धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन
काठमाडौं, १ असार ललितपुर हस्तकला संघले धातुजन्य वस्तुको सामान उत्पादन गर्ने भ्याकुम कस्टिङ मेसिन सञ्चालनमा ल्याउने भएको छ । हस्तकला सामानको अन्तर्राष्ट्रियस्तरमा दैनिकजसो माग बढ्दै गएको भन्दै संंघले नयाँ मेसिन ल्याउन लागेको हो । धातुका मूर्ति ढलाइ एवं चाँदीका वस्तु उत्पादन गर्ने उद्यमीलाई परम्परागत प्रविधिभन्दा वस्तुको उत्पादनमा छिटोछरितो र सूक्ष्म तथा डिजाइनसमेत सफासँग निकाल्न सकिने संघले जनाएको छ । यो मेसिनको माध्यमबाट न्यूनमात्रामा कामदारको प्रयोग सामान उत्पादनमा भारी वृद्धि र कम ऊर्जाको खपत तथा वातावरणमैत्री रूपमा काम गर्न सकिने संघको दाबी छ । संघका अनुसार उल्लिखित प्रविधि सञ्चालनबाट उद्योगको उत्पादन क्षमतामा वृद्धि भई उत्पादकत्व पनि बढ्नेछ । यसैगरी कम समयमा बढी उत्पादन गरी हस्तकलाका धातु, मूर्तिकला र सुनचाँदीका गरगहनाको अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सहज हुने मेसिनका आविष्कारक अर्थात् ललितपुर हस्तकला संघका सदस्य किरण शाक्यले जानकारी दिए । उनले मेसिनबिना सामान तयार गर्दा धुलो, धुवाँ र वातावरणमा धेरै असर गर्ने गरेको जानकारी दिँदै मेसिनले यस्ता खालका कुनै समस्या नआउने ब
Comments
Post a Comment