिक सम्पत्तिको संरक्षण

कुनै एक फर्म, कम्पनी वा व्यक्तिले उत्पादन गरेको वस्तु वा सेवा पहिचान गर्न उपभोक्ताहरूलाई सेवा पु¥याउन र कुनै व्यक्ति वा फर्मबाट उत्पादित वस्तु वा सेवाले उपभोक्ताहरूबीच आर्जन गरेको ख्यातिको सुरक्षा गर्न वा यसरी आर्जन भएको ख्यातिको फाइदा अन्य व्यक्तिले लिनबाट रोक्न कुनै वस्तु वा सेवाको उपभोक्ताहरूको संरक्षण गर्नका लागि टे«डमार्कको प्रयोग गरिने हुँदा यस्तो टे«डमार्कलाई एक महत्वपूर्ण औद्योगिक सम्पत्तिका रूपमा लिइन्छ । यस्तो औद्योगिक सम्पत्तिलाई कुनै एक राष्ट्रभित्र मात्र होइन, विश्वव्यापी रूपमा संरक्षण प्रदान गर्नुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता छ ।

Nameव्यापारिक प्रतिस्पर्धाको दुनियाँमा पेटेन्ट, डिजाइन तथा टे«डमार्कले धेरै महत्वपूर्ण भूमिका खेलेको हुन्छ । आफ्नो उत्पादित वस्तुको बजार विस्तार कुन रूपमा भइरहेको भन्ने कुराको आँकलन पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क कुन रूपमा उपभोक्तामाझ झाङ्गिएको छ  भन्ने कुरामा निर्भर हुन्छ । अहिलेको विश्व बजारमा उपभोक्ताहरूले टे«डमार्कको भरमा वस्तु वा सेवा लिने गरेको पाइन्छ । त्यसै भएर होला, प्रत्येक वस्तु वा सेवाप्रदायकले आफ्नो पेटेन्ट, डिजाइन तथा ट्रेडमार्कलाई जतिसक्दो बजारमा विस्तार गर्न प्रयत्न गरिरहेका हुन्छन् । अर्कै कम्पनीले कमाएको पेटेन्ट, डिजाइन तथा ट्रेडमार्क प्रयोग गरी आफ्नो वस्तु वा सेवा प्रयोग गरी विभिन्न किसिमका ठगी गरेको पत्ता लागेका कारण त्यस्ता किसिमका गतिविधि नियन्त्रण गर्नका लागि संवत् १९९३ मा पेटेन्ट डिजाइन, ट्रेडमार्क ऐन आएको थियो, सो ऐन अपर्याप्त भएका कारण पुनः २०२२ सालमा पेटेन्ट डिजाइन, ट्रेडमार्क ऐन आएको हो ।
विभिन्न वस्तु वा सेवाप्रदायक कम्पनीहरूले पेटेन्ट, डिजाइन तथा टे«डमार्कहरूको प्रयोग गरी व्यापारिक कार्यहरू गरिरहेका हुन्छन् । कानुनले गरेको वर्तमान व्याख्याअनुसार पेटेन्ट भन्नाले कुनै पदार्थ वा पदार्थ समूहको बनावट, सञ्चालन  वा प्रसारको नयाँ उपाय वा तरिकासम्बन्धी वा कुनै नयाँ सिद्धान्त वा फर्मुलाद्वारा पत्ता लगाएको कुनै उपयोगी आविष्कारलाई सम्झनुपर्छ । यस्तै, डिजाइन भन्नाले कुनै प्रकारले तयार गरी बनाइएको वस्तुको छाँट रूप वा आकार सम्झनुपर्छ । टे«डमार्क भन्नाले कुनै फर्म, कम्पनी वा व्यक्तिले आफ्नो उत्पादित मालसामान वा आफूले प्रदान गर्ने सेवालाई अरूको मालसामान वा सेवाबाट फरक देखाउन प्रयोग गरिने शब्द, चिह्न र चित्र तिनै कुराको संयोग सम्झनुपर्छ ।
कुनै एक फर्म, कम्पनी वा व्यक्तिले उत्पादन गरेको वस्तु वा सेवा पहिचान गर्न उपभोक्ताहरूलाई सेवा पु¥याउन र कुनै व्यक्ति वा फर्मबाट उत्पादित वस्तु वा सेवाले उपभोक्ताहरूबीच आर्जन गरेको ख्यातिको सुरक्षा गर्न वा यसरी आर्जन भएको ख्यातिको फाइदा अन्य व्यक्तिले लिनबाट रोक्न कुनै वस्तु वा सेवाको उपभोक्ताहरूको संरक्षण गर्नका लागि टे«डमार्कको प्रयोग गरिने हुँदा यस्तो टे«डमार्कलाई एक महत्वपूर्ण औद्योगिक सम्पत्तिका रूपमा लिइन्छ । यस्तो औद्योगिक सम्पत्तिलाई कुनै एक राष्ट्रभित्र मात्र होइन, विश्वव्यापी रूपमा संरक्षण प्रदान गर्नुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । यो कुरा पेटेन्ट डिजाइन तथा टे«डमार्क  ऐन २०२२ को दफा २१(ग) तथा दफा २३ मा गरिएको व्यवस्थाबाट स्पष्ट हुन्छ । विश्वव्यापी रूपमा बौद्धिक सम्पत्तिको संरक्षण गर्नका लागि विश्वका प्रमुख राष्ट्रहरूले मान्यता दिएको औद्योगिक सम्पत्ति संरक्षणका लागि पेरिस महासन्धि १८८३ लाई नेपाल सरकारले मिति २०५७ साउन ९ मा अनुमोदन गरी उक्त मान्यतालाई नेपाल कानुनले पनि स्वीकार गरेको छ ।
कुनै पनि कम्पनीले अर्काको पेटेन्ट, डिजाइन र टे«डमार्क प्रयोग गर्नु हुँदैन, गरेमा कानुनबमोजिम सजायको भागिदार बन्नुपर्छ, जसअनुसार पेटेन्ट, डिजाइन र टे«डमार्क ऐन २०२२ को दफा १९ अनुसार कसैले दफा १६ को उपदफा (२) उल्लंघन गरेमा वा दफा १८ को उपदफा (३) बमोजिम बदर भएको टे«डमार्क चलाएमा वा दफा १८(ख) उल्लंघन गरेमा विभागको आदेशले कसुरको मात्रा अनुसार १ लाख रुपैयाँसम्म जरिवाना हुन सक्नेछ र सो कसुरसँग सम्बन्धित सबै मालसामान जफत हुने व्यवस्थासम्म गरेको छ । हालको प्रचलित कानुनअनुसार उद्योग विभागमा दर्ता गराएर मात्र कुनै व्यक्ति वा कम्पनीहरूले पेटेन्ट, डिजाइन तथा टे«डमार्कको अधिकार प्राप्त गर्ने नियम छ ।
टे«डमार्कलगायतका औद्योगिक सम्पत्तिको संरक्षणसम्बन्धी नेपाल कानुन र विकसित देशहरूको कानुनमा एक ठूलो भिन्नता छ । नेपालको कानुनले दर्ता भएको टे«डमार्कको मात्र सुरक्षा गर्छ, तर उद्योग विभागमा दर्ता नभएको टे«डमार्क जतिसुकै लामो अवधिसम्म प्रयोग गरेको भए तापनि केवल प्रयोगको आधारमा मात्र यसको सर्जक वा प्रयोगकर्ताले यस्तो अदर्ता टे«डमार्क प्रयोग गर्ने एकाधिकारको हक प्राप्त गर्न सक्दैन भन्ने कुरा पेटेन्ट डिजाइन तथा टे«डमार्क ऐन–२०२२ को दफा १६ तथा १८(ख) मा व्यवस्था गरिएको छ ।
दर्ता नगरी कुनै टे«डमार्कमा हक प्राप्त नहुने र दर्ता नभएको टे«डमार्कलाई दर्ता भएको टे«डमार्कका रूपमा प्रयोग गर्न नपाइने कानुनी व्यवस्था गर्नु पर्नाका विविध कारण हुन सक्छन् तापनि यसको मूल उद्देश्य टे«डमार्क प्रयोग हुने सेवा वा वस्तुको गुणस्तरका बारेमा सेवाग्राही वा उपभोक्ताहरूलाई झुक्यानमा पार्ने वा पर्ने किसिमबाट यसको प्रयोग हुनबाट रोक्ने र सेवाग्राही तथा उपभोक्ताहरूको हितको रक्षा गर्नु नै मानिन्छ ।
