निरु अर्याल
काठमाडौं, १० जेठ- चालू आर्थिक वर्षको साउनदेखि चैतसम्म हस्तकला निर्यात ४० प्रतिशत बढेको छ । नेपाल हस्तकला महासंघको तथ्यांकअनुसार यो अवधिमा २ अर्ब ९६ करोड ७३ को हस्तकला सामान निर्यात भएको छ ।
गत वर्षको सोही अवधिमा २ अर्ब ११ करोड ३१ लाख रुपैयाँबराबरको सामान निर्यात भएको महासंघका महानिर्देशक दिलीप खनालले जानकारी दिए । नेपाली हस्तकलाका सामानको अमेरिका तथा युरोपियन मुलुकमा माग बढेकाले निर्यातमा सुधार आएको हो ।
यो अवधिमा अमेरिकामा ८६ करोड रुपैयाँको हस्तकलाका सामान निर्यात भएको छ । निर्यात बढी हुने दोस्रो मुलुकमा जर्मनी छ । जर्मनीमा २६ करोडको हस्तकलाका सामान निर्यात भएका छन् । नेपालबाट विभिन्न डिजाइनमा तयार गरिएका ४२ प्रकारका हस्तकलाका समान ८२ मुलुकमा निर्यात हुन्छ । अन्तर्राष्ट्रिय रूपमा हुने व्यापार मेलामा नेपाली हस्तकलाका सामान आकर्षक रोजाइमा पर्ने गरेकाले निर्यात बढेको व्यवसायी बताउँछन् । पछिल्लो समय नेपाली मुद्राको तुलनामा डलरको मूल्य बढेकाले पनि व्यसायीलाई फाइदा भएको छ ।
महासंघका अनुसार यो अवधिमा टेक्सटाइलतर्फ १ अर्ब ३५ करोड ८४ लाख रुपैयाँबराबरका वस्तु निर्यात भएका छन् । यो गत वर्षको तुलनामा ३९.४३ प्रतिशतले बढी हो ।
गत वर्षको सोही अबधिमा ९७ करोड ४३ लाख रुपैयाँका वस्तु निर्यात भएका थिए । टेक्सटाइलअन्तर्गत पस्मिना, ऊनी, फेल्ट, सिल्क, कटन, अल्लो, ढाका, हेम्पलगायतका रेसाबाट बनाइने वस्तुहरू पर्छन् । महानिर्देशक खनालले विगतमा नयाँ डिजाइनमा गरिएको मेहनत, लगाव, अन्तर्राष्ट्रिय डलरको उतार चढाबले गर्दा हस्तकलाको निर्यातमा सकारात्मक प्रभाव परेको बताए । महासंघका अनुसार यो अवधिमा टेक्सटाइल बाहेकका अन्य वस्तुको निर्यात १ अर्ब १३ करोड ८७ लाख रुपैयाँबाट बढेर १ अर्ब ६० करोड ८८ लाख पुगेको छ । यो रकम गत वर्षभन्दा ४१.२८ प्रतिशतले बढी हो । रेशादार वस्तुबाहेक चाँदीका गरगहना, धातुजन्य वस्तु, हातेकागज, प्लास्टिकका सामान, पौवा, बाँस, ढुंगाका मूर्तिलगायतका सामान निर्यात हुने गरेका छन् ।
खनालले गत वर्षभन्दा यो वर्ष हस्तकलाको निर्यातमा केही सकारात्मक संकेत देखिएको बताए । उनले भने, “पछिल्लो नौ महिनामा टेक्साटाइलतर्फ ३९.४३ र टेक्सटाइल बाहेकका वस्तुको निर्यातमा ४१.२८ प्रतिशतले बढेको छ ” ।
चालू आवको ९ महिनासम्म नेपालबाट उलन, फेल्टका वस्तु सिल्क, अल्लो, धातुका सामान, ढाकालगायतका वस्तुहरू निर्यात हुने मुख्य वस्तुको सूचीमा परेका छन् । मूर्ति पौवा, हातकागजजन्य वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा अत्याधिक रुचाइने र ती वस्तुुको माग उच्च रहेको महासंघले जनाएको छ । “अन्तर्राष्ट्रिय बजारमा नेपाली हस्तकला जन्य वस्तुको उच्च मागले गर्दा नेपाली वस्तुको निर्यात बढेको हो,” खनालले भने । उनका अनुसार समीक्षा अवधिमा धातुजन्य वस्तु, काँचका वस्तु तथा पौवा, थान्का हातेकागजका लगायतका वस्तुको निर्यातमा समेत उच्च वृद्धि भएको छ । पछिल्लो समयमा विदेशीहरूले समेत नेपाली हस्तकलाको क्षेत्रमा विशेष ध्यान दिन थालेको जानकारी दिँदै खनालले हस्तकलाका सामान डिजाइनमा गरिएको अथक मिहेनतले गर्दा नेपाली वस्तुको निर्यातमा वृद्धि भएको बताए ।
नेपाली हस्तकलाको सम्भावनालाई मध्यनजर गर्दै चालू आवमा ५० प्रतिशत वृद्धि गर्ने लक्ष लिइको जानकारी दिँदै उनले भने हस्तकलाको निर्यात बढ्नुको मुख्य कारण अन्तर्राष्ट्रिय वस्तुसँग प्रतिस्पर्धा गर्नु हो खनालले भने, “विगतका वर्षहरूमा भन्दा यसपटक यो वर्ष ५० प्रतिशतसम्म बढाउने लक्ष्य लिएका छांै ।”
नेपाली उद्यमी व्यवसायीलाई अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुलाई प्रतिस्पर्धी बनाउन महासंघले विभिन्न देशका विज्ञहरूलाई बोलाएर तालिमहरू दिने गरेको जानारी दिँदै खनालले विभिन्न विज्ञहरूको सहयोगमा महासंघले निर्यातजन्य वस्तुलाई विशेष ध्यान दिएका बताए । सरकारले एक वर्षअघि सार्वजनिक गरेको व्यापार एकीकृत रणनीति २०१० (एनटीआईएस) मा निर्यात व्यापारमा नेपाललाई फाइदा हुने १९ प्रकारका वस्तु समावेश गरेको थियो । यसैअनुरूप महासंघले निर्यातको प्रमुख सम्भवना भएका वस्तुलाई विशेष प्रोत्साहन दिन थालेको हो उनले भने, “पछिल्लो समयमा भ्यालु प्रोडक्टमा धेरै फोकस गरेका छौं, यसबाट व्यवसायी तथा हाम्रो मुलुकलाई तुलनात्मक लाभ हुन्छ । ”
निर्यात हुने मुख्य मुलुक निर्यात रकम (रु. करोडमा)
अमेरिका ८६
जर्मनी २६
तिब्बत २४
जापान २१
नेदरल्यान्ड १९

No comments:
Post a Comment