पुल नहुँदा घरेलु उत्पादनले बजार पाएन




Share |

 काठमाडौं, ३ मंसिरपोखराबाट ताङ्तिङ जाने झोलुंगे पुलको मर्मत नहुँदा स्थानीय उद्योग व्यवसाय बन्द हुने अवस्थामा पुगेको स्थानीय उद्यमीले गुनासो गरेका छन् । लक्ष्मी उडक्राफ्ठले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा कास्कीको ताङ्तिङका उद्यमी महिलाले यस्तो गुनासो गरेका हुन् ।
अन्तक्र्रियामा सहभागी हुन आएका ताङ्तिङका उद्यमी तथा समाजसेवीले पर्यटनको प्रचुर सम्भावना बोकेको हामेस्टे, होटल–व्यवसाय र घरेलु उद्योग बन्द हुने अवस्थामा पुगेको बताए । सरकारले पोखरा–ताङ्तिङ जोड्ने झोलुंगे पुलको मर्मत नगरेको र त्यसबाट स्थानीय उद्योग–व्यवसाय बन्द हुने अवस्थामा पुगेको भन्दै करिब ३० जना उद्यमी तथा समाजसेवी राजधानी आएका थिए ।
प्रचुर पर्यटकीय सम्भावना बोकेको पोखराको ताङ्तिङ जाने झोलुङ्गे पुल बिग्रिँदा पर्यटक आवागमनमा कमी आएको जनाउँदै ताङ्तिङका व्यवसायी तथा वडाध्यक्ष जसबहादुर गुरुङले सम्बन्धित निकायमा आवाज नपुगेको गुनासो गरे । पुलको मर्मतसम्भार नभएपछि स्थानीयस्तरका जडिबुटी, चिया, फलफूल र तरकारीले बजार नपाएको उनको भनाइ छ ।
ताङ्तिङ टुइन एसोसिएसनकी संस्थापक अध्यक्ष तथा यूके ज्वइन्ट प्रेसिडेन्ट डिस्ट्रिक काउनसिलर, उद्यमी तथा समाजसेवी टिना नाइटसँगको सहकार्यमा ताङ्तिङवासीलाई उद्यमशीलतामा लगाएको जानकारी दिँदै लक्ष्मी उडक्राफ्ठकी सञ्चालिका लक्ष्मी शर्माले सरकारले पुल मर्मतमा ध्यान नदिएको आरोप लगाइन् । उनले टिनासँगकै सहकार्यले ताङ्तिङमा उत्पादन हुने गुन्द्रुक, भटमासदेखि हस्तकलाका सामान बेलायतमा समेत पठाउने गरेको जनाउँदै सीपमूलक तालिम दिएर स्थानीयस्तरका जनतालाई समेत उत्पादनशील क्षेत्रमा आकर्षित गरेको उनले जनाइन् । ताङ्तिङको ५० रोपनी जमिनमा कागती लगाउनुका साथै त्यस स्थानका महिलालाई सीपमूलक तालिम दिलाएर रोजगारीमा लगाएको उनले बताइन् ।
चार वर्षअघि बेलायतको डेब्बडेन एन्ड विम्विस र नेपालको ताङतिङबीच मितेरी साइनो गाँसेदेखि सुरु भएको उनको यो समाजसेवाको कार्यले त्यस गाउँका अधिकांश महिलालाई स्थानीय उत्पादनबाट आयआर्जन गरी स्थानीय विकासको क्षेत्रमा नै गाउँलाई अघि बढाएको आयोजकले जनाएकोे छ । समाजसेवी टिनाले नेपालमा प्रचुरमात्रामा उद्यमशीलताको विकास गर्ने स्रोत र साधन भए पनि अनभिज्ञताका कारण उपयोग हुन नसकेको धारणा राखिन् ।
स्थानीय उद्यमी तथा समाजसेवी बालसिंह गुरुङले टिनाको सहयोगले गाउँको मुहार फेरिएको भए पनि केही वर्षदेखि वस्तु तथा उत्पादित सामान सम्बन्धित निकायमा पु¥याउँन नसक्दा उत्पादनहरू सडेर जाने गरेको बताए ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक