Thursday, January 2, 2020

‘साढे आठ प्रतिशत वृद्धिदर असम्भव’

चालू आर्थिक वर्षमा सरकारले लिएको ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्ति असम्भव रहेको मुलुकका अर्थशास्त्रीहरूले टिप्पणी गरेका छन् । संघीय संसद्को अर्थसमितिले बुधबार आयोजना गरेको अर्थतन्त्रको अवस्थाबारे छलफलमा उनीहरूले सरकारको अहिलेको काम गराइले लक्ष्यअनुसार आर्थिक वृद्धि असम्भव भएको बताएका हुन् ।
पुँजीगत खर्चमा देखिएको सुस्तता र राजस्व असुलीमा देखिएको खाडलले चालू आर्थिक वर्षमा सरकारले लिएको लक्ष्य प्राप्त हुन असम्भव देखिएको अर्थशास्त्रीहरू बताउँछन् । सरकारले चालू आर्थिक वर्षको पाँच महिनामा १० प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ, जुन गत वर्षभन्दा कम हो भने राजस्व असुलीमा पनि ८५ अर्बको ग्याप देखिएको छ । अर्थशास्त्री प्रा. डा. विश्वम्भर प्याकु-यालले बजेट खर्च गर्ने सरकारको अहिलेकै प्रवृत्तिले आर्थिक वृद्धिदरमा कुनै सहयोग नगर्ने बताए । उनले भने, “दिगो विकास लक्ष्य पूरा गर्न हरेक वर्ष आठदेखि दश प्रतिशतको वृद्धि गर्नु पर्ने अवस्था छ तर हामी संरचनागत समस्यामै अल्झिरहेका छौं, हाम्रो सरकारले नीतिगत प्रतिबद्धता हजारौं गरेको छ तर तिनको कार्यान्वयन भने छैन ।” श्रीलंकका लागि पूर्वराजदूतसमेत रहेका उनले राजस्व असुलीमा देखिएको ग्याप र पुँजीगत खर्चको निराशाजनक अवस्थाले गर्दा आर्थिक वृद्धि असम्भव भएको बताए ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शंकर शर्माले पनि सरकारले अनुमगन तथा मूल्यांकन प्रभावकारी रूपमा गर्न नसक्दा विकास खर्चको अवस्था नाजुक भएको बताए । उनले भने, “सरकारी निकायहरू जवाफदेही र जिम्मेवार नबन्दा अर्थतन्त्र नै खुम्चिने अवस्थामा पुगेको छ, यसतर्फ सरकारले ध्यान दिओस् र समस्या कहाँ छ भन्ने खोज्न समितिले तदतारूपता देओस् ।” उनले सरकारको अहिलेको यो अवस्थाले सरकारले राखेको लक्ष्यअनुसार आर्थिक वृद्धिदर चुनौतीपूर्ण रहेको टिप्पणी गरे । अर्का अर्थशास्त्री प्रा. डा. गोविन्द नेपालले सरकारले उचित समयमा सही तथ्यांक नै सार्वजनिक नगर्ने भएकाले स्वदेशी र विदेशी निकायले गर्ने आर्थिक वृद्धिदर फरक पर्ने गरेको बताए । अर्का अथशास्त्री डा. डिल्लिराज खनालले बजेट ल्याउने बेला निकै तामझाम गर्ने सरकार खर्च गर्ने बेलासकेसम्म सूचना सार्वजनिक गर्नबाट भाग्ने गरेको भन्दै सरकारको आलोचना गरे । उनले भने, “आयात घटेको छ, रेमिट्यान्स घटेको छ आत्मनिर्भर अर्थतन्त्रको कुरा गरिरहेका छौं तर मुलुकको अर्थतन्त्र सुधार्नेभन्दा झनै बिग्रिने अवस्थामा पुगेको छ ।”
अर्थशास्त्री केशव आचार्यले अर्थतन्त्रको मुल संरचनमा परिवर्तन हुन नसकेका कारण सरकार विकास खर्चमा असफल भइरहेको बताए । “अहिलेको अवस्थामा राजनीति र प्रशासन विकेन्द्रीत भएको छ, तर हाम्रो स्रोत केन्द्रीकृत भयो जसको असर हाम्रो संरचनामा परेको छ,” उनले भने । सोही कारण लक्ष्यअनुसार खर्च गर्न नसक्ने राजस्वको लक्ष्य पूरा गर्न नसक्ने देखिएको उनले दावी गरे । उनले भने, “अहिले सरकारले गरेको कामअनुसार आर्थिक वृद्धिको लक्ष्य पनि महत्वकांक्षी हो, जुन अहिले सरकारले व्यापारघाटा कम भयो भनेको छ त्यो टिकाऊँ भन्ने छैन यसतर्फ ध्यान नदिने हो भने व्यापारघाटाको खाडल झनै बढ्ने देखिन्छ ।”
डा.महेश्वर दाहालले कुनै चमत्कारबिना लक्ष्यअनुसार आर्थिक वृद्धि सम्भव नभएको बताए । अर्थशास्त्री केशव खडकाले योजनाहरू नयाँ भए पनि बढी परम्परागत हुँदा समस्या खर्चमा सुस्तता आएको बताए । उनका अनुसार प्राथमिकताका आधारमा आयोजना नपर्ने, सांसदको ध्यान नीति नियम बनाउन भन्दा खुद्रे आयोजनमा परेको जस्ता कारण पनि खर्च र विकासमा प्रभाव परिरहेको छ । तल्ला तहमा जनशक्ति र क्षमताको अभावले समेत खर्चमा प्रभाव परिरहेको र त्यसतर्फ योजना तर्जुमादेखि नै सरकार जिम्मेवार भएर प्रस्तुत हुन उनीहरूले सुझाव दिएका छन् । चालू आर्थिक वर्षमा विश्व बैक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ६ देखि ७ प्रतिशतको नजिक रहने प्रक्षेपण गरेका छन् । अर्थशास्त्रीहरू दातृ निकायहरूसँग सहमत देखिए पनि सरकारले भने आर्थिक वृद्धिको खण्डन गर्दै लक्ष्यअनुसार ८.५ प्रतिशतकै आर्थिक वृद्धि हुने दावी गर्दैै आएको छ ।

Monday, December 30, 2019

४० हजार भौचरको तथ्यांकै गायब

निरु अर्याल
देशभरकै स्थानीय तहको लेखाप्रणाली व्यवस्थित गर्ने सर्भर ‘सूत्र’ बिग्रिएपछि ४० हजार भौचरको तथ्यांक गायव भएको छ । सरकारी निकायको आयब्यय राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार सूत्र बिग्रिँदा अद्यावधिक भएको मंसिर १२ देखि पुस ४ सम्मको २३ दिनको तथ्यांक हराएको हो । २३ दिनमा ७५३ वटै स्थानीय सरकार र सातै प्रदेश सरकारको ४० हजार भौचर हराएको र त्यसले समग्र वित्तीय सूचना प्रणाली थप समस्या देखिएको छ । यद्यपि महालेखाले हराएको सबै तथ्यांक सुरक्षित रहेको पनि दाबी गरेको छ ।
महालेखा नियन्त्रक गोपीनाथ मैनालीले सूत्रमा समस्या आएको तर केही दिनमै सबै तथ्यांक रिकभर भइसकेको बताए । उनले भने, “२३ दिनमा करिब ४० हजार भौचरको तथ्यांक हराएको हो, त्यसपछि हामीले सबै प्रक्रियाहरू अपनाएर यसलाई रिकभर गरिसक्यौं ।” सूत्रमा समस्या देखिएपछि अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालयदेखि ७५३ स्थानीय सरकारमा वित्तीय अपराध बढेको भन्दै त्रास फैलिएको छ ।
मैनालीका अनुसार सूत्रमा समस्या देखिएपछि सरकारले सावधानीका लागि थप निगरानी सुरु गरेको छ ।
अर्थमन्त्रीले पनि वित्तीय अपराधमा सरकार सचेत हुन सावधानी अपनाउनु भन्दै सबै मातहतका निकायलाई जिम्मेवार हुन निर्देशन दिइसकेका छन् । सूत्र ह्याक गर्ने ह्याकरको खोजी गर्न महालेखाले प्रहरी अनुसन्धान ब्यूरोमा निवेदन दिइसकेको र ब्यूरोले अनुसन्धान सुरु गरिसकेको महालेखाले जनाएको छ । “हामीलाई एक वर्षको तथ्यांक हरायो भनेर दुश्प्रचार गर्न खोजियो, तर २३ दिनको तथ्यांक हराएको हो । २३ दिनमा हराएको ४० हजार भौचरको सबै तथ्यांक अद्यावधिक भइसकेको छ र अहिले सामान्य अवस्थामा छ,” महालेखा नियन्त्रक मैनालीले भने ।
महालेखाको नियन्त्रणमा रहेको सफ्टवेयर सबनेसनल ट्रेजरी रेगुलेटरी एप्लिकेसन ‘सूत्र’ को गडबडीबारे प्रहरीले अनुसन्धान थालेको छ । सूत्रको सर्भरमा ह्याक भएपछि उत्पन्न समस्याले महालेखाका कर्मचारीहरू त्रासमा देखिएका छन् भने देशभरबाटै गुनसो बढ्न थालेको र जनप्रतिनिधिहरूले महालेखामाथि नै प्रश्न उठाउन थालेका छन् ।
उत्पन्न समस्या र जोखिम निम्तिएपछि महालेखाको प्राविधिक टोली पनि सक्रिय बनेको छ । प्राविधिक टोलिमा संलग्न एक अधिकारीले कारोवारसँग भने, “यो समस्याले हाम्रो क्षमता र दक्षतामाथि प्रश्न उठाएको छ नेपालमा वित्तीय अपराधको जोखिम बढ्ने देखिएको छ यसमा सावधानी खोजिरहेका छौं ।” उनले ह्याकरको गिरोह नियन्त्रण बाहिर रहेको र जुनसुकै बेला पनि आक्रमण गर्न सक्ने भन्दै त्यसो हुन नदिन आफूहरूले निगरानी बढाएको बताए ।
सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) ले ०७५-०७६ बाट स्थानीय तथा प्रदेश सरकारको सञ्चित कोष व्यवस्थापन गर्न सूत्र कार्यान्वयनमा ल्याएको हो । २०७६ वैशाख २३ गते मन्त्रिपरिषद् बैठकले सबै स्थानीय तहमा सूत्र लागू गने निर्णय गरेसँगै सूत्र कार्यान्वयनमा आएको हो । सूत्रमा समस्या आएसँगै अनामनगरस्थित महालेखाको कार्यालयमा भिडभागसँगै गुनसोको चाङ बढ्न थालेको छ ।
के हो सूत्र ?
सार्वजनिक खर्च तथा वित्तीय उत्तरदायित्व (पेफा) को सहयोगमा महालेखा नियन्त्रककोको कार्यालयले सूत्र प्रयोगमा ल्याएको हो । यो नेपालका लागि नयाँ र नौलो प्रविधि हो । संघीयताको अभ्याससँगै नेपालमा सूत्र कार्यान्वयनमा ल्याएको छ । अनलाइन प्रविधिमा आधारित यो प्रणाली सञ्चालनका लागि इन्टरनेट सुविधा अनिवार्य हुन्छ । सूत्रले तीनवटै सरकारबाट प्राप्त आर्थिक सूचना जस्तै आम्दानीलाई एउटा शीर्षकमा राख्नेदेखि खर्चका संरचनाहरू बनाउन सहयोग गर्छ । यो आफैंमा भने एउटा विद्युतीय सूचना प्रणाली हो ।

Tuesday, December 24, 2019

भ्याटमा टेलिकमलाई उछिन्यो सिमेन्टले

व्यवसायी सिद्धार्थशमशेर जबरा छैटौं पटक पनि सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता बनेका छन् । आठौं राष्ट्रिय कर दिवसको अवसरमा सरकारले जबरालाई धेरै आयकर तिर्ने व्यक्तिका रूपमा सम्मान गरेको हो । सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्ष रहेका जवरा यस पटकसहित छ पटक सम्मानित हुने व्यक्ति हुन्  ।
यसअघि नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाण्डे र प्रगुण राजभण्डारीले एक-एक पटक सबैभन्दा बढी आयकर तिर्ने व्यक्तिका रूपमा सम्मान पाइसकेका छन् । राणाले लगातार यस्तो सम्मान पाएको यो चौथो वर्षसमेत हो ।राणको कम्पनी सिप्रदी ट्रेडिङ पनि व्यापार व्यवसायमा सवैभन्दा वढी आयकर तिर्ने कम्पनीको रूपमा विगतमा चारपटकसम्म लगातार सम्मानित भएको थियो । कर दिवसकै अवसरमा सरकारले राणा सहित गत आर्थिक वर्षमा कर बुझाउने १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरेको छ । गत वर्ष सबैभन्दा बढी आयकर तिर्ने कम्पनीबाट सम्मानित भएको सूर्य नेपाल प्रालि यस पटक पनि सम्मानित भएको छ ।
कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट रवि केसीले यस्तो सम्मान ग्रहण गरे । निर्यात उद्योगतर्फ सबैभन्दा धेरै कर तिर्ने डाबर नेपाललाई सम्मान गरिएको छ । कम्पनीका वित्त प्रमुख पंकज बजाजले अर्थमन्त्री डा. युवराज खतिवडाबाट सम्मानपत्र ग्रहण गरे । यसैगरी मदिरा र चुरोट बाहेक उद्योगको तर्फबाट धेरै आयकर तिरेको जगदम्बा स्टील प्रालिलाई सम्मान गरेको छ । उद्योगको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सुलभ अग्रवालले सम्मान ग्रहण गरे । कृषि एवं पशुपंक्षीतर्फ अन्नपूर्ण एग्रो सम्मानित भएको छ । 
सहकारीतर्फ छिमेकी लघुवित्त सहकारी सस्था बैंक तथा वित्तिय संस्थातर्फबाट आयकर तिर्ने राष्ट्रिय वाणिज्य बैंक पनि सम्मानित भएका छन् । यसैगरी, बिमा व्यवसायम्ध्ये आयकर तिर्ने नेपाल लाइफ इन्सुरेन्स, स्वास्थ्य तथा शिक्षातर्फ आयकर तिर्ने  मणिपाल मेडिकल कलेज र सूचना प्रविधिको सेवामा सबैभन्दा बढी आयकर तिर्नेमा वल्र्डलिंक कम्युनिकेसनलाई पनि विभागले सम्मान गरेको छ । व्यापार व्यवसायतर्फ धेरै आयकर तिर्ने महिन्द्रा गाडीको विक्रेता अग्नि इन्कर्पोरेटेड, पर्यटनमा सबैभन्दा बढी आयकर तारागाउँ रिजेन्सी यसपटक पनि सम्मानित भएका छन् । यसैगरी मध्यस्तरीय आयकर तिर्ने उत्कृष्ट करदाताको रूपमा कामना सेवा विकास बैंक, आन्तरिक राजस्व कार्यक्षेत्रभित्र रही धेरै कर तिर्नेमा  भिएस मौरिसस सम्मानित भएको छ ।
मूल्य अभिवृद्धि कर संकलन गर्ने उत्कृष्ट करदाताको सूचीमा घोराही सिमेन्ट इन्डष्ट्रिजलाई सम्मान गरिएको छ । यसअघि सरकारी स्वामित्वको नेपाल टेलिकम सबैभन्दा बढी भ्याट बुझाउने करदाताको सूचीमा सूचीकृत थियो । आन्तरिक राजस्व विभागले हरेक वर्ष उद्योग, कृषि, वित्तीय क्षेत्र, बिमा, व्यापारलगायतका क्षेत्रमा धेरै कर तिर्ने संस्था तथा धेरै कर तिर्ने करदतालाई सम्मान गर्दै आएको छ । सो अवसरमा विभागले उत्कृष्ट काम गर्ने कर्मचारी तथा विभिन्न प्रतिस्पर्धामा अब्बल ठहरिएकालाई पनि सम्मान गरेको छ । सम्मानित सबैलाई अर्थमन्त्री डा. युवराज खतिवडा, अर्थसचिव राजन खनाल, राजस्वसचिव शिशिरकुमार कुमार ढुंगानालगायतले खादा ओढाएर सम्मानपत्र प्रदान गरेका हुन् । करदातालाई जागरूक बनाउन कर दिवस र कर सप्ताह उपयोगी हुने आन्तरिक राजस्व विभागका महानिर्देशक विनोद कुवँरले जानकारी दिए । उनले सरकारी नीतिमा बसेर विभाग स्वच्छ कर उठाउन केन्द्रित हुने धारणा राखे ।
सो अवसरमा अर्थमन्त्री खतिवडाले उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण निर्माण भइरहेको र कर प्रशासनमा सुधार भइरहेको दावी गरे । मुलुकलाई अत्यधिक ऋणको चापबाट मुक्त गराउन सरकारले कर नीति लिँदा केही अप्ठ्यारो भएपनि उद्योग व्यवसायका लागि छिट्टै सहज वातावरण बनेको उनले बताए । “राजस्व प्रणालीमा करको कुरा नगर्ने हो भने हामी अत्याधिक ऋणको बाटोमा जान्छौं त्यसतर्फ सरकार पनि सचेत छ,” उनले भने । विगतमा अर्थमन्त्रीहरूले लिएको साहसिक कदमको प्रशंशा गर्दै मुलुकको अर्थतन्त्रलाई सबल, आत्मनिर्भर र सुदृढ बनाउने गरी कर नीति लिएकाले दक्षिण एसियामा नेपाल सबैभन्दा कम ऋण भएको मुलुकको रूपमा पहिचान बनाउन सफल भएको पनि स्मरण गराए । अर्थमन्त्रीले भने, “मुलुकप्रति जवाफदेही बनाउने गरी उचित कर कानुन लागू गरिएको हो, तीन तहमा देखिएका करका अन्योलहरू पनि विस्तारै समाधान हुँदै गएका छन् विगतमा गरिएका प्रयासहरूले नै आज यो बिन्दुमा हामी पुगेका छौं ।” उनले अनौपचारिक कारोबार नगर्न र सरकारले दिएको सुविधाको भरपुर उपयोग गर्न निजी क्षेत्रलाई आग्रह समेत गरे ।
अर्थमन्त्री खतिवडाले मुलुकको अर्थतन्त्र अँध्यारोबाट उज्यालोतर्फ अघि बढिरहेकाले केही समस्या हुनसक्ने उल्लेख गर्दै त्यसको समाधानमा सहयोग गर्न निजी क्षेत्रलाई अपिल पनि गरे ।  कार्यक्रममा अर्थ सचिव खनालले कर प्रशासनमा उल्लेख्य सुधार भएको दावी गरे । “अवको कर प्रशासन भनेको प्रविधिमा आधारित हो, हामीले ई–पेमेन्टलाई प्रभावकारी बनाउन खोजिरहेका छौ अवको केही वर्षमै हामीले हाम्रो कर प्रणालीमा सुधार गछौं,” उनले भने । राजस्व सचिव शिशिरकुमार ढुंगानाले कर प्रशासनमा समस्या आउन नदिन व्यवसायीले पनि स्वच्छ व्यवसाय गर्नुपर्नेमा जोड दिए ।कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको मनोबल गिर्न नदिन सरकारलाई सुझाव दिए । करदाताले तिरेको करको सदुपयोग गर्नु सरकारको दायित्व भएको उल्लेख गर्दै उनले भने, “करको सदुपयोग सरकारले नगर्ने हो भने करदातामा निरासा बढ्छ, अनिवार्य प्यानले साना व्यापारी र मजदुरलाई समस्या भएको छ, दायरा बढाउने नाममा उद्योगीलाई पेल्न भएन ।” कार्यक्रममा चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले कर प्रशासनमा अनेक झन्झटहरू देखिएको संघीयतामा करका दर र दायाराले निजी क्षेत्र हतोत्साहित भएको गुनासो गरे ।
उनले भने, “गल्ती गर्नेलाई जस्तो कारबाही गरेपनि हामीलाई स्वीकार्य छ तर व्यावसायिक मर्यादामा आँच आउने काम सरकारले गर्नु भएन ।” नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष विष्णुकुमार अग्रवालले दक्षिण एसियाको कुल गार्हस्थ्य उत्पादनमा राजस्वको बढी योगदान भएको मुलुक नेपाल नै रहेको बताए । नेपालमा भ्याटबिल लागू गरिएको अवसर पारेर सरकारले मसिर १ गतेलाई कर दिवसको रूपमा मनाउँदै आएको छ । आइतबारदेखि सुरु भएको साताव्यापी कर दिवस विभिन्न कार्यक्रम गरेर मनाउने तयारी छ । https://www.karobardaily.com/news/economy/26079

गौरवका आयोजनाको अवस्था झनै बेहाल

गौरवका  आयोजनाको अवस्था झनै बेहालसरकारले बिकास र सम्बृद्धिलाई पछ्याउँदै राष्ट्रिय गौरवका आयोजनालाई प्राथामिकतामा राखेपनि ती आयोजनाको प्रगति झनै कमजोर देखिएको छ । चालु आर्थिक बर्षको पहिलो चौमासिकसम्म सरकारले उच्च प्राथमकितामा राखेका २१ आयोजनाको प्रगति साढे पाँच प्रतिशत मात्रै देखिएको हो । राष्ट्रिय गौरवका आयोजना अन्तर्गत राखिएका धेरै आयोजना एक दशकभन्दा लामो समयदेखि अघि बढाइए पनि भौतिक प्रगति न्यून देखिएको छ भने कतिपय आयोजना भने चर्चामा रहेपनि प्रगति शून्य छ । अघिल्लो आर्थिक बर्ष ०७४-०७५ मा राष्ट्रिय गौरवका आयोजनाले बिनियोजित रकमको ४९ प्रतिशत मात्रै खर्च गरेकोमा गत आर्थिक वर्षमा त्यो अवस्थामा सुधार हुँदै बिनियोजित बजेटको ८९ प्रतिशत खर्च गरेका थिए । यसलाई आधार मान्दै सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत सरकारले उच्च प्राथामिकताको सुचीमा सुचीकृत २१ मध्ये १८ आयोजनलाई  १ खर्ब बढि रकम विनियोजन गरेको छ ।महालेखा नियन्त्रकको कार्यालयले उपलब्ध गराएको तथ्याँक अनुसार यी आयोजनाले मंसिरको दोश्रोसाता सम्म जम्मा ५.७ प्रतिशत मात्रै प्रगति भएको छ जसमध्ये चालु तर्फको खर्च २० प्रतिशत, पुँजीगत तर्फ ६.३  र बित्तिय तर्फ कुनै प्रगति भएको छैन । महालेखाका अनुसार बुढी गण्डकी जलबिद्युत आयोजनाले चार महिनामा २.६ प्रतिशत प्रगति गरेको छ ।
बबई सिंचाई आयोजनाले ५.७ र सिक्टा सिंचाई आयोजनो १३.५ प्रतिशत बजेट खर्च गरेको छ भने रानी जमरा कुलरिया सिंचाई आयोजनाले १२.९ प्रतिशत प्रगति गरेको छ । यसअवधिमा भेरि बवई डाईभर्सन बहुउद्येश्यीय आयोजनाले १८.१ र मेलम्ची खानेपानी आयोजनाले ३.३ प्रतिशत मात्रै बजेट खर्च गरेका छन् । महालेखाका अनुसार चालु आर्थिक बर्षको पहिलो चार महिनामा पशुपति बिकाष कोषले एक प्रतिशत प्रगति गर्न सकेको छैन भने लुम्बिनी बिकास कोषले सबै भन्दा धेरै २८.४ प्रतिशत प्रगति गरेको छ ।
यस्तै राष्ट्रपति चुरे संरक्षण कार्यक्रमले २.५ प्रतिशत र महत्वकाँक्षी परियोजना काठमांडौ तराई फास्टट्रयाक दु्रर्त मार्गको प्रगति ०.५ प्रतिशत मात्रै देखिएको छ । यसैगरि पुष्पलाल राजमार्गको प्रगति १०.३ र कर्णाली काली गण्डकी र कोषी जोड्ने उत्तर दक्षिण राजर्माग आयोजनाको प्रगति १२.५ प्रतिशत रहेको छ । यसै गरि हुलाकी राजमार्गले ७ प्रतिशत र प्रधानमन्त्री केपी शर्मा ओलिको महत्वकाँक्षी भनिएकोे मेट्रो रेल तथा मोनो रेल विकास आयोजनाले ९.२ प्रतिशत मात्रै प्रगति गरेको छ । महालेखाका अनुसार माथिल्लो तामाकोशी जलबिद्युत आयोजना, दक्षिण एसिया पर्यटन पुर्बाधार कार्यक्रम पोखरा क्षेत्रिय बिमानस्थल र दोश्रो अन्तराष्ट्रिय बिमानस्थल निजगढको कुनै काम भएको छैन । महालेखा स्रोत भन्छ “उच्च प्राथमिकताप्राप्त आयोजनाको कामको स्थिति विगतको भन्दा पनि कमजोर देखियो साढे चार महिनाको अवधिमा ५.७ प्रतिशतको मात्रै खर्च भएको छ यो झनै कहालीलाग्दो अवस्था हो ।”
महालेखाको तथ्याँक अनुसार यस अवधिमा १८ वटा आयोजनाले चालु तर्फ २० प्रतिशत र पुँजीगत तर्फ ६.३ प्रतिशत मात्रै बजेट खर्च गरेका छन् भने बित्तिय तर्फ कुनैपनि प्रगति देखिएको छैन । सरकारले चालु आर्थिक बर्षको बजेट मार्फत राष्ट्रिय गौरवका आयोजनाकालागि १ खर्ब १० अर्व बजेट बिनियोजन गरेको छ । “सरसर्ती हेर्दा राष्ट्रिय गौरवका आयोजनामा छुट्याईएको बजेट र खर्च हेर्दा कर्मचारीको तलवमा मात्रै केन्द्रित भएको देखिन्छ”महालेखा श्रोत भन्छ “बर्षौ देखि अघि बढाईएका आयोजनाको काम पनि अघि नबढ्नु दुखद हो ।” चार महिनाको अवधिमा वित्तीय व्यवस्थापन शीर्षमा विनियोजन गरिएको रकममा एक रुपैयाँ पनि खर्च भएको छैन ।
 प्रधानमन्त्री कार्यालयको विवरण अनुसार शुरुवाती समयदेखि हालसम्मको कामको प्रगतिका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजना लामो समयदेखि ९९ प्रतिश काम सकिएर पनि एक प्रतिशत काम नसकिँदा पूर्ण हुन सकेको छैन भने मेलम्ची खानेपानी आयोजना ९४ प्रतिश काम सम्पन्न भएर पनि अलपत्र रहेको छ ।  लुम्विनी बिकाष कोषको ८२ प्रतिशत र पशुपति विकास कोषको हालसम्मको भौतिक प्रगति ६५ प्रतिशत रहेको छ । आर्थिक वर्ष ०६२-०६३ बाट निर्माण प्रकिया सुरु गरिएको सिक्टा सिँचाइ आयोजनाको काम अझै ४० प्रतिशत बाँकी छ भने गत वर्ष उल्लेख्य काम भएको हुलाकी सडक आयोजनाको काम ४२ प्रतिशत र पुष्पलाल मध्यपहाडी लोकमार्गको काम ४३ प्रतिशत सकिएको उल्लेख गरिएको छ । हालसम्म दुई आयोजनाको काम ९० प्रतिशत माथि र दुई आयोजनाको कामको प्रगति ८० प्रतिशतदेखि ९० प्रतिशत सम्म पुगको छ भने १० आयोजनाको काम दुई देखि ६.५० प्रतिशतसम्मको रहेको छ । 
सरकारले राष्ट्रिय गौरवका आयोजनामा सरकारको तर्फबाट कुनै समस्या पर्न नदिने र अन्य कुनै समस्या आईपरेपनि समन्वय गरी तोकिएकै समय सिमाभित्र आयोजना निर्माण सम्पन्न गर्ने पटक पटक प्रतिबद्धता जनाउँदै आएको छ । गत आर्थिक वर्षमा ८८ अर्बको बजेटमा ८९ प्रतिशत खर्च भएकोमा चालु आर्थिक वर्षमा एक खर्ब रुपैयाँभन्दा बढीको बजेट विनियोजन गरिएको छ । तर चालु आर्थिक वर्षमा भने एक खर्बको बजेटमा चार महिनाको अवधिमा  पाँच अर्ब ७६ करोड रुपैयाँ मात्रै खर्च भएको छ ।  राष्ट्रिय गौरवका आयोजनाको प्रधानमन्त्री ओलीले सिंहदरबारबाटै अनुगमन गर्दै आएका छन् ।https://www.karobardaily.com/index.php/news/development/26618
यी हुन प्राथमिकता प्राप्त राष्ट्रिय गौरवका आयोजना
१ बुढी गण्डकी जलबिदुत आयोजना
२ बबई सिंचाई आयोजना
३ सिक्टा सिंचाई आयोजना 
४ रानी जमरा कुलरिया सिंचाई आयोजना
५ भेरी ववई डाइभर्सन बहुउेश्यीय आयोजना
६ मेलम्ची खानेपानी आयोजना
७ पशुपति बिकास कोष
८ लुम्बिनी विकास कोष
९ राष्ट्रपति चुरे संरक्षण कार्यक्रम
१० काठमांडौ तराई मधेश फास्ट ट्रयाक
११ पुष्पलाल राजमार्ग
१२ उत्तर दक्षिण राजमार्ग
१३ हुलाकी राजमार्ग
१४ रेल मेट्रो रेल तथा मोनो रेल विकास आयोजना 
१५ माथिल्लो तामाकोशी आयोजना
१६ दक्षिण एसिया पर्यटन पुर्बाधार विकास आयोजना
१७ पोखरा क्षेत्रिय बिमानस्थल
१८ दोश्रो अन्तराष्ट्रिय बिमानस्थल 

नेपाललाई घरेलु स्रोतको परिचालन गर्न सुझाव

नेपाललाई घरेलु स्रोतको परिचालन गर्न सुझावदातृ निकायले गरेको वाचाअनुसार लगानी नगर्दा अतिकम विकसित मुलुकहरू ऋणको चपेटामा पर्न थालेको एक अध्ययनले देखाएको छ । संयुक्त राष्ट्रसंघ अन्तर्गतको व्यापार तथा विकास सम्मेलन (यूएनसीटीएडी)ले मंगलबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार दिगो विकासको लक्ष्य हासिल गर्न विकसित मुलुकहरूले आफूले गरेको बाचा पूरा गर्न सकेका छैनन् । जसले गर्दा अतिकम विकसित मुलुकहरूको घरेलु बचतमा कमी आएको र दिगो विकासका लक्ष्यहरूको भार अझै थपिदै गएको छ । “अहिलेसम्म विकसित देशहरूले अतिकम विकसित देशहरूका लागि छुट्याइएका बजेट लक्ष्यभन्दा कम देखिएको छ, संयुक्त राष्ट्रसंघका अर्थशास्त्री सुवास नेपालीले भने, “औषतमा ति राष्ट्रले गरेको लगानी कुुल आम्दानीको ०.०९ प्रतिशतमात्रै हो ।”
सन १९८१ मा दातृ राष्ट्रहरूले आफूले गरेको आम्दानीमध्ये ०.१५ देखि ०.२० प्रतिशत रकम अतिकम विकसित मुलुकलाई उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए । प्रतिवेदनअनुसार ती राष्ट्रहरूले औषतमा जम्मा ०.०९ प्रतिशत रकममात्रै उपलब्ध गराउँदै आएका छन् । अर्थशास्त्री नेपालीले अतिकम विकसित देशहरू अधिका्रश विकास साहयातामाथि अद्याधिक निर्भर रहेको र यसले पनि दिगो विकासका लक्ष्यहरूको अझ भार बढी थपिदिएको बताए ।
प्रतिवदेनले बचतमा निर्भरताकै कारणले अतिकम विकसित मुलुको संरचनात्मक रूपमा रूपान्तरणको प्रयासलाई कमजोर बनाएको उल्लेख गरेको छ । ती देशहरूमा घरेलु बचतमार्फत लगानी वृद्धि असम्भवजस्तै रहेको उल्लेख गर्दै प्रतिवेदनले भनेको छ, “ती देशहरूले बढी निर्यात गर्दछन्, मूल्य थप गरिएका तयारी बस्तुको उत्पादन र निर्यात गर्ने उद्योगहरू समेत अत्यन्तै कम छन्, विकास निर्माणमा लगानी आवश्यकता उच्च रहेको समयमा घरेलु बचतमा कमी आउनु राम्रो होइन ।”
अर्थशास्त्री नेपालीले सन् २०८१ मा गरेको प्रतिवद्धतालाई अतिकम विकसित मुलुकहरूले सन दिगो विकासको लक्ष्य सन् २०३० मा समेत समावेश भएको जानकारी दिए । नेपाल सरकारले दिगो विकासको लक्ष्यमा १२ औं देखि पन्ध्रौ योजनासम्ममा केही विकास लक्ष्यहरू दोहो¥याउँदै आएको छ । प्रतिवेदनमा संरचनागत परिवर्तन र विकास फाइनान्स, साहायता निर्भरताको विकसित शर्त, निजी विकास सहयोग, वाह्य विकास फाइनान्स र वित्तीय स्थान, नीतिगत अवसर गरी पाँच क्षेत्र समेटिएका छन् । जसमध्ये अतिकम विकसित देशहरूमा दिगो विकासका लक्ष्यहरू प्राप्त गर्नका लागि उनीहरूको अर्थव्यवस्थामा संरचनागत रूपान्तरण जरुरी रहेको औंल्याइएको छ ।
अर्थशास्त्री नेपालीले भने, “वर्तमान अवस्थामा संरचनागत रूपान्तरणका लागि भुक्तानी सन्तुलनलाई दिगो बनाउदै आवश्यक लगानी र प्राविधिक उन्नतिका लागि आर्थिक जोहो गर्नु अतिकम विकसित मुलुकहरूको महत्वपूर्ण दायित्व हुन पुगेको छ ।” प्रतिवेदनअनुसार ४७ वटा देश अतिकम विकसित मुलुकको सूचीमा सूचीकृत छन् । जसमध्ये २० वटा देश वैदेशिक ऋणमा चुर्लुम्म डुबेका छन् । नेपालजस्ता अतिकम विकसित मुलुकले आयवृद्धि, गुणस्तरीय मानव पुँजी निर्माण र आर्थिक जोखिमको न्यूनीकरण गर्दै सन् २०२२ सम्म अतिकम विकसित मुलुकबाट विकसित देशमा स्तरोन्नति गर्ने लक्ष्य लिएका छन् ।
प्रतिवेदनअनुसार अधारभन्दा धेरै अतिकम विकसित देशहरूमा जीडीपीको १५ प्रतिशतभन्दा बढी घरेलु स्रोतको अभाव छ । अर्थशास्त्री नेपालीले अपवादबाहेक इन्धन र खनिज निर्यातकर्ता देशबाहेक अन्य सबै अतिकम विकसित देशहरूमा संरचनात्मक चालू खातामा घाटा एउटा नियमजस्तै बनेको बताए । “पछिल्लो समयमा विकासोन्मुख देशहरूमा वाह्य वित्तीय स्रोतको प्रवाह उल्लेख्य रूपमा वृद्धि भएको छ,” उनले भने, “प्रत्यक्ष वैदेशिक लगानी, बिप्रेषणले परम्परागत सं्रोतको रूपमा रहेको ओएडीको मात्रालाई पार गरिसकेका छन् । तर पनि अर्थव्यवस्थाको संरचनात्मक रूपान्तरणमा अर्थपूर्ण प्रभाव पार्ने स्रोतहरूको तौल नै कम रहेको छ ।”
स २०१४ देखि २०१७ सम्मको अवधिमा कम विकसित देशहरूमा कुल बाह्य विकास कोषको एक तिहाई हिस्सा अफिसियल डेभलपमेन्ट एसिस्टेन्सले ओगटेको छ । छ । प्रतिवेदनअनुसार सर्वाधिक सहायतामा आश्रित २० देशमध्ये १५ देश कम विकसित देशहरू रहेका छन् ।
२०१५ पछिको दिगो बिकासक सम्बन्धी आधुनिकरणको मापदण्डले विकास साहयातामा नयाँ परिभाषा उपकरण तौरतरिका आरम्भ गरेको पनि उल्लेख गरेको छ ।
प्रतिवेदनले भनेको छ, “निजी क्षेत्रको विकास सहायतामा संलग्नताको मानक परिभाषाको अभावले अतिरिक्त प्रावधानलाई बाधक बनाएको छ, यसले विकास साहयतामा निजी क्षेत्रको राज्यसँगको प्रतिस्पर्धा हुने जोखिम बढेर गएको छ ।” अतिकम विकसित मुलुकमा सन २००० देखि औषतमा कुल ग्राहस्थ्र्य उत्पादनकोे ११ प्रतिशतबाट बढेर सन २०१७ सम्म १९ प्रतिशतमा पुगेको र करको विविधीकरणले वस्तु र सेवाहरूमा लाग्ने करका प्रकारको भूमिका महत्वपूर्ण रूपमा बढेको औंल्याएको छ । बढ्दो करका भारले अतिकम विकसित मुलुकहरूमा लगातार रूपमा कम राजस्व र बढ्दो सार्वजनिक खर्चको बिचमा संरचनात्मक असन्तुलनको सामाना गर्नु परेको र यसले वित्तीय सुधारका प्रयारहरू मात्रै उनीहरूको संरचनात्मक रूपान्तरण र दिगो विकास हासिल गर्नकालागि चाहिने बित्तिय अवरोधहरूको सामाना गर्न सक्षम नभएको स्पष्ट पारेको छ ।https://www.karobardaily.com/news/economy/26169

विकास निर्माणमा सबै मन्त्रालय असफल

विकास निर्माणमा सबै मन्त्रालय असफलचालू आर्थिक वर्षको पहिलो चार महिनासम्म बजेट खर्च गर्न सबैजसो मन्त्रालय असफल भएका छन् । सरकारी तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो चार महिनामा सबै मन्त्रालयले लक्ष्यभन्दा कम खर्च गरेका छन् । मूलतः विकास निर्माणसँग सम्बन्धित मन्त्रालयको खर्च निराशाजनक हुँदा सरकारको प्रतिबद्धता कागजमै सीमित भएको छ भने जनअपेक्षा पनि पूरा हुन सकेको छैन । पहिलो चौमासिक प्रगति सन्तोषजनक नरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीसमेत असन्तुष्ट देखिएका छन् ।महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार मुख्यतः तलब भत्ता र चालू आयोजनामा खर्च हुने रकम (चालू खर्च) अन्तर्गतको शीर्षकको बजेट खर्च औसत देखिएको छ तर विकासका लागि खर्च हुने पुँजीगत खर्च अत्यन्त न्यून देखिएको छ । गत आर्थिक वर्षमा सरकारले चार महिनाको अवधिमा १० प्रतिशत खर्च गरेको भन्दै चालू आर्थिक वर्षमा न्यूनतम २० प्रतिशत खर्च गर्ने लक्ष्य राखेको थियो । तर, पहिलो चौमासिकमा जम्मा ६ प्रतिशत मात्रै देखिएपछि सरकारको खर्च क्षमता थप कमजोर भएको छ ।
महालेखा स्रोत भन्छ, “कतिपय निकायले विकासको नाममा एक रुपैयाँ पनि खर्च गर्न सकेका छैनन् २५ वटै मन्त्रालय पुँजीगत खच गर्न प्रायः असफल देखिए ।” महालेखको तथ्यांकमा संघीय संसद, निर्वाचन आयोग, राष्ट्रिय दलित आयोग, समावेशी आयोग र जनजाति आयोग एक रुपैयाँ पनि खर्च गर्न नसक्ने निकाय हुन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगबाहेक अन्य संवैधानिक आयोेगहरूले एक अर्बमाथिको पुँजीगत खर्च गर्न सकेका छैैनन् भने धेरै पुँजीगत खर्च गर्ने मन्त्रालयहरूको अवस्था पनि विकराल छ ।
महालेखाका अनुसार २५ मन्त्रालयमध्ये पाँचवटाले दुई प्रतिशतको पनि पुँजीगत खर्च गर्न सकेका छैनन् भने कतिपय मन्त्रालयको १ प्रतिशत पनि खर्च भएको छैन । परराष्ट्र मन्त्रालयले चार महिनाको अवधिमा पुँजीगत खर्च प्रतिशत ०.१ प्रतिशत मात्रै गर्न सकेको छ । रक्षा मन्त्रालयले चार महिनाको अवधिमा बल्लतल्ल एक प्रतिशतको पुँजीगत खर्च गर्न सकेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चार महिनाको पुँजीगत खर्च प्रतिशत पनि एक प्रतिशत मात्रै देखिएको छ । बजेट खर्च र त्यसको कार्यान्वयनको मुख्य जिम्मेवार मन्त्रालय अर्थको औषत पुँजीगत खर्च अवस्था पनि उस्तै छ ।
चालू आर्थिक वर्षका लागि ६ वटा मन्त्रालयले ८४ प्रतिशत पुँजीगत खर्च होल्ड गरेको महालेखाको तथ्यांकमा उल्लेख छ । ४ खर्ब ८ अर्बमध्ये भौतिक पूर्वाधार तथा यातायात, अर्थ, प्रधानमन्त्रीको कार्यालय, ऊर्जा र खानेपानी मन्त्रालयको पुँजीगत बजेट मात्रै ३ खर्ब ४३ अर्ब रुपैयाँको छ । चालू आर्थिक वर्षको पुँजीगत खर्चका लागि विनियोजित ४ खर्ब ८ अर्बको बजेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्राललयको मात्रै ३५ प्रतिशत छ । तर, यी मन्त्रालयको खर्च स्थिति झनै कमजोर देखिएको महालेखाले जनाएको छ । १ खर्ब ४४ अर्ब रुपैयाँको विकास बजेट होल्ड गरेको भौतिक पूर्वाधार मन्त्रालयले चार महिनाको अवधिमा ५.९ प्रतिशतको खर्च गरेको छ । त्यस्तै प्रधानमन्त्रीको कार्यालय र त्यस अन्तर्गतको राष्ट्रिय पुनर्निर्माण प्रधिकरणको पुँजीगत खर्च ७५ अर्ब रुपैयाँको छ । औषतमा यो मन्त्रालयले चार महिनामा जम्मा ६ प्रतिशतमात्रै खर्च गरेको छ ।
महालेखाको तथ्यांकअनुसार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका लागि ४० अर्ब २५ करोड रुपैयाँको पुँजीगत खर्च विनियोजन भएकोमा चार महिनाको प्रगति जम्मा ५.८ प्रतिशत छ । यस्तै सहरी विकास मन्त्रालयका लागि २८ अर्ब भन्दामाथि पुँजीगत खर्च विनियोजन गरिएको थियो । तर चार महिनाको अवधिमा ३ अर्ब ९६ करोड रुपैयाँको खर्च भएको छ । तुलनात्मक रूपमा सबैभन्दा धेरै खर्च गर्नेमा सहरी विकास मन्त्रालय देखिएको छ । खानेपानी मन्त्रालयका लागि २२ अर्ब ६० करोड रुपैयाँ भन्दा बढी रकम विनियोजन भएकोमा चार महिनाको अवधिमा एक अर्ब ८ करोड मात्रै खर्च भएको तथ्याँकमा उल्लेख छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ६ अर्ब ५८ करोडको बजेटमा २.४ प्रतिशतको मात्रै खर्च गरेको छ भने कानुन न्या तथा संसदीय मामिला मन्त्रालयको विकास खर्चप्रगति ८.३ प्रतिशत देखिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका लागि दुई अर्ब ८७ करोडको बजेट विनियोजन गरिएकोमा १२ करोड ९० लाख रुपैयाँ मात्रै खर्च भएको महालेखाको तथ्याँकमा उल्लेख छ । गृहमन्त्रालयले ७.६ प्रतिशत विकास खर्च गरेको छ भने संस्कृतिय पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले चार महिनाको अवधिमा ६.५ प्रतिशत मात्रै खर्च गरेको छ । भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले एक अर्ब ७२ करोडको पुँजीगत रकममा १२ करोड २४ लाख खर्च भएको महालेखाले जनाएको छ ।
महिला बालबालिका मन्त्रालयले विकासको लागि १० लाख खर्च गरेको छ । यस मन्त्रालयको पुँजीगत खर्च एक करोड ३५ लाख रुपैयाँ मात्रै रहेको छ । एक अर्ब ५५ करोड रुपैयाँको पँजीगत खर्च होल्ड गरेको संचार मन्त्रालयको खर्च स्थिति ४.७ प्रतिशत मात्रै छ । संघीय मामिला मन्त्रालयले १० अर्बको विकास बजेटमा ७९ करोड खर्च गरेको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ७५ करोड ५४ लाख रुपैयाँ खर्च गरेको महालेखाको तथ्याँकमा उल्लेख छ ।

मनोबल बढाएर काम गर्न अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री ड.ा युवराज खतिवडाले खर्च व्यवस्थापनलाई प्रभावकारी बनाउँदै राजस्व परिचालनमा जोड दिन मातहतका सबै कर्मचारीलाई निर्देशन दिएका छन् । चालू आर्थिक वर्षको चौमासिक प्रगति तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको वैठकमा मन्त्री खतिवडाले आन्तरीक नियन्त्रण प्रणालीलाई व्यवस्थित तुल्याउन समयमै बेरुजु फछ्र्योट गर्ने सोधभर्ना लिन बाँकी रकम तत्काल लिन सबै सबै मन्त्रालय र सबै निकायलाई आग्रह गरेका हुन् । “बेरुजु फछ्र्योट गर्ने सोधभर्ना गर्ने काममा ढिलाई भए महालेखा नियन्त्रक कार्यालयसँग सामान्य गर्नुस्, शीघ्र प्राप्त गर्ने लक्ष्यअनुरूप बजेट कार्यान्वयन गर्ने र कार्य सम्पादनका लागि तोकिएको सुचकहरूको लक्ष्य समयमै हासिल गर्नेगरी उच्च मनोबलका साथ काम गर्नुस्” उनले आफू मातहतका कर्मचारीलाई भने । चालू आर्थिक वर्षको बाँकी अवधिको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन गर्न पनि मन्त्री खतिवडाले निर्देशन दिएका छन् । मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीले बजेटको खर्च स्थिति, राजस्व, विकास सहायता परिचालन शोधभर्नाको अवस्था र आन्तरिक ऋण बेरुजु फछ्र्योटको स्थिति तथा प्रथम चौमासिकको बजेट तथा कार्यक्रम कार्यान्वयन सम्बन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ मन्त्रालयका सचिवद्वय, महालेखा नियन्त्रकको कार्यालयका नियन्त्रकलगायत विभागीय प्रमुखहरू उपस्थित थिए ।

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र

कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति छ र त्यस देशका मानिसको प्रतिव्यक्ति आय कति हुन्छ भन्ने आधार संसारभर चलेको एउटै मान्यता हो ।

यसमा मुलुकको गार्हस्थ्य उत्पादनको मात्रा र अर्थतन्त्रको वृद्धिदर जति धेरै हुन्छ त्यो मुलुक त्यति नै राम्रो आर्थिक स्थिति रहेको देशको सुचीमा पर्दछ । यसैलाई आधार मानेर अन्य मुलुकहरूले ती देशका मानव सूचकाँकलाई समेत हेर्ने गर्दछन् । जसको माध्यमबाट ती देशप्रतिको आस्था सहयोग र विश्वाँस मापन हुने गर्दछ । तर गत एक दशकमा नेपालको औषद् आथिृक बृद्धिदर ४.९ प्रतिशतमात्र रहेको थियो ।  जसबाट गएको दशक न्यून आर्थिक बृद्धि, बढ्दो आयात, आयातीत अर्थतन्त्रका कारण परनिर्भरता, तथा गरिबी र मूल्यबृद्धिको दुश्चक्रमा फसेको देखिन्छ । तर, गएका दशकका अन्तिम दुइ वर्षको मात्रै तथ्यांक हेर्ने हो भने अर्थतन्त्रले एउटा सुनिश्चितता दिन खोजेको हो कि भन्ने भान भने पर्दछ । यसबाट आगामी दशकको योजना तथा आथिक बृद्धिका लक्ष्य तय गर्न सहज भएको छ ।
दश वर्षपछिको नेपाली अर्थतन्त्रको सूचकः
• १२० खर्बको अर्थतन्त्र
• ३० खर्बको राजस्व
• ३८ खर्बको बजेट
• ७ प्रतिशत औषत आर्थिक वृद्धि 
अर्थशास्त्री विश्व पौडेलको भनाईलाई आधार मन्ने हो भने आर्थिक विकास र न्यायपूर्ण समाज बनाउने लक्ष्य हासिल गर्न कस्तो कस्तो पाईला चाल्ने ? प्राथमिकता कसरी चाल्ने ? भन्ने बिषय महत्वपूर्ण हुन्छ । जसले समाज संगै देशको समुन्नत भविष्यकालागि एउटा आधार तय गर्दछ । नेपाल राष्ट्र बैकको प्रतिबेदन अनुसार बि.स २०१७ मा ५० अमेरिकी डलर रहेको नेपालीको प्रतिब्यक्ति आय २०४६ मा पुग्दा १९३ डलर पुगेको देखाएको थियो । त्यसपछि प्रजातन्त्रको स्थापनासँगै शुरु भएको उदारीकरणले हालसम्म आईपुग्दा १००४ अमेरिकी डलर पुगेको छ ।
यसका बाबजुत सरकारले नेपालको विकासको क्षेत्रमा भएका प्रयास र सूचकहरूलाई आधार मानेर “समृद्ध नेपाल सुखी नेपाली” को नारा सहित दिर्घकालिन सोच सहितको प्रारूप तयार परेको छ ।
सम्भावनाको संघारमा
कुनै पनि देशको आर्थिक सूचकको परिदृश्य त्यो देशले हरेक वर्ष खर्च गर्ने बजेट र हरेक वर्ष आउने आकारमा पनि निर्भर रहन्छ । पछिल्लो १० वर्षको बजेटको आकारलाई हेर्दा हरेक वर्ष औषतमा १५ प्रतिशतले बृद्धि भएको देखिन्छ । यही यसैलाई आधार मान्दा अवको १० वर्षमा नेपालको बजेटको आकार ३ हजार ८ सय अर्ब पुग्ने देखिएको छ ।
सामान्यतया बजेट निर्माणको चक्रलाई हेर्दा बजेटमा जीडीपीको ४१ प्रतिशत हिस्सा रहन्छ । जीडीपीको अनुपातमा बजेट आएमा ४ हजार ९ सय अवको बजेट हुने छ ।कुनै पनि देशको आर्थिक सूचकको परिदृश्य त्यो देशले हरेक वर्ष खर्च गर्ने बजेट र हरेक वर्ष आउने आकारमा पनि निर्भर रहन्छ । पछिल्लो १० वर्षको बजेटको आकारलाई हेर्दा हरेक वर्ष औषतमा १५ प्रतिशतले बृद्धि भएको देखिन्छ । यही यसैलाई आधार मान्दा अवको १० वर्षमा नेपालको बजेटको आकार ३ हजार ८ सय अर्ब पुग्ने देखिएको छ । सामान्यतया बजेट निर्माणको चक्रलाई हेर्दा बजेटमा जीडीपीको ४१ प्रतिशत हिस्सा रहन्छ । जीडीपीको अनुपातमा बजेट आएमा ४ हजार ९ सय अवको बजेट हुने छ ।

जसमा बि.स.२०७९ सम्म नेपालालाई अतिकम विकसित मुलुकको सुचीबाट स्तरोन्नती गर्ने र यो अवधि सम्म प्रतिब्यक्ति आय १ हजार ५०० अमेरिकी डलर पु-याउने लक्ष्य छ भने अवको ११ वर्षमा अर्थात सन २०३० मा नेपालीको प्रतिब्यक्ति आय ४ हजार १ सय अमेरिकी डलर पु-याएर मध्यम आयको मुलुकमा सुचिकृत गर्ने सरकारको लक्ष्य छ । गार्हस्थ्य उत्पादन (जीडीपी) को आकारलाई हेर्ने हो भने पछिल्ला वर्षमा केही सुधार भएको छ । सरकारको पछिल्लो प्रतिवेदन अनुसार कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को आकार स्थीर मुल्यका आधारमा ५.८९ प्रतिशतले बढेर ३० खर्ब ७ अर्व २४ करोड पुगेको छ । यसलाई आधार मान्दा नेपालको अर्थतन्त्रको आकार अवको १० वर्षमा चार गुनाले बढेर १ सय २० खर्ब रूपैयाँ पुग्ने अनुमान छ ।
पछिल्लो १० वर्षको आर्थिक बृद्धिदर
आर्थिक वर्ष आर्थिक बृद्धिदर प्रतिशतमा
०६६-०६७ ४ं.८
०६७-०६८ ३.४
०६८-०६९ ४.८
०६९-०७० ४.१
०७०-०७१ ६
०७१-०७२ ३.३
०७२-०७३ ०.६ 
०७३- ०७४ ८.२
०७४- ०७५ ६.७
०७५-०७६ ७.१
श्रोतः अर्थ मन्त्रालय

पछिल्लो एक दशकको बजेटको आकार 
२०७६-०७७  १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख
२०७५-०७६        १३ खर्ब १५ अर्ब १६ करोड १७ लाख
२०७४-०७५  १२ खर्ब ७८ अर्ब 
२०७३-०७४ १० खर्ब ४८ अर्ब
२०७२-०७३ ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ८४ हजार
२०७१-०७२ ६ खर्ब १८ अर्ब १० करोड
२०७०-०७१ ५ खर्ब २० अर्ब १४ करोड
२०६९-०७० ४ खर्ब ४ अर्ब ८२ करोड
२०६८-०६९ ३ खर्ब ३७ अर्ब ९० करोड
२०६७-०६८ २ खर्ब ८५ अर्ब ९३ करोड
श्रोतः अर्थ मन्त्रालय
सरकारले लिएको महत्वकाँक्षी लक्ष्य र अर्थतन्त्रको सुधारमा सरकारले थालेका प्रयासले भोलिको मुलुकको अर्र्थतन्त्र बलियो हुने अपेक्षा अर्थशास्त्रीहरूको छ । पुर्र्व सचिव रामेश्वर खनाल भन्छन् “सरकारले अहिले चालेका कदमले सही मानेमा काम गर्न सकेमा हाम्रो अर्थतन्त्रमा आमुल परिबर्तन आउन सक्ने देखिएको छ ।” उनका अनुसार अर्थतन्त्र बढने घट्ने अन्य कारणहरू पनि हुन सक्छन् जुन हरेक वर्ष सरकारले ल्याउने नीति तथा कार्यक्रम, बजेट र राजस्वले पनि निर्धारण गरेको हुन्छ ।  ती बाहेक सामाजिक आर्थिक रूपान्तरणमा भएका प्रयास र मानव विकास सूचकाँकका आधारहरू पनि मुलुकको अर्थतन्त्रमा सारथी मानिन्छन् । 
पछिल्ला १० वर्षमा भएका सुधार र बित्तिय संघियताको कार्यान्ववयनले भोलिको नेपालको चित्र सुरक्षण रहेको नेपाल राष्ट्र बैकका गर्भनर डा. चिरन्जिवी नेपालको बुझाई छ । “गएको तीनवर्षदेखि लगातार ६ प्रतिशत माथिको आर्थिक बृद्धि हासिल गरेको छ उनी भन्छन् “लोडसेडिङको अनत्य सँगै राजनीतिक स्थीरताको शुरुवात भएको छ यसले भोलिको नेपालको सम्बृद्धिको बाटोमा उभिएको छ ।” उनले लगानीका हिसावले पनि नेपालमा प्रयाप्त सुधारका प्रयास भएको र सरकार पनि आर्थिक सुधारको चरणमा रहेकोले अवको १० वर्ष नेपालको आर्थिक बिकामा आपेक्षित सुधार हुने बताए । गत वर्ष ७.१ प्रतिशतको आर्थिक बृद्धि हासिल गरेको सरकारले चालु आर्थिक वर्ष ८.५ प्रतिशतको लक्ष्य राखेको छ । विगत १० वर्षको आर्थिक बृद्धिको सूचकलाई हेर्दा नेपालले अवको १० वर्षमा ६ देखि ८ प्रतिशतको आर्थिक बृद्धि हासिल गर्न सक्ने अर्थविद डा. चन्द्रमणी   अधिकारीको आँकलन छ ।
त्यसो त बि.स ०६६-०६७ मा ४ं.८ प्रतिशत रहेको नेपालको आर्थिक बृद्धिदर १० वर्षपछि ०७५-०७६ मा ७.१ प्रतिशत पुग्नु आफैमा सकारात्मक कदम हो । आर्थिक वर्ष ०६७-०६८ मा ३.४, ०६८-०६९ मा ४.८ र ०६९-०७० मा ४.१ प्रतिशत आर्थिक बृद्धिदर हासिल गरेको नेपालले त्यसपछिका वर्ष ०७०-०७१ मा ६ प्रतिशत, ०७१-०७२ मा ३.३ र ०७२-०७३ मा ०.६ प्रतिशत मात्रै आर्थिक बृद्धि हासिल गरेको छ । बिनासकारी भूकम्प र नाकाबन्दीले थिलो थिलो परेको नेपालको अर्थतन्त्र त्यसपछिका वर्षमा भने केही सुधार भएको देखिन्छ ।
जसले गर्दा आर्थिक बृद्धिलाई मात्रै नभएर अर्थतन्त्रका सबैजसो सूचकहरू सकारात्मक देखिएका छन् । ०७३- ०७४ मा ८.२ र ०७४- ०७५ मा ६.७ प्रतिशत आर्थिक बृद्धि गरको छ भने गतवर्ष ७.१ प्रतिशत आर्थिक बृद्धि हासिल गरेको छ । “गएको १० वर्षमा नेपालको आर्थिक अवस्थामा सुधार आपेक्षित रूपमा नदेखिएपनि अन्य धेरै कुराहरूमा सुधारका संकेत पलाएका छन् अर्थविद अधिकारी भन्छन् “बिगतको अवस्था र अहिलेको अवस्थालाई हेर्दा १० वर्षमा नेपालको बृद्धिदर अहिलेकै (६ देखि ८प्रतिशत) हाराहारीमा पुग्ने देखिन्छ ।” 

३८ खर्बको बजेट
कुनै पनि देशको आर्थिक सूचकको परिदृश्य त्यो देशले हरेक वर्ष खर्च गर्ने बजेट र हरेक वर्ष आउने आकारमा पनि निर्भर रहन्छ । पछिल्लो १० वर्षको बजेटको आकारलाई हेर्दा हरेक वर्ष औषतमा १५ प्रतिशतले बृद्धि भएको देखिन्छ । यही यसैलाई आधार मान्दा अवको १० वर्षमा नेपालको बजेटको आकार ३ हजार ८ सय अर्ब पुग्ने देखिएको छ ।
सामान्यतया बजेट निर्माणको चक्रलाई हेर्दा बजेटमा जीडीपीको ४१ प्रतिशत हिस्सा रहन्छ । जीडीपीको अनुपातमा बजेट आएमा ४ हजार ९ सय अर्बको बजेट हुने छ । यद्यपि बजेट सरकारको नीति तथा कार्याक्रम  र आवश्यकतामा मापन हुने राजनीतिक दस्ताबेज समेत भएकोले यसको आकार यकिन त गर्न सकिदैन । तर पनि पछिल्लो एक दशकमा ५ गुनाले बढेको बजेट आगामी एक दशकमा दोब्बरभन्दा बढि हुने देखिन्छ । बजेटको आकारमात्र बढ्ने तर खर्च गर्ने क्षमतामा भने सुधार नआउने हो भने यसबाट ठूलो आथिृक संकट निम्तिन पनि सक्छ । साथै, खर्च गर्नलाई नयाँ श्रोत बनाउन नसक्ने हो भने हालै घट्दो राजश्वको प्रबृत्ति कायम रहे यसले पनि नेपाल आर्थिक संकटतर्फ उन्मुख देखिन्छ । 
३० खर्बको राजस्व
बजेट खर्च र राजस्व एक अर्काका परिपुरक हुने भएकोले बजेट खर्चको नीतिलाई बढि प्रभावकारी बनाउनु पर्ने अर्थसचिव खनालको भनाई छ । करिब १५ वर्षदेखि नेपालको राजस्व प्रणालीमा एउटै लय छ । त्यो हो जीडीपीमा राजस्वको योगदान । यसरी हेर्दा औषतमा हालको राजस्व अवको १० वर्षमा नेपालको अन्तरीक स्रोतको हिस्सा अर्थात राजस्वको हिस्सा ३० खर्ब पुग्ने देखिन्छ । पुर्ब अर्थ सचिव खनाल् भन्छन् “केही वर्ष औषतमा ३० प्रतिशत राजस्व हासिल गरेपनि गएको १०-१५ वर्षको तथ्याँकलाई आधार मान्दा औषतमा २५ प्रतिशत राजस्व बृद्धि भएको देखिन्छ यही अनुपातलाई आधार मान्दा अवको १० वर्षमा ३ हजार अर्व राजस्व असुली हुने देखिन्छ ।” राजस्वलाई सरकारको आम्दानीको मुख्य श्रोत मानिन्छ । दक्षिण एसियामै नेपाल राजस्व असुलीमा अब्बल पनि छ । यद्यपि सरकारको खर्च र राजस्व प्रणालीमा आमुल परिबर्तन भने आवश्यक छ ।
उदारिकरणको फलोअप
०४६ सालको जनआन्दोलनपछिको सरकारले आबलम्बन गरेको खुला आर्थिक उदारिकरणको नितीले नेपालमा थुप्रै खालका बन्देजहरू फुकुवा भए । सरकारी स्वामित्वका संस्थानहरू निजीकरण तर्फ उन्मुख भए भने बिदेशी लगानीको ढोका आधिकारिक रूपमा खुले । शिक्षा स्वास्थ्यको क्षेत्रमा आमुल परिबर्तन भयो ।
त्यो परिबर्तनसँगै मुलक १२ बर्षे द्धन्द्धको चपेटामा प-यो । द्धन्दले निम्त्याएको राजनीनितक अस्थिरताले नेपाल अर्थतन्त्र जर्जर बन्यो । त्यसपछि २०६३ मंसिर ५ गते बिस्तृत शान्ति सम्झौता भएपछि आर्थिक उदारीकरण शुत्रले प्राथमिकता पायो र अर्थतन्त्र चलायमान तर्फ उन्मुख भयो । त्यही आशा र उत्साह संबिधान पछि बनेको स्थीर सरकारमा देखिएको छ
नयाँ सरकार आएसँगै आर्थिक उदारिकरणमा थुप्रै आशाका किरणहरू पलाएका छन् । कतिपयले आर्थिक उदारिकरणको दोश्रो चरण शुरुवात भएको भन्दै आर्थिक क्षेत्रमा ब्यापक सुधार आवश्यक रहेको बताउँदै आएका छन् । उदारीकरणका शुत्राधार पुर्ब अर्थमन्त्री डा. राम शरण महत भन्छन् “बिगतमा हामीले गरेको उदारीकरणका प्रयासहरूलाई मात्रै यो सरकारले कार्यान्वयन गर्न सकेमा हामी आर्थिक रूपमा बलियो बन्ने छौ ।” उनको बुझाईमा भूकम्प नाकाबन्दीबाट थिलो थिलो परेको नेपालले त्यसपछिका वर्षमा लगातार उच्च आर्थिक बृद्धिदर हासिल गर्नु लोडसेडिङ अन्य गर्नु लगानीका बाताबरणमा सुधार हुनु र आम जनमानमा आर्थिक सम्बृद्धिका बिषयले प्रश्रय पाउनु भोलिको सम्बृद्ध नेपालकालागि निक्कै उत्सहप्रद सूचक हुन् । “प्रशस्त लगानीका संभावनाहरू हामीकहाँ छन् सरकारले लगानीको वाताबरण बनाउन सकेमा बिदेशी लगानीमा उत्साहजनक रूपले बृद्धि हुने छ”उनी भन्छन् देशको बिकासमा प्रतिपक्षको बलियोसाथ छ सरकारले जनतालाई अव धोका दिनु हुँदैन ।”
१० वर्षमा गरिएका सुधारका प्रयास
इतिहाँसलाई छोडेर गएकोे १० वर्षलाई मात्रै हेर्ने हो भने यो समय नेपालकालागि ऐतिहाँसिक बनेको छ । सबैभन्दा ठुलो र महत्वपुर्ण कुरा सात दशक देखिको राजनीतिक संक्रमणकालको अनत्य भएको मात्रै छैन । देश संघियतामा प्रवेश गरेसँगै ७६१ वटा सरकार बनेका छन् । सामाजिक, आर्थिक, राजनीतिक हरेक तहमा समावेशीताको सिद्धान्तले प्राथमिकता पाएको छ जसले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अर्थतन्त्रलाई बलिायो बनाउदै लगेको छ । पछिल्लो दशकमै बिप्रेषण आप्रवाहमा बृद्धि भएको छ । लोडसेडिङको अनत्य भएर बिद्युत निर्यात गर्ने अवस्थामा मुलुक पुगेको छ ।
यही समयमै मजदुर र रोजगारदाता बिचको बिवादको अनत्य भएको छ । पुर्बाधार विकासमा बायह लगानी बढ्न थालेको छ । केही बस्तुमा मुलुक आत्मनिर्भर बनिसकेको छ । आर्थिक सम्बृद्धिका बहसले प्राथमिकता पाएका छन् नेपालीको खर्च गर्ने र आम्दानी गर्ने क्षमतामा बिकास हुनु र  आर्थिक सवलीकरणमा सरकार नीति निर्माणमा जुटनुले पनि पछिल्लो दशक आर्थतन्त्रका हिसावले अत्यन्त महत्वपूर्ण समय सावित भएको छ ।
बजेट प्रणालीमा ब्रेक थ्रु 
वि.संं. २००८ साल माघ २१ तत्कालीन अर्थमन्त्री सुवर्ण शमशेरले पहिलो बजेट प्रस्तुत गरे त्यसपछिको सात दशकसम्म नेपालको बजेट प्रणालीमा निक्कै उतार चढावहरू आए । बजेट प्रणालीलाई एकरूपता ल्याउन र बजेट कार्यान्वयनमा सुधार ल्याउन ०७२ मा जारी भएको संविधानले राजनीतिक खिचातानीका कारण समयमा बजेट जारी हुन नसक्ने क्रमको निरन्तरताले मुलुक सञ्चालनमा परेको कठिनाइ महसुस गर्दै  हरेक वर्षको जेठ १५ गते बजेट ल्याउनु पर्ने प्राबधानको ब्यवस्था ग-यो । जुन ब्यवस्थालाई नेपालको बजेट प्राणालीको एक महत्वपूर्ण र एतिहाँसिक सफलताका रूपमा लिने गरिन्छ ।
गाउँ गाउँमा सिंहदरबार
लामो एकात्मक राज्य प्रणालीअन्तर्गतको बजेटको अभ्यासपछि वर्ष ०७४ मा पहिलो पटक संघीय बजेट आयो ।  संघीय स्वरूपको बजेट आउनु नेपालका लागि नौलो विषयमात्रै नभएर समग्र बजेट प्रणालीमै नयाँ आयामको सुरुवात थियो । त्यसपछिका दिनमा सिंहदरबारको अधिकार गाउँमा मात्रै पुगेन बजेट माग्न सिंह दरबार आउनु पर्ने बाध्यताको अनत्य भएको छ । त्यो संगै सातबटै प्रदेश र ७५३ वटै स्थानीय सरकार आफैले आफ्नो बजेट कोर्ने र कार्यान्वयन गर्ने मौका पाएका छन् । तर यसबाट नागरिकमा भने थ पभार पर्न गएर संघीय गणतन्त्रप्रति नै शंका गर्ने वातावरण बन्न सक्ने हुनाले सरकार विशेषतः संघीय सरकार सचेत हुनु अत्यन्त आवस्यक छ । 
एलएमविआईएसको शुरुवात
एलएमविआईएस  भनेको बजेट सूचना प्रणाली हो । जुन ब्यवस्था संघिय बजेट सँगै कार्यान्वयनमा आएको हो । यसको माध्यमबाट बजेट आएको भोलि पल्ट देखिनै बजेट सुचना प्रणालीमा सुचिकृत कार्यक्रमलाई अख्तियारी दिने नपर्ने ब्यवस्था भयो । यसले बजेट कार्यान्वयनकोलागि अख्तियारी पाउन साउन १ गते सम्म कुर्नु पर्ने ब्यवस्थाको अनत्य मात्रै गरेन अख्तियारी नपाएर बजेट खर्च गर्न नसकेको भन्ने गुनसो आउने परम्परा सधैकालागि बन्द गरिदियो । यसलाई नेपालको बजेट प्रणालीको एक सुधारका रूपमा लिने गरिन्छ ।
बिद्युतीय भुक्तानीको शुरुवात
संघियता कार्यान्वयनमा आएसँगै सरकारले आफ्ना सबै कार्यालयमा चेकबाट भुक्तानी दिने व्यवस्थाको अन्त्य गर्दै बिद्युतीय भूक्तानी सेवा लागु गरेको छ । यसले चेक लिनका लागि कार्यालयमा नै धाउनुपर्ने वाध्यताको अनत्य मात्रै भएको छैन भने बैकिङ कारोबारमा पारदर्शिता राजस्व प्रणालीमा सुधारको संकेत देखाएको छ । चेकबाट हुने भुक्तानीमा औसतमा ५ दिन लाग्ने गरेको, कतिपय चेक नसाटिइ दोस्रो पक्षले हैरानी सहनु पर्ने बाध्यता भैरहेकोमा अवस्थामा भुक्तानीनीलाई छिटोछरितो बनाउन विद्युतीय भुक्तानीलाई अनिबार्य गर्नु सरकारको सफल प्रयास मानिन्छ ।
चुनौतीका चाङ 
संघियतामा आर्थिक कारोवारको विषयले ठूलो महत्व राख्ने भएकोले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा वित्तीय क्षेत्र निक्कै जटिल र चुनौतीपूर्ण नै यसको आलवा अर्थतन्त्रमा देखिएको सुधारलाई दिगो बनाउने चुनौती टडकारो रूपमा देखिएको छ । बित्तिय संघियता कार्यान्वयनको पहिलो अभ्यास गर्दै गरेको नेपाललाई बित्तिय सन्तुलन कायम गर्नु लक्ष्य अनुसारको विकास खर्च गर्नु फलामको चिउरा चपाउनु जस्तै बनेको छ । लक्ष्य अनुसारको राजस्व असुली नहुनु र प्रयाप्त पुर्बाधार नहुनु र भएका ब्यवस्थाले स्फूर्त रूपमा काम गर्न नसक्नु सरकार सामु देखिएको अर्को चुनौती हो । बित्तिय संघियता आफैमा बोझिलो हो ।
आन्तरीक स्रोतको प्रयाप्तता बिना संघीयता कार्यान्वयनको क्रममा बढ्न सक्ने चालु खर्च, समष्टिगत आर्थिक नीतिहरूमा पर्ने राजनीतिक हस्तक्षेप लगायत निहित स्वार्थ समूहको बढ्न सक्ने दबाब पनि सरकारसँग चुनौती बनेर खडा भएको छ । यसबाट साधन परिचालनमा आउन सक्ने असन्तुलन तथा पछिल्लो समय नेपालका छिमेकी मुलुक लगायत विश्व परिवेशमा विकसित अर्थ–राजनीतिक घटनाक्रम अर्थतन्त्रका प्रमुख चुनौतीका रूपमा देखिएको छ ।
अर्को ठुलो चुनौती सरकारलाई प्रयाप्त लगानी भित्र्याएर उत्पादन बढाउने अनि ब्यापाराटा न्यूनिकरण गर्ने नै हो । गत वर्षको तथ्याँकलाई हेर्ने हो भने मात्रै पनि जीडीपीको ३८ प्रतिशत हिस्सा हाम्रो ट्रृेडमा छ । यही अनुपातमा ब्यापारघाटा कहालीलाग्दो अवस्थामा पुग्यो भने त्यसले भोलिको लक्ष्य भेटाउन कठिन देखिन्छ । त्रिभुवन बिश्व बिद्यालयका प्राध्यापक डा. राम प्रसाद ज्ञवाली पनि परनिर्भरता नै नेपालको मूख्य चुनौती रहेको बताउँछन् । यी वाहेक व्याप्त गरिबी, आर्थिक पछौटेपन, राजस्वको न्यायपूर्ण वितरणको अभाव, सार्वजनिक सेवा प्रवाहमा असफलता र समानुपातिक विकासको अभावका समस्याले सरकारलाई लक्ष भेटाउन चुनौती देखिएको छ ।
विकास साझेदारको सुझाव
नेपालको विकासमा सहयोग गर्दैै आएका विकास साझेदारहरूले पुँजीगत खर्च बढाउन र उत्पादन तथा रोजगारी बढाउन सुझाव दिदै आएका छन् । बिश्व बैंक, एसियाली बिकास बैक, संयूक्त राष्ट्रसंघिय बिकास कार्यक्रम, अन्तराष्ट्रिय मुद्रा कोष लगायतका दात्रृ निकायले नेपाल प्रयाप्त संभावना हुँदाहुदै पनि बिकास खर्च गर्न असक्षम देखिएको संघियताले करको बिषयमा बिवाद बढ्दै गएको र लगानीको प्रयाप्त वाताबरण नभएकोप्रति इंगित गर्दै नेपाललाई समयमा खर्च गर्न भुक्तानी प्रणालीलाई सहज बनाउन बहुबर्षिय आयोजनाहरूमा हुने ढिलाईमा सजग हुन आग्रह गर्दै आएका छन् । नेपालमा राजनीतिक भागबण्डा, नितीगत हस्तक्षेप अन्तरसकारी समन्वयको अभाव र प्रयाप्त निती नियमको अभावले थुप्रै आयोजनाहरू अलपत्र बनेका छन् । यस्ता आयोजनाको समस्याको किटान गरेर समयमै सम्पन्न गर्नेगरि गृहकार्य गर्नु सरकारको बुद्धीमानी ठहरिने छ । जसले भोलिको नेपालको सुनौलो भविष्य कोर्न सहज मात्रै हुने छैन  सरकारले लिएको दिर्घकालिन सोच सहितको दिगो विकासको लक्ष्य भेटाउन समेत सहयोग गर्ने छ ।
तर, इतिहासकै बलियो तथा स्थिर सरकारको गत दूइ वर्षको बजेटको विश्लेषण गर्दा भने केहि चिन्त गर्नु पर्ने स्थिती पनि छ । पहिलो बजेट तथा दोस्रो बजेट बिच एक आपसमा तालमेल नहुनु तथा गत आथिृक वर्षभन्दा बजेट खर्च तथा राजश्व परिचालन दुबैमा सरकार कमजोर हुनु भनेको संघीयतालाई मात्रै होइन नेपाल राष्ट्रलाई नै असफल बनाउने षणयन्त्र त होइन भन्ने आशंका हुनु स्वभाविक हो । https://www.karobardaily.com/news/economy/26830

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...