मूल्य बृद्धि ४.८ प्रतिशत, काठमाडौंमा सबैभन्दा कम महङ्गी

काठमाडौं: नेपाल राष्ट्र बैंकले कात्तिक मसान्तसम्मको सार्वजनिक गरेको विवरण अनुसार मूल्य बृद्धि दर ४ दशमलव ८ प्रतिशतमा झरेको छ । 
१३ दशमलव २ प्रतिशतसम्म पुगेको मूल्य बृद्धि, अहिले ४ दशमलव ८ प्रतिशतमा झरेको छ ।  
अघिल्लो वर्षको सोहि अवधिमा मूल्य बृद्धि १० दशमलव ४ प्रतिशत रहेको थियो । घ्यु तथा तेल, लेडागुडी, दुग्ध तथा अण्डा, फलफुल, माछा मासुको मूल्य घटेको छ ।  विवरण अनुसार घरायसी सामान, यातायात, लत्ता कपठा तथा जुत्ताको मूल्य घटेको छ । 
 
यो अवधिमा काठमाडौंको मूल्य बृद्धि  तीन प्रतिशत रहेको छ । अघिल्लो वर्ष काठमाडौंको मूल्य बृद्धि ११ दशमलव ८ प्रतिशतले रहेको थियो ।  
पहाडको मूल्य बृद्धि ११ दशमलव ४ प्रतिशतबाट ६ दशमलव २ प्रतिशतमा झरेको छ । तराईको ९ दशमलव १ प्रतिशतबाट ५ दशमलव १ प्रतिशतमा र हिमालको ९ दशमलव ६ प्रतिशत रहेको थियो । 

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक