प्लास्टिकलाई माटोमै मिलाउन ‘अक्सो बायोडिग्रेडेबल’


प्लास्टिक पनि माटोमा मिल्न सक्छ र हावामा विलीन हुन्छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर, नेपालमा अब यो आश्चर्यको विषय रहेन । नेपालको जल्दोबल्दो समस्याका रूपमा रहेको फोहोरमैला व्यवस्थापनका लागि उपयुक्त भएको भन्दै न्युरोडका अनिसमान सिंहले ‘अक्सो बायोडिग्रेडेबल’ नामक प्रविधि भिœयाएका छन्, जसले प्लास्टिकलाई माटोमा मिलाउँछ र हावामा विलीन गर्छ ।
लामो समयसम्म बेलायतको ब्रिटिस स्ट्यान्डर्ड इन्स्टिच्युट नामक संस्थामा काम गरेका सिंहले प्लास्टिक व्यवस्थापनको विषयमा अनुसन्धान गरिरहेका छन् । यो प्रविधि अवलम्बन गर्न सकिए प्लास्टिकजन्य समस्या स्वतः हटेर जाने उनी बताउँछन् ।
“नेपालजस्तो कम विकसित मुलुकमा सरकारले घोषणा गरेको व्यवस्था कार्यान्वयन गर्नुभन्दा मैले भिœयाएको यो प्रविधिलाई प्रयोगमा ल्याउनु उत्तम विकल्प हो,” उनी भन्छन्, “अहिलेको जटिल समस्या यसको उत्पादन र प्रयोग भन्दा पनि व्यवस्थापन हो, जसलाई यो प्रविधिले निमिट्यान्न पार्नसक्छ ।”
नेपालमा ५ माइक्रोनसम्मका पातला प्लास्टिक उत्पादन हुन्छन्, जसलाई व्यवस्थापन गर्नु सरकारका लागि ठूलो चुनौती हो । यो विषयमा उनी जानकार छन् । “त्यही भएर प्रयोगपछि काम नलाग्ने (युज एन्ड थ्रो) वस्तुलाई त्यसको समय सीमापछिको ६ महिनासम्ममा माटोमा मिलाउन तथा हावामा विलीन बनाउन सकिने प्रविधि ल्याएको हुँ,” उनी भन्छन्, “यसले वातावरणमा कुनै असर पु¥याउँदैन ।”
“यो प्रविधि प्लास्टिक उत्पादनमा प्रयोग हुने कच्चा पदार्थजस्तै हो,” उनी भन्छन्, “यसलाई प्रयोग गर्दा अहिलेको करिब ५० प्रतिशत प्लास्टिकजन्य फोहोर व्यवस्थापन हुन्छ ।”
यो प्रविधि नेपालमा नौलो भए पनि ३० वर्षअघिदेखि विश्वमा प्रचलित छ । संसारका ९० मुलुकमा यही प्रविधिबाटै प्लास्टिक उत्पादन तथा व्यवस्थापन भएको भन्दै उनले अर्जेन्टिना, ब्राजिल, इटाली, म्याक्सिको, यमन, यूएईजस्ता १३ मुलुकमा यसलाई वैधानिकता दिइएको जानकारी दिए । “विश्वका विकसित मुलुकहरूले समेत यसलाई वैधानिकता दिएका छन् भने हाम्रो मुलुकमा किन नहुने ?” उनी भन्छन् ।
प्लास्टिक झोलाले वातावरणमा असर पु¥याएको भन्दै सरकार प्रयोगमै प्रतिबन्ध लगाउन प्रयासरत रहेका बेला यो प्रविधिले प्लास्टिकमाथिको प्रतिबन्ध रोक्ने दाबी सिंहको छ ।
नेपालमा उत्पादन भएका प्लास्टिक माटोसँग नमिल्ने तथा आगोमा जलाउँदा दुर्गन्धित हुने खालका भएको भन्दै सिंहले थपे, “यो प्रविधि लामो अनुसन्धानपश्चात आएको हो र यसले प्लास्टिकको लाइफको ग्यारेन्टी दिन्छ ।”

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक