
चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.५ देखि २.८ प्रतिशतबीच रहने विश्व बैंकले प्रक्षेपण गरेको छ ।
नेपमाल प्रमुख श्रम गन्तब्यमा कोरोना भारइसको प्रभावका कारण रेमिट्यान्समा आउने कमीका साथै पर्यटन तथा व्यापारमा संकुचर र सीमा अवरोधले चालू आर्थिक वर्षको आर्थिक वृद्धि खस्किने बैंकले उल्लेख गरेको छ ।
सरकारले चालु आर्थिक वर्षमा साढे ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य लिएको थियो । तर, कोरोना भाइरस संक्रमणको कारण एक महिना अगाडि ५ प्रतिशत मात्र आर्थिक बृद्धिदर हासिल हुने अनौपचारिक अनुमान केन्द्रीय तथ्यांक विभागले योजना आयोग समक्ष गरेको थियो । तर, विश्व बैंकले आइतबार जारी गरेको दक्षिण एशिया इकोनोमी फोकसमा चालु आर्थिक वर्षमा कोरोना भाइरसको कारण लकडाउन बढेमा अर्थतन्त्रको स्थिती अझै खराब हुने देखिएको छ । ६ महिनाअ घि सामान्य अवस्थामा साढे ६ प्रतिशत आर्थिक बृद्धिदर हासिल हुने अनुमान विश्व बैंकको थियो ।
विश्व बैंकको यो प्रक्षेपण केही हप्ताअघि मात्र एशियाली विकास बैंक (एडीबी) ले सार्वजनिक गरेको प्रतिवेदनको अनुमानभन्दा पनि निक्कै कम हो । एडीबीले नेपालको आर्थिक वृद्धि यस वर्ष ४.३ देखि ५.३ प्रतिशतका बीच रहने प्रक्षेपण गरेको थियो ।विश्व बैंकले दक्षिण एशियामा नै ४० वर्षकै खराब आर्थिक स्थिती हुने पनि जनाएको छ । दक्षिण एशियामा अहिलेसम्मको स्थितीले सबैभन्दा खराब अवस्था माल्दिब्स र अफगानिस्तान र पाकिस्तान र श्रींलका हुने छ । जसको अर्थतन्त्र नै ऋणात्मक हुने छ ।
अफगानिस्तानको अर्थतन्त्र ५.९ देखि ३.८ प्रतिशतसम्मले घट्ने, माल्दिब्सको १३ देखि ८ प्रतिशत तथा पाकिस्तानको २.३ देखि १.३ प्रतिशतले ऋणात्मक हुने भन्दै विश्व बैकले श्रीलंका ३ देखि ०.५ प्रतिशतले बृद्धिदर ऋणात्मक हुने पनि प्रक्षेपण गरेको छ । दक्षिण एशियामा कोरोनाको असरको कारण भारतमा भने ४.८ देखि ५ प्रतिशतसम्म बृद्धिदर हुने तथा बंगलादेश २ देखि ३ प्रतिशतसम्म, र भुटान २.२ देखि २.९ प्रतिशतसम्म आर्थिक बृद्धिदर हुने पनि विश्व बैकले जनायो । ‘कोभिड १९ को नेपालमा कसरी असर हुँदैछ भनेर हामीले अवलोकन गरिरहेका छौं,’ नेपालका लागि विश्व बैंकका कन्ट्री म्यानेजर फरिस हददले भने, ‘हाम्रो तत्काल प्राथमिकता स्वास्थ्य उपकरणहरू सहज आपूर्तिमा हुनुपर्छ, गरिब र सबैभन्दा कमजोरलाई सहयोग गर्न एक व्यापक रिकभरी प्याकेजको जरुरी रहेको छ, यसको लागि सरकार, निजी क्षेत्र र अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग हाम्रो कार्य समन्वयन गरेर काम गनुपर्छ।’
कोभिड–१९ महाव्याधिका कारण नेपालका कम आय वर्गमा गहिरो असर गर्ने उल्लेख गर्दै प्रतिवेदनले दैनिक ज्यालादारी गर्ने मजदुर, अनौपचारिक क्षेत्रका कामदार, खुद्रा व्यापारी, यातायात क्षेत्रमा काम गर्नेहरु पनि कोरोनाभाइरसबाट ज्यादा प्रभावित हुने बताएको छ ।
No comments:
Post a Comment