निरु अर्याल
सरकारले काठमाडौं उपत्यका नजिक जोडिएका जिल्लाहरूमा १० नयाँ सहर निर्माण गर्ने तयारी गरेको छ । सहरीविकास मन्त्रालयले काठमाडौं उपत्यका को जनघनत्व कम गर्न भन्दै उपत्यकासँग जोडिएका जिल्ला हरूमा नयाँ सहर निर्माण थालनि गर्नका लागि छलफल अगाडि बढाएको जनाएको छ ।
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले पद सम्हालेको १ सय दिन पुगेको अवसरमा आइतबार आयोजित पत्रकार सम्मलेनमा काठमाडौं उपत्यकालाई जोड्दै व्यवस्थित सहरीकरण गर्ने वृहत् लक्ष्य राखेको जानकारी दिए । उनले भने, “बाहिरी चक्रपथमा रहने गरी नयाँ सहर निर्माणका लागि जनप्रतिनिधिहरूसँग छलफल अगाडि बढेको छ, बाहिरी चक्रपथसँग जोडिएका जिल्लामा १० नयाँ सहर बन्ने छन् ।” उनले योजना बनेको १९ वर्षसम्म पनि निर्माण कार्यको टुंगो लाग्न नसेको बाहिरी चक्रपथमा सरकारले फेरि नयाँ योजना ल्याएको बताए ।
उनका अनुसार वृहत्तर राजधानी अवधारणामा रहेर काठमाडौं उपत्यकाको नजिक वैकल्पिक सहर निर्माणको लागि प्रस्तावीत टोखा–छहरे सुरुङ मार्गसँगै छहरेदेखि नुवाकोटको थानसिंह, ढिकुरे, गँगटे हुदैं देवीघाट, रातमाटे हुँदै गल्छीसम्म र थानकोट– नौविसे निर्माणाधीन सुरुङमार्गको नौविसेदेखि गल्छिसम्मको भूभागमा सुविधासम्पन्न नयाँ सहर निर्माणका लागि बृहत्तर छलफल अगाडि बढेको छ । यस्तै, नुवाकोटको छहरेदेखि धादिङको गल्छीसम्मको करिब ३५ किलोमिटर र धादिङको गल्छिदेखि नुवाकोटको चाउथे–बँचरे हुँदै काठमाडौं तीनपिप्ले–बालाजु जोड्ने करिब ३० किलोमिटर सहित जम्मा ७० किलोमिटर चक्रपथ निर्माणका लागि पनि छलफल अगाडी जानकारी दिए ।
उनले भने, “प्रस्तावित बाहिरी चक्रपथमा नयाँ १० वटा सहर निर्माण गरेर काठमाडौं उपत्यकाको जनघनत्व कम गर्ने योजना छ ।” सहरी बिकास मन्त्रालयले सरकारबाट घोषणा भएका २७ वटा नयाँ सहरमध्ये मध्यपहाडी लोकमार्गमा अवस्थित कार्यलय स्थापना भई निर्माणकार्य अगाडि बढाएको छ । “मध्यपहाडी लोकमार्गमा १० वटा नयाँ सहर क्रमशः फिदिम, बसन्तपुर, खुर्कोट, बैरेनी गल्छी, डुम्रे भन्सार, बुर्तिवाङ, चौरजहारी, राकम कर्णाली, साँफेवगर र पाटनमा काम थालनी भइसकेको छ,” मानन्धरले भने । सरकारले मध्यपहाडी लोकमार्ग, हुलाकी लोकमार्ग र तराई मधेशमा गरी २७ वटा सहरलाई नयाँ सहरको रुपमा विकास गर्ने योजना बनाएको छ । आर्थिक वर्ष २०६७÷६८ देखि मध्यपहाडी लोकमार्गमा १० वटा नयाँ सहर बनाउने गरेको घोषणमा पछि सरकारले थप गरी १२ वटा बनाउने, हुलाकि लोकमार्गमा १० र तराई मधेशमा ५ वटा बनाउने निर्णय गरेको थियो । सो योजनाअन्तर्गत मध्यपहाडी लोकमार्गमा १० वटा नयाँ सहर निर्माणकार्य अगाडि बढाएको हो । राज्यमन्त्री मानन्धरले धादिङको सल्यानटारमा बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माणपछि अवस्थाको परिकल्पनासहित १७ किलोमिटरको पर्यटकीय तथा विश्व विद्यालयसहितको शैक्षिक सहर निर्माणका लागि आवश्यक छलफल थालनि गरिएको पनि जानकारी दिए । उनले भने, “काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अव्यवस्थीगत पार्किङको समस्था समाधानको पहल गरीएको तथा उपत्यकामा धुवाँ र धुलो न्यूनीकरणका लागि पहल गरिएको छ त्यो पनि यथाशक्य छिटो कार्यान्वयनमा आउने छ ।”
मन्त्रालयको ३७ प्रतिशत वित्तीय प्रगति
सहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा ३७ प्रतिशत वित्तीय प्रगति भएको जनाएको छ । राज्यमन्त्री मानन्धरले आफ्नो १ सय दिनमा गरिएको कार्य सार्वजनिक गर्दै चालू आर्थिक वर्षको दोस्रो चौमासिकमा ३६ अर्ब ८५ करोड रुपैयाँ कुल बजेटमध्ये १३ अर्ब ६५ करोड खर्च भएको जानकारी दिए । उनले भने, “उद्देश्यअनुसार सञ्चालनमा रहेका आयोजना रकामहरूको गतिलाई थप गतिशील बनाउन अनुगमन र निर्देशन दिईएको छ, मन्त्रालय मातहत चालू योजनाहरूलाई तोकिएकै समयमा सम्पन्न गर्न आवश्यक निर्देशनसहित स्रोत र साधनको समेत परिचालन गरिएको छ ।”
No comments:
Post a Comment