Monday, May 30, 2011

वनस्पती घिउ उद्योग पाल्मोलिन उत्पादन गर्न बाध्य


काठमाडौं, १५ जेठ
नेपालमा उत्पादन हुने वनस्पती घिउ मूल्यको भारी अन्तरले भारततर्फ निकासी हुन नसकेपछि उद्योगहरू ‘बाइप्रडक्ट’ उत्पादन गर्न बाध्य छन् । विज्ञहरूका अनुसार यिनलाई औद्योगिक उत्पादन मान्न सकिँदैन ।

भारततर्फको निर्यातमा उल्लेख्य गिरावट आउन थालेपछि वनस्पती घिउ उत्पादन गर्ने उद्योगहरू विस्थापित भएका छन् । यस्ता उद्योगले वनस्पती घिउको सट्टा स–साना सहायक वस्तु उत्पादन गर्न थालेका छन् ।
नेपालमा उत्पादन हुने वनस्पती घिउ मूल्यको भारी अन्तरले गर्दा निकासी हुन नसकेपछि यी उद्योगमा पाल्मोलिन, तेलो, एसिड, फट्टी (कोको ब्लान्डेड एक्स्ट्र्याक्ट) जस्ता सामान उत्पादन हुन थालेका छन् । विज्ञहरूका अनुसार यिनलाई औद्योगिक उत्पादन मानिँदैन । यस्ता कच्चा पदार्थहरू घिउ उत्पादन गर्ने मेसिनबाटै उत्पादन गर्न सकिन्छ । तीमध्ये पाल्मोलिन तेल जस्ता अधिकांश उत्पादन साबुन बनाउन प्रयोग हुन्छन् । त्यस्तै, कोको ब्लान्डेड एक्स्ट्र्याक्ट जस्ता वस्तु चकलेट, मिठाइमा नभई नहुने कच्चा पदार्थ हुन् ।
नेपाल वनस्पती घिउ तेल उद्योग संघका अनुसार हालसम्म २१ वटामात्र यस्ता उद्योग सञ्चालनमा रहे पनि आधा दर्जनभन्दा धेरै उद्योग सामानको बजारीकरण गर्न नसकेर बन्द भइसकेका छन् । संघका अध्यक्ष विकास दुगड भन्छन्, “अधिकांश उद्योग बजारीकरणको समस्याले बन्द भइसकेका छन्, भएका उद्योगहरू पनि आन्तरिक तथा बजारका कारण चल्न सकेका छैनन् । त्यसैले अधिकांश उद्योग बाइप्रडक्टका रूपमा प्रयोग हुने कच्चा पदार्थ उत्पादन गर्न बाध्य छन् ।”
भौगिलिक विविधता भएको देशमा वनस्पती घिउको प्रचुर सम्भावना भएको भन्दै उनले हालसम्म यस्ता उद्योगमा झन्डै १५ अर्बको लगानी भइरहेको जानकारी दिए । आन्तरिक कारणले घिउ उत्पादन गर्ने उद्योग विस्थापित हुने अवस्थामा पुगेको जानकारी दिँदै उनले भने, “यसलाई समाधान गर्न सकिए नेपालमा वनस्पती घिउको भविष्य उज्ज्वल छ ।”
वनस्पती घिउ उत्पादनका लागि चाहिने अधिकांश कच्चा पदार्थ अर्जेन्टिना तथा ब्राजिलबाट ल्याउने गरिन्छ । भारत तथा नेपालमा एकै ठाउँबाट कच्चा पदार्थ आयात हुने भएकाले नेपालमा बजारीकरण गर्न थप समस्या भएको दुगडको भनाइ छ । उनका अनुसार नेपालले भारतको बाटो हुँदै ट््यांकरबाट सामान ओसार–पसार गर्दा ढुवानी समस्यासमेत बेहोर्दै आएको छ भने भारतमा भन्दा नेपालमा भ्याट बढी भएकाले मूल्य अन्तर बढी छ ।
नेपाली वनस्पती घिउलाई भारत सरकारले केही वर्षदेखि रोक लगाउँदै आएको छ । केही वर्ष कोटा प्रणालीका आधारमा समेत भारतले निकासी फुकुवा गरे पनि त्यसले नेपाली उद्योगको उत्पादन बढाउन सकेन । चर्को शुल्क तिरेर भारत घिउ निर्यात गर्न नसक्दा यस्ता उद्योग विस्तापित हुने अवस्थामा पुगेको संघको भनाइ छ ।
अधिकांश उद्योगले आफ्नो क्षमताको २० देखि ३० प्रतिशतसम्म मात्र उत्पादन गर्ने गरेको जानकारी संघका सचिव दिवाकर पाण्डेले दिए । “अहिले धेरै उद्योगहरू बाइप्रडक्ट उत्पादनमा प्रयोग हुन थालेका छन्,” उनले भने, “घिउ उत्पादन गरेर उद्योग धन्न नसक्ने अवस्था छ, उद्योगलाई बचाइराख्न व्यवसायीहरूले बाइप्रडक्टमा ध्यान दिनुपरेको हो ।”
उनले आन्तरीक तथा कच्चा पदार्थका अभावले गर्दा बजारीकरणमा ठुलो समस्या परेको बताउदै चक्केट साबुनमा हुने कच्चा पदार्थहरू निर्यात गर्ने तयारी गरिरहेको बताए ।
उनका अनुसार मूल्य अन्तरका कारण विगत तीन वर्षदेखि वनस्पती घिउ भारत निकासी हुन सकेको छैन । “नेपाली वनस्पती घिउ निकासी हुने मुलुक चीन र भारतमात्र हुन्,” उनले भने, “भारतमा त जाने छाड्यो ।”
संघका अनुसार वनस्पती घिउ उत्पादन गर्ने उद्योगबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा झन्डै ८ हजारले रोजगारी पाएका छन् ।

Sunday, May 29, 2011

‘च्यांग्रा पस्मिना’को प्रचार बीबीसी र सीएनएनमा


निर्यात ३० प्रतिशतले बढ्ने अनुमान
काठमाडौं, १४ जेठ
नेपाल पस्मिना उद्योग संघले नेपाली पस्मिनाको प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय स्तरका टेलिभिजन च्यानलमार्फत प्रचार गर्ने भएको छ ।
नेपाली पस्मिना युरोपेली मुलुकमा अत्यधिक मात्रामा निर्यात हुने भएकाले यसको बजार विस्तार गर्न बीबीसी, सीएनएनजस्ता च्यानलबाट ‘च्यांग्रा पस्मिना’ को प्रचार गर्र्न लागएको हो । नेपालबाट उत्पादन हुने पस्मिनाको सम्भाव्यतालाई ध्यान दिँदै संंघले यसअघि युरोपेली संघ (ईयू) अन्तर्गतका सबै मुलुकका साथै नर्वे, स्विट्जरल्यान्ड, अस्टे«लिया, न्युजिल्यान्ड, अमेरिका, क्यानडा, जापान, दक्षिण कोरिया, हङकङ, सिंगापुर र नेपाल गरी ३८ वटा मुलुकमा पस्मिनाको सामूहिक टे«डमार्क दर्ता गरिसकेको छ । अन्य आठ वटा देशमा दर्ता प्रक्रियामा छन् ।
नेपाली पस्मिनाको अन्तर्राष्ट्रिय स्तरमा उल्लेख्य माग भएको र बजारीकरण पक्ष कमजोर भएकाले नेपाली च्यानलका अतिरिक्ति विदेशी च्यानलबाट समेत प्रचार–प्रसार गर्न लागिएकोे संघका कार्यक्रम प्रमुख मधुबाबु अधिकारीले जानकारी दिए । “प्रक्रिया अन्तिम चरणमा पुगेको छ,” उनले भने, “साउनबाट यस्तो कार्यक्रम सुरु हुन्छ ।”
अधिकारीका अनुसार पस्मिनाको प्रचारका लागि पहिलो प्राथामिकतामा सीएनएन र बीबीसी च्यानल परेका छन् । “यो हाम्रो सुरुवात हो, आउने दिनमा यसलाई बढाउँदै लैजान्छौं,” उनले भने, “नेपाली पस्मिनालाई अन्तर्राष्ट्रिय स्तरमा अत्यधिक रुचाइने भएकाले बजारीकरणमा बढी खट्नुपर्ने आवश्यकता छ ।”
संघको यो योजनामा सरकारसमेत सकारत्मक भएको बताउँदै उनले यसका लगि आवश्यक बजेट सरकारबाटै उपलब्ध हुने संकेत दिए । “सरकार रहेकाले आवश्यक रकम पाउने आश्वासन पाएका छौं,” उनले थपे ।
यसअघि सरकारले टे«डमार्क अभावमा विदेशमा उत्पादित पस्मिना नेपालीका नाममा बिक्री गर्ने क्रम बढेको भन्दै सामूहिक टे«डमार्क प्रयोगमा ल्याइसकेको छ । नेपालबाट उत्पादन हुने पस्मिना अमेरिका, अस्ट्रेलिया, जापान, इटाली, बेलायत, फ्रान्स, नर्वे, जर्मनलगायत विश्वका ८० भन्दा बढी मुलुकमा निर्यात हुने गरेको छ ।
हालसम्म नेपालमा करिब २ सयको हाराहारीमा पस्मिना उद्योग सञ्चालनमा रहेको तथा करिब ३० हजार व्यक्तिले रोजगारी पाएको अधिकारीले बताए । नेपाली पस्मिनाको उल्लेख्य सम्भाव्यता भएको भन्दै अधिकारीले व्यापार चिन्ह तथा प्रचार–प्रसारले उद्यमीलाई थप बल पुग्ने उल्लेख गरे ।
गएको असारमा सार्वजनिक गरिएको नेपाल व्यापार एकीकृत रणनीति, २०१० (एनटीआईएस) मा निर्यात व्यापारमा नेपाललाई फाइदा हुने १२ वस्तुमध्ये पस्मिना पनि समावेश थियो । यसलाई पारदर्शी बनाउन उद्योग मन्त्रालयले पस्मिनाको धागो जाँच्ने उपकरणका लागि नेपाल गुणस्तर तथा नापतौल विभागलाई ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।
विदेशी च्यानलमार्फत सरकारी लगानीमा नेपाली उत्पादनको प्रचार–प्रसार गर्न लागिएको यो पहिलो पटक हो । साथै, नेपाली उत्पादनमा विदेशीलाई समावेश गराएर सामूहिक टे«डमार्क दिने पनि पस्मिना संघ पहिलो हो । अधिकारी भन्छन्, “यो हाम्रो सुरुवात हो, यसले हाम्रो निर्यातमा ३० प्रतिशतले वृद्धि हुने अनुमान गरेका छौं ।”

होम › प्रमुख समाचार › राजनीतिक अन्योलले अर्थतन्त्र डामाडोल राजनीतिक अन्योलले अर्थतन्त्र डामाडोल

कारोबार टिमकाठमाडौं, १४ जेठ
देश राजनीतिक अन्योलको भूमरीमा परिरहेको अवस्थाले व्यापार र उद्योग क्षेत्रमा पनि ठूलो समस्या देखिएको छ । २०६५ जेठ १४ देखि संविधान बनाउन असफल संविधानसभाको बढाइएको एक वर्षे आयु सकिन लागेको पूर्वसन्ध्यामा कारोबारले देशका मुख्य व्यापारिक क्षेत्रहरुमा गरेको एक अध्ययनअनुसार राजनीतिक अन्योलका कारण गएको तीन वर्षमा देशले अर्बौंबराबरको लगानी र उत्पादनमा ह्रास बेहोर्नुपरेको छ ।
देशभरका उद्यमीहरुले पटक–पटक संविधानसभाको म्याद थपिँदा देश चरम आर्थिक संकटतर्फ उन्मुख भइरहेको जनाएका छन् । यो जेठ १४ सम्म पनि संविधान बन्न नसक्दा संक्रमणकालको अवस्था लम्बिँदै गएको र भएका उद्योग समस्याग्रस्त भएका तथा नयाँ आउन नसकेको कुरा देशभरका उद्योगी, व्यवसायीहरुले बताएका छन् ।
विराटनगरका लगानीकर्ता पलायन
गएको तीन वर्षमा संविधान बन्न नसकेकाले विराटनगरका धेरै उद्योगी पलायन भइसकेको उद्योग संगठन मोरङका अध्यक्ष दिनेश गोल्छाले बताए । उनका अनुसार देशमा संक्रमणकालीन अवस्था लम्बिँदै गएकाले नयाँ लगानी भित्रिन सकेको छैन ।
“समयमै संविधान बनेको भए देशले निकास पाई यहाँको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थाले गति लिने थियो,” उनले भने, “तर एकपछि अर्को गर्दै हरेक वर्ष संविधानसभाको म्याद थपिँदा नयाँ लगानी होइन भएका उद्योग सञ्चालन गर्नसमेत हम्मेहम्मे परिरहेको छ ।”
संविधान लेखन कार्य पूरा नभएसम्म बन्द, हडताल, चन्दाआतंक, असुरक्षालगायतका समस्या कम नहुने तर्क प्रस्तुत गर्दै गोल्छाले भने, “संविधान लेख्ने दायित्व दलहरूले पूरा गरे देश एउटा नयाँ मोडतर्फ जाने थियो र यहाँका उद्योग–व्यवसाय फस्टाई देशले चाँडै नै आर्थिक उन्नति गर्ने थियो ।”
अहिले पूर्वाञ्चलका उद्योगी–व्यवसायीका लागि सबैभन्दा ठूलो समस्या लोडसेडिङ भएको उल्लेख गर्दै संविधान लेखनका क्रममा खर्च भएको एक चौथाइ रकममात्रै भए पनि विद्युत्मा लगानी गरेको भए उद्योगका लागि ठूलो राहत हुने उनले बताए । “नेपालमै विद्युत् उत्पादन गर्न नसकेको भए पनि भारतबाट त्यो पैसाबाट खरिद गर्न सकिएको भए यहाँको लोडसेडिङको समस्या हल हुने थियो,” उनको भनाइ थियो, “अहिले विद्युत् समस्याकै कारण पूर्वका आधाभन्दा बढी उद्योग बन्द छन् ।” दलहरू संविधान बनाउनेमा भन्दा सरकार बनाउने खेलमा लागेका कारण जनतामा नैराश्यता उत्पन्न भएको उनको आरोप छ ।
त्यस्तै थुप्रै बहुराष्ट्रिय लगानीकर्ताहरू नेपालमा लगानी गर्न उचित वातावरण पर्खिएर बसिरहेको मोरङ व्यापार संघका महासचिव अविनाश बोहराले बताए । “लगानीकर्ताले कुनै पनि देशमा लगानीको पोलिसी कस्तो छ भनेर हेर्छ तर यहाँ अझै पनि लगानीको पोलिसी निर्माण हुनसकेको छैन,” उनले भने, “अब पनि संविधान निर्माण हुन नसके यहाँ सञ्चालनमा रहेका उद्योगसमेत बन्द गर्नुको विकल्प छैन ।” उनका अनुसार अहिले अधिकांश उद्योगीले घाटा सहेरै भए पनि उद्योग सञ्चालन गरिरहेका छन् ।
“युवापुस्तामा त नेपालमा लगानी गर्ने सोच नै हराइसक्यो,” उनले भने, “यस्तै अवस्था रहने हो भने यो देशमा बूढापाका उद्योगीमात्रै बाँकी रहनेछन् ।”
राजनीति अस्थिरताकै कारण मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगको उत्पादन क्षमता दैनिक १ अर्बभन्दा बढी भए पनि हाल ४० करोडभन्दा कम उत्पादन गर्न बाध्य हुनुपरेको वरिष्ठ उद्योगपति नवलकिशोर काबराले बताए । संविधानसभाको म्याद कथांकदाचित थपिएमा अब थपिएको समयको भत्ता लिँदैनौं भन्ने सभासद्हरुबाट प्रतिबद्धता आउनुपर्ने र उक्त भत्ताबापतको रकम विद्युत् उत्पादनमा लगानी गर्नुपर्ने उद्योगपति काबराको माग छ ।
भैरहवाबाट पुँजी पलायन र उद्योग विस्थापन
मुलुक सञ्चालनको मुख्य अंग संविधान तोकिएको समयमा बन्न नसक्दा औद्योगिक क्षेत्र धराशायी बन्दै गइरहेको, लगानीकर्ताहरु निरुत्साहित भएको, संक्रमणकालको फाइदा उठाउँदै चन्दा आतंक, हत्या अपहरण मौलाउँदै गएको रुपन्देहीका उद्योग व्यवसायसम्बद्ध संघसंस्था तथा व्यवसायीले जनाएका छन् ।
अस्थिर राजनीतिको कारणले दण्डहीनता मौलाउँदै जाँदा छाडातन्त्रले प्रश्रय पाइरहँदा आर्थिक क्षेत्र धराशायी बन्दै गइरहेको उनीहरुको भनाइ थियो । लगानीमैत्री वातावरण बन्न नसक्दा लगानिकर्ता धमाधम फर्किरहेको र मुलुक विकासका लागि मेरुदण्डको रूपमा रहेको आर्थिक क्षेत्र अहिले सबैभन्दा बढी मारमा परेको उनीहरुको भनाइ छ ।
तोकिएको समयमा संविधान बन्न नसक्दा उद्योग व्यवसाय क्षेत्रमा अन्योल छाएको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्रकुमार श्रेष्ठले बताए । “संविधान समयमा बन्ने सम्भावना नदेखिएपछि यस क्षेत्रका उद्योगीहरुमा नैराश्यता छाएको, उद्योग क्षेत्रमा लगानी घट्दो क्रममा रहेको, पुँजी पलायन र उद्योगहरु विस्थापित हुन सक्ने खतरा बढिरहेको छ,” उनले भने, “नयाँ उद्योग स्थापनाको त के सञ्चालित उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।”
तोकिएको समयमा संविधान नबन्दा अशान्ति छाएको, अराजकता र दण्डहीनताले प्रश्रय पाउँदा त्यसको प्रत्यक्ष मार उद्योग व्यवसायमा परेको रुपन्देही उद्योग संघका अध्यक्ष एजाज आलमले बताए । “संविधान बन्दा उद्योग क्षेत्रका लागि समेत कानुन बनेर आउने र त्यसले औद्योगिक वातावरण सिर्जना गर्ने हुँदा तोकिएको समयमै संविधान बन्नुपथ्र्यो तर बन्न नसक्दा उद्योग व्यवसाय क्षेत्रमा अन्योल कायम छ,” आलमले भने ।
तोकिएको समयमा संविधान घोषणा हुन नसक्दा नयाँ उद्योग स्थापना गर्न सबै हिच्किचाइरहेको र बैंकहरुले पनि उत्साहप्रद रूपमा लगानी गर्न छाडेको युवा उद्योगी तथा सिद्धार्थ ग्रुपका निर्देशक राजेश अग्रवाल बताउँछन् ।
सबै तिरबाट विश्वासको वातावरण बिगिँ्रदै गएको र भोलि जे पनि हुन सक्ने भन्दै सर्वसाधारणले लगानी गर्नुको सट्टा नगद र सुन, हीरा किनेर राख्न सुरु गरेको अग्रवालको दाबी छ ।
वीरगन्जका उद्यमीमा त्रास
संविधानसभाको म्याद थपिन्छ कि थपिन्न वा थपिए पनि देश कस्तो प्रकारको राजनीतिक व्यवस्थातर्फ जान्छ भन्ने त्रास पर्साका व्यापारीमा व्याप्त छ । “अहिले मुलुक अन्तरिम संविधानअन्तर्गत चल्दैछ, नयाँ  संविधान बन्ने क्रममा छ, बनेन भने के हुन्छ ? भने त्रास उद्योगी व्यापारीमा छ,” वरिष्ठ उद्योगी एवं वीरगन्ज उद्योग वाणिज्य संघका आमन्त्रित सदस्य जगदीश अग्रवालले भने ।
देशमा लोकतन्त्र आएपश्चात् उद्योग जगतको विकासका मौलिक मुद्दा कार्यान्वयन हुन सकेको छैन, नयाँ संविधान बनेपछि उद्योग व्यवसायको विकास हुन्छ भन्ने आश उद्योगी–व्यवसायीमा थियो । “तर निर्धारित समयमा संविधान निर्माण हुन नसकेकाले वर्तमान अवस्थामा लगानी रोकिएको हो,” उनले भने ।
राजनीतिक अस्थिरताको नकारात्मक प्रभावका कारण अर्थजगत अन्योलको चपेटमा परेकोले अहिलेको तरल अवस्थामा स्वदेशी र विदेशी लगानीकर्ताले लगानी गर्न नचाहेको उनको तर्क छ ।  अस्थिरताका कारण देशका अधिकांश युवा उद्यमीले विदेशमा लगानी गरिरहेको पनि उनले बताए ।
वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ओमप्रकाश सिकारियाले अहिलेको राजनीतिक अस्थिरताले लगानीकर्तासामु असहज परिस्थति सिर्जना भएको बताएका छन् । स्थिर र सुनिश्चित राजनीतिक प्रणालीअन्तर्गत मात्र आर्थिक क्षेत्रको विकास सम्भव हुने बताउँदै सिकारियाले अनिश्चितताका कारण अहिले उद्योगी व्यापारी द्विविधामा परेको बताए । राजनीतिक अस्थिरताले बजेटअनुरुपको खर्च, विकास कार्य हुन नसकेकाले आयातकर्र्ता मारमा परेको उनले बताए ।
अहिलेको अस्थिरताले सेयर मार्केटदेखि सबै प्रकारका आर्थिक सूचकांकमा नराम्रो प्रभाव परेको उनले बताए । “जेठ १४ पछि के हुने हो भन्ने त्रास सबैमा रहेका कारण समग्र व्यापार, उत्पादन घटेको छ । सबै पर्ख र हेरको स्थितिमा छन्,” वीरगन्ज उद्योग वाणिज्य संघका एक पदाधिकारीले भने ।
इटहरीबाट नेपाली रुपैयाँ भारत गयो
पटक–पटक संविधानसभाको म्याद थप्नुपर्दा करोडौं रुपैयाँ भारततर्फ गइरहेको सुनसरीका व्यवसायीहरुले बताएका छन् । संविधानसभाको म्याद थप्ने समयमा विभिन्न समूहले गर्ने बन्दका क्रममा व्यवसायीबाट ठूलो रकम विदेशतर्फ गइरहेको उनीहरुको भनाइ छ । बन्द भएपछि व्यवसायीहरु भारतका विभिन्न सहरमा घुम्न जाने र ठूलोमात्रमा खर्च गर्ने गरेकाले सो रकम भारततर्फ गइरहेको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष रोहित प्रसाईंले बताए ।
उनले बन्दका बेला सीमानजिकका धेरै व्यवसायी सपरिवार भारतका विभिन्न सहरमा घुम्न जाने भएकाले धेरै नेपाली रुपैयाँ भारत जाने गरेको बताएका हुन् । “संविधानसभाको म्याद थप गर्ने समयमा विभिन्न समूहले बन्द गराउँछन् । १५ दिनयता दिनहँुजसो भइरहेको बन्दले इटहरी क्षेत्रमा मात्र दैनिक ३ करोडको क्षति भइरहेको छ,” उनले भने ।
संविधान नबन्दा मुलकमा सरकार दरिलो नभएका कारण उद्योगी व्यवसायी मारमा परेको बताउँछन् पूर्वाञ्चल उद्योग व्यवसायी संरक्षण मञ्चका अध्यक्ष टंक दुलाल । उनले संविधान निमार्णको म्याद पटक–पटक सारिँदा औद्योगिक र व्यावसायिक क्षेत्रमा लगानी गर्ने वतावरण नभएको बताए ।
संविधानसभाको म्याद पटक–पटक सार्दा मुलुक अन्योलको भुमरीमा फसेको हेल्दी फुड प्रोडक्टस्का निर्देशक निर्मल रिजालले बताए । उनले म्याद थप्ने समय हुन लाग्दा विभिन्न समूहले गरेको बन्दका कारण औद्योगिक उत्पादनमा ह्रास आएको र कर्मचारीलाई तलब खुवाउनसमेत गाह्रो भएको बताए ।
घाटामा झापाको व्यापार
नेपालको राजनीतिक गतिरोध लम्बिरहँदा पूर्वका उद्यमीहरुले घाटाको व्यवसाय गर्नुपरेको बताएका छन् । राजनीतिक परिवर्तन हुने र व्यावसायिक स्थिरता आउने आशामा घाटामा भए पनि व्यवासाय चलाउनुपरेको उनीहरुको भनाइ छ ।
मेची उद्योग वाणिज्य संघका अध्यक्ष केशव पाण्डे सरकारले लगानीमैत्री वातावरण र नीति बनाउन नसक्दा लगानीकर्ता व्यवसाय छोड्ने अवस्थामा पुगेको बताउँछन् । कतिपय लगानीकर्ता लगानी झिकेर अन्यत्र लगानी गर्न थालेको उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका उनले कतिपय झापाका व्यवसायीहरुले लगानी झिकेर भारतका विभिन्न सहरमा लगानी गर्न थालेको बताए । खासगरी पश्चिम बंगालमा आएको राजनीतिक परिवर्तनले लगानीको अवसर बढाउँदै लगेकाले नेपाली व्यवसायीले समेत त्यतातर्फ लगानी गर्न थालको उनको भनाइ छ ।
यस्तै झापा उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र घिमिरले सरकारले लगानी संरक्षणको नीति बनाउन नसक्ने हो भने अझै पनि व्यवसायीले लगानी झिक्न सक्ने अवस्था आउने बताए । उनले भने, “व्यवसायीहरुले राजनीतिक परिवर्तनलाई स्वीकार गरेर यतिन्जेल धैर्य गरेर घाटामा भए पनि व्यवसाय चलाए तर धैर्य सकिइसक्यो ।”
झापाको हङकङ बजार भनेर चिनिने धुलाबारीका तीन दर्जनभन्दा बढी व्यवसायीले नेपालको लगानी निकालेर पश्चिम बंगालको सिलगुडीमा लगानी गर्न थालेको उनले बताए । दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईंले जतिसक्दो चाँडो राजनीतिक तरलताको अन्त्य गरी लगानी सुरक्षित हुने अवस्था सिर्जना गर्नुपरेको बताए । पछिल्लो तीन वर्षमा लगानी बढाउने भन्दा पनि व्यवसायीलाई भएको लगानीको सुरक्षा गर्नु नै चुनौती भएको उनले बताए ।

Wednesday, May 25, 2011

सिमेन्ट उद्योगमा १३ अर्ब लगानी




मागको ७० प्रतिशत स्वदेशी उद्योगले पूरा गर्छन्

“झन्डै १० वटा उद्योग सञ्चालनको तयारीमा छन्, बिकाविकास निर्माणका कामले गति लिए नेपालमा थप सिमेन्ट उद्योग  समेत स्थापना हुनेछन् ।
काठमाडौं, ९ जेठ
 नेपालमा विकास निर्माणका कार्यहरु  सुस्त गतिमा भइरहे पनि सिमेन्ट उद्योग खोल्ने क्रम भने बढेको छ । पछिल्ला दिनमा सरकारको पूँजीगत खर्च अपेक्षित हुन नसक्दा विकास निर्माणका कार्यहरु सुस्त गतिमा भइरहे पनि निजी क्षेत्रबाट समेत पछिल्ला दिनमा ठूला निर्माण कार्य हुन थालेपछि उद्योगीहरू सिमेन्ट उद्योगप्रति ति आकर्षित भएसँगै यो क्षेत्रमा लगानी बढेको हो ।
लगानीकर्ताको चासो देखिएको हो । कम्पनी रजिष्टाजिस्टारको कार्यालयको एक तथ्याँंक अनुसार कार्यालयमा दर्ता भएका १ सय २ सिमेन्ट उत्पादन गर्ने कम्पनीउद्योगहरुले १३ अवअर्ब २९ करोड बराबारको लगानीको  प्रतिबद्धता जनाएका छन् । यो लगानी सिमेन्ट मात्रै उत्पादन गर्ने कम्पनीको मात्रै हो । यसैगरि सिमेन्ट उद्योगका सहायक कम्पनीका रुरूपमा स्थापित कमपनीहरु जस्तै  कंक्रिट, पाइप, रड, क्रसर उद्योगहरुहरूको दर्तामा पनि उत्साहजनक रुपमा बवृद्धि भएको छ ।
देखिएको छ ।
“सिमेन्ट उद्योग फस्टाउनुको कारण नेपालमै कच्चा पदार्थ पाइने तथा बजार समेत राम्रो भएकाले सजिलै पाइनु नै प्रमुख कारण भएको यहाँ सिमेन्ट उद्योग फस्टाएका छन्,” सिमेन्ट उत्पादक संघ नेपालका अध्यक्ष आत्माराम मुरारका भन्छन्, “बताउँछन् । पछिल्ला दिनमा लगानीका अन्य क्षेत्रहरु  खुम्चिँदै गए पनि सिमेन्ट उद्योगप्रति ठूला लगानीकर्ताको समेत चासो बढ्नुलाई सकारात्मक रुरूपमा लिनुपर्छ ।”हेर्ने मुरारका  सरकारले पूुँजीगत खर्च समे त बढाउन सके यस ो क्षेत्रबाट ठूलो राजस्व पनि  संकलन हुने उनी बताउँछन् ।
 निर्माणको  सामाग्रीको उत्पादन दैनिक जसो बढ्नुले यस्ता उद्योगमा लगानी बढेको उनको भनाइ छ ।
“दै जानु तथा सिमेन्ट उत्पादनका लागि चाहिने आवश्यक कच्चा पदार्थहरु पनि नेपालमै पाइने भएकोले नेपालमा सिमेन्ट उद्योगमा लगानी बढ्न थालेको हो । आधुनिक डिजाइनका घरहरुको निर्माण हुने क्रम बढ्दै गएको तथा निर्माणका समाग्रीको ब्यापारमा बृद्धि हुन थालेकोले सिमेन्टमा लगानी गरेको ब्यवसायीको भनाई छ ।
पछिल्लो केही समय यता बिकाविकासका कामहरु  सुचारु हुने सम्भावना अवस्था देखिएकोेले व्यवसायीहरू सिमेन्टतर्फ ब्यवसायी उत्साहित भएको छन्,” उनले भने, संघका अध्यक्ष मुरारकाले बताए ।  “गएका वर्षहरुमा बिकाविकासका कामहरु  ठप्प ठप्प थिए; भएको  स्मरण गर्दै यतिबेला सडक, बाटो, पुल, मल, हाइड्रोपावर जस्ता निर्माणका कार्यहरु  बढेको छन् । यसले सिमेन्ट उद्योगलाई फाइदा पु¥याएको छ ।”
ले सिमेन्टमा लगानी बढ्को थालेको जानकारी दिए ।  नेपालमा उत्पादन हुने सिमेन्टले कुल आवश्यकताको ७० प्रतिशत माग मात्रै पुूरा गरेको दाबी गर्दैै जानकारी दिँदै अध्यक्ष मुरारकाले सरकारले बिवकास निर्माणमा णका गतिविधि बढाए केही लचकता भएमा सिमेन्ट उद्योगले शतप्रतिसशत माग पूरा गर्ने दाबी जिकिर गरे । “यस्तो जटिल अवस्थामा पनि यहाँको उत्पादनले झण्डझन्डै ७० प्रतिशत माग ओगटेको छ, यसतर्फ  सरकारको यसतर्फ ध्यान गयो भने सिमेन्टको लगानीले मुलुकलाई ठुलो राज्यलाई धेरै माथि पुर¥याउँछ ।” उनले भने ।
सिमेन्टका लागि चाहिने चुनढुंगा नेपालमा प्रशस्त भए पनि को बताउदै उनले जिप्सन, कोइला, आइरन जस्ता सामानहरु  भारत तथा र भुटानबाट आयात गर्नु परेको जानकारी दिए । र्छ ।
उनले भने “झण्डै १० वटा उद्योग सञ्चालनको तयारीमा छन् बिकास निर्माणका काम भएमा नेपालमा सिमेन्ट उद्योगको भविष्य राम्रो छ ।” उनका अनुसार सरकारी स्वमित्वको लगानीका उद्योगभन्दा पनि निजी उद्योगहरुमा ब्यवसायीको माग बढ्दै गएको छ ।  बृज, जगदम्बा, पञ्चकन्या, कस्समस, महालक्ष्मी, मारुती, बिश्वकमाविश्वकर्मा, अम्बे लगायतका  सिमेन्टब्रान्डले उद्योगहरु निजी लगानीमा आफ्नो नेपालमा आफ्नो पहिचान बनाइसकेका छन् । मुरारकाका अनुसार झन्डै १० वटा सिमेन्ट उद्योग सञ्चालनको तयारीमा छन् । उद्योगहरु हुन् ।
खाद्य सामाग्रीको  उत्पादन गर्दै आएको शारदा समुूहले ‘सिमेन्टको प्रचुर संभावना भएको भन्दै शिबवम’ नामक नयाँ सिमेन्ट उद्योग सञ्चालनमा ल्याउँदै छ । करिीवब ३ करोड रुपैयाँको लगानीमा स्थापित उद्योगले उत्पादन सुरु गरेको जानकारी दिदै समुहका एक अधिकारीले  दैनिक ११ सय सिमेन्ट परिीक्षणका रुपमा  उत्पादन सुरु गरिसकेको छ । हुन थालेको बताए । उनले नेपाल सिमेन्टमा निर्भर नभैसकेको बताउदै यसले आयातमा प्रतिस्थापन गर्न सहज हुने मनोसायले सिमेन्टमा लगानी गरेको बताए ।
पञ्चकन्या समुूहका अध्यक्ष प्रदिीप कुमार श्रेष्ठले नेपालमा सिमेन्टको निर्यात दैनिकजसो बढ्दैेकाले गएको बताउदै  निर्यात प्रतिस्थापन गर्न नयाँ उद्योग सञ्चालनले ठूलो भूमिका खेल्ने बताउँछन् । मा ल्याउनु पर्ने बताए । सिमेन्ट उत्पादन गर्न आवश्यक कच्चा पदार्थहरु नेपालमै पाइने जानकारी दिदै उनले कोल जिप्सन नामक कच्चा पदार्थमात्र दोश्रो मुलुकबाट ल्याउनु परेको बताए । उनले भने ““सिमेन्ट उत्पादन गर्न चाहिने मुख्य कुरा चुन ढुंगा हो त्यो नेपालमै प्रशस्त छ ।”
श्रेष्ठले सिमेन्ट उत्पादनकालागि कोल जिप्सन नामको कच्चा पदार्थ मात्र भारतबाट आयातित गर्नुृ परेको जनाउदै नेपालमा सिमेन्टको उलेख्य  संम्भावना धेरै छ,” उनी भन्छन्, “ रहेको बताए । हाइड्रोपावरमा सिमेन्टको  प्रयोग अनिवार्यजस्तै हो भने भएको बताउदै उनले निर्माण रियलस्टेट, हाउजिङको कारोबारको  बवृद्धिका द्धिका कारण सिमेन्ट उद्योगमा लगानी लगानी बढ्न न थालेको छ, यो सकारात्मक हो ।” जिकिर गरे । पञ्चकन्या समुूहले निमार्णका  सामाग्रीको  उत्पादन तथा बिक्री गर्दै आएकोे गर्छ ।   कम्पनीले पछिल्लो केही वर्षयता सिमेन्टको मागलाई ध्यानमा राख्दै कम खर्च लाग्ने सिमेन्ट बालुवा , गिट्टीको आवश्यकता नपर्ने गरी लगानीमा रेडिम्याक्स कङक्रिटकाकंक्रिट े उत्पादन सुरु गरेको छ । भौगालिक बिबिधता तथा ठुला ठुला चुरे पहाडहरु नेपालमा नै भएको बताउदै ब्यवसायीक प्रतिस्पर्धाले अधिकाँश कम्पनीले गुणस्तरीयता कामम गर्न नसकेको जिकिर गरे ।
गोेयनका सिमेन्टका सञ्चालक अजय गोयन्कालयनकाले मुलुकमा बढ्दै गएको औद्योगिीकीकरण  र शहसहरीकरणले सिमेन्टको माग बढेकाले बढ्दो मालगाई पुरा गर्नआफूहरू सिमेन्टमा न्ट उद्योगमा आकर्षित भएको बताए । लगानी गरेको बताए । गएको मङसिर ंसिरमहिनादेखिी सिमेन्टको उत्पादन सुरु गरेको बताउदै उनले मुलुकमै पहिलोपटक क्लोज सर्किट मिलबाट सिमेन्ट उत्पादन थालिएको जानकारी उनले दिए । सुरु गरेको जानकारी दिए । विगत तीन दशक देखि निर्माण सामाग्रीमा संलग्न गोयन्का समुहले उत्पादन क्षमताको प्रचुर संभावना हुदाहुदै पनि आन्तरीक कारणले सिमेन्ट उद्योगमा लगानी गर्न नसकेको बताए । गोयन्का यनका सिमेन्ट रुपन्देहीको  भैरहवामा ५५ करोड रुपैयाँको लागतमा सञ्चालनमा आएको छ ।स्थापना गरिएको हो ।

Sunday, May 22, 2011

जेठो उद्योगलाई बिजुली दिने मेसिन

विराटनगर, जेष्ठ ७ - मिलमा विश्वमै कम संख्यामा निर्माण भएका मेसिन भएकाले तिनको संरक्षण गरेर राख्नुपर्ने स्वदेशी तथा विदेशी विज्ञहरूले सुझाव दिँदै आएका छन् । मेसिनमा टाँसिएको ट्यागमा 'स्विस लोकोमोटिभ एन्ड मेसिन वक्र्स, विनटरथुर' अंकित छ । उक्त मेसिन उत्पादक कम्पनी स्विस लोकोमोटिभ एन्ड मेसिन वक्र्स, विनटरथुरकै सन् १८८६ को उत्पादन रहेको र  फिनिस स्टेट रेलवेजमा १९३२ सम्म प्रयोग भएको तथ्य छ ।
विक्रम संवत् १९९३ दर्ता नम्बर १ । यही ऐतिहासिक मिति र दर्ता नम्बरका कारण मात्र होइन औद्योगिक विकास र राजनीतिक आन्दोलनको उद्गमस्थालका रूपमा पनि विराटनगर जुट मिल नेपालको आर्थिक राजनीतिक विकासक्रमको महत्त्वपूर्ण धरोहर हो । विराटनगर बजारबाट ६ किलोमिटर दक्षिण भारतीय सीमानजिक रहेको यो मिलका क्षेत्रको करिब ५५ बिघा जग्गा र विभिन्न संरचना छन् ।
पहिले पूर्वी नेपालका सुनसरी र मोरङ जिल्लामा पर्याप्त जुट उत्पादन हुन्थ्यो । ती जुट बेच्न भारतको फारबिसगन्जसम्म गोरुगाडामा कष्टसाथ जानुपर्ने अवस्था थियो । उद्योगको उत्कर्ष अवस्था २०२० देखि ४० ताका दैनिक ५० टनसम्म जुट उत्पादन हुने गरेको उद्योग वाणिज्य महासंघ, कर तथा राजस्व परामर्श समिति सभापति जगदीश राठी बताउँछन् ।
सन् १९३६ मा स्थापित यसमा मिलका लागि त्यसबेला ऊर्जा समस्या थियो । स्वदेशमा बिजुली उत्पादन नगण्य मात्र थियो । मिलका संस्थापक भारतको कोलकाताका त्यसबेलाका धनाढ्य व्यापारी राधाकृष्ण चमडियाले बेलायतमा बनेका ती मेसिन ल्याएको जानकारहरू बताउँछन् । अन्तर्राष्ट्रिय व्यापारीहरूसँग सम्बन्ध भएका भनिएका उनले तिनै विदेशीहरूको सुझावमा उक्त मेसिन भित्र्याएको सुनिएको मिल सञ्चालन समितिका पदाधिकारीको भनाइ छ ।
इन्जिनलाई सानासाना टुक्रामा छुट्याएर पानी जहाजमार्फत कोलकातासम्म ल्याइएको थियो । त्यहाँबाट रेल मार्ग हुँदैविराटनगर ल्याइएको हो । यहीँ ल्याएर जडान गरिएको हो । त्यसबेला भारतीय
रेल विराटनगर जुटमिलसम्मै आइपुग्थ्यो । 'सुरुमा इन्जिन बनाउने कम्पनीबाटै आएका प्राविधिकहरूले जडान गरेको भन्ने जानकारी छ,' मिल सञ्चालक समितिका अध्यक्ष अशोक पोखरेल भन्छन्, 'त्यसपछि भारतीय प्राविधिकहरूले रेखदेख र सञ्चालन गरेको देखिन्छ ।'
फर्नेस आयलले चल्ने ती मेसिनबाट ७ सय ५० का दरले १५ सय किलोवाट बिजुली उत्पादन हुन्थ्यो । उत्पादित बिजुली मिलमा खपत भई बाहिरका केही उद्योगलाई पनि आपूर्ति गरिएको थियो । आसपास क्ष्ाेत्रमा रहेका रघुपति जुटमिल, अशोक टेक्सटाइल, सुगर मिल, हुलास मेटलजस्ता उद्याेगका साथै अरुण सिनेमा हलमा पनि बिजुली दिइएको थियो ।
सुरुमा उक्त मेसिन फलके साहेब नामका भारतीय प्राविधिकले हेरचाह र सञ्चालन गर्ने गरेको मिलका पुराना कर्मचारी बताउँछन् । त्यसपछि माधव साहेब, प्रभाकर हुँदै रत्नेश्वर झाले मेसिन सञ्चालन र रेखदेख गरेको मिलमा करिब साढे तीन दशक फोरम्यान भएर काम गरेका चन्द्रबहादुर थापा मगर बताउँछन् । झाको पालापछि भने इन्जिनमा खराबी आएर बन्द
भएको हो ।
आफूहरूले उक्त मेसिन 'पानी जहाजमा प्रयोग हुने खाले' भन्ने सुनेको उनले बताए । इन्जिनमा खराबी आएपछि सामान नपाएको अनि बनाउने जनशक्ति पनि नभएकाले त्यसै थान्को लागेको हो । विसंं २०४२ देखि दुवै इन्जिन थन्किएका हुन् ।
मिल परिसरमा चेकोस्लाभाकिया निर्मित दुइटा जेनेरेटर पनि छन् । दुवै गरी १२ सय १६ किलोवाट क्षमताका रहेको प्राविधिकले बताएका छन् । यसैगरी कोइलाबाट चल्ने ६ मेगावाटको कोइला प्लान्ट प्रयोगविहीन  छ ।
विराटनगर आउने विभिन्न मुलुकका राजदूत र विदेशी जानकारहरूले जुट मिलमा त्यो जमानाको पुरानो प्रविधिको इन्जिन देखेर निकै चासोपूर्वक जानकारी लिने गरेको मिलका प्रबन्धक महेश हमाल बताउँछन् ।
विभिन्न समयमा भ्रमणमा आउनेमा प|mान्सका राजदूत, बंगलादेशी राजदूत, राष्ट्रसंघीय विकास कार्यक्रमका उच्च अधिकारीहरू रहने गरेका छन् । मिल स्रोतका अनुसार कसैकसैले त
किन्ने उद्देश्यले पनि चासो राख्ने गरेका छन् ।
मिल र त्यसमा रहेका सबै मेसिनरीलाई एकीकृत गरी संरक्षण गर्नुपर्ने विज्ञहरूले औंल्याएका छन् । 'नेपालको पहिलो, ठूलो र रोजगारीका हिसाबले पनि ठूलो उद्योग ऐतिहासिक र पुरातात्त्विक महत्त्वको हो,' स्थानीय अग्रज उद्योगीसमेत रहेका राजस्व परामर्श समिति सभापति राठी भन्छन्, 'संरक्षण गरे आउने पुस्ताका लागि प्रेरणास्रोत बन्नेछ ।'



 

पाँच महिनामा ११ सय उद्योग दर्ता


 काठमाडौं, ७ जेठ
पछिल्लो पाँच महिनाको अवधिमा १ हजार १ सय ६७ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार पुसदेखि वैशाख मसान्तसम्म १ हजार १ सय १२ साना तथा ५५ वटा घरेलु उद्योग दर्ता भएका छन् ।
पुसमा मात्रै २ सय ४७ उद्योग दर्ता भएका छन् । माघमा २ सय ६०, फागुनमा २ सय ३५, चैतमा १ सय ५२ र वैशाखमा १ सय ७३ उद्योग दर्ता भएका छन् । कार्यालयका अनुसार यो अवधिमा ४५ उद्योगले ठाउँ परिवर्तन गरेका छन् भने ४६ वटाले नामसारी गराएका छन् । १ सय ३८ उद्योगमात्र नवीकरण भएको कार्यालयले जनाएको छ । यो अवधिमा ३८ वटा उद्योग खारेज भएका छन् ।
तथ्यांकअनुसार यी उद्योगको कुल पुँजी ३४ लाख रुपैयाँ छ । यी उद्योगमा ११ हजार २ सय ९५ जनाले रोजगारी पाउने प्रक्षेपण गरिएको छ । यो संख्या राजधानीमा दर्ता हुने उद्योगको मात्रै हो । घरेलु तथा साना उद्योग विभागको तथ्यांकअनुसार गत वर्षको चैत मसान्तसम्ममा मुलुकभर २ लाख २९ हजार ६ सय ८३ उद्योग दर्ता छन् ।
मुलुकका सबैखाले उद्योगहरू दैनिकजसो बन्द हुने क्रम बढ्दै गएकाले लगानीकर्ताहरू साना उद्योगमा आकर्षित भएको कार्यालयका अधिकारीको भनाइ छ । “ठूलो लगानी गर्ने वातावारण अनुकूल नभएकोले लगानीकर्ताहरू साना उद्योगतिर तानिएका छन्,” कार्यालयका उद्योग अधिकृत पुरुषोत्तम शर्माले भने । मुलुकमा लगातार १४ घण्टासम्म लोडसेडिङ, चन्दा आतंकलगायतका कारण ठूला उद्योगमा संकट गहिरिँदै गएको उनले बताए ।
महिना    उद्योग दर्ता
पुस        २ सय ४७
माघ      २ सय ६०,
फागुन   २ सय ३५
चैत       १ सय ५२
वैशाख   १ सय ७३

Wednesday, May 18, 2011

५२ वर्षपछि पुनर्मिलन

ल्मी, जेष्ठ ४ - 'राम्ररी बस्नू, आफ्नो र बच्चाको राम्रो ख्याल गर्नू, म जागिर खोजेपछि तिमीलाई लिन आउँछु,' २५ वर्षे किमबहादुर श्रीसले श्रीमती चन्दि्रकालाई भनेका थिए । त्यही विश्वासमा चन्दि्रका कहिले श्रीमान् आउलान् भन्दै दिन गन्न थालिन् । तर दिन हैन, वर्षौं बित्यो पति फर्किएनन् । २४ वर्षको छँदा छाडेका पति आफू प्रौढावस्थामा पुग्दा पनि नफर्केपछि उनले फेरि भेट हुने आसै मारिसकेकी थिइन् । तर अचम्म, ५२ वर्षपछि उनको जीवनमा अचानक खुसीको भेल आयो- पति घरमा टुप्लुक्किए । चलचित्रको कहानीझैं लाग्ने हाडहाडे-५ को यो जोडीको अहिले अथार्थमै पुनर्मिलन भएको छ ।
२५ वर्षको लक्का जवान छँदा बिछोडिएका जीवनसाथी किमबहादुर यतिबेला ७९ पुगेका छन् भने एक वर्ष कान्छी चन्दि्रका ७८ की भइन् । राम्ररी पैसा कमाउने उद्देश्यले यो जोडी बिछोडिएको थियो । छुट्टनिे बेला गर्भमा रहेका उनीहरूका कान्छा छोरा सूर्यप्रकाश अहिले ५२ वर्षका भए । उनले शनिबार पोखरामा पहिलो पटक आपmना बाबु फेला पारेका हुन् ।
पैसा कमाएर श्रीमती र छोराछोरीलाई सुख दिलाउने आशामा भारत पसेका किमबहादुर गरिबीकै कारण घर र्फकन सकेनन् । घरबाट हिँड्दा सोचेजस्तो कमाउन नसकेपछि विरक्तिएका उनले कोलकाता, सिलाङ र असममा जवानीका ३५ वर्ष बिताए । कतैबाट पनि पैसा कमाउन नसकेपछि नेपाल फर्केका उनलाई त्यसपछि पनि घर जान मन लागेन । त्यसपछिका १७ वर्ष परिवारसँग सम्पर्कविहीन भएर पोखरामा बिताएको उनले बताए ।
पोखरानजिकै राम्दीको सुस्तमनस्थिति केन्द्रमा उनलाई छोराले फेला पारेका हुन् ।
पहिला पैसा कमाउन नसकेपछि घर आउन मन लागेन,' घर र्फकन नसक्नुको पीडा पोख्दै किमबहादुरले भने, 'नेपाल आएपछि पनि पागलजस्तै भइयो र घर नै बिर्सिन थालियो ।' अहिले श्रीमती, छोरा र भाइसमेत खोज्दै पोखरामै पुगेकाले आएको उनले सुनाए ।  बेपत्ता बाबुलाई तम्घासकै भरत भलामीको सहयोगमा उनीहरूको परिवारले फेला पारेको हो । किमबहादुर पोखरामा रहेको र हाडहाडेकै हुन सक्ने भन्ने खबर पाएपछि छोरा सूर्य, आमा चन्दि्रका र साइँला बाबु दलबहादुर उनलाई भेट्न त्यहाँ पुगेका थिए । 'देख्नासाथ आमाले तेरो बाबु यिनै हुन् भनेपछि म एकैछिन बोल्न र हेर्न पनि सकिनँ,' सूर्यले भने ।
पाँच दशकभन्दा बढी समय जीवनसाथी बिनै बिताएकी चन्दि्रकाले खुसी व्यक्त गर्दै भनिन्, 'ढिलै भए पनि श्रीमान्सँग भेट हुन पायो ।' घर छाड्नासाथ सम्पर्कविहीन भएकाले यति लामो समयसम्म कतै खोज्न नसकिएको उनले बताइन् । पहिलो पटक पोखरा पुगेर बाबु भेटेका सूर्यप्रकाशले भने आफूलाई सपना हो कि विपनाजस्तो भएको बताए । 'म आफैं नातिनातिनाको हजुरबुबा भैसकें,' सूर्यप्रकाशले भने, 'देख्छुजस्तो



लागेको थिएन तर अहिले सपना हो कि विपना छुट्टयाउनै गार्‍हो भएको छ ।' परिवारमा अहिले खुसीको कुनै सीमा नरहेको उनले बताए ।
भेट्नासाथ परिवारले उनीहरूलाई पोखरामै अबिर जात्रा गरेका थिए । 'दोस्रो विवाहजस्तै गरियो,' भाइ दलबहादुरले भने । किमबहादुरका दुई छोरा, ६ नातिनातिना र ३ पनातिपनातिना भइसकेका छन् । उनीहरू पोखराबाट सोमबार साँझ तम्घास आएको खबर पाएपछि हाडहाडेबाट त्यहीं भेट्न पुगेका आफन्तको होटलमै भीड लागेको थियो ।




प्रकाशित मिति: २०६८ जेष्ठ ४ ०९:०२

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...