Tuesday, December 24, 2019

औद्योगिक विकासका सम्भाव्य

कुनै पनि मुलुकको आर्थिक विकासका लागि सम्भाव्यताका क्षेत्रहरू पहिचान गर्दा मूलतः औद्योगीकरणलाई नै आधार बनाउने गरेको पाइन्छ । विश्वमा अहिले विकसित भनेर चिनिएका ठूला अर्थतन्त्रहरू विगतमा औद्योगिक आधारबाटै अघि बढेका हुन् । नेपालको छिमेकी मुलुक चीनलाई प्रतिव्यक्ति क्रयशक्ति समता (पीपीपी) का आधारमा अहिले विश्वको पहिलो नम्बरको अर्थतन्त्र बनेको छ (स्रोतः अन्तर्राष्ट्रिय मुद्रा कोषका पूर्वप्रमुख क्रिस्टिन लेगार्ड–२०१५), उसको अर्थतन्त्रको मूल विस्तारको आधार पनि औद्योगीकरण र व्यापार नै हो ।
मारुत ए युलेकले आफ्नो पुस्तक ‘हाउ नेसन सक्सिड’मा स्पष्टै रुपमा औद्योगीकरण, व्यापार र औद्योगिक नीतिले मुलुकको आर्थिक वृद्धिलाई टेवा पु-याउने उल्लेख गरेका छन् । पन्ध्रौं शताब्दीसम्म स्पेन, पोर्चुगल, नेदरल्यान्ड्स, फ्रान्स, ब्रिटेनजस्ता देशहरूका नाम सायदै बाहिरी दुनियाँलाई थाह थियो, तर पन्ध्रौ शताब्दीपछिको विश्वव्यापी साम्राज्यवाद विस्तारले यी राष्ट्रहरू फैलिँदै गए । अठारौं शताब्दीसम्म आइपुग्दा ग्रेट ब्रिटेन, कहिल्यै घाम नअस्ताउने साम्राज्यमा परिणत भइसकेको थियो । त्यही बेला युरोपमा औद्योगीकरणले गति लिन थालिसकेको थियो । यद्यपि उन्नाइसौं शताब्दीको आरम्भसम्म पूर्वी एसियाको व्यापार पश्चिमको भन्दा बढी थियो, किनकी यहाँ औद्योगिक उत्पादनसँगै कच्चा पदार्थको जुन उपलब्धता थियो, त्यो युरोपसँग थिएन ।
एसियाले खासगरी सुन र चाँदीको निकासी गथ्र्यो । सिल्क रोडले चीनलाई मध्य युरोपसँग जोड्थ्यो, जुन खास व्यापारिक राजमार्ग थियो । त्यो गौरव युरोपको औद्योगिक विकाससँगै ओझेलमा पर्न थाल्यो र बीसौं शताब्दी युरोपको रहन पुग्यो, तर बीसौं शताब्दीको अन्त्यतिर पुनः चीनको उदयले एक्काइसौं शताब्दीलाई फेरि एसियाको शताब्दी बनाउँदैछ ।
यो अवसरको शताब्दी हो, जसबाट नेपालले लाभ लिन सक्छ र लाभ लिने प्रशस्त ठाउँ पनि छ ।

गुमेको दशक
नेपालले विसं १९९३ बाटै औद्योगिक विकासमा हात हालेको भए पनि यहाँको औद्योगिक विकासको गति निकै कमजोर रहन पुग्यो । नेपालमा औद्योगीकरणका कुरा गर्दा आमनेपालीहरूमा नेपालमा सियो पनि उत्पादन हुँदैन भन्ने छाप छ । एक हदसम्म यो कुरा सत्य पनि हो । औद्योगीकरण थालिएको ८ दशकको अवधिमा नेपालमा औद्योगिक विकास हुनै सकेन भन्दा पनि हुन्छ । पञ्चायतकालीन अवधि (२०१७–२०४६)मा नेपालमा औद्योगिक विकासको कल्पनासमेत गर्न सकिएन भन्दा पनि हुन्छ । रसियन मोडलको विकास ढाँचाअन्तर्गत राज्यनियन्त्रित उद्योग, व्यापार र सेवाजन्य संस्थानहरू जन्माउने कार्यलाई उक्त अवधिमा जोड दिइयो । त्यस अवधिमा कुल ६६ वटा संस्थानहरू जन्माइएका थिए ।
यद्यपि, राणाकालमै निजी क्षेत्रको सहभागितामा केही उद्योगहरू (विराटनगर जुट मिल, जुद्ध म्याच फ्याक्ट्री आदि) को स्थापना नभएका भने होइनन्, पञ्चायतकालमा पनि तत्कालीन दरबारसँग साँठगाँठ गरेर, शक्तिमा रहेकाहरूको सहभागितामा केही उद्योगहरू खुले । यसबाहेक देशको सन्तुलित आद्योगिक तथा आर्थिक विकासका निम्ति अमेरिकी सहयोगमा नेपालमा संगठित औद्योगिक क्षेत्र स्थापना गरियो, जहाँ निजी क्षेत्रबाट उद्योगहरू स्थापना गरी देशको औद्योगिकरण गर्ने मूल उद्देश्य राखिएको थियो ।
यद्यपि औद्योगीकरणको वास्तविक जग २०४६ सालको परिवर्तनपछिमात्र बसेको हो भन्दा कुनै अतिशयोक्ति हुँदैन । राज्यले लाइसेन्स प्रथा हटाएलगत्तै नेपालमा व्यापारमात्र गरेर बसिरहेको निजी क्षेत्रले धमाधम उद्योगमा हात हाल्न थाल्यो । त्यसबीचमा बिस्कुट, चाउचाउ, साबुन, बियर, मदिराजस्ता उत्पादनहरूमा नेपाली उद्योगहरूले फड्को मारे; तयारी पोशाक (गार्मेन्ट), गलैंचा (कार्पेट), पश्मिनाजस्ता उद्योगले नेपालको निर्यात क्षेत्र धानिदिए । ससानो अनुपातमै भए पनि उत्पादन हुने हस्तकला उद्योग स्वदेशी पहिचानको क्षेत्र बनिदियो । चाउचाउकै भरमा नेपाली लगानीकर्ता बहुराष्ट्रिय भए । उता, कपडा, प्लास्टिकजस्ता उद्योगहरू बाह्य प्रतिष्पर्धासँग टिक्न सकेनन र धमाधम बन्द भए । सरकारीस्तरको चुरोट उद्योगले प्रविधिलाई आधुनिकीकरण गर्न सकेन र बन्द भयो भने निजी क्षेत्रले त्यही चुरोट उद्योगमा विदेशी लगानी भित्र्याएर पर्याप्त मुनाफा कमाइरहेको छ । मदिरामा केही नेपाली उद्यमीहरूले नेपालभित्र मात्र होइन, क्षेत्रीय रूपमै सर्वाधिक सफलता हासिल गरेका छन् ।
नेपालमा २०५२ सालदेखि सरु भएको सशस्त्र माओवादी विद्रोहले गर्दा देशमा औद्योगिक वातावरण खस्कँदै गयो । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघले छुट्टाछुट्टै रूपमा गरेको अनुमानअनुसार विसं २०५२ देखि २०६२ का अवधिमा करिब एक हजार मझौला तथा ठूला उद्योगहरू बन्द भए भने नेपाल घरेलु तथा साना उद्योग महासंघले गरेको अनुमानअनुसार उक्त अवधिमा करिब एक लाख घरेलु तथा साना उद्योगहरू बन्द हुन पुगे । फलतः आर्थिक वर्ष २०४७-४९ मा कुल गार्हथ्य उत्पादन (जीडीपी)मा १९ प्रतिशत पुगिसकेको औद्योगिक क्षेत्रको योगदान आर्थिक वर्ष २०७५-०७६ मा आइपुग्दा १४.६ प्रतिशतमा झरेको छ ।
सशस्त्र द्वन्द्वकालपछि पनि नेपालको औद्योगिक क्षेत्र खासै फस्टाउन सकेन । देशभित्र व्याप्त राजनीतिक अस्थिरताले उत्पन्न गरेको नीतिगत अस्थिरताकै कारण देशमा औद्योगिक विकास हुन नसकेको हो । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०७५-०७६ को अन्त्यसम्ममा देशभरि दर्ता भएका उद्योगहरूको संख्या ७ हजार ९६७ छ, यसमध्ये ठूलो संख्या साना उद्योगहरूको छ । कुल दर्ता भएका उद्योगमध्ये १ हजार ११२ ठूला, १ हजार ७३१ मझौला र ५ हजार १२४ साना उद्योग छन् । यीमध्ये प्रदेश नं ३ मा सबैभन्दा धेरै ६७ प्रतिशत उद्योगहरू दर्ता छन् भने सबैभन्दा कम कर्णालीमा ०.५८ प्रतिशत उद्योगहरू दर्ता छन् । उत्पादनमूलक क्षेत्रमा आधाजति उद्योग दर्ता भएको देखिए पनि तिनीहरू आफ्नो क्षमतामा चल्न सकेका छैनन । नेपाल राष्ट्र बैंकको आर्थिक गतिविधिसम्बन्धी अध्ययनअनुसार नेपालका उद्योगहरू औसतमा ६० प्रतिशतभन्दा कम क्षमतामा चल्न बाध्य छन् । यसले पनि औद्योगिक क्षेत्रको योगदान कम गर्न भूमिका खेलेको छ ।

सम्भावनाको दशक
व्यापक सम्भावना भएर पनि अहिलेसम्म न्यून रुपमा औद्योगिक लगानी प्रवाह भएको अवस्था छ । अबको दशक भने नेपालका लागि आर्थिक रुपमा उदयको दशक हुनेछ । यसका पछाडि केही ठोस कारणहरू छन् ।
१. छिमेकी मुलुकहरूको उदयः आउँदो एक दशकभित्र नेपालको छिमेकी मुलुक चीन विश्वकै प्रमुख अर्थव्यवस्था बन्ने प्रक्षेपण गरिएको छ भने भारत चौथो ठूलो अर्थतन्त्र हुने प्रक्षेपण छ । यी दुवै मुलुकहरू विश्वकै सर्वाधिक जनसंख्या भएका मुलुकहरू हुन् । चीन र भातरत दुवैले नेपालसम्म रेल पहुँचको विस्तार गरी नेपाललाई भूजडित (ल्यान्डलिंक्ड) मुलुकका रूपमा परिणत गर्ने योजना अघि सारेका छन् । यसले गर्दा बजार सम्भाव्यताका अवसर नेपालले पाउने छ ।
२. आन्तरिक अर्थतन्त्रको विस्तारः नेपालको अर्थतन्त्र यसबीचमा निकै मन्द गतिमा विस्तारित भयो । विश्व बैंकका अनुसार सन् २००७ देखि २०१७ को अवधिमा नेपालको औसत वृद्धिदर ४.१ प्रतिशतमात्र रह्यो । नेपाल अब सँधै यो अल्पविकासको अवस्थामा रहन सक्दैन । अबको दशकमा नेपालले अपनाउने आर्थिक सुधारका नीतिसँगै मुलुकले तीव्र गतिमा आर्थिक विकास हासिल गर्नेछ ।
३. राजनीतिक स्थिरता र संघीयताः मुलुकमा विगत अढाइ दशकको अवधि अर्थात लामो अवधिसम्म राजनीतिक अस्थिरता, सशस्त्र द्वन्द्व र संक्रमणकाल रहयो । २०७३–७४ सालपछि मुलुकमा राजनीतिक स्थिरताका संकेतहरू देखिएका छन् । संघीयताको कार्यान्वयनले मुलुकमा आर्थिक विकासका थप अवसरहरू सिर्जना गरेका छन् । यसले गर्दा यहाँ लगानीको अवसर बन्दै गएको छ ।
४. एफडीआई प्रवाहः विश्वव्यापी रूपमा नै प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रवाहको मूल स्रोत र लगानीका क्षेत्रमा परिवर्तन हुँदै गएका छन् । नेपालमा हाल वार्षिक १० करोड अमेरिकी डलरको हाराहारीमात्र विदेशी लगानी प्रवाह भइरहेकोमा हालैका वर्षहरूमा यो क्रम बढ्न थालेको छ । विशेषगरी नेपालमा चिनियाँ लगानी बढ्न थालेको छ । सिमेन्ट उद्योगजस्ता पूर्वाधारमुखी उद्योगहरूमा भइरहेको व्यापक लगानी प्रवाहले नेपालमा लगानी सम्भाव्यताको ढोका खोलेको छ ।
राष्ट्रिय योजना आयोगले पनि पन्ध्रौं योजना अवधिमा औद्योगिक क्षेत्रको योगदान हालको १४ प्रतिशतबाट वृद्धि गरी आर्थिक वर्ष २०८०-०८१ सम्म २२.२ प्रतिशत पु-याउने र दिर्घकालीन लक्ष्यअन्तर्गत आव २१०० सम्ममा ३० प्रतिशत पु-याउने लक्ष्य राखेको छ । यसअन्तर्गत सरकारले गर्ने नीतिगत र कानुनी परिवर्तनहरू र व्यवहारिक रूपमा सहजीकरणले मूल भूमिका खेल्नेछ ।

राजस्व लक्ष्यभन्दा ८५ अर्ब न्यून

वित्तीय संघीयता कार्यान्वयन बोझिलो बन्दै गएको अवस्थामा सरकार आफैंले लिएको राजस्वको लक्ष्य भेटाउन पनि कठिन पर्ने देखिएको छ । सरकारले चालू आर्थिक वर्षको पहिलो पाँच महिनासम्म ३ खर्ब १८ अर्ब रुपैयाँमात्रै राजस्व संकलन गरेको छ । यो अवधिमा सरकारले ४ खर्ब ५ अर्ब रुपैयाँको राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । लक्ष्यअनुसार राजस्व असुल नभएपछि  सरकारले बजेटमार्फत लिएको लक्ष्य र राजस्व संकलनको ग्याप ८५ अर्ब नाघेको छ । विकास खर्चको कहालीलाग्दो अवस्था र भन्सार राजस्व न्यून हुँदा सरकारको राजस्व असुली न्यून देखिएको हो ।
महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार सरकारले यो अवधिसम्म तीन वर्षयताकै न्यून अर्थात पाँच महिनामा जम्मा ९ प्रतिशत खर्च गरेको छ । विकास खर्चको दूरावस्थाले गर्दा राजस्व प्रणाली कम भएको अर्थविद्हरू बताउँछन् । यसवाहेक यो अवधिसम्म सरकारले अपेक्षा गरेअनुसार सवारी साधनको आयात कम हुँदा भन्सारबाट संकलन हुने अन्तःशुल्क पनि बढेको छैन । यसैगरी मदिराको अन्तःशुल्कमा पनि सरकार लक्ष्यको तुलनामा निकै पछाडि देखिएको छ । सरकारले चालू वर्षको आर्थिक ऐनमा राखेको मदिरा उत्पादनसम्बन्धी मापदण्डले राजस्व उद्योग नै बन्द भएपछि आर्थिक ऐन नै संशोधन गरे पनि मंसिरमा त्यसको उल्लेख्य प्रभाव नदेखिएको अर्थकै अधिकारीहरू बताउँछन् । सरकारले मंसिरसम्म ७१ अर्ब रुपैयाँ संकलन गर्ने लक्ष्य तोकेको छ ।
अर्थ मन्त्रालय स्रोत भन्छ, “यसअघिका महिनामा लक्ष्यअनुसार राजस्व संकलन हुन सकेन, त्यसैको असर अहिले देखिएको हो, मंसिरमा असुली भएको राजस्वलाई त्यति नेगेटिभ भन्न मिल्दैन ।” सरकारले मंसिर महिनामा लक्ष्यभन्दा ९ अर्ब कम अर्थात करिव ६२ अर्ब राजस्व संकलन गरेको छ । पाँच महनासम्म असुल गरेको राजस्व संकलन सरकारले बजेटमार्फत लिएको राजस्वको लक्ष्यको ग्याप हेर्दा अहिलेसम्म ८५ अर्बभन्दा बढी पुगेको छ । अर्थविद् डा. चन्द्रमणि अधिकारी भन्छन्, “सरकारले विकास खर्च बढाउन सकेन जसको असर राजस्व असुलीमा देखियो ।”सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्ममा भन्सारतर्फ  ७६ अर्ब ६८ करोड रुपैयाँको लक्ष्य निर्धारण गरेकोमा ५१ अर्ब ७७ करोड रुपैयाँ मात्र संकलन गरेको छ । गत महिनाको तुलनामा भन्सार राजस्व संकलनमा केही सुधार भएको र आगामी दिनमा लक्ष्य नजिक पुग्ने भन्सार विभागको दावी छ । त्यसो त मूल्य अभिवृद्धि करतर्फ गत वर्षको तुलनामा २८ प्रतिशतको वृद्धिदर भए पनि लक्ष्य भेटेको छैन । जसमा निर्यात गर्दा हुने वस्तुको भन्सार महशुल लक्ष्यभन्दा बढी हुने पनि आयातमा ग्याप छ । 
आयात हुने वस्तुबाट सरकारले कात्तिक मसान्तसम्ममा ६७ अर्ब लक्ष्य रहेकोमा ४६ अर्ब मात्र संकलन भएको छ । कात्तिकसम्मकै तथ्यांक हेर्ने हो भने मूल्य अभिवृद्धि करतर्फ १ खर्ब ८ अर्बको लक्ष्यमा ८४ अर्बमात्र संकलन भएको छ । जसमा आयात हुने वस्तुबाट ७० अर्बको लक्ष्य राखिएकोमा ४० अर्ब संकलन भएको छ । आयात हुने वस्तुबाट संकलन हुने भ्याट लक्ष्यअनुसार संकलन नभए पनि आन्तरिक उत्पादनमा भने सरकारले लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ । ३७ अर्ब रुपैयाँको आन्तरिक उत्पादन तथा सेवाबाट भ्याटको लक्ष्य राखिएकोमा सरकारले ४३ अर्ब रुपैयाँ संकलन गरेको छ ।कात्तिक मसान्तसम्म पनि आयकरमा ५३ अर्ब रुपैयाँको लक्ष्य राखिएकोमा ४५ अर्ब रुपैयाँमात्र संकलन भएको छ भने अन्तशुल्कतर्फ पनि ५६ अर्ब रुपैयाँको लक्ष्य राखिएकोमा ४३ अर्ब रुपैयाँ मात्र संकलन भएको छ । गैरकरतर्फ भने लक्ष्यको नजिक राजस्व संकलन भएको छ । २६ अर्ब रुपैयाँको लक्ष्यमा गैरकरतर्फ २४ अर्ब रुपैयाँ संकलन भएको छ । सरकारले कात्तिक मसान्तसम्म ७५ प्रतिशतमात्र लक्ष्य पूरा गरेको आन्तरीक राजस्व विभागले जनाएको छ ।
चालू आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रुपैयाँको राजस्व संकलन गर्ने लक्ष्य छ । अर्थशास्त्री रामप्रसाद ज्ञवाली सरकारले विकास खर्च बढाउन नसक्दा त्यसले सम्रग राजस्व प्रणालीमै असर परेको बताउँछन् । “विकास खर्च नहुने यो पुरानै रोग हो, सरकारको राजस्वको लक्ष्य पनि अलि महत्वकांक्षी नै छ त्यसैले पनि सरकारको लक्ष्य भेटिन कठिन छ,” उनी भन्छन् । सरकारले बजेट निर्माण गर्दा प्रमुख स्रोतका रूपमा राजस्वलाई राख्ने गर्छ । राजस्व संकलन लक्ष्यअनुसार संकलन नभएमा सरकारले चालू खर्च चलाउनको लागि पनि ऋण लिनुपर्ने अवस्था आउन सक्ने आशंका अर्थशास्त्रीहरूको छ । सरकारले चालू आर्थिक वर्षमा राजस्व असुलीको वृद्धिदर ३० प्रतिशत राखेको छ ।
अपवादलाई छाडेर विगत १५ वर्षको तथ्यांकलाई हेर्दा औषतमा २० देखि २२ प्रतिशत मात्रै राजस्व बृद्धि हने गरेको अर्थशास्त्री अधिकारीको भनाइ छ । 
सरकारले आर्थिक वर्ष सुरु भएको पाँच महिनासम्म जम्मा ९.५ प्रतिशत पुँजीगत बजेट खर्च गरेको छ । अर्थमन्त्री डा.युवराज खतिवडाले अर्थमन्त्रालयको बागडोर सम्हाल्ने वित्तिकै राजस्वका मुहानहरू सफा गर्ने उद्घोष गरे पनि अवस्था झनै विकराल बन्दै गएको भन्दै आलोचना भइरहेको छ । https://www.karobardaily.com/news/economy/26896

पाँच महिनामा बजेटबाहिरै चार खर्ब माग

५ खर्ब ३२ अर्बको बजेट ल्याएको सरकारसँग बजेट कार्यान्वयनमा आएको ५ महिनामै करिव ४ खर्ब रुपैयाँ थप बजेट माग छ ।
सरकारी ढुकुटीको रकम खर्च गर्न नसकेर चौतर्फी दबाब खेपिरहेको सरकारलाई बजेटभन्दा बाहिरबाट ठूलो रकमको माग भएपछि सरकारलाई बजेट कार्यान्वयनमा थप चुनौती देखिएको छ । सरकारी खर्चको आय व्यय राख्ने महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार हालसम्म जम्मा २०.१७ प्रतिशत कुल वजेट खर्च भएको छ । जसमध्ये चालूतर्फ २६.८३ प्रतिशत, पुँजीगततर्फ ९.२५ र वित्तीय व्यवस्थापनतर्फ जम्मा ८.४४ प्रतिशत बजेट खर्च भएको छ ।
तीन वर्षयताकै न्यून बजेट खर्च भइरहेको अवस्थामा खर्चमा तदारूकता नदेखाइ विभिन्न आयोजनाहरूले सडक लगायतका अन्य पूर्वाधार निमार्ण गर्ने भन्दै हालसम्म भएको बजेट खर्च बराबरको गैरबजेट माग भएको अर्थमन्त्रालयले जनाएको छ ।
बिहीबार व्यवस्थापिका संसद्को अर्थसमितिमा आयोजित बजेटसम्बन्धी छलफल कार्यक्रममा अर्थसचिव डा. राजन खनालले बजेटमार्फत छुट्याइएको बजेट खर्च नगर्ने तर बजेटमा समावेश नभएका आयोजनाका लागि भन्दै थप बजेट माग हुने गरेको बताए । उनले भने, “हालसम्म जति बजेट खर्च भएको छ, त्यसकै हाराहारीमा गैर बजेट माग छ ।” उनले वजेट तयार गर्दा केही नभन्ने तर पछि थप वजेट माग्ने प्रवृत्ति ठिक नभएको भन्दै अन्य मन्त्रालयको ध्यानाकर्षण समेत गराए । “गैर बजेट भनेको एकदमै अत्यावश्यक अवस्थामा माग गर्ने विषय हो तर त्यसको मर्मविपरीत पछिल्ला वर्षमा जसरी यसको माग हुन थालेको छ त्यो राम्रो होइन,” उनले भने । बजेट व्यवस्थापन भइसकेका योजना कार्यान्वयनमा जान नसकेको भन्दै विकासे मन्त्रालयहरूलाई स्रोत सुनिश्चितता नगरी बजेट माग्न बन्द गर्न सुझाव समेत दिए ।
उनले भने, “बजेटले जे भनेको छ त्यही गरौ छुट्याएको बजेट खर्च गरौं र बजेट कार्यान्वयनमा तदारूपता दिऊँ जसले हाम्रो खर्च बढाउन सहयोग गर्दछ ।” सो अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट खर्च गराउन र बजेट खर्चलाई पादरर्शी बनाउन सांसदहरूसँग सहयोगको आग्रह गरे । उनले भने, “खर्च नहुनुका पछाडि धेरै कारण होलान् नियमावलीको गाँठो मन्त्रालयले फुकाउँछ, ऐन कानुनको गाठो फुकाउन सांसदहरूको सहयोग चाहिन्छ, सरकारलाई सहयोग गर्नुस् ।”
आर्थिक वर्ष सुरु भएको पाँच महिना बितिसक्दा पनि सरकार लक्ष्यअनुसार बजेट खर्च गर्न असफल भएपछि प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिले मन्त्री खतिवडा सहित सबैजसो मन्त्रालयका सचिवहरूलाई बोलाएको थियो । सबै सचिवका सामुन्ने रहेका खतिवडालेबजेट कार्यान्वयनको सवालमा कर्मचारीहरू तर्सिएको आशंका गर्दै भने, “जायज कुराहरूको विषयमा काम गर्दा कर्मचारीतन्त्र तर्सिएको हो कि जस्तो लाग्छ, असल नियतले काम गर्दा कोही पनि तर्सिनु पर्दैन ।” अहिले भुक्तानीमा ढिलाइ भएको कारण खर्च कम देखिएको भन्दै मन्त्री खतिवडाले बजेट खर्चको बचाउ गरे ।
“खर्चको अवस्था संघमा मात्रै नभएर प्रदेश र स्थानीय तहमा पनि कम भएको समेत छ मन्त्री खतिवडाले भने संघले निकासा गरेको रकम स्थानीय तहले खर्चhttps://www.karobardaily.com/news/economy/26986 नगर्दा पनि समस्या बढेको हो,” बैठकमा अर्थमन्त्री र मन्त्रालयका सचिवहरूले बजेट खर्चको भौतिक प्रगति अपेक्षित नभएपनि निरासाजनक भने नभएको बताएका छन् ।
भौतिक पूर्वाधार तथा यातायत मन्त्रालयका सचिव देवेन्द्र कार्कीले रुख कटानको विषयमा पहिलेभन्दा केहि सरलीकृत भए पनि समय लाग्ने गरेको तथा अन्य भौतिक पूर्वाधार निर्माण गर्दा सम्बन्धित मन्त्रालयबीच एकीकृत रूपमा जान नसक्दा समस्या भएको बताए ।
बैठकमा खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले बजेट खर्च नहुनुको मुख्य कारण आयोजनाको संख्या, कार्यप्रगति र भौगोलिकताका आधारमा कर्मचारी र कार्यालयको संख्या पर्याप्त नहुनु रहेको बताए । ऊर्जा मन्त्रालयका सचिव दिनेश घिमिरे मन्त्रालयको वास्तविक खर्च नदेखिएको तर्क गरे । छलफलमा सांसदहरूले बजेट खर्च नहुनुमा अर्थमन्त्रालय जिम्मेबार हुनुपर्ने भन्दै यसतर्फ ध्यान दिन अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

२ अर्वको मुद्धा, ३ वर्षको कैद माग

राजस्व अनुसन्धान विभागले पेप्सी उत्पादन गर्ने कम्पनी बरुण वेभरेज प्रालि विरुद्ध राजस्व छलेको आरोपमा एक अर्ब ९४ करोडको मुद्दा दायर गरेको छ । यो नक्कली भ्याट विल विरुद्धको अहिलेसम्मकै ठूलो मुद्दा हो । विभागले अनुसन्धान गर्दा नक्कली भ्याट विलमार्फत ६४ करोड ९६ लाख रुपैयाँ राजस्व छली गरेको भेटिएको अनुसन्धानमा खुल्न आएको छ । वरुण वेभरेजले पेप्सी, स्लाइस, ड्यु, मिरिन्डा, सेभेन अप, ट्रोपिकानालगायतका पेय पदार्थ उत्पादन गर्दै आएको छ ।विभागले दायर गरेको मुद्दामा ६४ करोड ९६ लाख २ हजार ३४० विगो तथा बिगोको दोब्बर १ अर्ब २९ करोड ९२ लाख ४ हजार ६८० गरी कुल १ अर्ब ९४ करोड ८८ लाख ७ हजार २० रुपैयाँसम्म जरिवाना र ३ वर्ष सजायको माग दाबी गरिएको छ ।
बरुण वेभरेजले झुट्टा कारोबार मनसाय राखी नक्कली विजक तयार पार्ने ब्यक्तिसँग मिलेर वास्तविक रुपमा मालबस्तु नै खरीद नगरी झुट्टा तथा नक्कली कर विजक तयार पार्ने प्रयोजनका लागि योजनाबद्ध रुपमा दर्ता गरिएका फर्महरुबाट जारी गरेका बिजक खरीद गरी राजस्व छलेको विभागको आरोप छ । विभागका महानिर्देशक मैनालीले बरुण वेभरेज प्रालि र यसका पूर्व तथा वर्तमान संचालकहरुबाट विभागले एक अर्ब ६० करोडको बैंक जमानत लिएको जानकारी दिए । “आर्थिक वर्ष ०७०-०७१ देखि ०७५-०७६ सम्ममा झुटा मूल्य अभिवृद्धि करको कारोबारबाट भ्याट करतर्फ २५ करोड ३४ लाख र आयकर तर्फ लाभांश समेत गरी ३९ करोड ६१ लाख गरी कूल ६४ करोड ९६ लाख राजस्व छली गरेको देखिएको छ” मैनालीले भने ।
विभागले संचालकहरू अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविन कुमार अग्रवाल, विनोद सिंह भनिने विनोदकुमार सिंह र अशोक कुमारलाई प्रतिवादी बनाएको छ । प्रतिवादीहरुले नक्कली विजक खरिद गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित ऐ. ऐनको दफा ४ को (क) र (ख) बमोजिमको कसुर गरेको पुष्टि भएको उल्लेख गरेको छ ।

राजस्व छली भयावह

सरकारले झुटा नक्कली बिजक खरिद गर्ने ९८१ फर्म बिरुद्ध अनुसन्धान शुरु गरेको छ । हालसम्म झुटा नक्कली बिजक खरिद गर्नेको संख्या ९८१ रहेको र ती मध्ये १३० फर्मले १२ अर्व भन्दा बढिको झुटा नक्कली बिजक खरिद गरेको अनुसन्धानमा खुल्न आएको राजस्व अनुसन्धान विभागले जनाएको छ । विभागले बिहिबार पत्रकार सम्मेलन गरेर हालसम्म झुटा नक्कली विजक खरिदमा संलग्न ९८१ फर्म बिरुद्ध बिभिन्न अदालतमा मुद्धा दायर गरेको जानकारी दिएको हो ।
बिभागका महानर्देशक दिर्घराज मैनालीले आठ जना सरकारी कर्मचारी सहित ५ सय १५ जनालाई प्रतिबादी बनाएर १२ अर्व ३१ करोड ४७ लाख विगो कायम गरी विभिन्न अदालतमा मुद्धा दायर गरेको जानकारी दिए । उनका अनुसार दायर मुद्धामा प्रतिवादीलाई विगोको दोब्बर जरिवाना र ३ बर्षसम्म कैद माग दाबी गरिएको छ । “विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोवारको कसुरमा ३२९ जनालाई प्रतिबादी छन्” महानिर्देशक मैनालीले भने “यी विरुद्ध विभागले ४ अर्व ८३ करोड ८५ लाख विगो र विगोको तेब्बर सम्म जरिवाना एबं तीन बर्षसम्म कैद माग दाबी गरिएको छ ।”
उनका अनुसार मंसिर माशान्त सम्म झुुट्टा नक्कली बिजक सम्बन्धी बिभिन्न फर्महरुलाई ६ अर्व ७५ करोड भन्दा बढि बिगो कायम गरेर विभन्न अदालतमा मुद्धा दायार गरिएको छ । उनले चालु आर्थिक बर्षको मंसिर सम्म राजस्व चुहावट सम्बन्धी २८ वटा मुद्धा दायर गरिएको जानकारी दिए । “दायर मुद्धामा ७६ जना बिरुद्ध राजस्व कसुरमा ३ अर्व ४२ करोड ४७ लाख विगो र विगोको दोब्बरसम्म जरिवाना एवं ३ वर्ष सम्म कैद माग दाबी भएको छ” उनले भने । बिभागले विदेशी विनिमय अपचलन तथा अवैध हुण्डी कारोबारमा ८७ मुद्धा दायर गरेको छ । बिदेशी बिनिमय कारोबारमा १३० जना संलग्न रहेको र प्रतिवादी बिरुद्ध ६४ करोड ६८ लाख विगो माग दावी गरिएको विभागको दाबी छ ।https://www.karobardaily.com/news/economy/26988
“मंसिर मशान्त सम्म बिस्तृत अनुसन्धान गर्दा नक्कली विजक जारी गर्ने फर्मको संख्या १३० रहेको पाईएको छ” मैनालीले भने “ती विरुद्ध ६ अर्व भन्दा बढि विगो कागम गरि ५२ वटा फर्महरुमा संलग्न ५५ जना माथि मुद्धा दायर भएको छ ।” उनका अनुसार नक्कली बिजक खरिद गर्ने ५७ वटा फर्मको अनुसन्धान शुरु भैसकेको छ भने १७ वटा फर्मको अनुसन्धान सम्पन्न भैसकेको छ । हालसम्म झुटा नक्कली बिजक खरिद गर्ने फर्मको संख्या ९८१ रहेको र १३० वटा फर्मले १२ अर्व भन्दा बढिको झुटा नक्कली बिजक खरिद गरेको देखिएको छ । मैनालीले भने “अनुसन्धान गर्दै जाँदा राजस्व चुहावटमा प्रयोगको व्यापकता र गहनता अझ बढ्ने देखिएको छ ।” विभागले भुटा नक्कली बिजक सम्बन्धी बिभिन्न फर्महरुलाई ६ अर्व ७५ करोड भन्दा बढिको विगो कायम गरि विभिन्न जिल्ला अदालतमा मुद्धा दायर गरेको जनाएको छ ।

वित्तीय अपराधको जोखिम बढ्यो : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले प्रविधिमा आधारित रहेर वित्तीय तथा आर्थिक अनियमितता तथा भ्रष्टाचारजन्य गतिविधि बढेको भन्दै लेखापरीक्षकहरुले ध्यान पु-याउनुपर्ने बताएका छन् ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले आयोजना गरेको प्रोफेसनल इन्टिग्रिटी फर कम्ब्याटिङ करप्सन एण्ड फ्रड सम्बन्धी अन्तरक्रियामा अर्थमन्त्री खतिवडाले वित्तीय अपारधका दायार बढीरहेको भन्दै त्यो नियन्त्रणको चुनौती रहेको बताए ।
अर्थमन्त्री खतिवडाले कम्पनी दर्ता, वासलात तयारदेखि त्यसको लेखापरीक्षणसम्म गलत हिसाबले हुने गरेको भन्दै त्यसमा कसैले पनि सहयोग गर्न नहुने उल्लेख गरे । “गलत कम्पनी दर्ता हुने, गलत वासलात तयार हुने र त्यसैको लेखापरीक्षण हुने गरेको छ,” उनले भने, “कुनै कारोबारको जरोदेखि नै गलत कृयाकलाप सुरु हुने गरेको छ, त्यसलाई सदर गर्ने भूमिका लेखापरीक्षकको हुनु भएन ।”
प्रविधिको उपलब्धता र नयाँ प्रविधिको विकास र त्यसको उपयोगले वित्तीय तथा आर्थिक अपराधका नयाँ आयाम थपेको पनि उनले बताए । “नयाँ वित्तीय उपकरणबारे लेखापरीक्षकहरु जानकार हुनुपर्छ,” उनले भने ।
अर्थमन्त्री खतिवडाले हरेक पेशा र व्यवसायमा संलग्न हुने व्यक्तिले मूल्य मान्यता बाहिरका काम गर्न नहुने भन्दै चार्टर्ड एकाउन्टेन्ट, वकिललगायतका जोसुकै व्यक्तिले पनि व्यावसायिक आचारसंहिता र नैतिकताको सीमा बिर्सिन नहुने बताए । “सरकार भ्रष्टाचारमा शून्य सहनशीलता कायम गर्दै पारदर्शिता कायम गर्न सरकार लागि परेको छ, यसकै लागि कानुन पनि बनिरहेका छन्,” उनले भने ।
यसैगरी कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुरमा घिमिरेले लेखापद्धति र लेखापरीक्षण व्यवस्थित बनाउन चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको भूमिका महत्वपूर्ण हुने बताए । उनले लेखापरीक्षणका क्रममा वित्तीय ठगी र भ्रष्टाचार भए नभएको हेर्नुपर्ने पनि उल्लेख गरे ।
लेखापरीक्षकले आर्थिक अनियमितता लुकाउने गरी काम गर्न नहुनेमा पनि घिमिरेले जोड दिए । “हामी सबैले बुझ्नुपर्छ, भ्रष्टाचार निवारणमा लेखापरीक्षकको भूमिका हुन्छ, त्यसमा यहाँहरुले पनि व्यावसायिक र नैतिक दायराभित्र बसेर काम गर्नुपर्छ,” घिमिरेले भने ।
यसैगरी महालेखापरीक्षक टंकमणि शर्मा दंगालले हरेक व्यावसायिक व्यक्तिले न्यूनतम तहको मूल्य मान्यताभित्र बसे मात्रै पनि भ्रष्टाचारको समस्या न्यूनीकरण हुने बताए । अहिलेको समयमा कर चुहावट, अनियमितता, भ्रष्टाचारको विकेन्द्रीकरण जस्ता समस्या रहेको भन्दै उनले त्यसतर्फ सचेत हुन आग्रह गरे ।
अहिले संसारभर नै निजी क्षेत्र ठगिमा र सार्वजनिक क्षेत्र भ्रष्टाचार लुकाउन केन्द्रीत रहेको देखिएको उल्लेख गरे । यसैगरी अन्तर्राष्ट्रिय तहमै सम्पत्ति शुद्धीकरणका विषय पनि उठिरहेको भन्दै त्यसतर्फ पनि सचेत हुनुपर्ने उल्लेख गरे ।
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले व्यावसायिक संस्थाहरुको काम कारबाही सुधार हुँदै जानुपर्ने बताए । उनले नियमनकारी निकायको भूमिका अझै बलियो हुनुपर्ने आवश्यकता रहेको पनि औंल्याए ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष कृष्णप्रसाद आचार्यले विभिन्न पेशा र व्यवसायमा नैतिकता क्षयीकरण हुँदै गएको अनुभूति जनमानसमा परिरहेको उल्लेख गरे । उनले आफूहरुले आयोजना गरेको यस्ता कार्यक्रमले सदाचार प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणमा कसरी काम गर्ने भन्ने विषयमा सरकारलाई पनि सहयोग पुग्ने बताए ।
“व्यावसायिक नैतिकता प्रवर्द्धन गर्ने र हरेक व्यावसायिक व्यक्ति र संस्थालाई नैतिकताको सीमामा राख्ने गरी हामीले काम गर्नुपर्नेछ,” उनले भने, “त्यसैका लागि छलफल आवश्यक परेकाले हामीले यो कार्यक्रम आयोजना गरेका हौँ। यो कार्यक्रमबाट प्राप्त हुने सुझाव र सल्लाह हामी सरकार र अन्य सरोकारवाला निकायलाई पनि प्रस्तुत गर्नेछौँ ।”
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्तासमेत रहेका सहसचिव प्रदीप कोइरालाले लेखापरीक्षकले गरेको लेखापरीक्षणमा अनुसन्धान गर्ने निकाय ढुक्क हुन सक्ने अवस्था नरहेको बताए । उनले स्थानीय तहहरुमा भ्रष्टाचार बढीरहेको र त्यसमा धेरै विवरण लेखापरीक्षण भइसकेको कागजात पनि भेटिएको उल्लेख गरे । उनले लेखापरीक्षकले लेखापरीक्षणका क्रममा त्रुटी भेटिए पनि त्यसलाई विस्तृत अनुसन्धानका लागि सुझावका रुपमा प्रस्तुत नगर्ने प्रवृत्ति रहेको पनि जानकारी दिए ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाले सर्टिफिकेसनकोर्स अन फरेन्सिक एकाउन्टिङ एन्ड फ्रडडिटेक्सन नाम कोर्सअन्तर्गत ४० जनालाई तालिम दिइसकेको पनि कार्यक्रममा जानकारी दिइयो ।

स्वामित्व विवादले ११६६ आयोजना अलपत्र

संघीय सरकारले प्रदेश सरकारलाई पठाएका करिब ११ सय ६६ आयोजना स्वामित्व विवादका कारण अलपत्र बनेका छन् । आयोजना सञ्चालनबारे कुनै मोडालिटी नहुँदा प्रदेश सरकारमा हस्तान्तरण गरिएका ४७७ वटा सडक अयोजना र ६८९ वटा खानेपानीका आयोजना अलपत्र परेको पाइएको हो ।
यसबाहेक सशर्त अनुदानमा आधारित हजारौं खुद्रे आयोजनाहरूको अवस्था भयावह बन्दै गएको सम्बद्ध अधिकारीहरू बताउँछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीले स्वामित्वबारे उपयूक्त नीति नहुँदा २६ अर्ब रुपैयाँ बराबरका ४७७ सडक आयोजना अलपत्र परेको जानकारी दिए । उनले भने, “बहुवर्षे ठेक्कामा पनि लैजान नसकिएको र प्रदेश सरकारले पनि लिन नमानेको हुनाले ती आयोजना तल न माथिको अवस्थामा पुगेका छन् ।”
देश संघीयतामा गएसँगै सरकारले साना तथा मझौला आयोजनाहरू प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नीति लिएको छ । तर, अधिकांश आयोजनाहरू सुरु भइसकेको अवस्थामा पनि कुन सरकारले स्वमित्व लिने भन्ने विवाद अझै कायमै छ । केही दिन अघि संसदको अर्थ समिति बैठकमा कार्कीले यस्ता आयोजनालाई केन्द्रबाट निरन्तरता दिन नसकिने भन्दै यसबारे ठोस कदम चाल्न आग्रह गरे ।
खानेपानी मन्त्रालयका सचिव माधव बेल्वासेले सशर्त अनुदानका ६८९ आयोजना अलपत्र अवस्थामा रहेको बताए । “प्रदेश ५ ले यस्ता आयोजनाका लगि १५ अर्व बजेट थप माग गरेको छ, तर कर्णाली प्रदेशले सबै आयोजना फिर्ता गर्छौं भनेको छ,” उनले भने, “केहीले गर्छौं भन्ने केहीले फिर्ता गर्छौ भन्ने अवस्था छ । प्रदेश सरकारहरूमा एकदमै अन्योल देखियो, यसमा हामी स्पष्ट भएर अघि बढ्नुपर्ने देखिएको छ ।” उनले देशमा तीन तहको सरकार गठन भएको अवस्थामा कानुनी अन्योलले प्रदेश सरकारहरूले काम गर्न नसकेको बताए । हालको अवस्थामा प्रदेश सरकारले बजेट ल्याए पनि कर्मचारी नियुक्त गर्ने अधिकार संघीय सरकारमै छ ।
कर्मचारीको अभाव संरचनागत समस्या र कार्यक्रममा देखिएको अन्योलले प्रदेशको मातहतमा रहेका थुप्रै समस्याहरू अन्योल अवस्थामा रहेको पाइएको छ । जसका कारण प्रदेश सरकारको भार संघीय सरकारलाई थपिएको छ भने स्थानीय सरकारले सोचेजस्तो विकासका गर्न नसक्दा त्यसको सीधा असर सरकारको विकास बजेट खर्चमा देखिएको छ । अर्थसचिव डा. राजन खनालले बजेटमा एउटा शीर्षक राख्ने र कार्यान्वयन गर्दा समस्या पर्ने देखिएको बताए । “हामी संघीय संरचनामा जाँदै गर्दा अझै कतिपय आयोजनाहरू प्रदेशले पनि नलिएको र केन्द्रको मातहतमा पनि नरहेको देखिएको छ, यो समस्या गम्भीर हो यसको समाधानमा हामी जुटेका छौं,” उनले भने ।
वहुवर्षीय ठेक्का प्रणाली कार्याविधिमार्फत मोडालिटी स्पष्ट हुने उनको भनाइ छ । “स्थानीय पूर्वाधारका कार्यक्रममा पनि स्थानीय र प्रदेश सरकारबीचको विवादले आयोजना लम्बिने र सरकारलाई दायित्व बढ्ने देखिएको छ,” उनले भने, “यो समस्या ठूलासाना सबै आयोजनामा देखिन्छ यसतर्फ सबै सजग हुनु जरुरी छ ।”

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...