Sunday, April 19, 2020

साँवा–ब्याज तिर्ने भाका सार्न आग्रह

विकास साझेदारसँग साँवा–ब्याज तिर्ने भाका सार्न आग्रह
ढुकुटीमा रकम थुप्रिए पनि सरकारले वैदेशिक ऋणको साँवा र ब्याज तिर्ने समय बढाइदिन विकास साझेदारहरूसँग आग्रह गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७६ माघ मसान्तमा केन्द्रीय बैंकमा रहेका सरकारका विभिन्न खातामा स्थानीय तहको खातामा रहेको ६० अर्ब ७ करोडसमेत कुल २ खर्ब ४१ अर्ब ३१ करोड नगद मौज्दात रहेको छ । साथै, वैदेशिक मुद्रा संचिती पनि आगामी ८ महिनाको बस्तु तथा सेवा आयातको लागी पुग्ने राष्ट्र बैकको तथ्यांकले देखाउँछ । यस्तै, माघयता सरकारले राजस्व परिचालनको लक्ष्य पूरा गर्न नसकेजस्तै आफ्नै लक्ष्यअनुरुप खर्च पनि गर्न सकेको छैन । तर, अन्तर्राष्ट्रिय विकास साझेदार प्रतिनिधिसँगको शुक्रबारको छलफलमा अर्थ तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले ऋण चुक्ता गर्ने समय थप मागेका छन् ।
माघ महिनासम्मको तथ्यांकअनुसार संघीय सरकारले वैदेशिक (वाह्य) ऋणतर्फको ६ खर्ब ६३ अर्ब ७२ करोड रुपैयाँ साँवा तिर्न बाँकी छ । यस्तै, वाह्य ऋणको करिब १० अर्ब ३३ करोड रुपैयाँ साँवा र दुई अर्ब १३ करोड ६४ लाख व्याज चालु वर्षको माघसम्ममा भुक्तानी गरिसकेको छ ।
मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा सरकारले १ खर्ब ९ अर्ब २८ करोडबराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त गरेको छ । यसमा ८५.१८ प्रतिशत (९३.०८ अर्ब रुपैयाँ) ऋण हो भने बाँकी (१६.२० अर्ब रुपैयाँ) अनुदान हो । अघिल्लो आवमा प्राप्त गरेको वैदेशिक सहायतमा ऋण र अनुदानको हिस्सा क्रमशः ८७.४० प्रतिशत र १२.६० प्रतिशत रहेको थियो ।
कोरोना महामारीसँग जुध्न समेत दातृ निकायहरूले थप सहयोग गर्ने प्रतिवद्धता जनाइरहेका छन् । कोरोना भाइरसले नेपालको अर्थतन्त्र तथा जनजीवनमा पारेको प्रभाव र नेपाल सरकारले गरेको प्रयासबारे दातृ निकायलाई भिडियो कन्फ्रेन्समार्फत ब्रिफिङ गर्दै डा. खतिवडाले विश्वव्यापी संकटको समाधान विश्वव्यापी प्रयास, साझेदारी र सहयोगबाट मात्र सम्भव भए पनि देश भित्रको संकट व्यवस्थापनमा राष्ट्रिय प्रयास सर्वोपरी रहने हुनाले कोरोना संक्रमण रोकथाम र नियन्त्रण तथा यस क्रममा अर्थतन्त्रमा देखा परेका चुनौती समाधान गर्न नेपालले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।
उनले अन्तराष्ट्रिय, क्षेत्रीय तथा द्विदेशीय सहयोगको पनि उत्तिकै आवश्यकता रहेको बताए । अर्थमन्त्रीले विकास साझेदारहरूसँग अन्तर्राष्ट्रिय सहयोगको क्षेत्रमा चारवटा विषयमा ध्यान आकर्षित गर्दै उनले परम्परागत सहायता नीति, कार्यक्रम तथा सहायताका उपकरणबाट मात्र अहिलेको संकटको समाधान नहुने भएकोले नवीन सहायता, नीति, कार्यक्रम र सहायता उपकरणबाट मात्र हाम्रो जस्तो जोखिमयुक्त देशको संकटको समाधान हुने पनि बताए ।
“दोस्रो, नियमित रुपमा उपलब्ध भइरहेको अतिरिक्त थप स्रोत साधनबाट मात्र यो संकट समाधान हुन सक्नेछ र तेस्रो, विकास सहायताको प्रकार, विधि, शर्त तथा ऋणको लागत एवम् प्रक्रियालाई परिमार्जन र सरलीकृत गर्नुपर्ने हुन्छ” मन्त्री खतिवडाले भने “चौथो, वैदेशिक ऋणको सावाँ व्याज भुक्तानीको समय केही वर्ष पर सार्नुपर्ने र द्विपक्षीय ऋण सहायताको मोचन कार्यमा दातृ मुलुकले सदासयता देखाउनुपर्ने हुन सक्छ ।” उनले यी उपायहरूबाट नेपाल जस्तो सीमित स्रोत भएका मुलुकहरूले स्वास्थ्य पूर्वाधार क्षेत्रमा थप लगानी गर्न र आर्थिक पुनरुत्थानमा ठूलो सहयोग पुग्न सक्ने बताए ।
अर्थमन्त्री खतिवडाले कोरोना रोकथाम उपचार र पुनस्र्थापनाका लागि बाह्य स्रोत परिचालन गर्न अर्थ सचिवको संयोजकत्वमा एक सहजीकरण समिति गठन गर्ने जानकारी दिए । समितिमा सरकारी क्षेत्र र निजी क्षेत्रका अतिरिक्त विकास साझेदारका प्रतिनिधिहरूलाई समेत समावेश गर्ने प्रस्ताव पनि गरेका छन् । कोभिड –१९ रोकथाम तथा नियन्त्रणमा नेपालले हालसम्म चालेका संस्थागत र कार्यक्रमिक कदमहरू तथा नेपालले आगामी दिनमा चाल्नुपर्ने रणनीतिक कदमहरू बारे शुुक्रबार भिडियो कन्फरेन्स मार्फत नेपालले सो प्रस्तावप्रति विकास साझेदारहरूले समर्थन गर्दै उक्त सहजीकरण समितिमा आ आफ्नो तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता जनाएका छन् ।
उक्त छलफलमा विश्व बैंकका भाईस प्रेसिडेन्ट हार्टविग सेफर,अन्तर्राष्ट्रय मुद्रा कोषका डाईरेक्टर च्याञ्योङ रि, अन्तर्राष्ट्रिय वित्त निगमका भाइसप्रेसिडेन्ट नेना स्टोजोभिक, एशियाली विकास बैकका भाइस प्रेसिडेन्ट सिजिन चेन, एशियाली पूर्वाधार विकास बैकका भाइस प्रेसिडेन्ट तथा चिफ अपरेटिङ्ग अफिसर डि. जे. पान्डिन, नेपालका लागि संयुक्त राष्ट्र संघीय आवासीय प्रतिनिधि भेलीरी जुलिएन्ड, नेपालस्थित विश्व बैकका कन्ट्री म्यानेजर, नेपाल स्थित एशियाली विकास बैंकका कन्ट्री डाईरेक्टरसँग प्रत्यक्ष छलफल भएको थियो ।
साथै, छलफलमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थ सचिव शिशिर ढुंगानालगायत राजस्व सचिव, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सहसचिवसमेत सहभागी थिए । सो अवसरमा नेपालले कोरोना संक्रमण रोकथाम र नियन्त्रण तथा यस क्रममा अर्थतन्त्रमा देखा परेका चुनौती समाधान गर्न कुनै कसर बाँकी नराख्ने विश्वास दिलाउँदै यसमा अन्तर्रा्ष्ट्रिय, क्षेत्रीय तथा द्विदेशीय सहयोगको पनि उत्तिकै आवश्यकता रहेको पनि बताइएको छ ।
दाताहरूले कोरोना भाईरसको रोकथामका लागि स्वास्थ्य क्षेत्रमा आवश्यक उपकरण तथा सुरक्षाका सामग्रीहरूको व्यवस्था, स्वास्थ्य सेवा प्रणालीको विकास, साना तथा मझौला उद्यमहरू र रोजगारीमा परेको प्रभाव, मौद्रिक तथा वित्त नीतिबीच गर्न सकिने समन्वय र तादाम्यता तथा अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरूले गर्नसक्ने सहयोग बारे आ आफ्नो धारणा प्रस्तुत गरेका थिए । छलफलमा विकास साझेदारहरूले नेपालले हालसम्म गरेका कार्यहरूको सराहना गर्दै अब गर्ने प्रयासमा सबैको साथ र सहयोग रहने विश्वास दिलाएका थिए । विश्वका सबै मुलुकले सामना गरिरहेको हालको संकटलाई पार लगाउन सबैको सामूहिक र एकीकृत प्रयास रहनुपर्ने उनीहरूको जोड छ 

५५ अर्ब आन्तरिक ऋण उठाइँदै


सरकारले कोरोना भाइरसका कारण उत्पन्न समस्या सामाधान गर्न स्रोत नपुग्ने भएपछि आन्तरिक ऋण उठाउने तयारी गरेको छ । कोरोना भाइरसको समस्या दिनहुँ बढ्दै गएपछि अर्थमन्त्रालयले तालिका बनाएर १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन भन्दै नेपाल राष्ट्र बैंकलाई परिपत्र गरेको छ । सोही परिपत्रका आधारमा नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै यही चैत मसान्तभित्र ५५ अर्ब ४० करोड रुपैयाँ ऋण उठाउने बताएको हो ।
कार्यतालिका अनुसार सरकारले बाँकी रकम भने चौथो त्रैमास अर्थात बैशाखदेखि असार मसान्तसम्ममा १ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने छ । राष्ट्र बैंकले यो साता उठाउन लागेको ऋणमध्ये ५५ अर्ब ४० करोड रुपैयाँ आन्तरिक ऋण, २५ अर्ब रुपैयाँ ट्रेजरी बिल्स हो । यस्तै विकास ऋणपत्रमार्फत ३० अर्ब रुपैयाँ र वैदेशिक रोजगार बचतपत्रमार्फत ४० करोड रुपैयाँ उठाउने लक्ष्य राखिएको अर्थमन्त्रालयले जनाएको छ ।
सरकारले चालू आर्थिक वर्षका लागि ल्याएको बजेटले यस वर्ष १ खर्ब ९५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने बताएको छ । विकास खर्च नभएर सरकारको पैसा खर्च नभएको भन्दै ऋण नउठाएको सरकारले कोरोना भाइरसको कारण राजस्व नउठेपछि बजेटमा उल्लेख गरे अनुसारको सबै आन्तरिक ऋण उठाउने निश्कर्षमा पुगेको हो ।
बाँकी रहेको १ खर्ब ३९ अर्ब रुपैयाँ आन्तरिक ऋणमध्ये ६५ अर्ब रुपैयाँ ट्रेजरी बिल्सबाट र ७० अर्ब रुपैयाँ विकास ऋणपत्रबाट र ४ अर्ब रुपैयाँ नागरिक बचतपत्रबाट उठाइने उल्लेख छ ।
यस्तै ४० करोड रुपैयाँ वैदेशिक रोजगार बचतपत्र हुने राष्ट्र बैंकले सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ । राष्ट्र बैंकले जारी गरेको सूचनामा २० अर्ब १ सय ८२ दिने र ५ अर्ब ३ सय ६४ दिने गरी ट्रेजरी बिल्स रहेको उल्लेख छ ।
यसअघि सरकारको खर्च नभएकाले बजेटमा निर्धारण गरिएको लक्ष्य अनुसारको आन्तरिक ऋण गतवर्ष समेत उठाएको थिएन । गत वर्षसमेत लक्ष्य अनुसारको खर्च नभएपछि सरकारले आन्तरिक ऋण नउठाएको सरकार कोरोना महामारीबाट जुध्न श्रोत जुटाउन आन्तरिक ऋण उठाउने निश्कर्षमा पुगेको हो ।
“यो वर्षपनि आन्तरिक ऋण उठाउने अवस्थामा सरकार थिएन, तर कोरोना भाइरसका कारण सरकारलाई स्रोत अपुग हुने देखियो त्यसपछि आन्तरिक ऋण उठाउने तयारीमा जुटेको हो” अर्थ मन्त्रालय स्रोतले भन्यो ।
कोरोनाको कारण आर्थिक क्रियाकलाप ठप्प भएसँगै ऋणको अनुपात बढ्ने भएको छ । अर्थमन्त्रालयका अनुसार माघ मसान्तसम्ममा नेपालले तिनुपर्ने ऋण रकम ११ खर्ब १४ अर्ब छ । जसमा आन्तरिकतर्फ ४ खर्ब ५१ अर्ब रुपैयाँ र वैदेशिक ऋण ६ खर्ब ६३ अर्ब रुपैयाँ रहेको थियो । सरकारले कोरोना भाइरस रोकथामका लागि स्थापना गरेको राहात कोषमा करिब २ अर्ब रकम जम्मा भएको छ भने दात्रृ निकायबाट २५ अर्ब ऋण सहयता आउने निश्चित भएको छ । कोरोना कहरबाट लामो समय लकडाउन हुँदा अर्थतन्त्र थलिएपछि सरकार आर्थिक प्याकेज ल्याउने तयारीमा छ ।


अल्पकालीन तथा दीर्घकालीन रणनीति बनाइँदै

विकास साझेदारसँग सरकार
अल्पकालीन तथा दीर्घकालीन रणनीति बनाइँदै
सरकारले बहुपक्षीय विकास साझेदारहरुसँगको छलफबाट विश्वभर फैलिएको कोरोनाको महामारीका कारण नेपालमा सिर्जित समस्या तथा अर्थतन्त्र पुर्नउत्थानका लागि अल्पकालीन तथा दीर्घकालीन रणनीति बनाउने भएको छ ।
एसियाली विकास बैंक, एआईआइबी, विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषलगायतका बहुपक्षीय विकास साझेदारहरु, अर्थमन्त्री डा. युवराज खतिवडा तथा नेपाल राष्ट्र बैकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारी सामेल हुने उक्त बैठकले कोरोनाको महामारीका कारण नेपालमा सिर्जित समस्या समाधानका लागि आवश्यक राहत तथा उद्धार कोषको स्रोत व्यवस्थापनका बारेमा पनि छलफल गर्ने विश्व बैंकका नेपालस्थित म्यानेजर फारिस हादाद जेरोभले जानकारी दिए ।


बैठक स्रोत व्यवस्थापनका लागि सहयोगी हुने भन्दै उनले कोरोनाको त्रासदीपछि अर्थतन्त्रको पुर्नउत्थान लागि आवश्यक रणनीति पछि सहयोगका स्रोतको निक्र्यौल गर्न सहज हुने बताए ।

विश्व बैंकले मंगलबार अर्थमन्त्रालयसँग २८ मिलियन अमेरिकी डलरको सहयोग सम्झौता गरेपछि पत्रकारहरुसँग कुरा गर्दै उनले अल्पकालीन तथा दीर्घकालीन रणनीतिका बारेमा पनि छलफल गरिने र त्यपछि मात्रै सहयताको प्याकेजको यकिन गर्न सकिने बताए । स्थिति गम्भिर रहेको भन्दै उनले विश्वभर फैलिएको कोरोना महामारीको प्रभाव कतिसम्म र कहिलेसम्म पर्छ भन्ने यकिन नभएको बताए ।
मंगलबार हस्ताक्षर भएको सहयोगले कोरोना भाइरसको महामारीको अवस्थामा सार्वजनिक स्वास्थ्य सुधारका लागि आवश्यक औषधी एवं उपकारणका लागि उपयोग हुने विश्वस पनि व्यक्त गरे ।
साथै यो सहयोग आवश्यक तयारीमा सहयोगी हुनेछ भन्दै उनले यसले आपतकालीन सहयोग गर्नुका साथै संक्रमितको पहिचानमा पनि सहयोग पु¥याउने अपेक्षा गरिएको पनि बताए । “सहयोगले विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार परीक्षण तथा ट्रेसिङ गर्न सहयोगी हुनेछ,” उनले थपे ।
मंगलबार सहयोग आईसीयु निर्माण, अस्पतालमा आवश्यक बेड र आइसोलेसनको सुविधालगायतमा खर्च हुनेछ । यो प्रोजेक्ट स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत खर्च हुनेछ ।
उक्त सम्झौता हस्ताक्षर समारोहमा बोल्दै अर्थ सचिव शिशिरकुमार ढुंगानाले छोटो समयमै विश्व बैंकले गरेको सहयोगप्रति धन्यवाद दिए । उनले यस सहयोगले नेपालमा कोरोनाको महामारीविरुद्ध लड्न र सार्वजनिक स्वास्थ्य क्षमता बढाउनका लागि सहयोगी हुने अपेक्षा गरे । उनका अनुसार स्वास्थ्य मन्त्रालयले तीन वटै तहको समन्वयमा यो प्रोटेक्ज लागू गर्नेछ ।
विश्व बैंकले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न आपतकालीन प्रतिक्रिया र स्वास्थ्य प्रणाली तयारी प्रोजेक्टअन्तर्गत नेपाललाई उक्त सहयोग गरेको हो ।
https://www.karobardaily.com/news/economy/30891

एसियाली अर्थतन्त्रमा मन्दी

कोरोना भाइरसले एसियाली अर्थतन्त्रमा मन्दीकोराना भाइरसको संक्रमणबाट उत्पन्न समस्याले एशियाली अर्थतन्त्रमा ठूलो पहिरो जान सक्ने एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघ इ–एस–सि–ए–पी (स्क्याप) ले मंगलबार सार्वजनिक गरेको एसिया प्यासिफिक इकोनोमिक सर्वेक्षण २०२० ले कोरोना महामारीले एसिया प्रशान्त क्षेत्रको अर्थतन्त्र सिथिल बनेको भन्दै यस वर्ष अर्थात सन् २०२० मा अर्थतन्त्रमा पहिरो जान सक्ने बताएको छ ।



उसले भनेको छ, “सन् २०१८ मा ५.३ प्रतिशत रहेको एसियाली अर्थतन्त्र सन २०१९ मा १ प्रतिशतले कमि आई ४.३ प्रतिशतमा सिमित भएको थियो, सन् २०२० मा एसियाली अर्थतन्त्र झनै सिथिलता आउने देखियो ।
उसले एसिया प्रशान्त क्षेत्रका सबैजसो मुलुकहरुले उद्देश्य अनुरुपको काम गर्न नसकेको उल्लेख गर्दै वर्तमान आर्थिक चुनौतिसँग जुध्न लचिलो हुन सुझाएको छ । प्रतिवेदनमा उसले भनेको छ, “यो सर्वेक्षण गरिरहँदा एसिया प्रशान्त क्षेत्रमा विकासोन्मुख देश र क्षेत्रहरू अपेक्षा भन्दा कमजोर देखिए कोभिड १९ को अनिश्चित विश्वव्यापी असरले पनि यी देशको अर्थतन्त्र सिथिल देखियो ।” उसले पछिल्ला दुई वर्ष सन् २०१८ र २०१९ मा अर्थतन्त्रमा देखिएको उतारचढाव सन् २०२० मा झनै धिमा गतिमा हुने उल्लेख गरेको छ ।प्रतिवेदनमा भनिएको छ, “वर्तमान आर्थिक चुनौतीसँग जुध्न सबै मुलुकहरु लचिलो हुन सकेमा आगामी वर्ष २०२१ मा  सामान्य परिवर्तन हुन सक्छन् ।”
“एसिया प्रशान्त क्षेत्रहरुको व्यापार पर्यटनर वित्तीय अवस्थालाई निक्कै कठिन अवस्थामा पु-याएको छ” उसले भनेको छ, “आधारभूत रूपमा नीति निर्माताले आर्थिक समग्र आर्थिक व्यवस्थाका लागि उपयुक्त समष्टि आर्थिक नीति कायम गर्नुपर्दछ ।” प्रतिवदनले महामारी, वित्तीय र मौद्रिकताको आधारमा नीति प्रभावित उद्यम र परिवारहरुलाई केन्द्रित गर्न र आर्थिक संकुचन रोक्न सुझाएको छ ।
“वित्तीय खर्चले पनि क्षमताको वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ” उसले भनेको छ । प्रतिवेदनले नीति निर्माताले लामो अवधिको स्थिरता बिर्सन नहुने र हालको आर्थिक आघातलाई महामारीको पाठको रूपमा सिकेर काम गर्न सक्ने उल्लेख गरेको छ ।
“दीर्घकालीन दर्शनको अभावले आपतकालीन तत्परता, छोटो अवधिको वृद्धिमा मात्र चोट पुग्दैन” प्रतिवेदनमा भनिएको छ, “यसले भविष्यको समग्र प्रगतिलाई पछाडि पार्न सक्छ, त्यसैले विकास र समष्टि आर्थिक नीतिहरू डिजाइन गर्दा सबैमा लचिलोपना आवश्यक छ ।” .
उसले देशहरूले यी चुनौतीपूर्ण समयहरूको सामना गर्ने अवसरको रुपमा लिनुपर्ने, पर्यावरणीय, आर्थिक प्रणाली र एक अधिक दिगो समर्थनमा प्रेरणा उपायहरुको संरचना गर्न पनि सुझाएको छ

समावेशी अर्थव्यवस्थ र वर्तमान आर्थिक कमजोरीहरूको बाबजुद पनि नीति निर्माताले संक्रमणमा ढिलो गर्न नहुने भन्दै दिगो विकासमा लक्ष्यहरु भेटिने गरी काम गर्न भनेको छ ।
महामारीको जटिल अवस्थाले व्यापार, उत्पादन, उपभोगसँगै पर्यटनमा अस्थिरता पैदा गरेको बताउँदै हरितगृह कार्वन उत्सर्जनमा वृद्धि गरेर जलवायु परिवर्तनलाई आपतकालमा पु-याएको स्पष्ट पारेको छ ।
आर्थिक घाटा, वित्तीय स्थिरता बाधक बनेको बताउँदै उसले भनेको छ, “नीति र बजार असफलताले सरोकारवालालाई दिगो पथमा अगाडि बढ्न बाध्य पार्छ ।”
उसले अहिलको चुनौतीको समाना गर्न पहिलो चरणमा प्रतिस्पर्धी प्राथमिकताको किटान गरेर छोटो अवधिको बढावाका लागि खण्डित नीति ल्याउन सुझाएको छ ।
उसले सन २०३० को दिगो विकासका एजेण्डालाई वर्तमान आर्थिक मन्दीले रोक्न नहुने पनि स्पष्ट पारेको छ । यसका लागि दिगो विकासको दिशामा सरकारले डिजाइन गर्ने नीतिको रूपमा ठूलो स्तरका हस्तक्षेप आवश्यक रहेको उल्लेख गर्दैै प्रतिवेदनले दीर्घकालीन योजना र आन्तरिक बाध्यताको माध्यमबाट यस कदमलाई पनि व्यवसाय र उपभोक्तासँग संलग्न हुन आवश्यक रहेको औल्याएको छ । जलवायु परिवर्तनका लागि बढी महत्वकांक्षी क्षेत्रव्यापी समाधानहरू समन्वय गर्न क्षेत्रीय सहयोग आवश्यक रहेको प्रतिवेदनमा उल्लेख छ ।

फोर्बस्को प्रभावशाली युवा सूचीमा ६ नेपाली

फोर्बस्को प्रभावशाली युवा सूचीमा ६ नेपाली
विश्व प्रसिद्ध अमेरिकी म्यागजिन फोर्बस्को सन् २०२० को लागी जारी गरेको वर्षका प्रभावशाली युवाहरूको सूचीमा ६ नेपाली युवा परेका छन् ।
एसियाका तीन सय प्रभावशाली युवाहरूको सूचीमा नेपालका य्ुवाहरु परेका ह्न् ।

फोर्बस्ले उद्यमी, सामाजिक काममा सक्रिय, नेतृत्वदायी भूमिका र समाजमा सकारात्मक भूमिका निर्वाह गरेका ३० वर्षभन्दा कम उमेरका एसियाली युवाको नाम बिहीबार सार्वजनिक गरेको हो ।
फोर्बस्को प्रभावशाली युवाको सूचीमा पर्ने नेपालका पाँच जना युवा प्रतीमा शेर्पा, निकिता आचार्य, किरण तिम्सिना, शुभांगी राणा र जेस्सेलिना राणा तथा रोहित तिवारी हुन् । छजनानै आफ्ना कार्यक्षेत्रअनुसारका विभिन्न विधाका ३० प्रभावशाली युवाको सूचीमा परेका हुन् । फोर्बस्का अनुसार यस वर्षको प्रधावशाली युवाको सूचीमा सूचीकृत हुन ३५०० को ’नोमिनेसन’ भएको थियो । जसमध्ये तीन सय जना छानिए सूचीकृत भएका छन् ।
गल्फ खेलाडी प्रतीमा शेर्पा ’इन्टरटेन्मेन्ट तथा स्पोर्ट्स’ विधामा सूचीकृत छन् । ११ वर्षको उमेरमा खेल्न सुरू गरेकी उनको पहिलो गल्फ क्लब रूखको हाँगाबाट बनाइएको फोर्ब्सले लेखेको छ । उनी नेपालकी उत्कृष्ट गल्फ खेलाडी हुन् ।
यस्तै, निकिता आचार्य र किरण तिम्सिना ’अर्बान गर्ल’ अनलाइन कम्पनीका संस्थापक हुन् । ’रिटेल एन्ड इकमर्स’ विधामा सूचीकृत भएका उनीहरुले सन् २०१२ मा करिब २० हजार रूपैयाँमा व्यवसाय सुरू गरेका थिए । उनीहरुको कम्पनीले विभिन्न डिजाइनका गरगहना, ’कस्टमाइज्ड’ लुगा, पानीको बोतल, मेकअप, घर सजावटका र विद्युतीय सामान बिक्री गर्ने फोर्बस्ले जनाएको छ ।
यसैगरि, ’सोसल अन्ट्रपे्रनर’ विधामा सूचीकृत इञ्जिनियर शुभांगी राणा र मानवअधिकार अधिवक्ता जेस्सेलिना राणा ’प्याड टु गो’ संस्थाका संस्थापक हुन् । सन् २०१८ मा स्थापना भएको उनीहरको संस्थाले महिनावारी स्वास्थ्य र यसबारे समाजमा विद्यामान भ्रम हटाउन काम गर्छ । साथै, उनीहरुले देशैभर करिब ८० वटा ’प्याड भेन्डिङ मेसिन’ राखिसकेको छ ।
यस्तै, घरमा नै बनाएको खाना सप्लाई गर्ने रोहित तिवारी फुडमारियोका सहसंस्थापक हुन् ।

https://www.karobardaily.com/news/economy/30729

कोरोनासँग लडन डेढ अर्ब निकासा

कोरोनासँग लडन डेढ अर्ब निकासा
अर्थ मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि हालसम्म करिब डेढ अर्ब रुपैयाँ निकासा गरेको छ ।
अर्थले मुख्य रुपमा स्वास्थ्य मन्त्रालयकै बजेट ८५ करोड रुपैयाँ बजेट रकमान्तर स्वीकृत गरेको हो । स्वास्थ्य मन्त्रालयकै अन्य कार्यक्रमबाट रकमान्तर गरी खर्च गर्न बजेट उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ । गत आइतबार मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले रकमान्तर गरेरै भएपनि स्वास्थ्य मन्त्रालयलाई थप बजेट निकासा गर्ने निर्णय भएको बताएका थिए ।
सोही निर्णय अनुरुप स्वास्थ्य मन्त्रालयलाई बजेट निकासा गरिएको बजेट महाशाखा प्रमुख धनिराम शर्माले जानकारी दिए । उनका अनुसार यो रकम मेडिकल उपकरणहरु किनेर अस्पतालहरुको स्तरोन्नति गर्नमा खर्च हुने छ । अर्थले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पनि ५० करोड रुपैयाँ बजेट निकासा गरेको जनाएको छ । गत आइतबार श्रमिक र विपन्न वर्गका लागि राहात प्याकेज ल्याएको सरकारले कोरोना महामारीबाट लड्न थप कार्याक्रम ल्याउने तयारीमा छ ।



कोरोना नियन्त्रणमा खर्च जुटाउन १४ शीर्षकका बजेट रोक्का

कोरोना नियन्त्रणमा खर्च जुटाउन १४ शीर्षकका बजेट रोक्का
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले विभिन्न १४ शीर्षकमा उपलब्ध बजेट रोक्का गर्न परिपत्र गरेको छ । अर्थ मन्त्रालयले कारोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि स्रोत परिचालन गर्नुपर्ने भएपछि ती शीर्षकका बजेट रोक्का गर्ने निर्णय गरेको थियो । सोही निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न भन्दै सामान्य प्रशासन मन्त्रालयले आफू मातहतका निकायलाई परिपत्र गरेको हो ।
यसअघि अर्थमन्त्री डा.युवराज खतिवडाले फागुन मसान्तसम्म काम सुरु नगर्ने आयोजनाको बजेट रोक्का गर्ने बताएका थिए । कोरोना महामारीका कारण सर्वत्र असर देखिन थालेपछि स्रोत जुटाउन सरकारले विभिन्न १४ शीर्षकको बजेट रोक्का गर्ने निष्कर्षमा पुगेको अर्थले जनाएको छ ।
अर्थसचिव शिशिरकुमार ढुंगानाका अनुसार सेवा तथा परामर्श खर्च, कर्मचारी तालिम खर्च, कार्यक्रम खर्च, सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठीसम्बन्धी खर्च, विविध कार्यक्रम खर्च, अत्यावश्यकबाहेक अनुगमन तथा मूल्यांकन खर्च र भैपरी आउने चालू खर्च रोक्का हुनेछ । महालेखा नियन्त्रकलाई पत्र लेख्दै सचिव ढुंगानाले सवारीसाधन खर्च, मेसिनरी तथा औजार, फर्निचर तथा फिक्चर्स, कम्प्यरटर सफ्टवेयर निर्माण तथा खरिद खर्च रोक्का गर्न भनेका छन् ।

जसअनुसार बौद्धिक सम्पत्ति प्राप्ति खर्च, पुँजीगत अनुसन्धान तथा परामर्श, जग्गा प्राप्ति खर्च र भैपरी आउने पुँजीगत खर्चसमेत रोक्का हुने छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न निकायमा विनियोजित बजेटलाई आवश्यकताअनुसार कोरोना भाइरस रोकथाम, नियन्त्रणलगायतका प्राथमिकताप्राप्त अन्य क्षेत्रमा समेत उपयोग गरी स्रोत व्यवस्थापन गर्नुपर्ने भएकाले रोक्का गरिएको पत्रमा उल्लेख छ ।
अर्थले पत्रमार्फत कोरोनाको महामारीले मुलुकको आर्थिक गतिविधिसमेत प्रभावित भएको भन्दै विनियोजन ऐन २०७६ बमोजिम चालू आर्थिक वर्षको बजेटमा समावेश गरिएका कतिपय कार्यक्रम हालका लागि स्थगित गर्ने निर्णय गरेको स्पष्ट पारेको छ । उसले आर्थिक कार्यविधि तथा उत्तरदायित्व ऐन, २०७६ को दफा २१ (१) मा रहेको व्यवस्था बमोजिम यही चैत २० सम्म दायित्व सिर्जना भइसकेको र बोलपत्र आह्वान भइसकेको बाहेक बाँकी रहेको बजेट तत्काल लागु हुनेगरी रोक्का गर्ने निर्णय गरेको बताएको छ ।
अर्थ मन्त्रालयको निर्देशनलाई परिपत्रका रूपमा लिँदै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पनि आफु मातहतका निकायलाई बजेट रोक्का गर्न निर्देशन दिएको छ ।
सामान्य प्रशासन मन्त्रालयले पनि विनियोजन ऐन २०७६ बमोजिम चालु आर्थिक वर्षको बजेटमा समावेश गरिएका कतिपय कार्यक्रम हाललाई स्थगित गर्ने निर्णय गरेको स्पष्ट पारेको छ । बजेट रोक्का राख्नेसम्बन्धी अर्थ मन्त्रालयको च. नं. ६८७ को निर्णयअनुसार पालना गर्न र गराउन पनि आफू मातहतका निकायलाई परिपत्र गर्दै उसले उल्लेखित १४ वटा शीर्षकमा बजेट रोक्का गर्न भनेको छ । यी शीर्षकमा उपलब्ध बजेट स्थानीय सरकार प्रदेश सरकारहरूले समेत गर्न पाउने छैनन् ।
सरकारले आइतबार कोरोनाबाट प्रभावितहरूका लागि राहत प्याकेज ल्याएको थियो । त्यसमा श्रमिकदेखि उद्योगी र व्यवसायीसम्मलाई राहत दिने उल्लेख छ । कोरोना नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यकताअनुसार रकम निकासा गर्ने निर्णय गरेको छ । कोरोना महामारीका कारण पछिल्लो समय मुलुकका आर्थिक क्रियाकलापहरू ठप्प भएपछि सरकारले आर्थिक दायित्व बढ्ने सक्ने आकलन गर्दै यी क्षेत्रको खर्च कटौतीमा लागेको छ ।
karobardaily.com/news/economy/30772


सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...