Tuesday, December 20, 2016

उद्यमशीलतामा महिला

विकसित मुलुकहरूको अनुभव हेर्ने हो भने औद्योगिक विकासबाटै आफ्नो अर्थतन्त्रलाई उँभो लगाएका कैयन् उदाहरण छन् । त्यसैले औद्योगीकरणलाई तीव्र र दिगो आर्थिक विकासको इन्जिन नै मान्ने गरिन्छ । तर, नेपालको अभ्यासमा हेर्ने हो भने औद्योगीकरणका दिशामा हामी निकै कमजोर सावित भएका छौं । 
नेपालमा औद्योगीकरणको आरम्भ भएको आठ दशक नाघिसकेको भए पनि हाम्रो औद्योगिक क्षेत्रले कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा केवल ६ प्रतिशतको मात्र योगदान राख्छ । कुनै समयमा जीडीपीको १९ प्रतिशत अंश पुगिसकेको निर्माण, उद्योग र विद्युत्, ग्यास तथा पानी क्षेत्र समेटिएको द्वितीयक क्षेत्रको योगदान अहिले १३.५ प्रतिशतमा झरेको छ । 
औद्योगिक क्षेत्रको योगदान कम हुँदै जानुमा अर्थव्यवस्थामा देखा परेको संरचनागत परिवर्तनले मात्र नभई नीतिगत कमजोरी, बजार र अन्य क्षमताजन्य कारणले पनि भूमिका खेलिरहेको छ । अर्को समस्या भनेको औद्योगीकरण र उद्यमशीलताबारे हाम्रो बुझाइले पनि यस क्षेत्रको विस्तारमा समस्या पारिरहेको छ । 
ठूला उद्योग–व्यवसाय स्थापना गर्न त हाम्रो क्षमता कमजोर होला, तर नेपालको अवस्था र परिवेशअनुकूलका घरेलु, साना तथा मझौला उद्योगहरूको स्थापना र विस्तारलाई पनि प्राथमिकता दिन नसकिएकै हो । विशेष गरी स्थानीय कच्चापदार्थमा आधारित उद्योग–व्यवसायको संरक्षण र प्रवद्र्धनका लागि जुन ढंगले राज्यले प्रवद्र्धनकारी भूमिका खेल्नुपर्ने थियो, त्यसमा चुक भएकै हो । 
सन् २००४ मा विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्यता लिएपछि हामीले आफ्नो बजार जुन ढंगले बहुराष्ट्रिय उत्पादनहरूका लागि आँखा चिम्लिएर खुला गरिदियौं, त्यही ढंगले आन्तरिक उद्योगधन्धाको संरक्षणका लागिसमेत नीति बनाउन सकेको भए चलिरहेका उद्योगहरू बन्द गर्नुपर्ने वा रुग्ण अवस्थामा सञ्चालन गर्नुपर्ने अवस्था आउने थिएन ।
औद्योगिक क्षमता विकासका लागि बहुपक्षीय दातृ संस्थादेखि विकसित देशहरूले समेत सहयोग गर्न सक्ने र अतिकम विकसित मुलुक भएको नाताले नेपालले त्यो सुविधा सहजै पाउन सक्ने अवस्था पनि थियो । डब्लूटीओको सदस्यता लिएका सुरुका वर्षहरूमा उद्यमी जन्माउनका लागि ‘बिजनेस इन्क्युबेसन’ प्रणाली स्थापना गर्ने बहसहरू पनि भएकै हुन् । 
विगत १२ वर्षमा नयाँ उद्यमी जन्माउने, भएका उद्यमीहरूको क्षमता विकास गर्नेजस्ता विषयमा संस्थागत पहल हुन नसक्नुमा सरकार र निजी क्षेत्र दुवै दोषी छन् । नेपालको आफ्नो बजार र सक्षमताअनुसार साना तथा मझौला उद्योगहरू नै हाम्रो औद्योगीकरणका आधार हुन सक्छन् र तिनलाई महिला उद्यमीले समेत सबल ढंगले नेतृत्व गर्न सक्छन् भन्ने घरेलु तथा साना उद्योगहरूको अनुभवबाट प्रमाणित भइ नै सकेको छ । 
यस्ता साना उद्यमीलाई मझौला उद्योग स्थापनाका लागि पुँजी जुटाउन ठोस नीतिगत पहल हुनुपर्ने खाँचो रहेको बैंकबाट प्रवाहित कर्जा विवरणले नै देखाउँछ । केवल ८ प्रतिशत महिला उद्यमीले मात्र बैंकबाट ऋण पाउन सकेको आँकडाले हाम्रो बैंकिङ प्रणाली र महिला उद्यमी दुवैको कमजोरी उजागर गर्छ । 
लघुवित्त र सहकारी संस्थाबाट ऋण लिएर घरेलु तथा साना उद्योग सञ्चालन गर्नेहरूमा महिलाको अनुपात उल्लेख्य छ, जसको ऋण भुक्तानी दरसमेत उच्च छ । त्यसको ठीक उल्टो मझौला तथा ठूला उद्योगमा ठूला बैंकबाट महिला उद्यमीले अति नै न्यून रूपमा ऋण पाउनुले बैंकहरूमा विश्वासकै कमी भएको देखाउँछ । 
उद्यमशीलताको क्षमता अभिवृद्धिका कार्यक्रमसहित महिला उद्यमीहरूलाई उद्योग–व्यवसाय खोल्न र सञ्चालन गर्ने वातावरण तयार पार्नका लागि सरकार र नेपाल राष्ट्र बैंक मिलेर ठोस नीति बनाउनुपर्ने बेला भइसकेको छ ।

संविधान संशोधन, स्वायत्तता र रोजगारी

केही वर्षअगाडि अमेरिकी राष्ट्रपति बाराक ओबामाले अमेरिकी संविधानका बारेमा भनेका थिए— “हाम्रो संविधान शक्ति देखाउने अस्त्र होइन, विकासको साझेदार हो ।” हामी संविधान संशोधनको तरखरमा छौं । एक वर्षभित्र समृद्धिको सन्दर्भमा देखिएका संवैधानिक समस्यालाई संशोधनमार्फत परिमार्जन गर्न सक्छौं । 
संविधानले धेरै कुराको व्यवस्था गरेको छ, तर स्थानीय निकायको आर्थिक स्वायत्ततालाई संकुचन पारेको छ । स्रोत–साधनको परिचालन र व्यवस्थापनमा दुईधारे नीति अपनाएको छ । यसले विवाद मात्र उत्पन्न हुने होइन, आर्थिक विकास पनि अवरोध हुन सक्छ । 
संविधानमा मौलिक हकका रूपमा रोजगारीको हक लेख्नु त्यति महत्वपूर्ण छैन जति रोजगार सिर्जना गर्नु । मुलुकमा रोजगार र लगानीको सुरक्षा भएन भने जस्तोसुकै आर्थिक नीति बनाइए पनि विकास सम्भव छैन । त्यसैले आर्थिक विकासलाई प्राथमिकतामा राखी आवश्यक परे संविधान संशोधन गर्न पछि पर्नु हुन्न । 
भारतको संविधान १ सय २२ र अमेरिकाको संविधान २६ पटक संशोधन भएर राष्ट्रिय अखण्डतामा कुनै प्रतिकूलता आएको छैन । यसर्थ राष्ट्रियताजस्तो संवेदनशील कुराको अनावश्यक विवाद झिकेर समृद्धिको मार्ग अवरोध गर्नु उचित होइन ।
केही वर्षदेखि केही युवाले साझेदारी फर्म दर्ता गराई विधिवत् फुड सप्लिमेन्ट, भिटामिन मिनरलको व्यवसाय व्यापार गर्दै आएका छन् । यो व्यवसाय पोषणयुक्त खाद्य एवम् सौन्दर्य सामग्रीको श्रेणीमा पर्छ, जसलाई खाद्य ऐन तथा नियमावलीले नियमन गर्छ । यसले लगभग ३० प्रतिशत राजस्वमा दिन्छ । 
कृषिजन्य वस्तुबाट निर्माण हुने प्रडक्टपूर्ण रूपले खाद्य नै हो भनेर परिभाषित पनि गरेको छ । हाम्रो खाद्य ऐन तथा नियमावलीले पनि यसलाई खाद्य ऐनकै मातहत नियमन गर्दै आएको छ । तर, केही महिनाअगाीड मात्र सरकारी निकायले सूचना निकालीे भिटामिन, मिनरललगायतलाई औषधिजन्य पदार्थको संज्ञा दिँदै कारोबारमा रोक लगायो । 
यसले गर्दा कैयौंका रोजगारी गुम्यो । सरकारले पाइरहेको लाखौं राजस्व पनि प्रभावित भयो । तर, यी भिटामिन मिनरल फुड सप्लिमेन्ट रहेकाले यसलाई औषधिका रूपमा मान्न मिल्दैन । औषधिको परिभाषा औषधि ऐनलगायत विभिन्न फर्माकोपियाले गरेका छन् । रोगको निदान गर्ने, दुखाइ कम गर्ने लगायतका वस्तु औषधि मानिएको छ । 
स्वास्थ्यमा लाभ पु¥याउने वस्तुलाई फुड सप्लिमेन्ट मानिएको छ । भारत, अमेरिका, बेलायत कुनै पनि फर्माकोपियाभित्र यसलाई औषधिका रूपमा राखिएको छैन । भिटामिन, मिनरल औषधि होइन । नेपालसँग आफ्नो फर्माकोपिया नै छैन । फर्माकोपियामा नपरेको वस्तु औषधि नहुने अन्तरराष्ट्रिय परिभाषा एवम् आधार हो । 
औषधि आयात एवं उत्पादन गर्दा ५ प्रतिशतभन्दा बढी कर नलिने हाम्रो कानुनी प्रावधान छ । केही वर्षसम्म नयाँ उद्योग करमुक्त पनि हुन्छन्, तर भिटामिन, मिनरलको आयात गर्दा ३० प्रतिशतजति राजस्व सरकारले लिन्छ । हामीकहाँ भएका उद्योगले अहिलेसम्म दिएको रोजगारीभन्दा बढी रोजगारी सानो समयमा यसले दिएको छ । 
यसको बजारमा माग पनि अत्यधिक छ । यसको अभावले एकाधिकार बढ्ने, महँगाइ बढ्ने तथा उपभोक्ताको अधिकारमा समेत आघात पुग्ने सम्भावना छ । तर, यो व्यवसाय सुचारुका लागि सरकारी तवरबाट खासै पहल देखिएन । यस क्षेत्रका युवाहरू निराश भएर घरमा बसेका मात्र छैनन्, लगानी डुबेकाले चिन्तित पनि छन् । 
यसले रोजगारीको स्रोत सुकाउनुका साथै रोजगारलाई बेरोजगार बनाएको र लगानीसमेत असुरक्षित पारेको अवस्था छ । यसबाट बाहिरी लगानीकर्तालाई त्रसित बनाउन सक्छ । आफ्नै नागरिकको लगानी सुरक्षित छैन भने अरू देशका नागरिकको लगानी कसरी सुरक्षित रहन सक्छ । यो प्रश्नले बाह्य लगानीलाई पनि अवरोध पार्न सक्छ । 
यो दृष्टान्तले मुलुकभित्र रोजगारी सिर्जना गर्ने, समृद्धिको मार्गलाई जोगाउने कुरामा असंवेदनशीलता रहेको पुष्टि हुन्छ । यस्तो अवस्थलालाई परिमार्जन नगरी हुन्न । यस्ता दर्जनांै दृष्टान्त छन् जहाँ नेतृत्व गम्भीर नहुँदा आर्थिक विकास अवरोध छ । वन–जंगल, जैविक सम्पदा, जलस्रोतलगायतको उचित व्यवस्थापन तथा परिचालनलगायतको अभाव छ । कृषिको वैज्ञानिकीकरण, रेमिट्यान्सको सदुपयोग, कर संकलन र सदुपयोग आदि पक्षमा गम्भीरताको अभाव देखिन्छ । 
संविधानले तय गरेको स्थानीय, प्रान्तीय र केन्द्रीय सरकारका कैयांै आर्थिक गतिविधिमा दोहोरो–तेहोरो अधिकार छ । यसलाई व्यवहारमा उतार्दा निकै कठिनाइ भोग्नुपर्ने देखिन्छ । कुनै विषयमा केन्द्रले कानुन बनाउने र प्रान्त तथा स्थानीय सरकारले उपभोग गर्ने अधिकार छ । यसले केन्द्र शासितसरहकै अवस्था सिर्जना हुन सक्छ । 
यसो गर्दा न त केन्द्रले राम्रोसँग काम गर्न सक्छ, न प्रान्त, न त स्थानीय सरकारले नै । स्थानीय व्यवस्थापिकालाई कानुन बनाउनेसम्मको अधिकार दिइएको छ, तर त्यसखाले संयन्त्रको अभाव छ । 
स्थानीय स्वायत्त शासन ऐन, २०५५ र नियमावली, २०५६ ले दिएको स्वायत्तत भन्दा कम स्वायत्तता संविधानले स्थानीय निकायलाई दिएको छ । यसले न त संघीयताको स्वाद मिल्छ, न त विकेन्द्रीकरणको नै । यसले पनि विकासमा अवरोध सिर्जना हुन्छ ।

वैदेशिक सहायता परिचालनका बाटा

हालै केन्याको नैरोवीमा सम्पन्न भएको विकास सहायता परिचालनका लागि अन्तरराष्ट्रिय सहकार्य विषयक दोस्रो उच्चस्तरीय बैठकका सबै एजेन्डाको सार आत्मनिर्भरतामै केन्द्रित थियो । नैरोवीका सबै एजेन्डामाथि भएका बहसको केन्द्रीय तर्क यही थियो । 
कुनै पनि देश आत्मनिर्भरताको बाटोमा अघि बढ्न चाहे पनि आवश्यकताहरूको असीमितता र विद्यमान साधन–स्रोतको सीमितता तथा बहुप्रयोगको सम्भावनाले गर्दा अन्तरनिर्भरताको परिबन्दबाट बाहिर निस्कन सक्दैन भन्ने तथ्यलाई सबै वक्ता तथा प्रस्तुतकर्ताहरूले भुलेको पाइयो । 
आत्मनिर्भरताको जति चर्को राप अलापे पनि अन्ततः विश्वव्यापी सहयोग, सहकार्य र लाभमा आधारित भाइचारा नै सबैको सहअस्तित्व र समृद्धिको मेरुदण्ड हो भन्ने साझा निष्कर्ष आयो । 
बैठकको सन्देश स्पष्ट थियो, रााष्ट्रिय अर्थतन्त्रहरूको पारस्परिक अन्तरनिर्भरताको बाध्यात्मक अवस्थाले नै विश्वव्यापीकरणको मान्यता बढेको र आर्थिक उदारीकरणको सिद्धान्तको आविर्भाव भएको हो । वर्तमान विश्वमा वैदेशिक सहायता नै पारस्परिक अन्तरनिर्भरताको बाध्यात्मकतालाई सहज बनाउने एक उपाय हो । 
विकास सहायताको प्रभावकारी परिचालनमा नैरोवी बैठकका समसामयिक कार्यसूची केन्द्रित गरिए । यस बैठकका निष्कर्ष तथा रायहरू पनि नेपालजस्ता पछाडि परेका अल्पविकसित देशको उन्नयनमा नै समर्पित भए । 
केन्याको नैरोवीमा सम्पन्न अन्तरराष्ट्रिय बैठकले विकास सहायताको परिचालनको विषयमा महत्वपूर्ण निष्कर्षहरू निकालेको छ । विकास सहायताको प्रभावकारी परिचालनमा लामो समयदेखिका विश्वव्यापी प्रयासको पछिल्लो श्रृंखलाका रूपमा यो बैठक भएको हो । 
विभिन्न सूक्ष्म बैठक र कार्यदलस्तरका छलफलपछि यस बैठकले प्रतिबद्धता–पत्र पनि जारी गरेको छ । विकासका विश्वव्यापी साझा लक्ष्यहरूको प्राप्तिमा सबै राष्ट्रहरूबीच उद्धेश्यहरूको एकात्मकता, आपसी अन्तरनिर्भरता र उत्तरदायित्वको भावनालाई नैरोवी बैठकले थप जोड दिएको छ । 
प्रभावकारी विकास सहायताका लागि समावेशीकरण, आपसी विश्वास र सिर्जनशीलताको खाँचो छ भने विकास साझेदारहरूले राष्ट्रिय नीति तथा रणनीतिहरू र विकासको नतिजा खाकालाई सम्मान गरी सोहीबमोजिम विकास सहायताको परिचालनमा प्रतिबद्ध हुनुपर्ने आवश्यकता हुन्छ । 
दिगो विकासका लागि दाता निकाय तथा प्रापक राष्ट्रहरूको बीचमा शास्त्रीय सम्बन्धको साटो विकासमा सबैको भूमिका समान हुनुपर्ने मान्यतालाई नैरोवी बैठकले जोड दिएको छ । सहायताको मात्राभन्दा यसले ल्याउने परिणाम र पार्ने दीर्घकालीन असरलाई बढी महत्व दिने परिपाटीको पक्षमा सर्वसहमति देखियो । 
विकासले मूलतः नागरिक, पृथ्वी, प्रगति र शान्तिजस्ता चार पक्षहरूमा जोड दिनुपर्ने र अबको विकासको ध्येय र गन्तव्य पनि यी चार पक्ष हुनुपर्ने निष्कर्षमा सबैको मतैक्य रहेको छ । समानतामा आधारित विकासका लागि वातावरणीय दिगोपना, मानवअधिकार, सम्मानजनक काम, लैंगिक समानताजस्ता विषयलाई सबै राष्ट्रिय कार्यसूचीको अंग बनाउनुपर्ने, पारस्परिक उत्तरदायित्वका लागि प्रभावकारी अनुगमनका खाकाको कार्यान्वयन गर्नुपर्ने र सबै खालको भेदभावको अन्त्य गरी विकासशील देशहरूले विकासको प्राथमिकतामा आफैं स्वामित्व लिन सक्नुपर्ने, नतिजामुखी विकास, समावेशयुक्त विकास साझेदारी र उत्तरदायित्व तथा पारदर्शिताजस्ता चारवटा सैद्धान्तिक मान्यतालाई आत्मसात् गर्नुपर्नेमा यस बैठकको जोड रहेको छ ।

यसरी हुन सक्छ सम्बृद्धि

 निरु अर्याल
मुलुकमा वर्तमान अवस्थामा संघीयताको बहस गहन ढंगले चलिरहेको छ, जसमा भौगोलिक क्षेत्रहरूको बाँडफाँड, सीमांकन, नामांकनलगायतका सवालहरू दिनानुदिन पेचिलो बन्दै गइरहेको देखिन्छ । यसको व्यवस्थापन सही समयमा र सही ढंगले हुन सकेन भने यसले समाज अनि राष्ट्रलाई प्रगति र समुन्नतिको पथमा डो¥याउन सकिन्न । 
विकासको अभियानमा विरोध, बन्द र आन्दोलनको संस्कृतिले मुलुकलाई अग्रता दिँदैन; तसर्थ विकास संस्कृतिको थालनी गर्नुपर्छ । विकास संस्कृतिअन्तर्गत आआफ्नो काम, कर्तव्यको जिम्मेवारी, कामप्रतिको समर्पणभाव, नवप्रवर्तनप्रति रुचि, उद्यमशीलताको लगाव, सम्बन्धित सरोकारवालाहरूबीच आपसी विश्वास, सद्भाव र समन्वय आदि पर्छन् । त्यस्तै विकास सम्बन्धमा सार्वजनिक र निजी क्षेत्रको सकारात्मक र सहभागितामूलक अवधारणा आदि पर्छन् ।
वर्तमान संविधानले अर्थतन्त्रमा सरकारी क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्रलाई आर्थिक विकासको प्रमुख शक्तिका रूपमा स्थापित गरेको छ । यसका लागि राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र र उन्नतिशील बनाउने लक्ष्य लिइएको छ । आर्थिक क्षेत्रमा जनताको सहभागिता सुनिश्चित हुँदा समाजवादउन्मुख समाज निर्माणको अवसर प्राप्त हुन जान्छ । संविधानमा आर्थिक पक्ष समावेश हुनु यसको सुन्दर पक्ष हो भने यसको सशक्त कार्यान्वयन गर्दै जानु सुनमा सुगन्ध हुनेछ । 
आर्थिक वर्ष ०७२/७३ मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ०.७७ प्रतिशत थियो । कृषिक्षेत्रको वृद्धि न्यून रहेको, भूकम्पको प्रभावबाट गैरकृषिक्षेत्रका गतिविधि बढी प्रभावित भएका र सीमा नाकामा भएको अवरोधबाट आपूर्ति व्यवस्थामा भएको असहजताका कारण अघिल्लो वर्षभन्दा आव ०७२/७३ मा आर्थिक वृद्धिदर अझ न्यून रहन गएको हो । 
मुलुकमा उद्यमशीलता र विकासे संस्कृतिको प्रवद्र्धन हुन नसकेको कुरा घामजत्तिकै छर्लङ्ग छ । विगत १० वर्षमा हाम्रो मुलुकको आर्थिक वृद्धिदर करिब ४ प्रतिशत मात्र छ । यसरी न्यून स्तरको आर्थिक वृद्धिदरले सन् २०२२ सम्ममा विकासशील राष्ट्रमा स्तरोन्नति गर्ने मुलुकको लक्ष्य हासिल गर्न कठिन हुनेछ; तसर्थ आर्थिक वृद्धिदरलाई वृद्धि गर्न जिम्मेवार पक्षहरू संवेदनशील हुनु आवश्यक छ । 
हरेकजसो व्यक्तिलाई जतिबेला आत्मनिर्भर बनाई रोजगारीको अवसर प्रदान गरिन्छ तब उद्यमशीलताको विकास गर्न सकिन्छ । जब उत्पादनका साधनहरू श्रम, पुँजी, कच्चापदार्थ, भूमि आदि क्रियाशील हुन्छन् तब यसले उत्पादन बढाउन सहयोग पु¥याउँछ । उत्पादनमा भएको वृद्धिले प्रभावकारी माग, आम्दानी, खर्च, लगानी, बचत र शोधनान्तरजस्ता समष्टिगत आर्थिक परिसूचकहरूमा सकारात्मक परिवर्तन आउन थाल्छ । फलस्वरूप मुलुक बिस्तारै विकासको मार्गमा अगाडि बढ्न थाल्छ । 
निम्न आय वर्गका व्यक्तिहरूले रोजगारी प्राप्त गरी आय बढ्नाले जीवनस्तर बढ्ने, प्रभावकारी माग बढ्ने र यसले उत्पादन बढाउन अभिप्रेरित गर्छ । निम्न आय वर्गका व्यक्तिहरूले रोजगारी प्राप्त गरेर उनीहरूको उत्पादन बढेर आर्थिक वृद्धि भयो भने त्यसबाट अवश्य नै आर्थिक वृद्धि दिगो र फराकिलो हुन्छ । 
आर्थिक वृद्धि उत्पादनका साधनहरूको प्रभावकारी उपयोगसँग सम्बन्धित छ । उत्पादनका साधनहरूमध्येको सक्रिय साधन श्रम ऊर्जा अर्थहीन आन्दोलनमा होमिएका छन् । यसरी खेर गइरहेको श्रम ऊर्जालाई प्रतिफलमूलक निर्माणकार्य सडक, सिँचाइ, जलविद्युत्, कृषि, पर्यटनजस्ता उत्पादनशील कार्यमा लगाउन सकियो भने अवश्य पनि सकारात्मक परिणाम प्राप्त गर्न सकिन्छ । 
राष्ट्रिय अठोटका साथ पूर्वाधार निर्माणमा अधिकतम जनपरिचालन गर्नाले देशमा जातीय, क्षेत्रीय र भाषिक विभाजनका लागि खेर गइरहेको ऊर्जासमेत आर्थिक विकासको अभियानमा समाहित हुन्छन् । पूर्वाधार निर्माणपश्चात् त्यस क्षेत्रमा बैंक, बिमा, विद्यालय, स्वास्थ सेवा, होटल व्यवसायलगायत अन्य आर्थिक कारोबारहरू फस्टाउँदै जान्छन् । 
यसरी श्रम ऊर्जाले उद्यमशील बन्ने अवसर पाउँदा यसले व्यक्ति, समाज र राष्ट्रलाई आर्थिक लाभ पु¥याउ‘छ । विद्यमान श्रमशक्तिलाई रोजगारीको अवसर प्रदान गरी उसको दक्षता र क्षमता वृद्धि गर्न आवश्यक सीप र तालिमको अवसर प्रदान गर्नुपर्छ । बाह्य रोजगारीमा गई पुँजी, सीप, प्रविधि, ज्ञान र अनुभव आर्जन गरी फर्किआएका श्रमिकलाई समेत स्वदेशमै काम गर्ने अवसर प्रदान गर्नु आवश्यक छ । 
यसका लागि मुलुकमा आवश्यक लगानीमैत्री वातावरण निर्माण गर्नुपर्छ । जब सम्पत्ति र लगानी सुरक्षाको प्रत्याभूति हुन्छ तब मात्र लगानीयोग्य वातावरण निर्माण हुन जान्छ । यसरी मुलुकमा लगानीमैत्री र व्यावसायिक वातावरणको निर्माण भए मात्र अर्थतन्त्र क्रियाशील, चलायमान र गतिशील हुन पुग्छ । 
सुरक्षित व्यावसायिक वातावरणमा मात्र आर्थिक अवसरहरू सिर्जना हुन थाल्छन् । व्यक्तिहरूले रोजगारीको अवसर प्राप्त गर्छन् । आय बढ्न गई जनताको जीवनस्तर बढ्छ । श्रमिकको दक्षता अभिवृद्धि भएमात्र उत्पादन र उत्पादकत्व वृद्धि गर्न सकिन्छ । उत्पादकत्वको वृद्धिबाट कुल गार्हस्थ्य उत्पादन अर्थात् राष्ट्रिय आय बढ्छ अनि आर्थिक वृद्धि हुन्छ र अन्ततोगत्वा मुलुक आर्थिक समृद्धिको बाटोमा अगाडि बढ्न थाल्छ ।
आमजनतालाई आर्थिक विकासको अभियानमा जनसहभागिताको अवसर प्रदान गर्नाले आर्थिक असमानताको कारण सिर्जना हुने द्वन्द्व व्यवस्थापन गर्न मद्दत मिल्छ । हरेक तह र तप्काबाट आआफ्ना अधिकारको खोजी फराकिलो ढंगले गरिएको छ भने हरेकले निर्वाह गर्नुपर्ने कर्तव्य र दायित्वको पाटो साघुरिँदै गएको पाइन्छ । 
एउटा शाश्वत सत्य के हो भने हरेक व्यक्तिको कर्तव्य र दायित्वरूपी कल्पवृक्षमा अधिकाररूपी स्वादिष्ट फल सहजतापूर्वक प्राप्त गर्न सकिन्छ ।

विकास साझेदारसँग दाहाल सरकारको पहिलो बैठक, पुनर्निर्माणमा सघाउन आग्रह

निरु अर्याल
काठमाडौंः सरकारले पुनर्निर्माणका कार्यक्रममा सघाउन स्थानीय विकास साझेदारहरूसँग आग्रह गरेको छ । मुलुकमा राजनीतिक मुद्दा टुंगिने चरणमा रहेको भन्दै दाताहरूसँग सरकारले अब लगानी बढाउन आग्रह गरेको हो । 
पुष्पकमल दाहाल नेतृत्वमा सरकार गठन भएपछि पहिलोपटक बसेको स्थानीय विकास साझेदार (लोकल डेभलपमेन्ट पार्टनर)सँगको बैठकमा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले दातृ निकायसँग थप सहयोगको अपेक्षा गरिएको बताए । उनले नेपालको विकासमा दाताको सहयोग सराहनीय रहेको भन्दै थप सहयोग गर्न आग्रह गरेका हुन् । 
आर्थिक विकासका लागि सरकार निजी क्षेत्रलाई साथमा लिएर अघि बढिरहेको र प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन पनि पहल गरिरहेको उनले स्पष्ट पारे । “यो सरकार निजी क्षेत्रलाई प्रोत्साहन गर्न र वैदेशिक लगानी भित्र्याउन प्रतिबद्ध छ, त्यसैले तपाईंहरू ढुक्क हुनुस् र नेपाललाई सहयोग गर्नुस्,” उनले भने ।
दाताहरूले भने विदेशी कम्पनीको लगानीमा निर्णय गर्न ढिलाइ भएको, सरकार राजनीतिक मुद्दामा अल्झिएर विकास बजेट खर्च गर्न नसकेको, लगानीकर्ताले भिसा प्रणालीमा अनेकौं झन्झट बेहोर्नुपरेको जस्ता गुनासा गरेका थिए । प्रत्युत्तरमा मन्त्री महराले लगानीको वातावरणमा सुधार आएको भन्दै दाताहरूलाई हतोत्साहित नहुन आग्रह गरे ।
“वैदेशिक सहायता पहिचान गर्ने सन्दर्भमा कुनै पनि समस्या नआओस् भन्नेमा सरकार प्रतिबद्ध छ,” उनले भने, “समस्या आउन नदिन हामीले अधिकतम प्रयास गरिरहेका छौं ।” महराले संक्रमणकालीन समस्याले गर्दा द्रुत गतिमा विकास निर्माणको काम हुन नसकेकोमा आफू पनि चिन्तित रहेको बताउँदै पुनर्निर्माणमा सघाउन दाताहरूलाई आग्रह गरे । 
“विकास निर्माणका काममा भइरहेको ढिलासुस्तीप्रति म आफैं पनि चिन्तित छु,” उनले भने, “पुनर्निर्माणमा पर्याप्त स्रोतको आवश्यकता पर्छ, यसमा तपाईंहरूले साथ दिनुहुनेछ भन्नेमा म विश्वस्त छु ।” । उनका अनुसार सरकारले तत्काल प्रतिफल प्राप्त गर्ने खालका नमुना परियोजना सुरु गर्ने तयारीमा छ । 
अर्थसचिव डा. शान्तराज सुवेदीले प्राविधिक कारणले गर्दा मुलुकले द्रुत रूपमा विकास निर्माणका योजना अघि बढाउन नसकेको दाबी गर्दै बजेट कार्यान्वयनमा अर्थ मन्त्रालय सक्रिय भएर लागेको जानकारी दिए । “राजनीतिक र प्राविधिक कारणले दाताहरूप्रति पर्न गएको असुविधाप्रति हामी संवेदनशील छौं,” उनले भने, “कानुनी झन्झट र सहज वातावरण बनाउन हामी हाम्रो तर्फबाट प्रयास गरिरहेका छौं ।” 
पुनर्निर्माणमा भइरहेको ढिलाइप्रति सरकार गम्भिर रहेको र समयमै बजेट खर्च गराउन मन्त्रालयहरूलाई ताकेता गरिरहेको जानकारी पनि उनले गराए । दाताहरूले जलविद्युत्, शिक्षा, स्वास्थ्य पुनर्निर्माणमा सहयोग गर्न आफूहरू इच्छुक रहेको र अनुकूल वातावरण भए लगानी विस्तार गर्ने बताएका थिए । 
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले अर्थतन्त्रका परिसूचकहरू सकारात्मक हँुदै गइरहेको जानकारी गराए । “हाम्रो लागि सबैभन्दा ठूलो चुनौती भनेको व्यापारघाटा नै हो,” उनले भने, “लगानी विस्तार गरेर उत्पादन बढाउन सकियो भने व्यापारघाटा पनि न्यूनीकरण हुनेछ ।” उनले पूर्वाधार विकासमा दाताको सहयोग अपरिहार्य रहेको भन्दै पछिल्ला परिसूचकले समेत सहज वातावरण बनेको पुष्टि हुने दाबी गरे ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले ठूला परियोजनामा दाताहरूको लगानी अपरिहार्य रहेको भन्दै पुनर्निर्माणमा सघाउन आग्रह समेत गरे । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले पुनर्निर्माणमा स्थानीय समस्याको समाधान गर्न आफूहरू लागिपरेको जानकारी गराए ।

नेपाली उद्योगको उत्पादन क्षमता निरन्तर घट्दै

काठमाडौंः
 नेपालमा सञ्चालित विभिन्न उद्योगको उत्पादन क्षमता ह्रास हुँदै गएको छ । मुलुकमा देखिएको राजनीतिक अस्थिरता, ऊर्जा संकट, विभिन्न बहानामा सिर्जित बन्द–हड्ताल, ०७२ वैशाखमा गएको विनाशकारी भूकम्प र गत वर्ष लामो समय कायम सीमा अवरोधका कारण उत्पादन क्षमतामा ह्रास हुँदै गएको हो ।
नेपाल राष्ट्र बैंकले गरेको आर्थिक वर्ष ०७२/७३ को आर्थिक गतिविधि अध्ययनले गत आर्थिक वर्षमा नेपालमा सञ्चालित उद्योगको कुल उत्पादन क्षमता ४८.२ प्रतिशत रहेको देखाएको छ । त्यसअघिको वर्षमा यस्तो क्षमता ५२.७ प्रतिशत थियो ।
गत वर्ष उत्पादन क्षमता घट्नुमा लामो अवधिसम्म जारी बन्द–हड्ताल तथा सीमा अवरोधका कारण अत्यावश्यक इन्धन एवं कच्चा पदार्थको आपूर्ति प्रभावित हुँदा उद्योगको क्षमता उपयोगमा ह्रास आएको राष्ट्र बैंकले दाबी गरेको छ । त्यसैगरी, ०७२ वैशाखमा गएको भूकम्पबाट केही उद्योगमा क्षति पुगेको र भूकम्पपछि सर्वसाधारणमा अत्यावश्यक वस्तुबाहेक अन्य उत्पादनहरू खरिद गर्न कम रुचीका कारण समग्र मागमा कमी आई उद्योगको क्षमता उपयोग प्रभावित भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
विवरणअनुसार यसअवधिमा तयारी कपडा, पश्मिना, औषधि र प्लास्टिकजन्य वस्तुको उत्पादन केही मात्रामा बढेको छ । तर, वनस्पति घ्यू तथा तेल, अन्य खाद्य पदार्थ, पेय पदार्थ, दुग्ध पदार्थ, सुर्तीजन्य वस्तु, कागज, सिमेन्ट, फलामको छड तथा पत्ति र घरेलु धातुका सामानको उत्पादनमा ह्रास आएको छ ।
गत वर्ष सञ्चालित उद्योगमध्ये सबैभन्दा बढी क्षमता उपयोग पश्मिना उद्योगको छ । ती उद्योगको उत्पादन क्षमता ८८ प्रतिशत छ भने त्यसपछि बढी उत्पादन क्षमता उपयोग हुनेमा चाउचाउ ८३.३ प्रतिशत, बिजुलीको तार ७२.५६ प्रतिशत छ ।
गत वर्ष सबैभन्दा कम क्षमता उपयोग गर्ने उद्योगमा चामल उद्योग १३.६ प्रतिशत छ । त्यसपछि कम क्षमता उपयोग गर्ने उद्योगमा फलामको रड उत्पादन गर्ने उद्योग १९.८२ प्रतिशत र हल्का पेय पदार्थ उत्पादन गर्ने उद्योग २३.१६ प्रतिशत छ । यसअवधिमा टायर तथा ट्युबको उत्पादन पूर्णरूपले बन्द भएको राष्ट्र बैंकले उल्लेख गरेको छ ।
राष्ट्र बैंकले उत्पादन क्षमता बढाउन ऊर्जा समस्याको दीर्घकालीन समाधान, आवश्यक पूर्वाधारको विकास, उद्योगहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि, व्यवसायी एवं श्रमिकबीच सुमधुर श्रम सम्बन्ध स्थापना तथा औद्योगिक पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिएको छ ।
यी विषयमा वर्षौंदेखि राजनीतिक तथा व्यवासायीकस्तर छलफल र चर्चा भए पनि कार्यान्वयन पक्ष फितलो हुँदा औद्योगिक क्षमतामा ह्रास आइरहेको छ । तुलनात्मक लाभका वस्तु भनि पहिचान गरिएका वस्तुको समेत लागत प्रभावी उत्पादन नहुँदा समस्या बढ्दै गएको राष्ट्र बैंकले जिकीर गरेको छ ।
नयाँ संविधान जारी भएपछि सिर्जित नीतिगत अन्योलताको अन्त्य नहुँदा उद्योगी÷व्यवसायीमा लगानीका लागि मनोबल बढ्न नसक्नु र राजनीतिको आड चन्दा आतंक कायम रहनुले औद्योगिक उत्पादन प्रभावित हुन पुगेको छ ।
राष्ट्र बैंकले विगत चार वर्षदेखि मुख्य ४७ जिल्लालाई समेटेर आर्थिक गतिविधि अध्ययन गर्ने गरेको छ ।

विदेशी लगानीलाई सुविधाको प्रस्ताव स्वदेशी उद्योगीलाई अमान्य

बिदेशी लगानी तथा प्रबिधी हस्तान्तरणको संसोधित बिधेयक मन्त्री परिषदमा लगिदै
पुस ४, २०७३ काठमाडौं : उद्योग मन्त्रालयले विदेशी लगानी सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई मन्त्रिपरिषद्‍मा पठाउने तयारी गरेको छ। विधेयक मन्त्रिपरिषदमा पठाउनुअघि अन्तिम रुप दिन सोमबार मन्त्रालयले सरोकारवालासँग पुन: धारणा लिएको छ। पर्याप्त लगानीको सम्भावना हुँदाहुँदै पनि वैदेशिक लगानी न्युन आएकाले ऐनलाई सरलीकृत गर्ने योजना रहेको उद्योग मन्त्री नवीन्द्रराज जोशी बताउँछन्। 'देशभित्र पर्याप्त लगानीको सम्भावना छन्, तर हाम्रा युवाहरु कामको खोजीमा खाडी गइरहेका छन् त्यसैले पनि वैदेशिक लगानीलाई आकर्षण गरी स्वदेशमै लगानी मैत्री वातावरण बनाउन ऐन संशोधनको अन्तिम तयारीमा छौं' उनले भने। विधेयकको मस्यौदामा विदेशी लगानीको लागि सीमा नतोकिने, विदेशी कम्पनीले उद्योग बन्द गर्न चाहेमा तत्कालै आफ्नो सेयर लैजान र उद्योग बन्द गर्न सक्ने, लगानीको क्षेत्र विस्तार, जग्गाको प्राप्ती लगायतका विषयमा सरलीकरण गरिएको छ। उद्योग बन्द गरी सहज बहिर्गमनको लागि पनि सरलीकरण गरिएको छ। विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्न स्वदेशी लगानीकर्ता समान व्यवहार गरिने, स्वच्छ र न्यायोचित व्यवहार गरिने जस्ता विषय पनि विधेयकको मस्यौदामा समेटिएको छ। विदेशी लगानीकर्ताले लगानी गर्ने क्षेत्रको समेत विस्तार गरिएको छ।
Read more at: http://www.thahakhabar.com/news/7179
 पुस ४, २०७३ काठमाडौं
उद्योग मन्त्रालयले विदेशी लगानी सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई मन्त्रिपरिषद्‍मा पठाउने तयारी गरेको छ। विधेयक मन्त्रिपरिषदमा पठाउनुअघि अन्तिम रुप दिन सोमबार मन्त्रालयले सरोकारवालासँग पुनस् धारणा लिएको छ। पर्याप्त लगानीको सम्भावना हुँदाहुँदै पनि वैदेशिक लगानी न्युन आएकाले ऐनलाई सरलीकृत गर्ने योजना रहेको उद्योग मन्त्री नवीन्द्रराज जोशी बताउँछन्। ुदेशभित्र पर्याप्त लगानीको सम्भावना छन्, तर हाम्रा युवाहरु कामको खोजीमा खाडी गइरहेका छन् त्यसैले पनि वैदेशिक लगानीलाई आकर्षण गरी स्वदेशमै लगानी मैत्री वातावरण बनाउन ऐन संशोधनको अन्तिम तयारीमा छौ उनले भने।
विधेयकको मस्यौदामा विदेशी लगानीको लागि सीमा नतोकिने, विदेशी कम्पनीले उद्योग बन्द गर्न चाहेमा तत्कालै आफ्नो सेयर लैजान र उद्योग बन्द गर्न सक्ने, लगानीको क्षेत्र विस्तार, जग्गाको प्राप्ती लगायतका विषयमा सरलीकरण गरिएको छ। उद्योग बन्द गरी सहज बहिर्गमनको लागि पनि सरलीकरण गरिएको छ। विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्न स्वदेशी लगानीकर्ता समान व्यवहार गरिने, स्वच्छ र न्यायोचित व्यवहार गरिने जस्ता विषय पनि विधेयकको मस्यौदामा समेटिएको छ। विदेशी लगानीकर्ताले लगानी गर्ने क्षेत्रको समेत विस्तार गरिएको छ।
स्वदेशी उद्योगी व्यवसायीको चिन्ता
 सरकारले विदेशी लगानी आकर्षित गर्न ऐन नै संशोधनको तयारी गरेका बेला स्वदेशी उद्योगी व्यवसायीहरुले भने आफूहरुलाई निरुत्साहित गर्न खोजेको गुनासो गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका थोरै लगानीमा सञ्चालन हुन सक्ने उद्योगमा समेत विदेशी लगानी भित्र्याउने गरी ऐनको मस्यौदा गरिएको र यही व्यवस्था पारित भए स्वदेशी लगानीकर्ता विस्थापित हुने बताउँछन्। थोरै लगानीमा सञ्चालन हुन सक्ने उद्योगमा समेत विदेशी लगानी भित्र्याउने गरी ऐनको मस्यौदा गरिएको छ, यही व्यवस्था पारित भए स्वदेशी लगानीकर्ता विस्थापित हुन्छन् ुऐनको मस्यौदामा साना तथा मझौला उद्योगमा समेत विदेशी लगानी ल्याउन सकिने व्यवस्था रहेको छ, यसले सानो लगानीमा सञ्चालन भएको स्वदेशी उद्योग विस्थापित हुने खतरा छु मुरारकाले भने। उनले विदेशी लगानी ल्याउनुपर्ने क्षेत्रमा खुल्ला रुपमा लगानी भित्र्याउनुपर्ने र लगानीको आवश्‍यकता नपर्ने क्षेत्रमा पूर्ण रुपमा बन्द गर्नुपर्ने बताए। अर्थविद डा  पोषराज पाण्डे सरकारले तयार पारेको ऐनको मस्यौदामा विदेशी लगानीकर्तालाई नेपालीलाई भन्दा बढी सुविधा दिएको बताउँछन्। ुनेपाली इन्भेष्टरलाई भन्दा बढी सुविधा विदेशी इन्भेष्टरलाई दिन खोजिएको छ, यसरी बढी सुविधा दिइएमा स्वदेशी लगानीकर्ता निरुत्साहित भई नकारात्मक प्रभाव पार्नेछ। उनले विदेशी लगानीकर्तालाई दिइएको सुविधासँगै दायित्व पनि बढाउनुपर्ने धारणा राखे। ुसबै कुरामा सुविधा वृद्धि गर्ने तर उनीहरुको दायित्व केही नुहने हुदैन। सुविधासंगै संस्थागत दायित्वमा पनि बाँध्नु पर्छु साउथ एशिया वाच वन ट्रेड इकोनमिक्स एण्ड इन्भाइरोमेन्ट ९सावती० का कार्यकारी अध्यक्ष समेत रहेका पाण्डेले भने। ऐनको मस्यौदामा विदेशी लगानीकर्ताका लागि लगानीको सीमा नतोक्दा आगामी दिनमा नकारात्मक प्रभाव पर्न सक्ने विमा समितका अध्यक्ष फत्तबहादुर केसी बताउँछन्। ुलगानी नै नल्याउने तर लगानी नगरी पैसा मात्रै लाने व्यवसाय समेत सञ्चालन गरिएको छ, अहिले जीवन विमाको स्थिति यस्तै छ, व्यवसाय हरेर लगानीको सीमा तोक्नु पर्छ अन्यथा यसले नकरात्मक प्रभाव पार्ने छु केसीले भने।
के भन्छन् साना लगानी कर्ता
 साना लगानीकर्ताहरु विदेशी लगानी सम्बधी ऐनको मस्यौदाले आफुहरुलाई निरुत्साहित पार्न खोजेको बताउँछन्। ुहामीलाई निरुत्साहित गर्न खोजिएको छ साना तथा मझौला उद्योगमा समेत विदेशी लगानी ल्याउँदा सबै साना उद्योगी विस्थापित हुनेछन्, हामीलाई प्रविधिको आवश्‍यकता हो लगानीको हैनु इट्टा उद्योग संघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले भने। नेपाल शैक्षिक परामर्श संघ ९इक्यान० का अध्यक्ष राजेन्द्र बरालले शिक्षामा समेत विदेशी लगानी भित्र्याउन दिएर स्वदेशी पूँजी पलायन गर्न ऐन सहयोगी बन्न सक्ने तर्क गर्छन्। सरकारले माध्यमिक तहको शिक्षालाई निशुल्क गर्ने, अर्कोतर्फ शिक्षामा विदेशी लगानी भित्र्याउनका लागि ऐन सहजीकरण गर्ने, के सरकारले आफ्ना नागरिकलाई पढाएको पैसा विदेशीलाई दिएर पूँजी पलायन गराउन खोजेको होरुु बरालले प्रश्न गरे। मदिरा व्यवसायीहरुले समेत मदिराजन्य उद्योगमा विदेशी लगानी नभित्र्याउने गरी ऐन बनाउन सुझाव दिएका छन्।
ऐनमा के के प्रस्ताव गरिएको छ ??
विदेशी लगानीकर्ताका सुविधारु
लगानीको क्षेत्र वृद्धि विदेशी लगानीको क्षेत्र वृद्धि,
जग्गाको हदबन्दी नलाग्ने,
नाफा विदेश लैजान पाउने,
बीचैमा उद्योग बन्द गर्न वा सेयर फिर्ता लैजान पाउने लगायतका सुविधा छन्।
 विदेशी लगानी सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयककमा विदेशी लगानी कर्तालाई १३ वटा क्षेत्रमा मात्र लगानी प्रतिबन्ध लगाइएको छ।जबकी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले सुरुमा २७ वटा क्षेत्रमा विेदेशी लगानी गर्न बन्देज गरेको थियो। ऐनको पहिलो संशोधन २०५२ ले १८ वटा क्षेत्रमा मात्रै लगानी स्वीकृतिमा बन्देज लगाएको थियो। तर अहिले त्यसलाई पनि घटाएर १३ मा झारिएको हो। त्यस्तै २० करोड भन्दा बढी लगानी भएका कुखुरापालन, मत्स्य पालन, वा मौरीपालन उद्योगमा समेत विदेशी लगानी खुल्ला गरेको छ। दुई भन्दा बढी देशमा व्यवसाय सञ्चालन गरेको ५० करोड रुपैयाँ भन्दा बढी लगानीमा हुने व्यापारमा समेत लगानी लगानी खुल्ला गरिएको छ।
  •  २ जग्गाको हदबन्दी नलाग्ने विदेशी लगानीको अनुमति प्राप्त कम्पनीले कुनै पनि आयोजना कार्यान्वयन गर्नको लागि लिइने जग्गामा हदबन्दी नलाग्ने व्यवस्था गरिएको छ। 
  • ३ आर्जित रकम फिर्ता लैजान मिल्ने विदेशी कम्पनीले आर्जित मुनाफा जुन विदेशी मुद्रामा लगानी गरेको हो सोही मुद्रामा नेपाल बाहिर फिर्ता लैजान सक्ने व्यवस्था गरिएको छ। विदेशी लगानीको शेयर बिक्रीबाट पर्याप्त रकम, मुनाफा र लाभांश वापतको रकम, सावा वा व्याजको भुक्तानी वापतको रकम, लगानीको निक्षेप वा सीमा आर्जित व्याज, लिज भाडाको रकम, पारिश्रमिक वा सुविधा वापतको ७५ प्रतिशत रकम सहजै फिर्ता लैजान सक्ने व्यवस्था गरिएको छ।
  •  ४ जग्गा प्राप्त गर्ने सम्बन्ध ऐनले जग्गा प्राप्तिमा समेत सहजीकरण गरेको छ। विदेशी लगानी स्वीकृति भएको कम्पनीले आफ्नो आयोजना कार्यान्वयनका लागि आफैले जग्गाधनीबाट खरिद गर्न वा नसकेमा आवश्‍यक प्रक्रिया पुरा गरी सरकारले प्राप्त गरिदिनु पर्ने व्यवस्था गरिएको छ। 
  • ५ प्रवेशाज्ञाको व्यवस्था लगानीकर्तालाई प्रोत्साहन गर्न गैर पर्यटक र व्यावसायिक प्रवेशाज्ञाको व्यवस्था गरिएको छ। अध्ययन, अनुसन्धान वा सर्वेक्षण गर्न आउने नागरिकलाई, अनुमति प्राप्त व्यवस्थापक, प्राविधिक र कामदारलाई साथै लगानीकर्ताका आश्रित परिवारका सदस्यलाई गैर पर्यटक प्रवेशाज्ञाको व्यवस्था गरिएको छ। विदेशी लगानीकर्ता वा लगानीकर्ताको प्रतिनिधि, व्यक्तिगत लगानीकर्तालाई लगानीकर्ता वा प्रतिनिधि र परिवारको सदस्यलाई व्यवसायी प्रवेशाज्ञा दिइनेछ। यस्तो प्रवेशाज्ञाको प्रत्येक ५ वर्षमा नवीकरण गरे पुग्नेछ। 
के हुन् लगानी गर्न अयोग्य क्षेत्र 
  मस्यौदामा १३ वटा क्षेत्रसँग सम्बन्धित उद्योग व्यवसायमा विदेशी लगानीलाई बन्देज लगाइएको छ।
  1.  लघु उद्योग वा परम्परागत घरेलु उद्योग 
  2. हात हतियार खरखजना गोली वारुद वा विष्फोटन पदार्थ उत्पादन गर्ने उद्योग 
  3. मुद्रा सिक्का व्यवसाय वा सुरक्षण मुद्रण उद्योग 
  4. घर जग्गा खरिद बिक्री व्यवसाय
  5.  वित्तीय व्यापार बाहेक ५० करोड भन्दा कम लगानीका खुद्रा व्यवसाय
  6.  पर्यटनमा संलग्न गाइड भरिया भान्से उपलव्ध गराउने पर्यटन उद्योग
  7.  २० करोड रुपैयाँ भन्दा कम लगानीका कुखुरा मत्स्य पालन वा मौरी उद्योग 
  8. २० करोड भन्दा कम लगानीका प्राथमिकताका कृषि उद्योगमा
  9.  विकीरणजन्य सामाग्री सम्बन्धी उद्योग 
  10.  चिठ्ठा सञ्चालन सम्बन्धी व्यवसाय 
  11.  क्यासिनो बाहेकका जुवा वा बाजी व्यवसाय सञ्चालन उद्योग 
  12.  नेटवर्क व्यवसाय
  13.  आमसञ्चार प्रकाशन प्रशारण माध्यमको उद्योग तथा व्यवसायहरुमा


पुस ४, २०७३ काठमाडौं : उद्योग मन्त्रालयले विदेशी लगानी सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई मन्त्रिपरिषद्‍मा पठाउने तयारी गरेको छ। विधेयक मन्त्रिपरिषदमा पठाउनुअघि अन्तिम रुप दिन सोमबार मन्त्रालयले सरोकारवालासँग पुन: धारणा लिएको छ। पर्याप्त लगानीको सम्भावना हुँदाहुँदै पनि वैदेशिक लगानी न्युन आएकाले ऐनलाई सरलीकृत गर्ने योजना रहेको उद्योग मन्त्री नवीन्द्रराज जोशी बताउँछन्। 'देशभित्र पर्याप्त लगानीको सम्भावना छन्, तर हाम्रा युवाहरु कामको खोजीमा खाडी गइरहेका छन् त्यसैले पनि वैदेशिक लगानीलाई आकर्षण गरी स्वदेशमै लगानी मैत्री वातावरण बनाउन ऐन संशोधनको अन्तिम तयारीमा छौं' उनले भने। विधेयकको मस्यौदामा विदेशी लगानीको लागि सीमा नतोकिने, विदेशी कम्पनीले उद्योग बन्द गर्न चाहेमा तत्कालै आफ्नो सेयर लैजान र उद्योग बन्द गर्न सक्ने, लगानीको क्षेत्र विस्तार, जग्गाको प्राप्ती लगायतका विषयमा सरलीकरण गरिएको छ। उद्योग बन्द गरी सहज बहिर्गमनको लागि पनि सरलीकरण गरिएको छ। विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्न स्वदेशी लगानीकर्ता समान व्यवहार गरिने, स्वच्छ र न्यायोचित व्यवहार गरिने जस्ता विषय पनि विधेयकको मस्यौदामा समेटिएको छ। विदेशी लगानीकर्ताले लगानी गर्ने क्षेत्रको समेत विस्तार गरिएको छ।
Read more at: http://www.thahakhabar.com/news/7179
पुस ४, २०७३ काठमाडौं : उद्योग मन्त्रालयले विदेशी लगानी सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई मन्त्रिपरिषद्‍मा पठाउने तयारी गरेको छ। विधेयक मन्त्रिपरिषदमा पठाउनुअघि अन्तिम रुप दिन सोमबार मन्त्रालयले सरोकारवालासँग पुन: धारणा लिएको छ। पर्याप्त लगानीको सम्भावना हुँदाहुँदै पनि वैदेशिक लगानी न्युन आएकाले ऐनलाई सरलीकृत गर्ने योजना रहेको उद्योग मन्त्री नवीन्द्रराज जोशी बताउँछन्। 'देशभित्र पर्याप्त लगानीको सम्भावना छन्, तर हाम्रा युवाहरु कामको खोजीमा खाडी गइरहेका छन् त्यसैले पनि वैदेशिक लगानीलाई आकर्षण गरी स्वदेशमै लगानी मैत्री वातावरण बनाउन ऐन संशोधनको अन्तिम तयारीमा छौं' उनले भने। विधेयकको मस्यौदामा विदेशी लगानीको लागि सीमा नतोकिने, विदेशी कम्पनीले उद्योग बन्द गर्न चाहेमा तत्कालै आफ्नो सेयर लैजान र उद्योग बन्द गर्न सक्ने, लगानीको क्षेत्र विस्तार, जग्गाको प्राप्ती लगायतका विषयमा सरलीकरण गरिएको छ। उद्योग बन्द गरी सहज बहिर्गमनको लागि पनि सरलीकरण गरिएको छ। विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्न स्वदेशी लगानीकर्ता समान व्यवहार गरिने, स्वच्छ र न्यायोचित व्यवहार गरिने जस्ता विषय पनि विधेयकको मस्यौदामा समेटिएको छ। विदेशी लगानीकर्ताले लगानी गर्ने क्षेत्रको समेत विस्तार गरिएको छ।
Read more at: http://www.thahakhabar.com/news/7179
पुस ४, २०७३ काठमाडौं : उद्योग मन्त्रालयले विदेशी लगानी सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई मन्त्रिपरिषद्‍मा पठाउने तयारी गरेको छ। विधेयक मन्त्रिपरिषदमा पठाउनुअघि अन्तिम रुप दिन सोमबार मन्त्रालयले सरोकारवालासँग पुन: धारणा लिएको छ। पर्याप्त लगानीको सम्भावना हुँदाहुँदै पनि वैदेशिक लगानी न्युन आएकाले ऐनलाई सरलीकृत गर्ने योजना रहेको उद्योग मन्त्री नवीन्द्रराज जोशी बताउँछन्। 'देशभित्र पर्याप्त लगानीको सम्भावना छन्, तर हाम्रा युवाहरु कामको खोजीमा खाडी गइरहेका छन् त्यसैले पनि वैदेशिक लगानीलाई आकर्षण गरी स्वदेशमै लगानी मैत्री वातावरण बनाउन ऐन संशोधनको अन्तिम तयारीमा छौं' उनले भने। विधेयकको मस्यौदामा विदेशी लगानीको लागि सीमा नतोकिने, विदेशी कम्पनीले उद्योग बन्द गर्न चाहेमा तत्कालै आफ्नो सेयर लैजान र उद्योग बन्द गर्न सक्ने, लगानीको क्षेत्र विस्तार, जग्गाको प्राप्ती लगायतका विषयमा सरलीकरण गरिएको छ। उद्योग बन्द गरी सहज बहिर्गमनको लागि पनि सरलीकरण गरिएको छ। विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्न स्वदेशी लगानीकर्ता समान व्यवहार गरिने, स्वच्छ र न्यायोचित व्यवहार गरिने जस्ता विषय पनि विधेयकको मस्यौदामा समेटिएको छ। विदेशी लगानीकर्ताले लगानी गर्ने क्षेत्रको समेत विस्तार गरिएको छ।
Read more at: http://www.thahakhabar.com/news/7179
पुस ४, २०७३ काठमाडौं : उद्योग मन्त्रालयले विदेशी लगानी सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई मन्त्रिपरिषद्‍मा पठाउने तयारी गरेको छ। विधेयक मन्त्रिपरिषदमा पठाउनुअघि अन्तिम रुप दिन सोमबार मन्त्रालयले सरोकारवालासँग पुन: धारणा लिएको छ। पर्याप्त लगानीको सम्भावना हुँदाहुँदै पनि वैदेशिक लगानी न्युन आएकाले ऐनलाई सरलीकृत गर्ने योजना रहेको उद्योग मन्त्री नवीन्द्रराज जोशी बताउँछन्। 'देशभित्र पर्याप्त लगानीको सम्भावना छन्, तर हाम्रा युवाहरु कामको खोजीमा खाडी गइरहेका छन् त्यसैले पनि वैदेशिक लगानीलाई आकर्षण गरी स्वदेशमै लगानी मैत्री वातावरण बनाउन ऐन संशोधनको अन्तिम तयारीमा छौं' उनले भने। विधेयकको मस्यौदामा विदेशी लगानीको लागि सीमा नतोकिने, विदेशी कम्पनीले उद्योग बन्द गर्न चाहेमा तत्कालै आफ्नो सेयर लैजान र उद्योग बन्द गर्न सक्ने, लगानीको क्षेत्र विस्तार, जग्गाको प्राप्ती लगायतका विषयमा सरलीकरण गरिएको छ। उद्योग बन्द गरी सहज बहिर्गमनको लागि पनि सरलीकरण गरिएको छ। विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्न स्वदेशी लगानीकर्ता समान व्यवहार गरिने, स्वच्छ र न्यायोचित व्यवहार गरिने जस्ता विषय पनि विधेयकको मस्यौदामा समेटिएको छ। विदेशी लगानीकर्ताले लगानी गर्ने क्षेत्रको समेत विस्तार गरिएको छ।
Read more at: http://www.thahakhabar.com/news/7179
पुस ४, २०७३ काठमाडौं : उद्योग मन्त्रालयले विदेशी लगानी सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई मन्त्रिपरिषद्‍मा पठाउने तयारी गरेको छ। विधेयक मन्त्रिपरिषदमा पठाउनुअघि अन्तिम रुप दिन सोमबार मन्त्रालयले सरोकारवालासँग पुन: धारणा लिएको छ। पर्याप्त लगानीको सम्भावना हुँदाहुँदै पनि वैदेशिक लगानी न्युन आएकाले ऐनलाई सरलीकृत गर्ने योजना रहेको उद्योग मन्त्री नवीन्द्रराज जोशी बताउँछन्। 'देशभित्र पर्याप्त लगानीको सम्भावना छन्, तर हाम्रा युवाहरु कामको खोजीमा खाडी गइरहेका छन् त्यसैले पनि वैदेशिक लगानीलाई आकर्षण गरी स्वदेशमै लगानी मैत्री वातावरण बनाउन ऐन संशोधनको अन्तिम तयारीमा छौं' उनले भने। विधेयकको मस्यौदामा विदेशी लगानीको लागि सीमा नतोकिने, विदेशी कम्पनीले उद्योग बन्द गर्न चाहेमा तत्कालै आफ्नो सेयर लैजान र उद्योग बन्द गर्न सक्ने, लगानीको क्षेत्र विस्तार, जग्गाको प्राप्ती लगायतका विषयमा सरलीकरण गरिएको छ। उद्योग बन्द गरी सहज बहिर्गमनको लागि पनि सरलीकरण गरिएको छ। विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्न स्वदेशी लगानीकर्ता समान व्यवहार गरिने, स्वच्छ र न्यायोचित व्यवहार गरिने जस्ता विषय पनि विधेयकको मस्यौदामा समेटिएको छ। विदेशी लगानीकर्ताले लगानी गर्ने क्षेत्रको समेत विस्तार गरिएको छ। स्वदेशी उद्योगी व्यवसायीको चिन्ता सरकारले विदेशी लगानी आकर्षित गर्न ऐन नै संशोधनको तयारी गरेका बेला स्वदेशी उद्योगी व्यवसायीहरुले भने आफूहरुलाई निरुत्साहित गर्न खोजेको गुनासो गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका थोरै लगानीमा सञ्चालन हुन सक्ने उद्योगमा समेत विदेशी लगानी भित्र्याउने गरी ऐनको मस्यौदा गरिएको र यही व्यवस्था पारित भए स्वदेशी लगानीकर्ता विस्थापित हुने बताउँछन्। थोरै लगानीमा सञ्चालन हुन सक्ने उद्योगमा समेत विदेशी लगानी भित्र्याउने गरी ऐनको मस्यौदा गरिएको छ, यही व्यवस्था पारित भए स्वदेशी लगानीकर्ता विस्थापित हुन्छन् 'ऐनको मस्यौदामा साना तथा मझौला उद्योगमा समेत विदेशी लगानी ल्याउन सकिने व्यवस्था रहेको छ, यसले सानो लगानीमा सञ्चालन भएको स्वदेशी उद्योग विस्थापित हुने खतरा छ' मुरारकाले भने। उनले विदेशी लगानी ल्याउनुपर्ने क्षेत्रमा खुल्ला रुपमा लगानी भित्र्याउनुपर्ने र लगानीको आवश्‍यकता नपर्ने क्षेत्रमा पूर्ण रुपमा बन्द गर्नुपर्ने बताए। अर्थविद डा. पोषराज पाण्डे सरकारले तयार पारेको ऐनको मस्यौदामा विदेशी लगानीकर्तालाई नेपालीलाई भन्दा बढी सुविधा दिएको बताउँछन्। 'नेपाली इन्भेष्टरलाई भन्दा बढी सुविधा विदेशी इन्भेष्टरलाई दिन खोजिएको छ, यसरी बढी सुविधा दिइएमा स्वदेशी लगानीकर्ता निरुत्साहित भई नकारात्मक प्रभाव पार्नेछ।' उनले विदेशी लगानीकर्तालाई दिइएको सुविधासँगै दायित्व पनि बढाउनुपर्ने धारणा राखे। 'सबै कुरामा सुविधा वृद्धि गर्ने तर उनीहरुको दायित्व केही नुहने हुदैन। सुविधासंगै संस्थागत दायित्वमा पनि बाँध्नु पर्छ' साउथ एशिया वाच वन ट्रेड इकोनमिक्स एण्ड इन्भाइरोमेन्ट (सावती) का कार्यकारी अध्यक्ष समेत रहेका पाण्डेले भने। ऐनको मस्यौदामा विदेशी लगानीकर्ताका लागि लगानीको सीमा नतोक्दा आगामी दिनमा नकारात्मक प्रभाव पर्न सक्ने विमा समितका अध्यक्ष फत्तबहादुर केसी बताउँछन्। 'लगानी नै नल्याउने तर लगानी नगरी पैसा मात्रै लाने व्यवसाय समेत सञ्चालन गरिएको छ, अहिले जीवन विमाको स्थिति यस्तै छ, व्यवसाय हरेर लगानीको सीमा तोक्नु पर्छ अन्यथा यसले नकरात्मक प्रभाव पार्ने छ' केसीले भने। के भन्छन् साना लगानी कर्ता? साना लगानीकर्ताहरु विदेशी लगानी सम्बधी ऐनको मस्यौदाले आफुहरुलाई निरुत्साहित पार्न खोजेको बताउँछन्। 'हामीलाई निरुत्साहित गर्न खोजिएको छ साना तथा मझौला उद्योगमा समेत विदेशी लगानी ल्याउँदा सबै साना उद्योगी विस्थापित हुनेछन्, हामीलाई प्रविधिको आवश्‍यकता हो लगानीको हैन' इट्टा उद्योग संघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले भने। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष राजेन्द्र बरालले शिक्षामा समेत विदेशी लगानी भित्र्याउन दिएर स्वदेशी पूँजी पलायन गर्न ऐन सहयोगी बन्न सक्ने तर्क गर्छन्। सरकारले माध्यमिक तहको शिक्षालाई निशुल्क गर्ने, अर्कोतर्फ शिक्षामा विदेशी लगानी भित्र्याउनका लागि ऐन सहजीकरण गर्ने, के सरकारले आफ्ना नागरिकलाई पढाएको पैसा विदेशीलाई दिएर पूँजी पलायन गराउन खोजेको हो?' बरालले प्रश्न गरे। मदिरा व्यवसायीहरुले समेत मदिराजन्य उद्योगमा विदेशी लगानी नभित्र्याउने गरी ऐन बनाउन सुझाव दिएका छन्। ऐनमा के के प्रस्ताव गरिएको छ विदेशी लगानीकर्ताका सुविधा? १.लगानीको क्षेत्र वृद्धि विदेशी लगानीको क्षेत्र वृद्धि, जग्गाको हदबन्दी नलाग्ने, नाफा विदेश लैजान पाउने, बीचैमा उद्योग बन्द गर्न वा सेयर फिर्ता लैजान पाउने लगायतका सुविधा छन्। विदेशी लगानी सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयककमा विदेशी लगानी कर्तालाई १३ वटा क्षेत्रमा मात्र लगानी प्रतिबन्ध लगाइएको छ।जबकी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले सुरुमा २७ वटा क्षेत्रमा विेदेशी लगानी गर्न बन्देज गरेको थियो। ऐनको पहिलो संशोधन २०५२ ले १८ वटा क्षेत्रमा मात्रै लगानी स्वीकृतिमा बन्देज लगाएको थियो। तर अहिले त्यसलाई पनि घटाएर १३ मा झारिएको हो। त्यस्तै २० करोड भन्दा बढी लगानी भएका कुखुरापालन, मत्स्य पालन, वा मौरीपालन उद्योगमा समेत विदेशी लगानी खुल्ला गरेको छ। दुई भन्दा बढी देशमा व्यवसाय सञ्चालन गरेको ५० करोड रुपैयाँ भन्दा बढी लगानीमा हुने व्यापारमा समेत लगानी लगानी खुल्ला गरिएको छ। २ जग्गाको हदबन्दी नलाग्ने विदेशी लगानीको अनुमति प्राप्त कम्पनीले कुनै पनि आयोजना कार्यान्वयन गर्नको लागि लिइने जग्गामा हदबन्दी नलाग्ने व्यवस्था गरिएको छ। ३ आर्जित रकम फिर्ता लैजान मिल्ने विदेशी कम्पनीले आर्जित मुनाफा जुन विदेशी मुद्रामा लगानी गरेको हो सोही मुद्रामा नेपाल बाहिर फिर्ता लैजान सक्ने व्यवस्था गरिएको छ। विदेशी लगानीको शेयर बिक्रीबाट पर्याप्त रकम, मुनाफा र लाभांश वापतको रकम, सावा वा व्याजको भुक्तानी वापतको रकम, लगानीको निक्षेप वा सीमा आर्जित व्याज, लिज भाडाको रकम, पारिश्रमिक वा सुविधा वापतको ७५ प्रतिशत रकम सहजै फिर्ता लैजान सक्ने व्यवस्था गरिएको छ। ४. जग्गा प्राप्त गर्ने सम्बन्ध ऐनले जग्गा प्राप्तिमा समेत सहजीकरण गरेको छ। विदेशी लगानी स्वीकृति भएको कम्पनीले आफ्नो आयोजना कार्यान्वयनका लागि आफैले जग्गाधनीबाट खरिद गर्न वा नसकेमा आवश्‍यक प्रक्रिया पुरा गरी सरकारले प्राप्त गरिदिनु पर्ने व्यवस्था गरिएको छ। ५. प्रवेशाज्ञाको व्यवस्था लगानीकर्तालाई प्रोत्साहन गर्न गैर पर्यटक र व्यावसायिक प्रवेशाज्ञाको व्यवस्था गरिएको छ। अध्ययन, अनुसन्धान वा सर्वेक्षण गर्न आउने नागरिकलाई, अनुमति प्राप्त व्यवस्थापक, प्राविधिक र कामदारलाई साथै लगानीकर्ताका आश्रित परिवारका सदस्यलाई गैर पर्यटक प्रवेशाज्ञाको व्यवस्था गरिएको छ। विदेशी लगानीकर्ता वा लगानीकर्ताको प्रतिनिधि, व्यक्तिगत लगानीकर्तालाई लगानीकर्ता वा प्रतिनिधि र परिवारको सदस्यलाई व्यवसायी प्रवेशाज्ञा दिइनेछ। यस्तो प्रवेशाज्ञाको प्रत्येक ५ वर्षमा नवीकरण गरे पुग्नेछ। के हुन् लगानी गर्न अयोग्य क्षेत्र? मस्यौदामा १३ वटा क्षेत्रसँग सम्बन्धित उद्योग व्यवसायमा विदेशी लगानीलाई बन्देज लगाइएको छ। १.लघु उद्योग वा परम्परागत घरेलु उद्योग २. हात हतियार खरखजना गोली वारुद वा विष्फोटन पदार्थ उत्पादन गर्ने उद्योग ३. मुद्रा सिक्का व्यवसाय वा सुरक्षण मुद्रण उद्योग ४. घर जग्गा खरिद बिक्री व्यवसाय ५. वित्तीय व्यापार बाहेक ५० करोड भन्दा कम लगानीका खुद्रा व्यवसाय ६. पर्यटनमा संलग्न गाइड भरिया भान्से उपलव्ध गराउने पर्यटन उद्योग ७. २० करोड रुपैयाँ भन्दा कम लगानीका कुखुरा मत्स्य पालन वा मौरी उद्योग ८. २० करोड भन्दा कम लगानीका प्राथमिकताका कृषि उद्योगमा ९. विकीरणजन्य सामाग्री सम्बन्धी उद्योग १० चिठ्ठा सञ्चालन सम्बन्धी व्यवसाय ११ क्यासिनो बाहेकका जुवा वा बाजी व्यवसाय सञ्चालन उद्योग १२. नेटवर्क व्यवसाय १३. आमसञ्चार प्रकाशन प्रशारण माध्यमको उद्योग तथा व्यवसायहरुमा
Read more at: http://www.thahakhabar.com/news/7179
काठमाडौं : उद्योग मन्त्रालयले विदेशी लगानी सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई मन्त्रिपरिषद्‍मा पठाउने तयारी गरेको छ। विधेयक मन्त्रिपरिषदमा पठाउनुअघि अन्तिम रुप दिन सोमबार मन्त्रालयले सरोकारवालासँग पुन: धारणा लिएको छ। पर्याप्त लगानीको सम्भावना हुँदाहुँदै पनि वैदेशिक लगानी न्युन आएकाले ऐनलाई सरलीकृत गर्ने योजना रहेको उद्योग मन्त्री नवीन्द्रराज जोशी बताउँछन्। 'देशभित्र पर्याप्त लगानीको सम्भावना छन्, तर हाम्रा युवाहरु कामको खोजीमा खाडी गइरहेका छन् त्यसैले पनि वैदेशिक लगानीलाई आकर्षण गरी स्वदेशमै लगानी मैत्री वातावरण बनाउन ऐन संशोधनको अन्तिम तयारीमा छौं' उनले भने। विधेयकको मस्यौदामा विदेशी लगानीको लागि सीमा नतोकिने, विदेशी कम्पनीले उद्योग बन्द गर्न चाहेमा तत्कालै आफ्नो सेयर लैजान र उद्योग बन्द गर्न सक्ने, लगानीको क्षेत्र विस्तार, जग्गाको प्राप्ती लगायतका विषयमा सरलीकरण गरिएको छ। उद्योग बन्द गरी सहज बहिर्गमनको लागि पनि सरलीकरण गरिएको छ। विदेशी लगानीकर्तालाई प्रोत्साहन गर्न स्वदेशी लगानीकर्ता समान व्यवहार गरिने, स्वच्छ र न्यायोचित व्यवहार गरिने जस्ता विषय पनि विधेयकको मस्यौदामा समेटिएको छ। विदेशी लगानीकर्ताले लगानी गर्ने क्षेत्रको समेत विस्तार गरिएको छ। स्वदेशी उद्योगी व्यवसायीको चिन्ता सरकारले विदेशी लगानी आकर्षित गर्न ऐन नै संशोधनको तयारी गरेका बेला स्वदेशी उद्योगी व्यवसायीहरुले भने आफूहरुलाई निरुत्साहित गर्न खोजेको गुनासो गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारका थोरै लगानीमा सञ्चालन हुन सक्ने उद्योगमा समेत विदेशी लगानी भित्र्याउने गरी ऐनको मस्यौदा गरिएको र यही व्यवस्था पारित भए स्वदेशी लगानीकर्ता विस्थापित हुने बताउँछन्। थोरै लगानीमा सञ्चालन हुन सक्ने उद्योगमा समेत विदेशी लगानी भित्र्याउने गरी ऐनको मस्यौदा गरिएको छ, यही व्यवस्था पारित भए स्वदेशी लगानीकर्ता विस्थापित हुन्छन् 'ऐनको मस्यौदामा साना तथा मझौला उद्योगमा समेत विदेशी लगानी ल्याउन सकिने व्यवस्था रहेको छ, यसले सानो लगानीमा सञ्चालन भएको स्वदेशी उद्योग विस्थापित हुने खतरा छ' मुरारकाले भने। उनले विदेशी लगानी ल्याउनुपर्ने क्षेत्रमा खुल्ला रुपमा लगानी भित्र्याउनुपर्ने र लगानीको आवश्‍यकता नपर्ने क्षेत्रमा पूर्ण रुपमा बन्द गर्नुपर्ने बताए। अर्थविद डा. पोषराज पाण्डे सरकारले तयार पारेको ऐनको मस्यौदामा विदेशी लगानीकर्तालाई नेपालीलाई भन्दा बढी सुविधा दिएको बताउँछन्। 'नेपाली इन्भेष्टरलाई भन्दा बढी सुविधा विदेशी इन्भेष्टरलाई दिन खोजिएको छ, यसरी बढी सुविधा दिइएमा स्वदेशी लगानीकर्ता निरुत्साहित भई नकारात्मक प्रभाव पार्नेछ।' उनले विदेशी लगानीकर्तालाई दिइएको सुविधासँगै दायित्व पनि बढाउनुपर्ने धारणा राखे। 'सबै कुरामा सुविधा वृद्धि गर्ने तर उनीहरुको दायित्व केही नुहने हुदैन। सुविधासंगै संस्थागत दायित्वमा पनि बाँध्नु पर्छ' साउथ एशिया वाच वन ट्रेड इकोनमिक्स एण्ड इन्भाइरोमेन्ट (सावती) का कार्यकारी अध्यक्ष समेत रहेका पाण्डेले भने। ऐनको मस्यौदामा विदेशी लगानीकर्ताका लागि लगानीको सीमा नतोक्दा आगामी दिनमा नकारात्मक प्रभाव पर्न सक्ने विमा समितका अध्यक्ष फत्तबहादुर केसी बताउँछन्। 'लगानी नै नल्याउने तर लगानी नगरी पैसा मात्रै लाने व्यवसाय समेत सञ्चालन गरिएको छ, अहिले जीवन विमाको स्थिति यस्तै छ, व्यवसाय हरेर लगानीको सीमा तोक्नु पर्छ अन्यथा यसले नकरात्मक प्रभाव पार्ने छ' केसीले भने। के भन्छन् साना लगानी कर्ता? साना लगानीकर्ताहरु विदेशी लगानी सम्बधी ऐनको मस्यौदाले आफुहरुलाई निरुत्साहित पार्न खोजेको बताउँछन्। 'हामीलाई निरुत्साहित गर्न खोजिएको छ साना तथा मझौला उद्योगमा समेत विदेशी लगानी ल्याउँदा सबै साना उद्योगी विस्थापित हुनेछन्, हामीलाई प्रविधिको आवश्‍यकता हो लगानीको हैन' इट्टा उद्योग संघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले भने। नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष राजेन्द्र बरालले शिक्षामा समेत विदेशी लगानी भित्र्याउन दिएर स्वदेशी पूँजी पलायन गर्न ऐन सहयोगी बन्न सक्ने तर्क गर्छन्। सरकारले माध्यमिक तहको शिक्षालाई निशुल्क गर्ने, अर्कोतर्फ शिक्षामा विदेशी लगानी भित्र्याउनका लागि ऐन सहजीकरण गर्ने, के सरकारले आफ्ना नागरिकलाई पढाएको पैसा विदेशीलाई दिएर पूँजी पलायन गराउन खोजेको हो?' बरालले प्रश्न गरे। मदिरा व्यवसायीहरुले समेत मदिराजन्य उद्योगमा विदेशी लगानी नभित्र्याउने गरी ऐन बनाउन सुझाव दिएका छन्। ऐनमा के के प्रस्ताव गरिएको छ विदेशी लगानीकर्ताका सुविधा? १.लगानीको क्षेत्र वृद्धि विदेशी लगानीको क्षेत्र वृद्धि, जग्गाको हदबन्दी नलाग्ने, नाफा विदेश लैजान पाउने, बीचैमा उद्योग बन्द गर्न वा सेयर फिर्ता लैजान पाउने लगायतका सुविधा छन्। विदेशी लगानी सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयककमा विदेशी लगानी कर्तालाई १३ वटा क्षेत्रमा मात्र लगानी प्रतिबन्ध लगाइएको छ।जबकी विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनले सुरुमा २७ वटा क्षेत्रमा विेदेशी लगानी गर्न बन्देज गरेको थियो। ऐनको पहिलो संशोधन २०५२ ले १८ वटा क्षेत्रमा मात्रै लगानी स्वीकृतिमा बन्देज लगाएको थियो। तर अहिले त्यसलाई पनि घटाएर १३ मा झारिएको हो। त्यस्तै २० करोड भन्दा बढी लगानी भएका कुखुरापालन, मत्स्य पालन, वा मौरीपालन उद्योगमा समेत विदेशी लगानी खुल्ला गरेको छ। दुई भन्दा बढी देशमा व्यवसाय सञ्चालन गरेको ५० करोड रुपैयाँ भन्दा बढी लगानीमा हुने व्यापारमा समेत लगानी लगानी खुल्ला गरिएको छ। २ जग्गाको हदबन्दी नलाग्ने विदेशी लगानीको अनुमति प्राप्त कम्पनीले कुनै पनि आयोजना कार्यान्वयन गर्नको लागि लिइने जग्गामा हदबन्दी नलाग्ने व्यवस्था गरिएको छ। ३ आर्जित रकम फिर्ता लैजान मिल्ने विदेशी कम्पनीले आर्जित मुनाफा जुन विदेशी मुद्रामा लगानी गरेको हो सोही मुद्रामा नेपाल बाहिर फिर्ता लैजान सक्ने व्यवस्था गरिएको छ। विदेशी लगानीको शेयर बिक्रीबाट पर्याप्त रकम, मुनाफा र लाभांश वापतको रकम, सावा वा व्याजको भुक्तानी वापतको रकम, लगानीको निक्षेप वा सीमा आर्जित व्याज, लिज भाडाको रकम, पारिश्रमिक वा सुविधा वापतको ७५ प्रतिशत रकम सहजै फिर्ता लैजान सक्ने व्यवस्था गरिएको छ। ४. जग्गा प्राप्त गर्ने सम्बन्ध ऐनले जग्गा प्राप्तिमा समेत सहजीकरण गरेको छ। विदेशी लगानी स्वीकृति भएको कम्पनीले आफ्नो आयोजना कार्यान्वयनका लागि आफैले जग्गाधनीबाट खरिद गर्न वा नसकेमा आवश्‍यक प्रक्रिया पुरा गरी सरकारले प्राप्त गरिदिनु पर्ने व्यवस्था गरिएको छ। ५. प्रवेशाज्ञाको व्यवस्था लगानीकर्तालाई प्रोत्साहन गर्न गैर पर्यटक र व्यावसायिक प्रवेशाज्ञाको व्यवस्था गरिएको छ। अध्ययन, अनुसन्धान वा सर्वेक्षण गर्न आउने नागरिकलाई, अनुमति प्राप्त व्यवस्थापक, प्राविधिक र कामदारलाई साथै लगानीकर्ताका आश्रित परिवारका सदस्यलाई गैर पर्यटक प्रवेशाज्ञाको व्यवस्था गरिएको छ। विदेशी लगानीकर्ता वा लगानीकर्ताको प्रतिनिधि, व्यक्तिगत लगानीकर्तालाई लगानीकर्ता वा प्रतिनिधि र परिवारको सदस्यलाई व्यवसायी प्रवेशाज्ञा दिइनेछ। यस्तो प्रवेशाज्ञाको प्रत्येक ५ वर्षमा नवीकरण गरे पुग्नेछ। के हुन् लगानी गर्न अयोग्य क्षेत्र? मस्यौदामा १३ वटा क्षेत्रसँग सम्बन्धित उद्योग व्यवसायमा विदेशी लगानीलाई बन्देज लगाइएको छ। १.लघु उद्योग वा परम्परागत घरेलु उद्योग २. हात हतियार खरखजना गोली वारुद वा विष्फोटन पदार्थ उत्पादन गर्ने उद्योग ३. मुद्रा सिक्का व्यवसाय वा सुरक्षण मुद्रण उद्योग ४. घर जग्गा खरिद बिक्री व्यवसाय ५. वित्तीय व्यापार बाहेक ५० करोड भन्दा कम लगानीका खुद्रा व्यवसाय ६. पर्यटनमा संलग्न गाइड भरिया भान्से उपलव्ध गराउने पर्यटन उद्योग ७. २० करोड रुपैयाँ भन्दा कम लगानीका कुखुरा मत्स्य पालन वा मौरी उद्योग ८. २० करोड भन्दा कम लगानीका प्राथमिकताका कृषि उद्योगमा ९. विकीरणजन्य सामाग्री सम्बन्धी उद्योग १० चिठ्ठा सञ्चालन सम्बन्धी व्यवसाय ११ क्यासिनो बाहेकका जुवा वा बाजी व्यवसाय सञ्चालन उद्योग १२. नेटवर्क व्यवसाय १३. आमसञ्चार प्रकाशन प्रशारण माध्यमको उद्योग तथा व्यवसायहरुमा
Read more at: http://www.thahakhabar.com/news/7179

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...