Tuesday, December 24, 2019

२ अर्वको मुद्धा, ३ वर्षको कैद माग

राजस्व अनुसन्धान विभागले पेप्सी उत्पादन गर्ने कम्पनी बरुण वेभरेज प्रालि विरुद्ध राजस्व छलेको आरोपमा एक अर्ब ९४ करोडको मुद्दा दायर गरेको छ । यो नक्कली भ्याट विल विरुद्धको अहिलेसम्मकै ठूलो मुद्दा हो । विभागले अनुसन्धान गर्दा नक्कली भ्याट विलमार्फत ६४ करोड ९६ लाख रुपैयाँ राजस्व छली गरेको भेटिएको अनुसन्धानमा खुल्न आएको छ । वरुण वेभरेजले पेप्सी, स्लाइस, ड्यु, मिरिन्डा, सेभेन अप, ट्रोपिकानालगायतका पेय पदार्थ उत्पादन गर्दै आएको छ ।विभागले दायर गरेको मुद्दामा ६४ करोड ९६ लाख २ हजार ३४० विगो तथा बिगोको दोब्बर १ अर्ब २९ करोड ९२ लाख ४ हजार ६८० गरी कुल १ अर्ब ९४ करोड ८८ लाख ७ हजार २० रुपैयाँसम्म जरिवाना र ३ वर्ष सजायको माग दाबी गरिएको छ ।
बरुण वेभरेजले झुट्टा कारोबार मनसाय राखी नक्कली विजक तयार पार्ने ब्यक्तिसँग मिलेर वास्तविक रुपमा मालबस्तु नै खरीद नगरी झुट्टा तथा नक्कली कर विजक तयार पार्ने प्रयोजनका लागि योजनाबद्ध रुपमा दर्ता गरिएका फर्महरुबाट जारी गरेका बिजक खरीद गरी राजस्व छलेको विभागको आरोप छ । विभागका महानिर्देशक मैनालीले बरुण वेभरेज प्रालि र यसका पूर्व तथा वर्तमान संचालकहरुबाट विभागले एक अर्ब ६० करोडको बैंक जमानत लिएको जानकारी दिए । “आर्थिक वर्ष ०७०-०७१ देखि ०७५-०७६ सम्ममा झुटा मूल्य अभिवृद्धि करको कारोबारबाट भ्याट करतर्फ २५ करोड ३४ लाख र आयकर तर्फ लाभांश समेत गरी ३९ करोड ६१ लाख गरी कूल ६४ करोड ९६ लाख राजस्व छली गरेको देखिएको छ” मैनालीले भने ।
विभागले संचालकहरू अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविन कुमार अग्रवाल, विनोद सिंह भनिने विनोदकुमार सिंह र अशोक कुमारलाई प्रतिवादी बनाएको छ । प्रतिवादीहरुले नक्कली विजक खरिद गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित ऐ. ऐनको दफा ४ को (क) र (ख) बमोजिमको कसुर गरेको पुष्टि भएको उल्लेख गरेको छ ।

No comments:

Post a Comment

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...