स्थानीय उत्पादनको सार्थकता

सरकारी कार्यालयहरूमा यही पुसदेखि हातेकागजका डायरी राखिने सरकारको निर्णयले हस्तकला क्षेत्रमा काम गर्ने व्यवसायीहरूमा नया“ उत्साह थपेको छ । स्थानीय तहमा नेपाली वस्तुको प्रवद्र्धन गर्न सके मात्र अन्तर्राष्ट्रिय तहमा तिनको पहिचान दिलाउन सहज हुने भएकाले ‘नेपाली कागज’ बाट निर्मित डायरीलाई सरकारी कार्यालयमा राखिनु निश्चय पनि स्वागतयोग्य कदम हो । कुनै पनि हस्तकलाका वस्तुको सिर्जना, उत्पादन र पहिचान एकैपटक भएको ह“ुदैन । त्यसका लागि स्थानीय लगाव र मेहनत पुस्ता दर पुस्ता रूपान्तरण भइआएको हुन्छ, जसले स्थानीय लोकसंस्कृतिको झलक मात्र दिएको हु“दैन पूरा राष्ट्रिय पहिचान नै बोकेको हुन्छ । त्यसैले यसको  संरक्षण र प्रवद्र्धन भएन भने लोप भएर जाने खतरा हुन्छ । नेपालको पहिचान दिने थुप्रै हस्तकलाका वस्तु उत्पादन गर्न सकिने भए पनि राष्ट्रियतहमा त्यस्ता वस्तुहरूको संरक्षण र उपभोगको न्यून अवस्था छ । नेपाल र नेपालीको मौलिक पहिचान बोकेका हस्तकलाको पर्याप्त बजारीकरण र प्रवद्र्धन हुन नसक्दा अन्तर्राष्ट्रिय तहमा तिनको विकास र विस्तार हुन नसकेको पक्कै हो ।
पहिलो चरणमा त्यस्ता डायरी मन्त्रीहरू, राज्यमन्त्री र उच्च ओहदाका व्यक्तिलाई उपलब्ध गराइने निर्णयले एकातिर नेपाली हस्तकलाका सामग्रीले सरकारी तहमा मान्यता पाएको छ भने अर्कातिर यसले प्रवद्र्धनमा नया“ गति पनि पाएको छ । कुरा नेपाली कागजको डायरीको मात्र होइन । यो निर्णयले कार्यालय प्रयोजनका लागि प्रयोग हुने फाइल, पेपरवेट, रुमाल, कलम, पेन स्टयान्डलगायतका सामग्रीहरूको उपयोगिता पनि बढाएको छ । सुन्दा सामान्यजस्तो लाग्ने निर्णय भए पनि यसले स्वदेशी वस्तु जस्तोसुकै किन नहोस्, त्यसको उपभोग र प्रवद्र्धनलाई पनि संकेत गरेको मान्न सकिन्छ । वास्तवमा स्वदेशी उत्पादनको समुचित खपतबिना यसले चाहेजस्तो विस्तारको अवसर प्राप्त गर्न नसक्नेमा कुनै द्विमत पनि छैन । मुलुकमा विद्यमान हस्तकला, घरेलु उद्योग र मझौला उद्योगका उत्पादनको समुचित उपभोग र प्रवद्र्धन कमजोर रहेकाले नै औद्योगीकरणको मूल प्रवाहलाई हामीले समात्न नसकेको हो । मूलतः स्वदेशी उत्पादनको उपभोगमा विद्यमान दिशाहीनता र नीतिगत स्पष्टताको अभावले पनि मुलुकको औद्योगीकरणको अवस्था शिथिल रहेको अवस्था छ । यस सन्दर्भमा नेपालीले विदेश जा“दा विदेशीभन्दा ‘नेपाली डायरी’ प्रयोग गरून् भन्नुभन्दा पनि नेपालीले सधै“ नेपाली डायरी मात्र प्रयोग गरून् भन्ने धारणाको विस्तार आजको आवश्यकता हो र यही धारणाप्रतिको प्रतिबद्धता नीति निर्मातालगायत नेतृत्वको हुनुपर्छ ।
मन्त्री तथा उच्च ओहदाका व्यक्तिहरू विदेश जा“दा नेपाली डायरी बोक्दैमा नेपाली वस्तु कला, सीप र स्वाभिमान बच्ने तथा अन्तर्राष्ट्रिय स्तरमा यसको प्रवद्र्धन हुने होइन । स्वदेशी उत्पादन चाहे त्यो हस्तकला वा औद्योगिक नै किन नहोस् त्यसको संरक्षण, उपभोग र प्रवद्र्धनका अतिरिक्त मागअनुसारको उत्पादन वातावरण महŒवपूर्ण कुरा हो । न्यून लागतका उपायसहित उत्पादित वस्तुको गुणस्तर र प्रतिस्पर्धी क्षमताको विकासमा नीति–निर्माताहरूको चिन्तन हुन सके यसले आफ्नो बाटो आफै तय गर्न सक्नेमा कमै विवाद होला । हस्तकला व्यवसायी महासंघ र हातेकागज व्यवसायी संघले सरकारद्वारा प्रदत्त यस अवसरलाई सीमित उत्पादनमा केन्द्रित गराउनुभन्दा यसको  बृहत् उत्पादन र बजारीकरणमा जोड दिनुपर्छ । निर्यात प्रवद्र्धन र बजारीकरणका दृष्टिले नेपाली हस्तकलाका सामग्रीहरूको आन्तरिक र विश्वव्यापी मागको अनुकूल अवस्थालाई ध्यान दि“दै आपूर्ति बढाउन प्रयासरत हुन सके त्यो दीर्घकालीन हुन सक्छ । सरकारले पनि यस्ता संवेदनशील विषयहरूलाई नीतिगत स्पष्टताबिना लहडमा सस्तो लोकप्रियता आर्जन गर्ने माध्यम बनाउनुभन्दा यसको दीर्घकालीन भविष्यका बारेमा उद्यमीहरूलाई प्रोत्साहन गर्ने र तदअनुसार उत्पादनको वातावरण उपलब्ध सके त्यसको आर्थिक र औद्योगिक सार्थकता रहन्छ ।

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन