संघीय सरकारले प्रदेश सरकारलाई पठाएका करिब ११ सय ६६ आयोजना स्वामित्व विवादका कारण अलपत्र बनेका छन् । आयोजना सञ्चालनबारे कुनै मोडालिटी नहुँदा प्रदेश सरकारमा हस्तान्तरण गरिएका ४७७ वटा सडक अयोजना र ६८९ वटा खानेपानीका आयोजना अलपत्र परेको पाइएको हो ।
यसबाहेक सशर्त अनुदानमा आधारित हजारौं खुद्रे आयोजनाहरूको अवस्था भयावह बन्दै गएको सम्बद्ध अधिकारीहरू बताउँछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले स्वामित्वबारे उपयूक्त नीति नहुँदा २६ अर्ब रुपैयाँ बराबरका ४७७ सडक आयोजना अलपत्र परेको जानकारी दिए । उनले भने, “बहुवर्षे ठेक्कामा पनि लैजान नसकिएको र प्रदेश सरकारले पनि लिन नमानेको हुनाले ती आयोजना तल न माथिको अवस्थामा पुगेका छन् ।”
देश संघीयतामा गएसँगै सरकारले साना तथा मझौला आयोजनाहरू प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नीति लिएको छ । तर, अधिकांश आयोजनाहरू सुरु भइसकेको अवस्थामा पनि कुन सरकारले स्वमित्व लिने भन्ने विवाद अझै कायमै छ । केही दिन अघि संसदको अर्थ समिति बैठकमा कार्कीले यस्ता आयोजनालाई केन्द्रबाट निरन्तरता दिन नसकिने भन्दै यसबारे ठोस कदम चाल्न आग्रह गरे ।यसबाहेक सशर्त अनुदानमा आधारित हजारौं खुद्रे आयोजनाहरूको अवस्था भयावह बन्दै गएको सम्बद्ध अधिकारीहरू बताउँछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले स्वामित्वबारे उपयूक्त नीति नहुँदा २६ अर्ब रुपैयाँ बराबरका ४७७ सडक आयोजना अलपत्र परेको जानकारी दिए । उनले भने, “बहुवर्षे ठेक्कामा पनि लैजान नसकिएको र प्रदेश सरकारले पनि लिन नमानेको हुनाले ती आयोजना तल न माथिको अवस्थामा पुगेका छन् ।”
खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले सशर्त अनुदानका ६८९ आयोजना अलपत्र अवस्थामा रहेको बताए । “प्रदेश ५ ले यस्ता आयोजनाका लगि १५ अर्व बजेट थप माग गरेको छ, तर कर्णाली प्रदेशले सबै आयोजना फिर्ता गर्छौं भनेको छ,” उनले भने, “केहीले गर्छौं भन्ने केहीले फिर्ता गर्छौ भन्ने अवस्था छ । प्रदेश सरकारहरूमा एकदमै अन्योल देखियो, यसमा हामी स्पष्ट भएर अघि बढ्नुपर्ने देखिएको छ ।” उनले देशमा तीन तहको सरकार गठन भएको अवस्थामा कानुनी अन्योलले प्रदेश सरकारहरूले काम गर्न नसकेको बताए । हालको अवस्थामा प्रदेश सरकारले बजेट ल्याए पनि कर्मचारी नियुक्त गर्ने अधिकार संघीय सरकारमै छ ।
कर्मचारीको अभाव संरचनागत समस्या र कार्यक्रममा देखिएको अन्योलले प्रदेशको मातहतमा रहेका थुप्रै समस्याहरू अन्योल अवस्थामा रहेको पाइएको छ । जसका कारण प्रदेश सरकारको भार संघीय सरकारलाई थपिएको छ भने स्थानीय सरकारले सोचेजस्तो विकासका गर्न नसक्दा त्यसको सीधा असर सरकारको विकास बजेट खर्चमा देखिएको छ । अर्थसचिव डा. राजन खनालले बजेटमा एउटा शीर्षक राख्ने र कार्यान्वयन गर्दा समस्या पर्ने देखिएको बताए । “हामी संघीय संरचनामा जाँदै गर्दा अझै कतिपय आयोजनाहरू प्रदेशले पनि नलिएको र केन्द्रको मातहतमा पनि नरहेको देखिएको छ, यो समस्या गम्भीर हो यसको समाधानमा हामी जुटेका छौं,” उनले भने ।
वहुवर्षीय ठेक्का प्रणाली कार्याविधिमार्फत मोडालिटी स्पष्ट हुने उनको भनाइ छ । “स्थानीय पूर्वाधारका कार्यक्रममा पनि स्थानीय र प्रदेश सरकारबीचको विवादले आयोजना लम्बिने र सरकारलाई दायित्व बढ्ने देखिएको छ,” उनले भने, “यो समस्या ठूलासाना सबै आयोजनामा देखिन्छ यसतर्फ सबै सजग हुनु जरुरी छ ।”
No comments:
Post a Comment