उल्लिखित कानुनी व्यवस्थाअनुसार कुनै टे«डमार्कको प्रयोग गरेको आधारमा मात्र यसको धनी वा प्रयोगकर्ता फर्म, कम्पनी वा व्यक्तिलाई सो टे«डमार्कउपर एकाधिकार प्राप्त नहुने हुँदा एउटै टे«डमार्क दुईवटा फर्म, व्यक्ति वा कम्पनीले प्रयोग गरेमा वा प्रयोगको दाबी गरेमा यी दुईमध्ये जसको नाममा टे«डमार्क दर्ता भएको छ, सोही व्यक्तिले मात्र विवादित टे«डमार्कको वास्तविक धनीका रूपमा मान्यता पाउने, यसको प्रयोगमा एकाधिकार प्राप्त गर्ने र केवल प्रयोगका आधारमा मात्र सो टे«डमार्कउपर दाबी गर्नेको कानुनी हक नहुने र यसरी कुनै व्यक्तिको नाममा दर्ता भएको टे«डमार्क निजको मञ्जुरी बेगर अन्य व्यक्ति, फर्म  वा कम्पनीले प्रयोग गर्न पाउने हक नहुने कुरा उल्लेखित ऐनको  दफा १६, १८(ख), १९ तथा २५ मा व्यवस्था गरिएको छ ।
कतिपय स्वदेश तथा विदेशमा ख्याति कमाएका कम्पनी वा व्यवसायहरूलाई धरापमा पार्ने मनसायबाट वा कुनै गलत मनसायबाट प्रवृत्त भएका व्यक्तिबट टे«डमार्कको चोरी गरी कारोबार गरेको पनि पाइएको भेटिन्छ । टे«डमार्कको विवादमा पटक–पटक मुद्दा परेको पनि पाइन्छ, जसमध्ये एक पत्रिकको ट्रेडमार्कका सम्बन्धमा रेप्सोना पब्लिकेशन्स प्रालिको मुद्दामा सर्वोच्च अदालतबाट मिति २०६८।०४।१५ गते गरेको फैसलामा ‘नेपालको कानुनले दर्ता भएको टे«डमार्कको मात्र सुरक्षा गर्छ । तर, उद्योग विभागमा दर्ता नभएको टे«डमार्क जतिसुकै लामो अवधिसम्म प्रयोग गरेको भए तापनि केवल प्रयोगका आधारमा मात्र यसको सर्जक वा प्रयोगकर्ता यस्तो अदर्ता टे«डमार्क प्रयोग गर्ने एकाधिकारको हक प्राप्त गर्न नसक्ने हुँदा पुनरावेदन अदालत, पाटनले टे«डमार्कसम्बन्धी विवादमा लागू नहुने छापाखाना तथा प्रकाशन ऐन– २०४८ को दफा ७(४) र ४० को व्यवस्थालाई आधार लिई प्रत्यर्थी रेप्सोना पब्लिकेशन्स प्रालिले समेत बिजनेस एजको डिजाइन परिवर्तन गर्नुपर्ने भनी उद्योग विभागको मिति २०६०।१०।९ को निर्णय बदर गरेको पेटेन्ट डिजाइन र टे«डमार्क ऐन, २०२२ को दफा १६ तथा १८(ख) समेतको विपरीत भई त्रुटिपूर्ण हुँदा पुनरावेदन अदालत, पाटनको मिति २०६१।१०।४ को फैसला उल्टी हुने ठहर्छ’ भनी सिद्धान्त प्रतिपादन गरिसकेको अवस्था छ ।
आज नेपाल पनि विश्व व्यापार संगठन (डब्लुटीओ)को सदस्य राष्ट्र भइसकेको छ । छिमेकी मुलुकहरूले आफ्नो उत्पादित वस्तु तथा सेवा विश्व बजारमा सहज रूपमा विस्तार गरी आर्थिक क्षेत्रमा ठूलो फड्को मारी देश प्रगतिको अग्रगतिमा लम्किरहेको हाम्रोसामु जगजाहेर छ । स्वस्थ प्रतिस्पर्धाबाट मात्र स्वदेश तथा विश्व बजारमा सहज रूपमा पहँुच पु¥याउन सकिने निश्चित छ । अस्वस्थ प्रतिस्पर्धाले आफू र राष्ट्रलाई समेत ठूलो आघात पुग्न सक्छ । संविधान, कानुन, व्यावसायिक आचरण र सीमाभित्र रहेर व्यापार र व्यावसायिक सेवा प्रदान गर्न सके व्यक्ति विशेष तथा राष्ट्र समुन्नत बन्न सक्छ ।  


प्रस्तुति: ताराप्रसाद लामिछाने
(लामिछाने, अधिवक्ता हुन् ।)

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन